खेलकुद

राष्ट्रिय टेबल टेनिस यसै साता
the universal tines
2o74

राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत ३९औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यसै सातादेखि हुने भएको छ । 

उक्त प्रतियोगिता यही पुस २६ गतेदेखि २९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले प्रतियोगितामा तीन विभागीय टोलीसहित जिल्लाको गरी ४५ टोलीको सहभागिता रहने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको नियमअनुसार सञ्चालन हुने उक्त प्रतियोगितामा कूल सात विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोबाइल रहनेछ 

राष्ट्रिय टेबल टेनिस यसै साता
the universal tines
2o74

राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत ३९औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यसै सातादेखि हुने भएको छ । 

उक्त प्रतियोगिता यही पुस २६ गतेदेखि २९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले प्रतियोगितामा तीन विभागीय टोलीसहित जिल्लाको गरी ४५ टोलीको सहभागिता रहने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको नियमअनुसार सञ्चालन हुने उक्त प्रतियोगितामा कूल सात विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोबाइल रहनेछ 

१२० दिने ‘मार्सल आर्ट प्रशिक्षण कार्यक्रम सम्पन्न
the universal tines
2o74

नेपालमा नयाँ संस्कार सहितको मार्सल आर्ट तङ्ग–इल मो–दोे   
काठमाण्डौं पुस ४ । नेपालमा पहिलोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम समापन गरिएको छ  । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा गत भाद्र ११ गतेदेखि संञ्चालन भएको प्रशिक्षण विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र जोरपाटीमा संञ्चालन भएको हो  । 
समापन समारोहमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै  नेपालमा यसले छुटै पहिचान बनाएको बताए । एमालेका बरिष्ठ नेता नेपालले खेलको माध्यबाट भातृत्वको बिकास गरिने तथा  समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहेने चर्चा गरे । 
खेल लगायत जुन सुकै क्षेत्रमा पनि जित र हार एक सिक्काका दुई पाटा भएको बताउदै हारबाट नआतिन र जित बाट नमातिन सबैलाई आग्रह गरे ।  
उनले अव  नेपाल आर्थिक क्रान्तीको बाटोमा अगाडि बढेको उल्लेख गदै बहुजातिय बहुभाषिय बहु सास्कृतिको रहेको मुलकमा अव फराकिलो दृष्टीकोणबाट सोच्नु पर्नेमा जोड दिए । उनले अरुलाई सम्मान गर्ने सके मात्र आफूले सम्मान पाउने उल्ल्ोख गदै  अव सानो चित्त र मानसीकता तोडेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए । 
नेता नेपालले पूबिय सम्यता, हिन्दुत्व र बुद्ध धर्म नेपालबाट शुरु भएको उल्लेख  गदै अव समयको सहि सदुपयोग गरेर अगाडि बढ्नु पर्ने बेला आएको बताउँदै प्रशिक्षणमा सहभागि खेलाडिहरुलाई आफुले सिकेको ज्ञान र सिप अरुलाई बाँडन आग्रह गरे । 
समारोहमा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले १२० दिने तालिमको उद्घाटन र समापनमा आउन पाएकोमा खुशी ब्यक्त गदै  खेलाडिले सिकेको सिप राष्टको सम्पति रहेको बताए किनकी आजका युवा नै भोलीका देशका भबिश्य हुन् । 
पूर्वमन्त्री एकनाथ ढकालले खेलको माध्यमबाट युवावर्गमा नैतिक शिक्षा दिनको लागि पनि तङ्ग–इल मो–दो सफल हुँदै गएको बताए ।  यो खेलको माध्यबाट शान्ति स्थापनामा सहयोग पुग्ने बिश्वास ब्यक्त गद खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउनु नैतिकवान बनाउनमा यो प्रशिक्षणले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले प्रखिेलकुद जीवनको अनुशासन, स्वास्थ्य र राष्ट्रको गौरवकोे लागि महत्वपुर्ण रहेको बारे प्रकाश पादै खेलाडीहरू देशका गहना र शक्ति रहेको बताए 
समापनमा विश्व तङ्ग–इल मो–दो संघका अध्यक्ष ग्रान्ड मास्टर डा. जुन हो सुक , युपीएफ एशिया प्यासेपिक का अध्यक्ष डा. चङ्ग सिक योङ्ग विश्व तङ्ग–इल मो–दो संघका महासचिव एवम् तङ्ग–इल मो–दो संघ, अन्तराष्टिय उपाध्यक्ष मास्टर काकामित्सु होसिको, एशिया तङ्ग–इल मो–दो संघका अध्यक्ष मास्टर भेनुस अगस्टिन लगायतले खेलको माध्यबाट समाजमा सद्भाव कार्यम राख्न मद्धत पुग्ने बताएका थिए । 
तालिममा सहभागि खेलाडीले  मार्सल आर्टका अलवा अग्रेजी तथा कोरियन भाषा प्रशिक्षण, सरसफाई, सामाजिक उतरदायित्व , ब्यत्तित्व बिकास, बाढीपिडीतलाई राहत संकलन लगायत सामाजिक कार्यमासमेत सहभागिता जनाएको राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारी बताए । 
प्रशिक्षणमा पूर्व पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७५ जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।  
समापन अवसरमा तङ्ग इल मोदो का खेलाडिहरुले खेल कौशल्य प्रस्तुत गर्नुका साथै बरिष्ठ गायक आनन्द कार्कीले साँङगेतिक प्रस्ुतुति प्रस्तुत गरेका थिए । तङ्ग इल मोदो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलको अध्यक्षता भएको कार्यक्रमको संञ्चालन काशी नाथ खनालले गरेका थिए । सन् २००५ मा नेपालमा भित्रिएको यो खेल अहिले नेपालका अधिकांश जिल्लामा खेलिन्छ । 

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि
the universal tines
2o74

रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । 

सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा स्थापित गरौं” भन्ने मुख्य उद्देश्यका साथ सो प्रतियोगिता हुने भएको हो । 

पोखरा लेखनाथ उपमहानगरपालिका– १७ मा क्लबद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ सञ्चालित सो फुटबल प्रतियोगितामा कूल एक करोड २१ लाख ८२ हजार आम्दानी एवं ९० लाख पाँच हजार ५०० सय खर्च गरी रु तीस लाख भन्दा बढी आम्दानी गर्ने क्लबका महासचिव विश्वराज बरालले जानकारी दिनुभयो । 

मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्र्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको सो फुटबल प्रतियोगता सम्पन्न गर्न पोखरा लेखनाथ महानगरपालिकाको संयोजन, राष्ट्यि खेलकूद परिषद्, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकूद विकास समिति, कास्की जिल्ला फुटवल संघ, सहारा युके, हङकङ, अष्टे«लियाको सहयोग रहने कार्यक्रममा जानकारी दिइयो 

एएफसीका अध्यक्ष खालिफा नेपालमा
the universal times
2074

एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आउनुभएको छ । 

दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आउनुभएको छ । उहाँहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । 

अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग बैठक गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । 

सर्वाधिक पुरस्कार राशिको इपिएल क्रिकेट
the universal times
2074

काठमाडौँ, १५ साउन । सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ । 

प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक जोहोरा स्पोर्टस म्यानेजमेन्टका अध्यक्ष आमिर अख्तरले जानकारी दिनुभयो । 

उक्त प्रतियोगिताको विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछन् । नेपाली क्रिकेट इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेटमा विजेताले रु २० लाख पुरस्कार प्राप्त गरेको थियो । 

पत्रकारसम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र आयोजक जोहोराका अध्यक्ष अख्तर तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले प्रतियोगिताको नयाँ लोगो सार्वजनिक गर्नुभयो । गत वर्षदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो । विजेता टोलीले गत वर्ष रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो । 

राष्ट्रिय टिमका कप्तान खड्का तथा राष्ट्रिय टोलीका प्रशिक्षक टमाटाले इपिएल नेपालको ठूलो क्रिकेट प्रतियोगिता भएको बताउँदै यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकासमा सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ

चार नेपाली खेलाडि एसियाली मार्सल आर्ट च्याम्पीनसीपमा सहभागि हुदै
the universaltime
2074


काठमाण्डौं ।  थाईल्याण्डको चाङमाई सिटीमा यहि साउन १० देखी १६ गते सम्म संञ्चालन हुने एसियाली मार्सल आर्ट च्याम्पीनसीपमा चार नेपाली खेलाडिहरुले सहभागिता जनाएका छन् । तङ्ग इल मोदो संघ नेपालको तर्फबाट निमा बिष्ट, भिम कुमारी चौधरी, संजिव कुमार  चौधरी र तेज बहादुर सिहले सहभागिता जनाएको तङ्ग इल मोदो संघ नेपालका उपाध्यक्ष ईश्वर भट्टले जानकारी दिए । 
मार्सल आर्ट मार्फत शान्तिलाई बढवा दिने उदेश्य सहित खेलको आयोजना गरिएको हो । खेलको माध्यमबाट धर्म, संस्कृति, जाति भन्दा माथी उठेर खेलको माध्यबाट भाईचाराको सम्बन्ध स्थापीत गराउने  छ । 
विश्वका दजनौ देशबाट तङ्ग इल मोदा तथा अन्य मार्सल आर्टका खेलाडिहरुको समेत सहभागिता रहेको छ  । अठार बर्षदेखि ५५ बर्ष सम्मका खेलाडिहरुको सहभागित रहने एसियाली मार्सल आर्ट च्याम्पीनसीपमा तौल समुहको आधारमा प्रतिस्प्रर्धा गराईने छ ।  

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजना
the universal times
2073

नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।जेबलअली, दुबईको एक मजदुर क्याम्पमा गत ७ अप्रिलमा सुरु भएको प्रतियोगितामा युएईका विभिन्न संघसंस्था लगायत कम्पनीमा कार्यरत १४ वटा टिमले सहभागिता जनाएका छन् । नयाँ वर्षको शुभकामना आदानप्रदानसहित परदेशको संघर्षपूर्ण जीवनमा खेलकुदप्रतिको नेपाली युवाहरुको मोहलाई सम्बोधन गर्न नेपाली समुदाय युएई, जेबेलअली पार्कोे एकाईको आयोजनामा उक्त प्रतियोगिता गराइएको समुदायका अध्यक्ष मुनप्रसाद गुरुङले जानकारी दिए । उक्त प्रतियोगिताको लाभांश हेटौंडाका विपन्न तथा दुर्घटनाबाट सिकिस्त, हरिराम राना मगरको उपचार खर्च गरिने खेलकुद संयोजक प्रदिप ठकुरीले  बताएका छन् ।

विदेशमा नेपाली पहिचान र राष्ट्रियता झल्काउँदै नेपाली राष्ट्रयगानबाट खेलको प्रारम्भ गराइएको थियो । नेपाली समुदायलाई विगतदेखि निरन्तर साथ सहयोग दिदै आएका व्यापारिक संस्थानहरु प्रान फुड, अल बारा मिनी मार्केट,Al Kazima Travel and Tourism LLC यस प्रतियोगितामा विशेष प्रायोजकको रुपमा उपस्थिति जनाएका थिए । प्रतियोगिताको सेमी फाइनल र फाइनल खेल तथा पुरस्कार वितरण, प्रायोजक सम्मान कार्यक्रम लगायत सहयोगी मध्ये भाग्यशाली एक जनालाई हवाई टिकटको बिजेताको घोषणा आगामी १४ अप्रिल २०१७, शुक्रबारको दिन आयोजना गरिने बताइएको छ । नेपाली समुदाय युएईको तेस्रो शृंखलाको रुपमा यस अन्तर सामुदायिक भलिबल प्रतियोगितामा एक हजार ५ सयभन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो । खेल अत्यन्त प्रतिस्पर्धात्मक, मनोरन्जनात्मक र शानदार भएकोे दर्शकहरुले प्रतिक्रिया दिएका थिए । सेमीफाइनलमा पुगेका चार टिमबीच कडा प्रतिस्पर्धा हुनेछ । समूह ए मा जेपिटी डिआईपी टिम र नेपाल स्पोर्ट क्लबबीच पहिलो प्रतियोगिता हुनेछ भने समूह बी मा दोस्रो खेल हातेमालो अबुधाबी र ढोरपाटन अबुधाबीबीच हुनेछ ।

दुबै समूहका विजेता टिमले नेपाली नयाँ वर्षको पहिलो दिन दुबईमा फाइनलका लागि कडा प्रतिस्पर्धा गर्नेछन् ।

शारीरिक अपाङ्गतर्फ सुनिता नेपालीले तीन स्वर्ण
the universal times
2073

काठमाडौँ, १८ फागुन । गङ्गा उमाविकी सुनिता नेपालीले २२औँ विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक अपाङ्गतर्फ तीन स्वर्णपदक हात पारिन् । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको अन्तिम खेलमा सुनिताले छात्रातर्फ क्रचेज (बैशाखी) नलिएर १०० मिटर दौड, क्रचेज नलिएर २०० मिटर दौड र क्रचेज नलिएर सटपुटमा स्वर्णपदक हात पारेकी हुन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित उक्त प्रतियोगिताको शारीरिक अपाङ्गकै क्रचेज नलिएर १०० मिटर दौडको छात्रमा खगेन्द्र नवजीवनका सुरज कार्कीले स्वर्ण पदक हात पारे । 

त्यस्तै एक क्रचेज लिएर १०० मिटर दौडको छात्रमा प्रभात माविका सुनील सुनार र छात्रामा खगेन्द्रकी पूजा कार्की, दुई क्रचेज लिएर १०० मिटर दौडको छात्रमा खगेन्द्रका युवक लामा र छात्रामा नेपाल अपाङ्ग सङ्घकी मञ्जु थारु तथा क्रचेज नलिएर २०० मिटर दौडको छात्रमा खगेन्द्रका सुरज कार्कीले पहिलो स्थान हासिल गरे । 

एकसय मिटर ह्वीलचेयरको छात्रमा नेपाल अपाङ्ग सङ्घका अशोक राना र छात्रामा रजनी राई तथा सटपुटमा क्रचेज नलिएरको छात्रमा नेपाल अपाङ्ग सङ्घका बलबहादुर चौधरीले पहिलो भए । 

बहिरातर्फ १०० मिटर दौडको छात्रमा देवेन्द्र सारु र छात्रामा बहिरा बाल माविकी पुष्पा खत्री, २०० मिटर दौडको छात्रमा सिद्ध बहिरा बालक विद्यालयका धीरज शाही र छात्रामा बहिरा बाल माविकी पुष्पा खत्री पहिलो भए । 

त्यसैगरी ४०० मिटर दौडको छात्रमा बहिरा बाल माविका दयानारायण चौधरी र छात्रामा धौलागिरि बहिरा विद्यालयकी अनिता बुढामगर, सटपुटको छात्रामा बहिरा विद्यालयकी सञ्चमाया तामाङ र छात्रमा बहिरा बाल माविका देवेन्द्र सारु तथा लङजम्पको छात्रामा विराट बहिरा माविकी चमन खातुन र छात्रमा सिद्ध बहिराका धीरज शाहीले शीर्ष स्थान हात पारे । 

पूर्ण दृष्टिविहीनको सटपुट छात्रमा लेबोरेटरीका आनन्द पाण्डे र छात्रामा मङ्गलप्रसाद उमाविकी दौपदा सहकार्य, आंशिक दृष्टिविहीनको सटपुट छात्रमा ज्ञानोदय उमाविका लक्ष्मण बुढाथोकी र छात्रामा मङ्गलप्रसादकी सपना चौधरी, पूर्ण दृष्टिविहीनको स्ट्यान्डिङ लङजम्प छात्रमा जनप्रकाश उमाविका अभिषेक सुनुवार र छात्रामा लेबोरेटरीकी सनिता भट्टराई पहिलो भए । 

आंशिक दृष्टिविहीनको स्ट्यान्डिङ लङजम्प छात्रमा शिखर उमाविका चेतन सुनुवार र छात्रामा मङ्गलप्रसादकी सपना चौधरीले स्वर्ण जिते । 

विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राखेपका सदस्यद्वय अस्मिता गुरुङ र उपेन्द्र पौडेललयातले पुरस्कार प्रदान गर्नुभएको थियो । 

दुईदिने प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ उपत्यकाबाट १४५ र उपत्यका बाहिराबाट १४३ गरी २८८ खेलाडीले एथलेटिक्सका विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 

नेपालले जित्यो ९ स्वर्ण सहित ३६ पदक
the universal times
2073

झापाको विर्तामोडमा सम्पन्नभयको दोस्रो इन्डो नेपालतङ्ग इल मो दो ओपन पिस कप प्रतियोगिता २०१७ मा नेपालले ९ स्वर्ण र ११ रजत सहित ३६ पदक जित्न सफल भएको छ । यहि मिती २०७३ साल माघ १७  र १८ गते सम्म सहिद दिवशको अवसरमा भएको उक्त प्रतियोगीता तङ्ग इल मो दो संघ झापा को आयोजनामा सम्पन्नभएको  थियो । 
नेपाल र भारतविचको मैत्रीपुर्ण सम्वन्धलाई अझ् प्रगाढ र आत्मियता बढाउने उदेश्यले आयोजना भएको प्रतियोगितामा नेपाल र भारतका गरी १५० जाना खेलाडिको सहभागिता रहेको थियो । १५ वटा स्वर्णका लागि भएको प्रतिस्प्रधामा नेपालकालागि महिलातर्फ ३० के.जी मुनि झापा कि दिना थापा ले स्वर्ण हातपारीन भने झापाकै एलिसा पन्तले रजत जित्न सफल भईन, ३०–४० केजि तर्फ नेपालकि अनिता बिष्ट (कैलालि) ले स्वर्ण पदक, ४०–५० केजी तर्फ नेपालकी दुर्गा शाहि (कैलालि)  ले स्वर्ण पदक, ५०–६० केजी तर्फ भारतकि यासीका पास्वानले नेपालकी विरसिका गुरुङ इलामलाइ हराउदै स्वर्ण जित्न सफभईन त्यस्तै, ६०केजि भन्दामाथि तर्फ भारतकि मुस्कान राना ले स्वर्णपदक जित्न सफल भईन, ।
भने पुरुषतर्फ ३५ केजीभन्दामुनि समुहमा नेपालकागौरव सावा (झापा) लाइ हराउदै भारतका लभकुस ले स्वर्ण जितेका थिए, ३५ देखी ४० केजी समुह मा दीनेस के सी (दाङ) लाई हराउदै भारतका दिपक मेहेरा ले स्वर्ण जितेका हुन । ४० देखि ४५ केजी समुहमा भारतका गौरभ चौधरीले स्वर्ण, ४५ देखि ५० केजी समुहमा नेपालका तिर्थ चौधरी कैलाली ले स्वर्ण, ५० देखि ५५ केजि समूहमा नेपालका साजन तामाङ्गले स्वर्ण पदक, ५५ देखि ६०केजी समुहमा संदेश पोख्रेलले स्वर्ण पदक, ६०देखि ६५ केजि सम्ममा नेपालका अंचल विसि ले स्वर्ण, ६५ देखि ७० केजि सम्म भारतका जइलाई हराउदै नेपालका तिलकभुजेल (झापा) ले स्वणर््ा जित्न सफल भए त्यसैगरि ७० देखि ७५ केजि समुहमा नेपालका अनिल खड्काले स्वर्ण र ७५ के.जी. देखिमाथी खुल्लातौल समुहमा भारतका साहिल चौधरी ले स्वर्णपदक जित्न सफल भए । खेलको मूल्याकन गर्दै पुरुष तर्फ उत्कृष्ट खेलाडी ट्रफि झापा तिलक भुजेल र महिला तर्फ भारतका यासिका पास्वानले प्राप्त गर्न सफल भएका थिए, त्यसैगरि सर्वोउत्कृष्ट खेलाडी ट्रफी कैलालीका अनिल खड्काले प्राप्त गरे । भने प्रथम उत्कृष्ट टिम ट्रफि नेपाल र दोश्रो उत्कृष्ट ट्रफि भारतले प्राप्त गर्न सफल भए ।
प्रतियोगिताको उद्घाटन झापा प्रमुख जिल्लाअधिकारी श्री उत्तर कुमार खत्री, तङ्ग इल मो दो संघ नेपालका अध्यक्ष श्री सन्तोस कुमार पौडेल र तङ्ग इल मो दो संघ भारतका माहासचिव छतीस चौधरीले संयुक्तरुपमा गर्नु भएको थियो । सम्पूर्ण अतिथिहरु नेपाल र भारतका कोच रेफ्री र खेलाडीहरुलाई मेची क्याम्पस अंग्रेजी विभाग प्रमुख प्रोफेसर कुमार थपलिया स्वागत गर्नुभएको उद्घाटन समारोहको संन्चालन दुईदिन सम्म भएको प्रतियोगीतामा जुरीको रुपमा केन्द्रिय उपाध्यक्ष तथा प्राविधिक प्रमुख दिपक वास्तोला र फिलिपिन्सका अन्तराष्ट्रिय प्रसिक्षक एडोनीस, रेफ्रिको रुपमा दिपेन्द्र ठाकुर, जजहरुको रुपमा क्रमशः तेज शिंह, प्रकास श्रेष्ठ, नवराज विष्ठ र श्याम मगर रहनुभएको थियो ।
प्रतियोगिताको दोश्रो दिनको सुरुवातमा मार्सलआर्ट शान्ति, स्वाथ्य र राष्ट्रको लागी भन्ने नारा सहित सयौ खेलाडी र प्रतिष्ठित व्याक्तिहरुको सहभागीमा शान्ति ¥यालि गरिएको थियो । प्रतियोगीताको समापनमा प्रमुख अतिथीको रुपमा विर्तामोड ईलाका प्रहरी कार्यलयका प्रहरी नायक उपरिक्षक केशव कुमार थेवे ज्यू ले विजेता खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गर्नुहुदै हार्दिक वदाई तथा सुभकामना व्यक्त गर्नुभएको थियो । समापन कार्यक्रमका सभापति वेद प्रकाश अग्रवाल ले प्रतियोगिता आयोजना गर्न सहयोग पु¥याउनु हुने संस्थाहरु क्रमशः ब्याक हर्स सुज, सिल्को स्र्पोट सिलिगुडि, पाथिभार एजुकेशनल एकेडेमि, स्वतिका सिसुसधन, रुद्र मेमोरियल इङ्लिस स्कुल, मनकामना उच्च मा.वि., जि.वि.स.झापा, झापा खेलकुद विकाश समिति, विर्तामोड नगरपालिका, दमक नगरपालिका, एक्सेल डेभलोपमेन्ट बैंक, सहारा नेपाल, मेघा कमप्लेक्स, आलस्का आटो मोवाईल, ईटा उद्योग संग झापा, युपिएफ नेपाल, द युनिर्भसल टाईम्स र डब्लु कार्प नेपाल लाई एकमुष्ठरुपमा धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011