र यो पनि...

क्यान्सरमा लागि स्याउ उपयोगी
द युनिभर्सल टाइम्स्
2069/2/1

क्यान्सरमा लागि स्याउ उपयोगी
स्याउ यस्तो फल हो, जुन विश्वको हरेक ठाउँमा बाह्रै महिना पाउन सकिन्छ  । दिनहुँ एउटा स्याउ खानाले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । स्याउ खनिज र भिटामिनले भरिपूर्ण हुन्छ  । यसमा धेरै पौष्टिक तत्व हुन्छ  ।स्याउमा  कोलेस्ट्रोल हुँदैन  । यो फलहरू मा आर्सेनिक र फोस्फोरसयुक्त फल हो  । कमजोरीले ग्रस्त व्यक्तिहरूका लागि धेरै लाभप्रद छ  । काँचो स्याउ खानाले कब्जियत हट्छ  । पाकेको स्याउ खानाले पखालाको समस्या निको हुन्छ  । उच्च रक्तचाप भएकाहरू का लागि पनि स्याउ फाइदाजनक छ  । यसले मृगौलामा सोडियम क्लोराइडको मात्रा सन्तुलित राख्छ  । 
‘एग्रिकल्चर एन्ड फुड केमेस्ट्र ी’ जर्नलमा प्रकाशित कोर्नेल विश्वविद्यालयका खाद्य वैज्ञानिक रुई हुई लिबुको अध्ययनअनुसार स्याउको रसले स्तनको टयुमरको आकार सीमित गर्न महत्वपूर्ण भूमिका खेल्छ  । स्याउको रस स्तन क्यान्सर रोकथाममा प्रभावकारी हुन्छ  । स्याउले क्यान्सर, मुटु रोग, मधुमेह तथा स्मरणशक्ति सम्बन्धि समस्या समाधानमा सहायक हुन्छ  । स्याउमा प्रोटिन र भिटामिनको सन्तुलित मात्रा हुन्छ  । क्यालोरी कम हुन्छ  । त्यसैले यो फल यो मुटुलाई स्वस्थ राख्न सहयोगी हुछ  ।
उच्च रक्तचाप वा अन्य समस्याका कारण नुन कम खान बाध्य व्यक्तिहरू का लागि पनि स्याउ सुरक्षित र लाभकारी छ किनभने स्याउमा सोडियमको मात्रा नगन्य मात्रामा हुन्छ  । उच्च रक्तचाप वा अन्य समस्याका कारण नुन कम खान बाध्य व्यक्तिहरू का लागि पनि स्याउ सुरक्षित र लाभकारी छ किनभने स्याउमा सोडियमको मात्रा नगन्य मात्रामा हुन्छ  ।
दाँतको रोगले मुटुलाई खतरा
मुटुसम्बन्धी रोगबाट बच्न दिनहुँ ब्रस गर्नु पर्ने सुझाव अनुसन्धानकर्ताको छ  । आयरल्यान्डको रोयल कलेज सर्जन्स र ब्रिटेनको ब्रिस्टल युनिभर्सिटीका अनुसन्धानकर्ताहरू को दावीअनुसार, मुख फोहोर रहिरहे त्यहाँ उत्पन्न हुने जीवाणु रगतमा जान्छ र यसले गर्दा रगत जम्ने गर्छ  । यसले मुटुको कुनै भाग प्राणघातक रू पले सुन्निनसमेत सक्छ  ।
मुख फोहोर हुँदा स्ट्र ेप्टोकोक्स गोरडोनी जीवाणु उब्जिन्छ  । यो जीवाणु सामान्यतया मुखभित्रै पाइन्छ  । यसले दाँतको सतहमा पहेंलोपनालाई बढाउँछ  । यो जीवाणु रगत निस्किरहेको गिजाबाट रक्त नलीमा प्रवेश गर्छ  । अनि यसले मानव शरीरमा रगत जमाउँछ  । रगत जम्ने गरेपछि हृदयघातको खतरामा वृद्धि हुने खोजकर्ताहरू को निष्कर्ष छ  ।
 दमको औषधी हो करेला
करेला जति गुणकारी तरकारी अरु हुँदैन । तीतोपनलाई भुलिदिने हो भने गर्मी याममा बढी पाइने करेला विभिन्न रोगमा राम्रो औषधी समेत हो ।
यसमा फास्फोरस पर्याप्त मात्रामा पाइन्छ । प्रोटिन, बोसो, खनिज, कार्बोहाइड्रेट, क्याल्सियम, रेसा पनि पाइन्छ । करेलाले कफको समस्या हटाउँछ । यसको नियमित सेवनले कब्जियत कता भाग्छ कता । खाना सजिलै पच्छ र भोक मजाले लाग्न थाल्छ । पेटसम्बन्धी रोगका लागि समेत करेलालाई गुणकारी मानिन्छ । यसले कलेजोको कार्य प्रणालीलाई सुचारु गर्छ । करेलालाई रक्तशोधक औषधि समेत मानिन्छ । मधुमेहका रोगीले यसलाई तरकारी पकाएर वा यसको रस सेवन गर्नु उपयुक्त हुन्छ ।
करेलाको ‘एकसट्रेक्ट’ लाई करेटिन भनिन्छ । नेदरल्यान्डमा भएको अध्ययनमा यसलाई ब्लड सुगर घटाउन उपयोगी पाइएको छ ।
करेलाको बीउमा इन्सुलिन जस्तो पेप्टाइड पाइन्छ । आयुर्वेदले यसलाई पक्षाघात र दममा लाभदायक मानेको छ । पायल्स, स्वर विकार, पत्थरीमा समेत यो लाभदायक रहेको आयुर्वेदमा उल्लेख छ । होमियोप्याथिक औषधिमा लामो समयदेखि करेलाको उपयोग गरिँदै आएको छ ।
बुढ्यौलीमा बुढी बन्ने रहर
मान्छेले केही गर्न चाहेमा उमेरले छेक्दैन  । तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने त उखानै छ नेपाली समाजमा  । यहीँ उखानलाई आत्मसात गर्दै बेलायतका एक ८० वर्Èीय वृद्धले आफ्नो बालकैदेखिको मनको धोको पूरा गर्ने रथ रोजले बुढेशकालमा लिंग परिवर्तन गरी आइमाई बन्ने भएका छन्  । बेलायती वायु सेनाका पूर्व कर्मचारी समेत रहेका रोजले झण्डै २२ हजार  अमेरिकी डलर खर्च गरी लिंग परिवर्तन गराउने जानकारी दिएका छन्  । उनले आफु ९ वर्Èको हुँदादेखि नै आफुलाई केटी बन्न मन लाग्ने गरेको र अहिले आएर मात्र मनको धोको पूरा हुन लागेको बताएका छन् ।


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011