व्यक्ति/व्यक्तित्व

दुःख गरे नेपालमै सुन फल्छ
द युनिभर्सल टाइम्स्
2069/1/18

 दुःख गरे नेपालमै सुन फल्छ
६ वर्षको छोटो अवधिमा नै अर्गानिक खेतीबाट नाम र दाम दुवै कमाएका केबी सुब्बालाई अहिले फार्म आउनेलाई अर्गानिक खेतीको बारेमा र त्यससम्बन्धी तालीम दिँदैमा फुर्सद छैन । बिहान ४ बजेदेखि ८ बजे रातिसम्म उनी अर्गानिक फर्ममा भेटिन्छन् ।
कुनै बेला आर्थिक अवस्था कमजोर भएर घर–व्यवहार चलाउन गाह्रो भएपछि परिवार, आफन्त र गाउँलाई समेत छोडेर उनी खाडी मुलुकतिर लागेका थिए । मोरङको लेटाङ स्थायी घर भएका सुब्बाले विदेशमा काम गर्दा धेरै दुःख पाए । त्यही भएर पनि विदेशी भूमिबाटै जति बेला पनि नेपाल सम्झिरहन्थे । वैदेशिक रोजगारको क्रममा मलेसिया, साउदी, कतार पुगेर झन्डै एक दशक बिताएका सुब्बा अहिले परिवारसँगै अर्गानिक खेती गरेर खुसीसाथ बसिरहेका छन् । अरूको देशमा अरूको खटनमा काम गर्नुपर्दा धेरै दुःख पाए । विदेशमा गएर उनले कृषि तथा दूग्ध डेरीमा काम गरे । त्यहाँ नेपालीहरूले धेरै मेहनत गरेर काम गर्ने तर नेपालमा चाहिँ नगर्ने कारणले नेपालीहरू पछि परेको अनुभूति भएपछि नेपाल फर्केर खेती गर्ने सोच बनाएका थिए उनले । 
विदेशबाट आएपछि उनले कृषिको क्षेत्रमा आफ्नै गाउँ लेटाङबाट कखुरा पालनबाट सुरुवात गरे । तर त्यस समयमा माओवादी जनयुद्धको बेला थियो ।  माओवादीहरूले पनि उनको फार्मबाट कुखुरा किनेर लैजाने गर्थे तर सरकारका सुरक्षाकर्मीहरू आएर किन दिएको भन्दै दुःख दिने गरेको घटना उनको मानसपटलमा अहिले पनि ताजै छ । माओवादी कहाँ छ ? हामीलाई देखा भन्दै सुरक्षाकर्मीले बारम्बार सोध्थे रे ! ‘माओवादीसँग म हिँडेको भए पो मलाई थाहा हुन्छ ?’ भनी जवाफ दिँदा पनि सुरक्षाकर्मीले उनलाई छाडेनन् । उनलाई २०६१ सालमा सेनाको इटहरी ब्यारेकमा एक रातसम्म राखे । पछि आर्मीको लेटाङमै बेसक्याम्प आयो र बेसक्याम्पमा पनि १ हप्ता राखे । तर केही प्रमाण फेला नपारे तापनि प्रशासनले माओवादीलाई सहयोग गरेको भनेर लेटाङ छोड्न बाध्य बनायो । त्यसपछि उनी फेरि विदेश जाने मनस्थिति बनाई काठमाडौँ आए । दुबई जानको लागि एप्लाई गरे र भिसा लाग्न २÷३ महिना लाग्छ भनेपछि यो समयसम्म के गरेर बस्नु, बरु आफूले गाँउमा गरेको काम कुखुरा पालन नै गर्छु भन्ने सोच बनाए । उनले गोंगबुमा कोठा लिए र त्यही कुखुरा पालन गर्न थाले । शुरुमा उनले काठमाडौँकै एउटा कोठामा टहरा बनाई २४१ वटा कुखुरा लगाए । त्यसबाट राम्रो आम्दानी भएपछि उनले विदेश जाने सोचलाई त्यागे । 
व्यवसाय बढाउनका लागि जग्गा र पैसाको आवश्यकता प¥यो, त्यो उनीसँग थिएन । उनले गोल्डेन इगल म्यापावरका निर्देशक राकेश ढकाल (जो उनकै गाउँका हुन्) सँग कुखुरा पालन गर्छु, लगानी गरिदेऊ भनेर प्रस्ताव गरे । नभन्दै लागानी गर्न एकचोटिमै ढकाल राजी भए र १० लाख लगानी गरे । १० लाख पैसा टहरा बनाउन र ५ हजार चल्ला हाल्दा सकियो । जग्गा भने रोपनीको १० हजार भाडामा लिएका थिए । उनको कुखुरा पालनमा सगरमाथा ट्रेडले दाना दिने सम्झौता गरेको थियो । सुब्बाले २०६२ सालमा व्यवसायको सुरुवात गरेका हुन् । ४ रोपनी जग्गाबाट सुरुवात गरेको यो व्यवसाय फैलिँदै गएर अहिले ३५ रोपनी जग्गामा फैलिएको छ । कुखुरा पालन गर्ने क्रममा मलको सदुपयोग गर्न प्रांगारिक तरकारी खेती गर्ने सोच बनाए । तरकारी पनि उब्जाउ गरे तर बिक्री गर्न कठिन भयो । उपभोक्ताले रसायनिकमा उत्पादन गरेको मात्र खाने र देख्ने बानी भएकाले उनले उत्पादन गरेको तरकारी फुस्रो देखेर किन्नै चाहेनन् । तर पनि उनी निराश नभई उपभोक्तालाई सम्झाई छाड्ने अठोट गरे । एक वर्षसम्म उनले घाटामै तरकारी खेती गरे । त्यति बेलासम्म सुब्बाको पूरै परिवार र २ जना सहयोगी मात्र थिए । 
निरन्तरको प्रयासपछि उनी सफल भए । उनलाई जिल्ला कृषि कार्यालय काठमाडौँले प्राविधिक सहयोग गरिरहेको छ । चार वर्षअघि जतिबेला उनले तरकारी खेती सुरुवात गरेका थिए, त्यतिखेर मान्छेहरू खासै प्रांगारिक तरकारीमा वास्ता गर्दैनथे, तर अहिले ७० प्रतिशत मानिसहरू प्रांगारिक तरकारी नै खानुपर्छ भनेर सचेत भइसकेका छन् । सुब्बाले ३५ रोपनीमा तरकारी खेती भइरहेको छ भने ५÷६ रोपनीमा कुखुरा र गाई पालन गरिरहेका छन् । ३५ रोपनीमा तरकारी उत्पादनका अतिरिक्त उनले गाई पालन, लोकल कुखुरा, लोकल अण्डा, ब्रोइलर कुखुरा र अण्डा, च्याउ उत्पादन, मौरी पालन, खरायो पालनसम्म गरिरहेका छन् । 
अहिले यो सबै हेर्नका लागि ५ जना परिवारका सदस्यसहित १५ जना कामदार तथा कर्मचारी कार्यरत छन् । यहाँसम्म आइपुग्न धेरै संघर्ष गरे उनले । प्रांगारिक परिकार खुवाउनकै लागि उनले अहिले गेष्ट हाउससमेत खोलेका छन् । तर गेष्ट हाउस खोल्नुको मुख्य उद्देश्य भने प्रांगारिक खाना खुवाउनका साथ विदेश जानेहरू र आउनेहरू कोही आएमा उनीहरूलाई आफूले गरेको खेती देखाई मेहनत गरे यही पनि पैसा कमाउन सकिन्छ, विदेश जानु पर्दैन भन्ने देखाउनु हो । विदेशबाट आउनेहरूलाई लिनजानका लागि गाडीसमेत छ । ६ वर्षमा उनले लिएको १० लाख तिरेर जग्गा, एउटा गाडी, मोटरसाइकले जोडिसकेका छन् । ‘विदेश गएको भए आफ्नो बल हुँदासम्म केही काम  गर्थेँ हँुला’ उनी भन्छन् । अहिले उनीसँग भएको सम्पत्ति मात्र बेच्ने हो भने करोड बराबरको छ । 
एक लाख ५० हजार तिरेर खाडी मुलुकमा गएर काम गर्न जानेहरूलाई उनी ‘त्यो पैसा मेरोमा डिपोजिट गर्नुस्, विदेशमा गएर जति दुःख गरेर, जति खटेर काम गर्नुपर्छ, त्यतिकै काम यहाँ पनि  गर्नुपर्छ । म विदेशमा जत्तिकै तलब दिन्छु’ भन्ने गरेका छन् । उनले जग्गाको वार्षिक ४ लाख ५० हजार भाडा दिन्छन । कर्मचारीहरूलाई खान र बस्नदेखि न्यूनतम ६ देखि १० हजारसम्म तलब दिएका छन् । सबै खर्च कटाएर उनले मासिक एक लाख जति आम्दानी गर्छन् । उनले अहिले प्रांगारिक मल, च्याउ उत्पादन, मौरी पालनको तालीमसमेत दिँदै आएका छन् । भविष्यमा पशुसम्बन्धी पनि तालीम दिने सोचमा छन् उनी । कृषिक्रान्ति नभई नेपालमा आर्थिक क्रान्ति हुन सक्दैन भन्ने उनको ठहर छ । 
उनीसँग विदेश जाने साथीहरूले उनको प्रगति देखेर पछुताउने गरेका छन् । आपूmले नै लगानी गर्न सक्ने क्षमता भए पनि एक जनाले मात्र गरेर नहुने भएकाले सरकारको सहभागिता भएमा यसको क्षेत्र वृद्धि हुने उनको विचार छ । ‘प्रांगारिक उत्पादन गर्नेलाई सरकारले प्रोत्साहन गर्नुप¥यो र उत्पादित वस्तुलाई करिब ५० प्रतिशत बिक्री गर्न सहयोग गर्नुप¥यो’ उनी भन्छन् । रसायनिक तरकारी जुन बजारमा पाइन्छ, त्यसको तुलनामा उनको फर्ममा उत्पादन हुने तरकारी ५ देखि १० रुपैयाँ महँगो पर्न जान्छ । ‘जब रसायनिक विषादीको प्रयोग गरिँदैन, तब करिब ३० प्रतिशत उत्पादन बारीमै नष्ट भएर जान्छ’ उनी भन्छन् । फार्ममा २५ वटा गाई भेला गर्न धेरै दुःख गरेकाले गाईको स्रोतकेन्द्रसमेत खोल्ने योजना छ । उनले मौरीको स्रोतकेन्द्र नै बनाइसकेका छन् । 
यदि हामीले चाह्यौँ भने सानो ठाउँमै पनि आफूलाई चाहने तरकारी प्रशस्त उत्पादन गरेर खान सकिने उनको सुझाव छ । हामीले एउटा बोरामा माटो र मल भरेर घिरौँला रोप्यौँ भने त्यहाँ करिब १०० केजी जति फल्न सक्छ । माथि घिरौला फल्छ र तल बोरामा दूलो दूलो पारेर साग छर्ने हो भने साग पनि फलाउन मिल्छ । कृषिमा आबद्ध व्यक्तिहरूलाई उनी खेती पुरानो ढंगबाट मात्र गरेर हुँदैन, यसलाई आधुनिकीकरण गर्नुपर्छ भन्ने सुझाव दिन्छन् । कृषि क्षेत्रमा नेपाल सरकारले चासो दिने हो भने वा लगानी गर्ने हो भने नेपाली युवाहरू विदेश जानु नपर्ने उनको भनाइ छ । उनको काममा परिवारले धेरै साथ दिएको छ । स्थानीय बासिन्दाको पनि एकदमै राम्रो सहयोग पाएका छन् । 


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011