मुख्य समाचार

२२ क्षत्रकाे परिणाम आउन बाँकी,१२ स्थानमा वाम गठबन्धनको अग्रता
the universal tines
2o74

प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ । मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो ।पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ । यसमा सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठी र बृजेश कुमार गुप्ताको स्वतन्त्र मधेशी समूह पनि जोडिएको छ । प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउन वामपन्थीले ११० सिट जित्नुपर्छ ।

एमालेले ७ ठाउँमा अग्रता लिइरहेको छ । अग्रता लिनेमा सुनसरी ३ मा भगवती चौधरी, संखुवासभामा राजेन्द्र गौतम र काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा छन् । त्यस्तै, स्याङ्जा १ मा नारायण मरासिनी, स्यांजा २ मा पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कञ्चनपुर ३ मा दिपकप्रकाश भट्टले अग्रता लिइरहेका छन् ।

प्रत्यक्षतर्फ दोस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म ३१ सिट जितेर ५ ठाउँमा अग्रता लिइरहेको छ । सर्लाही ३ मा रामेश्वर राय, चितवन ३ मा प्रचण्ड, अर्घाखाँचीमा टोपवहादुर रायमाझी, धनुषा १ मा मात्रिका यादव र सिरहा २ मा सुरेशचन्द्र दासले अग्रता लिइरहेका छन् ।

२०७० सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । उसले अहिलेसम्म १७ सिटमा विजय हासिल गर्दा ३ ठाउँमा अग्रता लिइरहेको छ । यी सबै ठाउँमा जित्दा पनि उसले २५ सिटभित्र सीमित हुनुपर्ने देखिएको छ ।

कांग्रेसका सिताराम मेहता सुनसरी २, प्रदिप गिरी सिरहा १ र देवेन्द्रराज कँडेलले नवलपरासी २ मा अग्रता लिइरहेका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम ७ सिट जितेर चौथो स्थानमा रहेको छ । फोरमले ३ ठाउँमा अग्रता लिइरहेको छ । महोत्तरी ४ मा सुरेन्द्र यादव,पर्सा २ मा बिमल श्रीवास्तव र पर्सा ३ मा हरिनारायण रौनियारले अग्रा लिइरहेका छन् ।

राजपा नेपाल ७ स्थान जितेर पाँचौ भइरहँदा ३ ठाउँमा अग्रता लिइरहेको छ । राजपाका रेशलाल चौधरीले कैलाली १ र राकेश मिश्रले सर्लाही ४ मा अग्रता लिइरहेका छन् ।

सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी
the universal tines
2o74

इनरुवा, २५ मंसिर  प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ । 

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उहाँले वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाउनुभएको छ । श्रेष्ठले २५ हजार ७५० मत पाउनुभयो । 

सुनसरी क्षेत्र नं १ मा एमालेका राई विजयी 

त्यसैगरी प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी हुनुभएको छ । 

आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उहाँले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मतले पराजित गर्दै विजयी हुनुभएको हो । एमालेका उम्मेदवार जयकुमारले ४४ हजार ५२८ मत पाउनुभएको छ । अशोक राईले २२ हजार १२३ मत पाउनुभयो । 

डोटीबाट एमालेका आलेमगर विजयी
the universal tines
2o74

डोटी, २५ मंसिर प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ । 

आले मगर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई एक हजार ६३२ मतान्तरले हराउँदै विजयी हुनुभएको हो । उहाँले ३२ हजार ५१० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी बलायरले ३० हजार ८७८ मत प्राप्त गर्नुभयो । 

दुई प्रदेशसभा रहेको डोटीमा प्रदेशसभा (क) बाट नेपाली काँग्रेसका भरतबहादुर खड्का विजयी हुनुभएको छ भने (ख) बाट माओवादी केन्द्रका त्रिलोचन भट्ट विजयी हुनुभएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान
the universal tines
2o74

काठमाडौं, २४ मंसिर  प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत र दोस्रो चरणको निर्वाचनमा करिब ७० प्रतिशत मतदान भएको थियो । 

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा भएको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदातामध्ये २० लाख ७२ हजार ६५७ मतदाताले मतदान गर्नुभएको थियो । 

यसैगरी, दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा भएको निर्वाचनमा कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातामध्ये ८५ लाख १४ हजार ८६४ मतदाताले मतदान गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

यी ‘हेवीवेट’ जसले हारे
the universal tines
2o74

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् । 

नेपाली काँग्रेस, नेकपा९एमाले० र नेकपा९माओवादी केन्द्र०का दोस्रो तहका नेताको पराजय भएको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पराजयलाई संयोगको रुपमा लिइएको छ । 

वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका कमल थापा मकवानपुरबाट पराजित हुनु भएको छ । उहाँलाई नेकपा९एमाले०का कृष्णप्रसाद दाहालले पराजित गर्नुभयो । मकवानपुर क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा दाहालले ४० हजार ६३१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी समेत रहनु भएका उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री थापाले ३४ हजार ६५८ मत प्राप्त गर्नुभयो । 

निर्वाचन अगाडि हेटौँडा बजारबाट पूर्व–पश्चिम राजमार्गलाई बाहिर सार्ने निर्णय गरेपनि थापालाई मतदाताले भने न्याय गरेनन् । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने जस्ता निर्णयमा संलग्न हुनु भएका उपप्रधानमन्त्री थापाको विजय यात्रामा एमाले नेता दाहालले पूर्णविराम लगाइदिनुभयो । 

यस्तै पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित हुनुभयो । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै तीन हजार मतान्तरले पराजित गर्नुभयो । उहाँले ३० हजार ७४२ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाउनुभयो । 

यस्तै पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमाले उम्मेदवारसँग पराजित हुनुप¥यो । विसं २०७० सालको चुनावमा पौडेलले किसनकुमार श्रेष्ठलाई पराजित गर्नुभएको थियो । अन्तिम मतपरिणामअनुसार उनै श्रेष्ठले ३४ हजार ४८९ मत पाउँदा पौडेलले २७ हजार ६ सय ७५ मतमा चित्त बुझाउनुप¥यो । 

वाम गठबन्धनका सुत्राधारसमेत रहनु भएका नेकपा ९माओवादी केन्द्र०का नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ आफ्नै पूर्वसहकर्मी डा बाबुराम भट्टराईबाट पराजित हुनुप¥यो । यस्तै अर्का पूर्व उपप्रधान एवं गृहमन्त्री गौतम वर्तमान सरकारका सिँचाइमन्त्री सञ्जय गौतमसँग पराजित हुनुप¥यो । 

वाम गठन्धनका सुत्राधारका रुपमा रहनु भएका वामदेवको पराजयलाई अस्वाभाविक रुपमा समेत अथ्याईएको छ । बर्दिया क्षेत्र नं १ मा एमालेका उपाध्यक्ष गौतम ७५३ मतान्तरले पराजित हुँदा काँग्रेस नेता सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गर्नुभयो । 

यस्तै पाँचपटक अर्थमन्त्री भइसकेका काँग्रेसका प्रभावशाली नेता डा रामशरण महत आफ्ना पूर्वचिरपरिचित प्रतिस्पर्धी हितबहादुर तामाङसँग पराजित हुनुभयो । नुवाकोट क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी जिजयी हुँदा काँग्रेस नेता डा महतले २७ हजार ९२० मत प्राप्त गर्नुभएको छ । विजयी तामाङले डा महतलाई तेस्रो प्रयासमा पराजित गराउनुभयो । विसं २०५१ देखि लगातार सबै चुनाव जित्दै आउनुभएका डा महतको विजय यात्रालाई हितबहादुरले ‘ब्रेक’ लगाइदिनुभएको हो । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तामाङ डा महतसँग पराजित हुनुभएको थियो । डा महतलाई उदारीकरणको अगुवाका रुपमा लिइने गरिन्छ । 

तेस्रो प्रयासमा विजय हासिल गरेपछि तामाङले भन्नुभयो, “नुवाकोटका जनताले परिवर्तनको महसुस गरे र वाम गठन्धनलाई विजयी गराए ।” 

संयोग कस्तो परेको छ भने डा महतका भाई डा प्रकाशशरण र भतिजा रमेश महतले समेत पराजय भोग्नु परेको छ । 

काँग्रेसका अर्का प्रभावशाली एवं पटकपटक मन्त्री हुनु भएका अर्जुननरसिंह केसीले पनि पराजयको स्वाद चाख्नुप¥यो । प्रदेशसभामा नेता केसीका भाइ जगदीश्वरनरसिंह केसी पनि पराजित हुनुभयो । एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गर्नुभएका अर्जुननरसिंह २६ हजार ३३५ मतमा रोकिनु भएको हो । खतिवडाले ३६ हजार ८९२ मत प्राप्त गर्नुभयो । 

यस्तै पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता महेश आचार्य, प्रभावशाली नेता डा शेखर कोइरालाले पनि पराजय व्योहोर्नु परेको छ । यस्तै पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि यस पटकको निर्वाचनमा विजय हासिल गर्न सक्नु भएन । पटकपटक मन्त्री बन्नु भएका डा प्रकाशशरण महत पनि एमाले महासचिव ईश्वर पोखरेलसँग पराजित हुनु भयो । 

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि पराजयको स्वाद चाख्नुपरेको छ । उपाध्याय यसअघि मन्त्री पनि हुनु भएको थियो । उपाध्याय वाम गठन्धनका उम्मेदवार चक्रपाणि खनालसँग पराजित हुनुभयो । कपिलवस्तु क्षेत्र नं १ बाट खनाल २९ हजार ७९९ मत प्राप्त गरी विजयी हुनुभएको हो । खनालका निकटतम प्रतिस्पर्धी काँग्रेसका उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गर्नुभयो । 

पराजयको स्वाद चाख्नेको सूचीमा काँग्रेस प्रभावशाली नेता एवं पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्ण सिटौला पनि हुनुहुन्छ । राप्रपाका नेता राजेन्द्र लिङ्देन झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा सिटौलाले पराजय भोग्नुपरेको हो । लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा काँग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १७१ मत मात्र प्राप्त गर्नुभएको हो । 

पराजय हुनेमा पूर्वमन्त्री नवीन्द्रराज जोशी पनि हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित हुनभयो जोशी । श्रेष्ठले १३ हजार ३९७ मत पाउँदा जोशीले १२ हजार ९५३ मत पाउनुभएको थियो । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योगमन्त्री हुनुहुन्थो । 

हालसम्म घोषित परिणाममध्ये ४१ जिल्लामा वाम गठबन्धनले एकलौटी रुपमा जित निकालेको छ । केही हस्ती र हेवीवेट ठानिएका नेताहरु एक पछि अर्को गर्दै पराजित भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा पनि एमाले नेता नारदमुनि रानासँग पराजित हुनुभयो । 

चितवन–२ बाट एमालेका पोखरेल विजयी
the universal tines
2o74

चितवन, २४ मंसिर  जिल्लामा जारी मतगणनाको आज साँझ जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेल विजयी हुनुभएको छ । पोखरेलले ४४ हजार ६७० प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १७ हजार ३५७ मतान्तरले अधिकारीलाई पराजित गर्नुभएको हो । 

जिल्लाका ६ प्रदेशसभामध्ये चार स्थानमा यसअघि नै वाम गठबन्धनका उम्मेदवार विजयी भइसक्नुभएको छ भने अन्य दुई ठाउँको मतगणना जारी रहेको छ । प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकाका राजेन्द्र बुर्लाकोटीले पछ्याइरहनुभएको छ । 

साँझ ६ बजेसम्म पाण्डेले ३२ हजार ०४९ मत र बुर्लाकोटीले २२ हजार ७९८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख १९ हजार ९९८ मतदाता रहेकामा ८९ हजार ७४६ मत खसेको थियो । साँझ ६ बजेसम्म ५६ हजार ९८७ मत गणना भएको छ । 

यसैगरी क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पछ्याइरहनुभएको छ । साँझ ६ बजेसम्म दाहालले २२ हजार २०३ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले १७ हजार १५८ मत प्राप्त गर्नुभएको छ । 

सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ । साँझ ६ बजेसम्म ४० हजार ७२४ मत गणना भइसकेको छ । 

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता
the universal tines
2o74

जाजरकोट, २१ मंसिर प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिनुभएको छ । 

नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याउनुभएको छ । त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिनुभएको छ भने काँग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गर्नुभएको छ । 

बैतडी– एक हजार ३७६ मतगणना हुँदा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकाबाट नेकपा (एमाले) का दामोदर भण्डारीले ६५९ मत ल्याएर अग्रता लिनुभएको छ । त्यस्तै काँग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी प्रदेशसभा (क) मा ९४८ मतगणना हुँदा काँग्रेसका हरिमोहन भण्डारीले ४११ र वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रेमप्रकाश भट्टले ४११ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा एक हजार ३०५ मतगणना हुँदा वाम गठबन्धनबाट एमालेका लीलाधर भट्टले ६६७ र राप्रपाका गणेश चन्दले ५६८ मत प्राप्त गर्नुभएको प्रजिअ सिद्घराज जोशीले जानकारी दिनुभयो । 

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ एक हजार ४१७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिनुभएको छ । काँग्रेसका बलबहादुर केसीले ४३७ मत ल्याउनुभएको छ ।

यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिनुभएको छ भने काँग्रेसका प्रकाससिं कार्कीले १७४ ल्याउनुभएको छ । प्रदेशसभा (ख) मा गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिनुभएको छ भने काँग्रेसका आङ्गगेलु शेर्पाले २३० मत ल्याउनुभएको छ । 

कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् ः ओली
the universal tines
2o74

चितवन, १७ मंसिर  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ । 

जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताउनुभयो । 

उहाँले दुई पार्टी मिल्दा दुई चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनुपर्छ भन्नुभयो । अब पार्टी एउटै बन्ने बताउँदै भन्दै उहाँले भन्नुभयो – “राष्ट्र निर्माणको महान् अभियानमा सामेल भइरहेका छौं । यसलाई सफल पार्न म खटिइरहेको छु, तपाइँहरू पनि खट्नुहोस् ।” 

उहाँले भन्नुभयो – “आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ ।” माओवादी अध्यक्ष दाहालले माडीलाई मणि बनाउने उद्घोष गरेको भन्दै उहाँले यसमा आफ्नो साथ रहने वाचा गर्नुभयो । 

नेपाली काँग्रेसले चितवन क्षेत्र नं ३ मा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गरेकोप्रति इङ्गित गर्दै उहाँले कांग्रेसले रुख काटेर हलो बनाएको टिप्पणी गर्नुभयो । ओलीले थप्नुभयो – “कार्यकर्ताको मनमा पीडा छ । नआत्तिनुहोस्, कांग्रेसले खोजेको राष्ट्रियता हामी दिन्छौं ।” 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार्नुभयो । 

बाँदरमुढे घटनाका पीडित परिवारसँग आज सम्झौता गरेको जानकारी दिँदै उहाँले त्यसको पालना गर्ने प्रतिबद्धता जनाउनुभयो । 
माडीसहितको चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका दाहालले सो क्षेत्रमा आफ्ना प्रतिस्पर्धीले मतदातालाई प्रलोभनमा पारेको आरोप लगाउनुभयो । 

हालै राप्रपा (प्रजातान्त्रिक) को कारबाहीमा परेका सो पार्टीका महामन्त्री रेशम लामाले नेपाली जनताको शान्ति, राष्ट्रियता र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनमा मत दिन आग्रह गर्नुभयो । 

सभा हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच तीनबुँदे सम्झौता भएको थियो । घटनापछि गठित बाँदरमुढे पीडित संघर्ष समितिका व्यक्तिहरु भने सम्झौतामा हस्ताक्षर हुँदा उपस्थित थिएनन् । 

काँग्रेसलाई साथमा लिएर अगाडि बढ्छौं – नेता नेपाल
the universal tines
2o74

काठमाडौँ, १७  नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई सम्पन्न राष्ट्र बनाउन यसपटक जनताले राजनीतिभन्दा माथि उठेर वाम गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिनुभएको छ । 

संयुक्त वाम गठबन्धनले काठमाडौँ महानगरपालिका–९ मा आज आयोजना गरेको चुनावी सभामा उहाँले विगतमा जनतालाई अधिकार दिलाउन भएका राजनीतिक आन्दोलनहरुमा वाम शक्तिले ठूलो त्याग र संघर्ष गरेको बताउनुभयो । 

वैचारिक दृष्टिकोण नजिक रहेका विभिन्न वाम शक्तिबीच भएको गठबन्धनबाट नेपाली काँग्रेस अत्तालिएको बताउँदै उहाँले भन्नुभयो, “वाम गठबन्धन राष्ट्र निर्माणका लागि भएको हो । हामी काँग्रेसलाई साथमा लिएर अगाडि बढ्छांै । काँग्रेस कति पनि आत्तिनुपर्दैन ।” 

नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य प्रकाश गौतमले देशमा औद्योगिक विकासको माध्यमबाट मुलुकको मुहार फेर्न वाम गठबन्धन लागिपर्ने बताउनुभयो । 

कम्युनिष्ट शासन पक्षपाती र अधिनायकवाद नै हुन्छ ः नेता पौडेल
the universal tines
2o74

दमौली, तनहुँ, १७ मंसिर  ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शासन पक्षपाती र अधिनायकवाद हुने बताउनुभएको छ । व्यास नगरपालिका–७ को कलेस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । 

कम्युनिष्ट शासन पक्षपाती हुने र कम्युनिष्ट शासनको अन्तिम विन्दु भनेकै अधिनायकवाद भएकाले लोकतन्त्रवादीलाई जिताउन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । “सात दशकसम्म लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेको र जनताको स्वतन्त्रता र स्वाधीनताको पक्षमा अनवरत लड्दै आएको नेपाली काँग्रेस पार्टीले यस निर्वाचनपश्चात् प्रारम्भ हुने राष्ट्रिय पुनर्जागरणको नयाँ युगको नेतृत्व गर्नेछ”, पौडेलले भन्नुभयो । 

देशको विकासका लागि लोकतन्त्र पक्षधरको जित आवश्यक रहेको बताउँदै नेता पौडेलले काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो । आइतबार घरदैलो कार्यक्रममा प्रदेशसभा १ (१)का उम्मेदवार गोविन्द भट्टराई, पूर्वराज्यमन्त्री अमरराज कैनी, रोल्पाका पार्टी सभापति मानबहादुर नेपाली, नेवि संघका केन्द्रीय उपाध्यक्ष नवीन राई, प्रदेशसभाका समानुपातिक उम्मेदवार सरिता गुरुङ, क्षेत्रीय कोषाध्यक्ष कल्पना पोख्रेल, दलित नेता चन्द्रा परियार, महिला संघ नगर सदस्य सरला श्रेष्ठलगायतकाले लोकतान्त्रिक शक्तिले जिते मात्रै देशमा आर्थिक समृद्धि आउने बताउनुभएको थियो । 

आइतबारै वरिष्ठ नेता पौडेल व्यास–१२ को कमलबारी, छिर्कन, मैवल, देउराली, नाहाला, सत्रसय, विमलनगर, सिमलटार, कुमालगाउ, व्यास–९ को माझफाँट, नरङ्गा, गजौडेलगायतका क्षेत्रमा घरदैलो तथा कोणसभामा व्यस्त हुनुभएको थियो । 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011