आध्यात्मिक चिन्तन

सहमतिको सरकारका लागि सहमति जुटाउने माओवादी केन्द्रको निर्णय
the universal times
2073

काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)ले मुलुकका तमाम समस्या हल गर्न प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई पुनः प्रमुख प्राथमिकता दिएको छ । 

माओवादी केन्द्रको आज अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले सहमतिको सरकार नै मुलुकको पहिलो आवश्यकता भएको निष्कर्ष निकालेको हो । गत वैशाख २५ गते भएको नौ बुँदे सहमति र केही अलिखित सहमतिका विषयमा सरकारको प्रमुख घटक नेकपा (एमाले)सँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ । 

प्रवक्ता पम्फा भुसालका अनुसार विगतमा भएका सहमति एवम् समझदारीलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने र पूर्व सहमतिलाई अक्षरशः कार्यान्वयन गराउने विषयमा एमालेसँग छलफल गर्ने निर्णय गरेको हो । 

माओवादीले संविधान लेखन प्रक्रियाबाटै असन्तुष्ट बन्दै आन्दोलनमा रहेको मधेसवादी दल, थारु, जनजाति तथा आदिवासी समुदायको माग सम्बोधन गर्नुपर्ने, भूकम्पपछिको पुनःनिर्माणलाई गति दिनुपर्ने, बाढी पहिरोपीडितलाई राहत तथा उद्धारका लागिसमेत प्रमुख दलको सहमति जरुरी रहेको बताउँदै आएको छ । 

शान्ति प्रक्रियासँग जोडिएका कतिपय विषयमा जुन गतिमा काम गर्नुपर्ने हो, सो हुन नसकेको भन्दै माओवादी केन्द्रले एमालेसँग असन्तुष्टि व्यक्त गर्दै आएको छ । माओवादी केन्द्रको पोलिटब्युरो बैठकले सहमतिको सरकार गठन गर्ने र त्यसको संयोजन गर्ने जिम्मा अध्यक्ष दाहाललाई नै दिएको सन्दर्भमा आजको केन्द्रीय कार्यालयको बैठकले समेत सोही आधारमा निर्णय गरेको हो । 

आइतबार साँझ एमालेलगायतका सत्तारुढ दलहरुसँग संयुक्त छलफल गरेको माओवादीले सबै पक्षसँग सहमतिको सरकार गठनका लागि द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने निर्णय गरेको प्रवक्ता भुसालको भनाइ छ 

धार्मिक स्वतन्त्रता र राजनीति
The Universal Times
Ashad 29

यो युग स्वतन्त्रताको युग हो । मानिस अहिले स्वतन्त्रताका लागि तीव्रतर रुपमा अघि बढिरहेको छ । स्वतन्त्रता र अधिकार सम्पन्न हुनका लागि मानिसहरू लागि परेका छन् । तर वास्तविक स्वतन्त्रता के हो, यसको लक्ष्य के हो, स्वतन्त्रताका लागि चाहिने सर्तहरू के के हुन् ? जस्ता अनेकन प्रश्नहरूको उत्तर पत्ता नलगाइ र नबुझिकन मानिसको स्वतन्त्रता प्राप्ती तर्फको यात्रा अधुरै रहन्छ । यहाँनेर धार्मिक स्वतन्त्रताको कुरा किन गर्न खोजिएको हो भने, धार्मिक स्वतन्त्रता नै नागरिक स्वतन्त्रताको आधार हो । यहाँ धार्मिक स्वतन्त्रता भनेर धर्म निरपेक्षता भन्न खोजिएको किमार्थ होइन । मेरो बुझाइमा राज्य धर्म निरपेक्ष हुनुहुँदैन । आध्यात्मिकताको गहिराईमा नपुगिकन मानवको चरित्र विकास हुन सक्तैन ।

धर्मको अन्त्यको दिन
The Universal Times
Ashad 20



‘एक्काइसौं शताब्दीमा मानव पूनः जीवनका सम्पूर्ण पक्षहरूमा एक हुनतिर गइरहेको छ ।’
                                             -आर्नोल्ड टोएन्वी, (बेलायती इतिहासकार)  

झापा यात्राले दिएको अनुभूति
काशीनाथ खनाल
Ashad 13, 2072


यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु ... 

स्वरसम्राट स्वर्गीय नारायणगोपालले गीत गाए जस्तै मानिसको जीवनमा धेरै यात्राहरू हुन्छन् । केही यात्रा उद्देश्यमूलक हुन्छन् त केही उद्देश्य विहीन । यात्रा सबैले गर्दछन् तर अनुभूति सबैले पाउँछन् भन्ने छैन । यस स्तम्भकारले पनि विभिन्न बहानामा नेपालका चालिस भन्दा बढी जिल्लाको यात्रा गरेको छ । कतिपय जिल्लाहरूमा दर्जनौं पटक पनि यात्राहरू भएहोलान् । शुरुवाती दिनहरूमा केही संस्मरणत्मक लेखहरू डायरीका पानामा उतार्ने प्रयाश गरेपनि प्रकाशन कै हिसाबबाट चाहिँ अहिले सम्म बाहिर आएका छैनन् । 

आध्यात्मिक सिद्धान्त र अनुयायीहरू
K N KHANAL
Jestha 29, 2072

अध्यात्मिक सिद्धान्त एक वास्तविक र यथार्थ सिद्धान्त हो । आध्यात्म जड यथार्थ र भौतिक बाह्य यथार्थ हुन् । आध्यात्मिक सिद्धान्त र भौतिक सिद्धान्त एक अर्काका पूरक हुन् । अध्यात्म बिना भौतिक अस्तित्वमा आउनै सक्तैन भने भौतिक बिना अध्यात्मको कुनै अर्थ रहँदैन । आध्यात्म र भौतिक एकअर्काका पर्याय भएपनि इतिहास भरी नै यी दुईका बीच द्वन्द्व देखाएररगराएर अध्यात्मिक र भौतिकवादी दुवैले राजनीति गर्ने भरपुर प्रयत्न गरेका छन् । ‘साँचो डग्दैन झुठो तग्दैन’ भनेझैं आखिर सत्यता प्रकट भएरै छाड्छ र भित्री गुह्यहरू बाहिर निस्कन्छन् । अझैपनि दुवैतिरको ठूलै जमात अनेक हत्कण्डा अपनाएर वास्तविकता थाहानपाएको बहानाबाजी गर्न तल्लिन छन् । तसर्थ, हामी एक किसिमको सामाजिक संघर्षकै क्रममा छौं भन्दा अत्युक्ति हुन्न । वास्तविक कुरा के हो भने दुवैको एकता बिना मानवीय उद्देश्य पूरा हुन सक्तैन र समस्याहरू पनि समाधान हुन सक्तैनन् ।

महाभूकम्प र नदुखेका मन
the universal times
2072/2/8

काशीनाथ खनाल 

                    वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका कतिपय पराकम्पनहरूले धेरै नेपाली बस्तीहरूलाई खण्डहर बनायो, हजारौंको जीवन लुट्यो, धेरै चेलीहरूको सिउँदो उजाड्यो, धेरै बालबालिकाहरूलाई अनाथ तुल्यायो अनि दशौं हजारलाई घाइते बनायो । पराकम्पन अझै रोकिएको छैन । अझै दुनियाँ त्रासमा छ । बालबालिका मानसिक रुपमा बिक्षिप्त छन् । मेरी आफ्नै तीन बर्षे अबोध छोरीले बाटोमा हिंड्ने क्रममा बिटमा बसेका प्रहरीलाई सोधिन्, ‘पुलिस अंकल तपाइँले भूईचालोलाई समात्नु भो ?’ प्रहरीले उत्तर दिए, ‘त्यो भूइँचालो त भागिहाल्यो नि !’ मेरी अर्की ६ बर्षे छोरी घर भित्रै पस्न मान्दिन भने बीस महिने छोरा काखबाट भूइँमा बस्नै मान्दैन । अफिसको काम बिशेषले म बाहिर जान लाग्दा बच्चाहरु ‘बाबा नजानुस् फेरी भूइँचालो आउँदा हामी कसरी भाग्ने ?’ यो सन्त्रास सबै बालबालिकामा छ भन्ने तथ्य यसले प्रश्तुत गर्दछ ।
देशले न भूकम्प आउनु अघिको व्यवस्थापन र उचीत तयारी गर्न सकेको थियो न त भूकम्प पछिको व्यवस्थापन र जिम्मेवारी बहन गर्न नै सकेको छ । सरकार विदेशीको बाटोमात्र हेरिरहेको छ ।  जनता पनि सरकारले र संघसंस्थाले के दिन्छन् भनेर बाटो कुरिराखेका छन् । कसैले केही बाँड्यो भने पीडित र गैह्रपीडित सबै जम्मा हुन्छन् र सित्तैँमा पाएको चीज आफ्नो बनाउन तँछाडमछाड गर्दछन् । कुनै वस्तीमा राहत सामाग्री बाँड्दाको दृश्य सयौं माग्नेहरूको भीडमा एकजनाले खानेकुरा बाँड्दाको जस्तो देखिन्छ  । जेठ १ गते मेरो आफ्नै जन्मथलो काशीखण्ड नगरपालिका स्थित जयमंगलटार गाउँमा आफूले काम गर्ने गरेको संस्था यूनिभर्सल पीस फेडेरेसन मार्फत केही राहत सामाग्री लिएर म आफैं पुगेको थिएँ । त्यहाँ त्यस्तै केही ७५ परिवारका लागि सेट तयार गरेर गएका थियौं हामी, जसमा त्रिपाल, ब्लाङ्केट र म्याट थियो । त्यहाँ कताकताबाट खबर पाएर धेरै मान्छे थुप्रिसकेका रहेछन् । हामीले बाँडेको राहत पीडित र निमुखा परिवारले पाउन् भन्ने भावना उपस्थित गैह्रपीडित व्यक्तिहरूमा पटक्कै देखिएन । जसले नाम लिस्टको संयोजन गरेका थिए उनले पनि आफ्नै आउरेबाउरेको नाम टिपेर दिएछन्। यो कुरा त्यतिबेला मात्र पत्ता लाग्यो जब आफूले दिएको लिस्ट सकिएपछि उनी टाप ठोकेछन् । त्यहाँ लुटको धन फूपुको श्राद्धे जस्तो स्थिति सृजना भयो । यो एउटा प्रतिनिधि घटना मात्र हो भन्ने मैले लिएको छु । 
देशमा विदेशीले दिएको राहत पनि पुग्नुपर्ने ठाउँमा पुगेको छैन, पाउनुपर्ने व्यक्तिले राहत पाएकै छैन, एकाध बाहेक । देशभर पहुँच भएको सरकार त दलीय भागबण्डा लगाउँछ राहत वितरणमा भने अरुको के कुरा भयो र ? जनता प्रति जिम्मेवार को छ र यो देशमा ? अरु दातृ निकाय वा संघ संस्थाहरुले त आफ्नो स्वार्थसिद्ध हुने अवस्था बाहेक अन्यत्र लगानी गर्दै गर्दैनन् । क्रिष्टियन चर्चले राहतको साथमा बाइबल समेत बाँडेको तथ्यले यसलाई प्रमाणित गर्दछ । यहाँ विदेशबाट सहयोग प्राप्त राहतको ठूलो हिस्सा उच्च पदस्थ व्यक्तिहरूको हेलिकप्टर  चार्टर्ड लगायत अन्य विलासिताका कार्यमा लगाउने, स्थानीय स्तरमा राहत लगेर कार्यकर्ताहरू छानीछानी पोस्ने काममा प्रयोग हुन्छ । सरकारी र गैरसरकारी संस्थाहरू समेत यसबाट एक प्रतिशत पनि अछुतो छैनन् । 
महाभूकम्पले ११ वटा पहाडि जिल्लालाई नराम्रोसित हिर्काएपछि काठमाण्डौं छोड्नेको ताँती नै लाग्यो, विशेषतः तराई र भारतीय मूकका नागरिकहरुमा । यती मात्र होइन देशै छोडेर विदेश पलायन हुने जमातको पनि कमी छैन यहाँ । पहुँच भएकाहरूले आफ्ना छोराछोरीलाई भारत लगायत अन्य मुलुकमा र कतिपयले अझ युरोप र अमेरिका सम्म पनि पढ्न पठाइसकेको समाचार बाहिर आइसकेको छ । ठूला र पहुँच भएकाहरूले त बालबच्चालाई भारत, युरोप र अमेरिका पु¥याएर पनि पढाउलान् तर सामान्य व्यक्तिहरूले के गर्ने ? 
भूकम्पको जोखिम सबैलाई उत्तिकै छ ( नेता भन्नेलाई पनि छ र जनता भन्नेलाई पनि, व्यापारीलाई पनि छ र क्रेतालाई पनि, शिक्षकलाई पनि छ र विद्यार्थीलाई पनि । यहाँ देश दुखेको बेलामा, यदि पहुच भएका, विशेषतः नेताहरूले छोराछोरी र आफन्तेलाई बाहिर ओसार्न लागे भने तिनले आफूलाई कसरी सामान्य नागरिकको प्रतिनिधि हुँ भन्न सक्तछन् ? जे होस् समग्रमा भन्नुपर्दा यो महाभूकम्प केही मान्छेका लागि विज्ञापन गर्ने अवसर समेत भएको छ भन्दा कुनै अतिसयोक्तिपूर्ण हुन्न । 

महाभूकम्प २०७२
The universal times
2072/1/20

काशीनाथ खनाल 

ठूलो भूकम्प जाँदैछ है भन्दा भन्दै अन्ततः वैशाख १२ गते महाभूकम्प गयो । भूकम्पका बारेमा विगत धेरै नै बर्षदेखि विविध टिकाटिप्पणी चलि नै राखेका थिए । भूकम्पका लागि तयारी भनिएको पनि सहर केन्द्रित थियो शायद । गाउँमा प्रिभेन्सनका बारेमा खासै ठूलो चासो र तयारी थिएन भन्दा कुनै अत्युक्ति बोलेको हुन्न । तर परिणाम पहाडी ग्रामीण भूभाग तहसनहस भयो विशेषगरी गोरखा लगायत बागमती अञ्चलका पहाडी बस्तीलाई उजाड्यो र खण्डहर बनाइदियो २०७२ को महाभूकम्पले । अहिले मानिसको तन र मन दुवै त्यही भूकम्पको सेरोफेरोमा रुमल्लिरहेको छ । छापा, टेलिभिजन, रेडियो, पत्रपत्रिका, स्वतन्त्र विचार, दृष्टिकोण सबै भूकम्प बारेका । समाचार, स्थलगत रिपोर्ट, अनुभव र अनुभूति सबका सब भूकम्प सम्बन्धि विषयले भरिएका छन् । तसर्थ आध्यात्मिक चिन्तन बारेको मेरो चिन्नन पनि भूकम्प चिन्तनमा परिणत भएको छ । 
टारेर टार्न नसकिने चीज (घटना) हो भूकम्प । भूकम्पलाई कसैले रोक्न सक्तैन । जे होस् कमसेकम हामी प्रत्येकजसो नेपालीको मनमा केही झस्का, केही चस्का, केही शिक्षा र केही चेतावनी दिएर गएको छ भूकम्प । संसार मेरै हो भन्ने हुँकार दिनेहरुलाई विनम्र पनि बनाएको छ यसले । 
विनम्रता, इमान्दारिता, स्वाभिमान, स्वतन्त्रता, जिम्मेवारी, प्रेम, जवाफदेहिता आदि सर्वोच्च मानवीय स्वभाव हुन् । यी कुराहरुको आडमा मात्र लोकोपकारी राज्यले सार्थकता पाउन सक्तछ । मानव इतिहासको गन्तव्य भनेको कुनै पनि हालतमा लोकोपकारी राज्य स्थापना गर्नु नै हो । यसलाई म आध्यात्मिक समाजवाद भन्न रुचाउँछु । यो फेरी फगत धार्मिक राज्य भने होइन ।  चिन्तकहरु र सबै मानिसको चाहना र सोच पनि त्यही नै हो । उक्त लक्ष्य प्राप्त्तिको मार्गमा ठूलो अवरोध भनेको स्वार्थी स्वभाव नै हो । वास्तवमा स्वार्थ स्वयं पनि नराम्रो कुरा हैन तर त्यसले कसैलाई लिइरहन मात्र अभिप्रेरित गर्दछ भने त्यो अवस्य पनि नराम्रो हो । कुनै पनि व्यक्ति देखि लिएर परिवार, समाज, राष्ट्रका उपलब्धिहरू स्वयं हासिल गर्न सकिँदैन । यसमा अरुकै हात रहेको हुन्छ । 
टारेर टार्न नसकिने यस महाविपत्तिका बावजुद पनि हामीदे कृतज्ञ वा ग्रेटफुल हुन सक्ने प्रशस्त अवसरहरु यसले दिइराखेको हुन्छ भन्छन् अप्टिमिष्टहरु । एकजना अप्टिमिष्टका अनुसार यो टारेर टार्न नसकिने महाभूकम्प हो । भूकम्प जानू कदापी राम्रो हुँदै होइन । तर यो गइरसके पछाडि पनि जुन दिन, समय र मौसममा यो गयो यो आफैंमा ठूलो प्रोटेक्सन हो । जस्तैः शनिवारकै दिन भूकम्प जानू, दिउसो भूकम्प जानू, गर्मी चढिसकेको मौसममा भूकम्प जानू आदि भूकम्प गएर पनि सबै भन्दा कम मानवीय क्षति पूर्याउने समय निर्धारण भएको देखिन्छ । अर्को आवागमनलाई बाधा पुर्याउने बाटोघाटो बिमानस्थल आदिमा कम क्षति हुनुले मानवीय उद्धार र राहतकार्यमा सजिलो भएको छ । यस्तो किसिमको सोचले उद्दारमा निकै राहत दिन्छ । आफैंले आफैंलाई दिने भित्री राहत निकै महत्वपूर्ण राहत हो । किनकि संसारमा सबै भन्दा जटिल र कठीन उपचार मनको उपचार हो ।
महाभूकम्प पछि राहत र उद्धार कार्यमा नेपाल र संसार नै एक भएको छ । एक हुनु वा सबै मानवलाई एक बनाउनु मानव इतिहासकै लक्ष्य हो । मान्छे एक हुनबाट कसैले कहिल्यै पनि रोक्न र रोकिन सक्तैन । यस्तो गहिरो घाउ लागेका बेलामा समेत केही राजनीतिक अवसरवादीहरूले जनता र संसारभरबाट संकलन भएको राहत वितरणमा आफ्ने हात माथि पारेर जनताको जस पाउन सके केही बर्ष भातखान दुःख हुँदैनथ्यो भन्ने बिक्रित मनोभावना पालेको बसेको देखिन्छ । यो निकै नै दर्दनाक कुरा हो । त्यस्तालाई सामाजिक बहिस्कार गर्नसके देशले छोटो समयमै अब कायापलट लिन सक्ने सम्भावनाहरू पनि जिवितै नरहेका पनि होइनन् । 


बागमती सफाइ र उब्जिएका प्रश्न
The universal times
2072/1/7

काशीनाथ खनाल 

                काठमाण्डौं खाल्डोका अचेतन मन हावी भएका मानिसहरूमा खासै चेतना भएको पाइँदैन । यदि यहाँका मानिसका मनमा चेतना भइदिएको भए यहाँका नदीनाला, पोखरी, धारा, पाटीपौवा आदिमा फोहर थुप्रिने नै थिएन । अचेतन मन बोकेको व्यक्तिले कुनै सार्वजनिक काम गर्दै गर्दैन र गरिहाले पनि त्यो देखावटी मात्र हुन्छ ।

बागमती सफाइको सयौं हप्तामा निकै ठूलो चुरीफुरी देखियो । गुह्येश्वरी देखि चोभार सम्मको माखे साङ्ग्लो, अनि सामाजिक संजालमा सबैले आफू सहभागी भएको हुँ भन्ने जष्टिफिकेसनका लागि फोटो पोष्ट गरेका । जसका कारण सामाजिक संजालमा पनि अर्को माखे साङ्ग्लो झण्डैं नबनेको अवस्था । सय हप्ताको अभियान चलाउनका लागि झण्डैं दुईबर्षको समय लाग्छ । दुईबर्ष सम्म अथक प्रयत्न गर्ने हातहरु निश्चयनै श्रद्धा र आदरका पात्र हुन् । यत्रो अभियानलाई विना स्वार्थ यति लामो समयसम्म निरन्तरता दिइरहन सक्नु पनि चानचुने कुरा पक्कै होइन । तर बागमती अपेक्षाकृत सुधार आउन सकेको देखिँदैन ।
 
बागमती नदी काठमाडौंकी धरोहर हुन् । बागमतीको सफाइले नै यहाँका मानिसहरूको सभ्यतालाई मापन गर्दछ । हो धार्मिक रुपमा पनि यिनको ठूलो महिमा रहेको कुरा गर्ने गरिन्छ । काठमाण्डौंको समग्र सभ्यता नै बागमती सभ्यताको नामले चिनिन्छ । मानव सभ्यताको कुरा गर्ने हो भने संसारका ऐतिहासिक एवं वर्तमान सभ्यताहरू पनि नदी किनार र जलासयमा आधारित भएको पाइन्छ । मेसोपोटामियाको सभ्यता युफ्रेड्स र टिग्रिज नदीहरूमा केन्द्रित थियो । मिश्रको सभ्यता नाइल नदीमा केन्द्रित थियो । वर्तमान समयमा पनि बहुसंख्यक सहरहरू नदी वा जलासयकै छेऊछाऊमा बनेको देखिन आउँछ । कारण पानी जीवन हो । पानीबिना जीवनको कल्पना सम्म पनि गर्न सकिन्न । पृथ्वीको भूबनोटलाई हेर्ने हो भने यसमा कूल भूभागको झण्डैं ७० प्रतिशत भाग पानीले ढाकिएको छ । सम्पूर्ण ब्रह्माण्डको संरचना मानवलाई केन्द्रविन्दु वा आदर्श मानेर निर्धारण गरिएकाले मानवमा पनि यही अनुपातमा पानीको मात्रा अवस्थित रहेको हुन्छ ।  
पानीबिना जीवनको कल्पना नै गर्न नसकिने भएपनि पानीप्रति काठमाण्डौं खाल्डोका अचेतन मन हावी भएका मानिसहरूमा खासै चेतना भएको पाइँदैन । यदि यहाँका मानिसका मनमा चेतना भइदिएको भए यहाँका नदीनाला, पोखरी, धारा, पाटीपौवा आदिमा फोहर थुप्रिने नै थिएन । अचेतन मन बोकेको व्यक्तिले कुनै सार्वजनिक काम गर्दै गर्दैन र गरिहाले पनि त्यो देखावटी मात्र हुन्छ । बागमती सफाइ पनि कतै त्यस्तै उपमा दिन मिल्ने कार्य नहोस् । बागमती सफाइको अभियान बनोस् न कि अभिनय । 
बागमती र यसका सहायक नदीहरूमा काठमाण्डौंका हरेकजसो घर, अफिस, शिक्षण संस्था, अस्पताल, आदि सबै ठाउँको ढल अनवरत रुपमा मिसिइरहन्छन् । उक्त अभियानमा लागेका व्यक्तिहरूले दिन दिनै प्रयोग गर्ने गरेको ट्वाइलेट र अन्य रछ्यान जन्य पदार्थ कहाँ पठाइन्छ ? के त्यसको बोझ बागमतीले बोक्नु परेको छैन र ? सोझो रुपमा हेर्दा सरकारका मुख्य सचिव देखि अन्य विभिन्न पदधाकारी व्यक्तिहरुको सहभागिता रहेको, नेपाल टेलिकमले शुक्रबार दिउसो हरेकको मोवाइलको इनबक्समा म्यासेज पठाउने गरेको देख्दा निकै लगानी भएको बुझिन्छ । तर लगानी अनुसारको प्रतिफल हासिल भएको छ भन्ने कुरा कम्तिमा इमान्दार मनले भन्न सक्तैन नै होला । सरकारका मुख्य सचिव लगायत केही नागरिक समाजका अगुवा भन्नेहरुले पशुपति क्षेत्रमा नुहाउन लायक भइसकेको भान पार्नका लागि बाहिरबाटै पानी लगेरै भएपनि पाशुपत क्षेत्रमा बागमतीमा नुहाउने नाटक त केही समय अघि नै गरेका हुन् । 
बागमती सफाइका लागि यहाँ दुई पक्षको भूमिका विशेष रहेको हुन्छ । एक सरकारी पक्ष हो भने अर्को पक्ष जनता । यहाँ न त सरकार जिम्मेवार छ न जनता नै जिम्मेवार छन् । दुवैको लापरवाही पाइला पाइलामा छर्लङ्गै देख्न सकिन्छ । यहाँ भ्रष्टाचार गरेर राजनीतिक साखः जोगाउनकै लागि सरकार बन्दछन् र सरकारमा जान लुछाचुँडी चल्छ । कर्मचारीहरूको त सहरमा राम्रो घर बनाउने, राम्रो कार चढ्ने, शानले चल्ने ड्रिम नै हुन्छ । त्यो ड्रिम राज्य र जनातालाई नलुटी पूरा हुँदै हुँदैन । यहाँ जनतालाई पनि जायज नाजायज  सबैचीज घरभित्र हुल्न र विकारका वस्तु घरबाहिर निकाल्न मात्र पाए पुग्छ, कसरी ठेगान लगाउने भन्ने के को चिन्ता ।।

यदि हामीले मात्र बागमती सफाइको एजेन्डा बोकेर हिँड्ने हो भने यो कहिल्यै पनि सफल हुने छैन । यससँग जोडिएका अनेकन विषयहरूलाई पनि समेट्नु अति आवश्यक हुन्छ । सबै भन्दा प्राइम कुरा भनेको मनस्थिति नै हो । मनस्थितिको परिवर्तन बिना कुनैपनि परिवर्तन, त्यो पनि सकारात्मक, सम्भव नै छैन । यो हदबाट आगाडि बढ्न सकिन्छ भने  अगाडि बढ्दा राम्रो हुन्छ । जे होस् मन शुद्ध भयो भने सबैकुरा शुद्ध हुन्छ । सरसफाइ गर्नु राम्रो काम हो । तर त्यो भन्दा पनि राम्रो काम हो फोहर नै नगर्नु ।  यसकालागि चाहिन्छ जिम्मेवार सरकार र कर्मचारी तन्त्र अनि जनता । व्यक्तिको सभ्यता नै समाज, राष्ट्र र संसारको सभ्यता हो । यहाँनिर पाठकवृन्दलाई लाग्न सक्छ कि यो आध्यात्मिक चिन्तनमा बागमती सफाइको कुरा कसरी आयो ? यो यसकारण कि आध्यात्मिक स्तरलाई नाप्ने नापो पनि सभ्यता नै हो र सभ्यता भनेको सफाइ हो । 






उच्च संवेदनशीलता ः चरित्रको पूर्णता
The universal times
2071


काशीनाथ खनाल
मानव विकासको सुचकाङ्कलाई हेर्ने हो भने के सिद्ध हुन्छ भने यो विकास संवेदनाहीनताबाट संवेदनशीलतातर्फ भएको छ । संवेदनशीलताको स्तरले नै कुनै पनि व्यक्तिले आफ्नो सम्बन्ध, जिम्मेवारी, जवाफदेहीता, वातावरणीय सचेतना, आदि कुरालाई कुन स्तरबाट पूरा गर्दछ भन्ने जनाउँदछ । आफूमा असल चरित्र बनाउनु, परिवारलाई खुसी राख्नु, समाजलाई असल बाटोतर्फ लैजान नेतृत्व गर्नु वा सहयोग गर्नु, राष्ट्र र विश्वको भलाइका बारेमा सोच्नु र कार्य गर्नु, वातावरण जोगाउनु भनेको उच्च संवेदनायुक्त जीवन हो । मान्छेमा संवेदनाको विकास स्लो मोसनमा भई नै राखेको छ । कतिपय परम्परागत तथ्यहीन रीतिरिवाजलाई इन्कार गर्नु र वैज्ञानिक र तथ्यपूर्ण कुराहरूको खोजी गर्नु यसैको उदाहरण हो ।
एउटा समय थियो जहाँ मान्छे पूर्ण हुनसक्तछ भन्ने कुरामा विश्वासै थिएन । अहिलेको आधुनिक भनिने समाजमा पनि यो मान्यता विद्यमान नै छ । जसरी कक्षामा बल्लतल्ल उत्तीर्ण हुने विद्यार्थीका लागि डिस्टिङ्गसन र फ्रष्ट डिभिजन अति असम्भव कुरा हो भने अध्ययनशील विद्यार्थीका लागि यो सरल काम हो, त्यसैगरी चरित्रको पूर्णता पनि सबैका लागि सजिलै प्राप्त गर्न सक्ने विषय कदापी होइन तर संवेदनशीलतालाई बढाउँदै जाँदा पुगिने अन्तिम गन्तव्य भने अवश्य हो । यद्यपी हामीले परोपकारी व्यक्ति, परिवार, समाज, राष्ट्र र संसारको कुरा गर्ने हो भने उक्त कुरा चरित्रको पूर्णताको आधारशीलामा मात्र दीगो र अनन्त हुन सक्तछ । 
मान्छेमा संवेदनशीलता स्वचालित रूपमा विकास हुने कुरा होइन, न त चरित्र नै । यसका लागि मेहनतको अत्यन्त जरुरत पर्दछ । विकासको एक तहबाट अर्को तहमा उक्लिनका लागि मात्र पनि युगौं युगको समय लाग्नसक्छ । दशौंदेखि सयौं पुस्ता लाग्न सक्छ । चरित्रहीन व्यक्ति जीवनको कुनै पनि आयाममा संवेदनशील हुनै सक्तैन । चारित्रिक पूर्णता हासिल गरेको व्यक्तिको एउटा गुण हो आफ्ना इन्द्रियहरूलाई बसमा राख्न सक्नु । एउटा इन्द्रियलाई बसमा राख्न नसक्नेले अर्को इन्द्रियलाई बसमा राखेको हुन्छ भन्ने कुरा सत्य हुनै सक्तैन । 
संवेदनहीन व्यक्तिमा कसरी संवेदनशीलताको विकास हुन सक्तछ त ? जब संवेदनहीन कुनै व्यक्तिले कसैले अस्वाभाविक रुपमा त्याग र समर्पण गरेको देख्दछ अनि उसको हृदय मुभ हुन्छ । अनि ऊ अलि बढी संवेदनशील बन्न पुग्छ । जस्तो केही दिनअघि मात्र १२ दिनसम्म आमरण अनसन बसेका डा. गोविन्द के. सी. लाई नै लिऔं । जब उनले अनसन शुरु गरे त्यसले जनमानसलाई खासै तताउन सकेको थिएन । तर जब मिडियामार्फत् उनको अवस्था नाजुक हुँदै गएको समाचार संप्रेषण हुँदै गयो मान्छेहरू उनको पक्षमा उभिँदै गए । माफियाहरू हस्पिटलमै गएर कुर्ले पनि त्यो आवाज निरीह सावित भयो । पुनः एकपटक माफियाहरू पछि हट्न बाध्य भए । यससँगै नेपालीहरूको संवेदनशीलताको स्तर पनि पक्कै माथि उठेको हुनुपर्दछ । यसले अब नेपाली समाजले पुनः कुनै पनि अन्याय र अत्याचारलाई मुकदर्शक भएर टुलुटुलु हेरेर बस्ने हैन कि सक्दो प्रतिकार गर्ने साहस दिनेछ । यसबाट त्यागबिना कुनै पनि असल उपलब्धी सम्भव छैन भन्ने सन्देश पनि समाजले पाएको हुनुपर्दछ ।
यसरी कुनै पनि समाजको सम्वेदनशीलताको स्तरोन्नतिका लागि रियल लाइफ हीरोहरूको जरुरत पर्दछ, जसले समग्र जनताको संवेदनशीलताको स्तरोन्नतिका लागि पहल गर्न सक्तछन् । प्रारम्भमा पर लुकेर हेरी बस्छ समाज । जब निकै अफ्ठेरो स्थिति आइपुग्छ, अनि मात्र समाजले आवाज बुलन्द गर्न थाल्दछ । यस्ता धेरै उदाहरणहरू संसारमा पाउन सकिन्छ । शुरुमा यातना दिने व्यक्तिहरू नै पछि ठूला शुभचिन्तक र भक्तसमेत बनेका उदाहरणहरू संसारमा छन् । विनाकुनै कसुर भोगिएको चरम यातना र विनाकुनै स्वार्थ उठाइएको बोझले सामाजिक विकासका लागि मलजलको काम गर्दछ । समाजका लागि यस्तो बोझ उठाउने व्यक्तिलाई समाजसेवी भनिन्छ भने राज्यका लागि यस्तो बोझ उठाउने व्यक्ति देशभक्त हो । त्यस्तै संसारका लागि नै यस्तो बोझ बोक्न तयार व्यक्ति सन्त हो । त्यस अवस्थामा सीमाना पनि गौंण हुन जान्छ । त्यस्ता व्यक्तिहरूले बोकेको बोझबाट मन्द–मन्द गतिमा समाजको उत्थान भई नै राखेको हुन्छ । 
डा. के.सी. ले राज्यका लागि उठाएको उक्त जोखिमले नेपाली समाजको उत्थानमा भूमिका खेलेकै हुनुपर्दछ । पूर्ण रूपमा माफिया भाइरसग्रस्त मेडिकल लगायत राजनीतिक, प्रशासनिक, शैक्षिक सबै क्षेत्रका माफियाहरू पनि डा. के.सी.को एण्टिमाफियाक डोजले केही हदसम्म गुफा पस्न बाध्य भएका छन् । समाज उत्थानका लागि आफ्नो स्वार्थभन्दा निकै माथि उठेर कर्म गर्ने डा. के.सी.लाई हार्दिक नमनः । 


धर्म र अधर्मसम्बन्धी मेरो कुरा
The universal times
2071

काशीनाथ खनाल

          उनी पोखरीको कुना नजिक पुग्न लागेकी थिइन् । त्यतिबेला उनले आफूसँग ल्याएको फोहरको झोला पोखरीमा फ्याँकिन् र अन्यत्र कतै ध्यानै नदिई अगाडि बढिन् । उनको त्यो कर्तुतलाई कसैले देख्यो कि देखेन भन्ने कुराको उनलाई कुनै पर्वाह भएको जस्तो देखिएन । अब उनी त्यहाँ (मन्दिर) गएर जति पूजा गरे पनि, जति नै दान–भेटी अर्पण गरे पनि र जति नै सत्सङ्ग सुने पनि तिनले गरेको कार्य धार्मिक होला त ?

अहिले धर्मसम्बन्धी धेरै सवालहरू उठिरहेका छन् । सामाजिक सञ्जालका भित्ताहरूमा समेत विभिन्न समूहहरू खडा गर्ने र व्यक्तिगत रुपमा समेत विचार विमर्श गर्नेहरूको कमी छैन । सबै जमात वा व्यक्तिका कुरा सुन्दा उनीहरूको मनोवृत्ति आफूले अँगालेको आस्था चाहिँ सही र अन्य चाहिँ गलत भन्ने अभिप्रायबाट संचालन भएको देखिन आउँछ । यस स्थितिमा इतिहासको विकासका साथसाथै वैज्ञानिक तत्यहरूलाई समेत जानकारी राखी विचार व्यक्त गरे राम्रो हुनेथियो ।  हरेक वस्तुमा कारण र असर हुन्छ भन्ने कुरा सामान्य सत्य हो । आजका मै हुँ भन्ने व्यक्तिहरूबाट समेत यो सामान्य सत्यतातिर अलिकति पनि ध्यान नदिई आफ्नो समूहको बचाउ गर्ने अभिप्रायले अभिव्यक्त विचारहरु सञ्चारमाध्यममा छाइरहेको र अन्य सबै अमूक भएर आत्मस्वीकृति दिइरहनु अत्यन्त लज्जास्पद विषय हो ।
आफू नै सही, आफूले हिँडेको बाटो नै राम्रो र आफूले गरेको कार्य नै असल भन्ठान्नु मानव स्वभाव नै हो । यसबाट मानव आत्मालोचना र आत्ममूल्यांकनबाट धेरै टाढा रहेको तथ्य चरितार्थ हुन जान्छ । यसलाई मनगढन्ते कुराभन्दा अरू के नै भन्न सकिएला र ? जसरी परस्पर विरोधी दुईटा कुरा सत्य हुन सक्तैन, त्यसैगरी आध्यात्मिक सत्यता पनि परस्पर विरोधाभाषपूर्ण हुन सक्तैन । सत्य एउटै हुन्छ । एउटा सत्य अर्को सत्यसँग बाझिने हुँदैन । हाम्रो देश नेपाल संक्रमणकालीन अवस्थाबाट गुज्रँदै गर्दा धार्मिक विषयले सामाजिकका साथसाथै राजनीतिक तहमै प्रश्रय पाइराखेको छ । यो बहस अन्त्यहीन हुनु हुँदैन । मानव इतिहासलाई हेर्ने हो भने यो सापेक्षताबाट निरपेक्षतातर्फ उन्मुख भएको देखिन्छ– सापेक्ष धारणाबाट निरपेक्ष धारणा, सापेक्ष सिद्धान्तबाट निरपेक्ष सिद्धान्त, सापेक्ष मूल्य–मान्यताबाट निरपेक्ष मूल्य–मान्यता, आदि । यसरी मानिस अविकसितबाट विकसित, इ¥यास्नलबाट ¥यास्नल बनिरहेको छ र बर्बरताबाट माथि उठिरहेको छ । तसर्थ हामी यो कुतर्क गर्न सक्तैनौँ कि आदि कालका कुरा तथ्यपूर्ण र सत्य छन् अनि आधुनिक कुरा सबै नट्टी ।
नैतिक रुपमा पनि हामी माथि उठिरहेका छौं । हो, बीसौं शताब्दीको आधाआदि आइपुग्नु भन्दाअघि बहुसंख्यक मानिसमा नैतिकताको एउटा स्तरमा कायम थियो । त्यसपछिको समय नैतिक पतनको समय रह्यो । तर त्यतिबेला मान्छे नैतिक हुँदाहुँदै पनि त्यहाँ धेरै अनैतिकताहरू विद्यमान थिए । अहिले स्थापित हुँदै गरेको नैतिकताको तुलनामा त्यतिबेला नैतिक भनेर मान्यता पाएका र स्वीकार गरिएका तथ्यहरु पनि अनैतिक ठहरिएका छन् । त्यसबेला राम्रो भनेर पहिचान गरिएका विषयहरू अहिले स्थापति हुँदै गरेको मापदण्डले नराम्रो ठह¥याइदिएको छ । तसर्थ यो मूल्य–मान्यतामा परिवर्तन आउने समय हो । यसले परम्परागत मापदण्डलाई रुपान्तरण गरिदिन्छ । यसलाई रुपान्तरण गर्नु आजको आवश्यकता र मानिसको कर्तव्य हुन आउँछ । नैतिकताको नयाँ मूल्य–मान्यतामा पुरानो मूल्य–मान्यता अनुसार राम्रो भनेर ट्याग लागेका र प्रमाणपत्र पाएकाहरू पनि निश्चय नै अनैतिक र नराम्रो दर्जामा पर्दछन् । ती ट्याग लागेकाहरू तल जान चाहँदैनन् तर समयले तिनलाई पिँधमा पु¥याइदिनेछ । त्यतिबेला तिनीहरूको आवाज अत्यन्त चर्को हुनेछ, तिनले भन्नेछन्, ‘हिजोसम्म म सबैभन्दा राम्रो थिएँ, सबैले मलाई राम्रो भन्दथे, आज मैलाई नराम्रो भन्ने तँ को होस् ? पक्कै पनि तँ फटाहा र भँडुवा हुनुपर्छ ।’ 
यस अघिका नैतिकताको मापदण्डमा लोग्ने मान्छेले जतिवटा विवाह गरे पनि हुने, जतिवटी विवाहित वा अविवाहित महिलासँग सुते पनि उनीहरूले गरेको कर्तुतलाई अनैतिक मानिँदैनथ्यो । जस्तो कि मेरो आफ्नै बुबाका चार दाजुभाइमध्ये मेरो बुबा र जेठाबा बाहेक अन्य दुईले दुई–दुईवटी श्रीमती विवाह गरेर भित्र्याएका थिए । गाउँघरमा पनि बहुसंख्यकका दुई वा दुईभन्दा बढी श्रीमतीहरू भएको देखिन्थ्यो । म सानो छँदा आमाको हात समातेर मावली जाँदा आउँदा बाटोको नजिकमा पर्ने जोर घरतिर आंैल्याउँदै भन्नुहुन्थ्यो– ‘ऊ... उहाँ... पर... एकैठाउँमा दुईवटा घर छन् नि, त्यो श्रीकृष्ण श्रेष्ठको हो ।’ ‘को श्रीकृष्णे आमा’, म प्रश्न गर्थें । उहाँ जवाफ फर्काउनुहुन्थ्यो, ‘प्रधान के प्रधान’ । उहाँको कुरा म बुझ्दैनथें, पछि बुझ्ने भएँ । आमाले भन्न खोज्नुभएको प्रधानपञ्च रहेछ । पञ्चायती शासन भएकाले त्यस शासन व्यवस्थामा केन्द्र, क्षेत्र र स्थानीय स्तरमा सरकारी जिम्मेवारी पाएको प्रतिनिधि व्यक्तिलाई प्रधानपञ्च भनिन्थ्यो । यहाँ यो प्रसङ्ग उठाउनुको कारणचाहिँ उसकी सातवटी श्रीमती थिए भन्ने प्रशंगका लागि हो । आमा भन्नुहुन्थ्यो, ‘त्यसका सातवटी छन् । झन् कान्छी त हालसालै बाहुनी ल्याको छ रे ।’ 
गाउँमा गुरु, पण्डित वा पुरोहित र ठूलाबडा भनेर जसका गोडामा ढोग्न लगाइन्थ्यो तिनका बहुसंख्यक श्रीमती पक्कै हुन्थे नै । मेरा बुबाका मावली पट्टिका हजुरबाजे ठूला पुरोहित थिए, जिल्लामै उनलाई नचिन्ने कोहि छैन भनिन्थ्यो । शास्त्रका ज्ञाता थिए रे । मैले पहिलोपटक देख्दा ठूला आँखा, बाक्ला आँखीभौँ, ठूलो स्वर भएकाले होला डर लागेको थियो ।  तर उनका नै दुईवटी थिए । अनि ती अनेक शास्त्र फलाकेर अरुभन्दा शानले बाँचेका हुन्थे । मेरो बाउबाजे किसान थिए । भिनाजु, भान्जा–भान्जी मावली ससुराली जाँदा हली भनी सम्बोध गर्थे रे । मेरो बुबाले पछि बहुदल आएपछि हलो जोत्न थाल्नुभयो (त्यसअघि हलो जोत्ने चलन थिएन, बाहुनले हलो जोत्नु हुन्न भन्थे।) त्यसपछि उनी त के उनका शाखासन्तान नै मेरो बुबासँग बाटोमा जम्काभेट भयो भने पनि नबोलिकन हिँड्न थाले रे । पछि उनका सन्तानले पनि जोतेको देखियो । उनका एकजना छोरा जो दिनरात नारायण नारायण, हरेराम हरेकृष्ण भन्दै हिँड्थे, पछि घरमै झुण्डिएर आत्महत्या गरे भन्ने सुनियो । के ती धर्मी भए त ? एउटी श्रीमती घरमा छँदाछँदै अर्की बिहे गर्नुलाई पहिलीचाहिँको मुटुमा फलामको किलो ठोकेको भन्ने गरिन्थ्यो । के कसैको मुटुमा फलामको किलो ठोक्नु निरपेक्ष धर्म हो ? हो भने त्यो कुन कित्ताको हो ? 
आज मान्छेले दैनिक कर्मकाण्डलाई नै धर्म भन्दै आइरहेका छन् । के कर्मकाण्ड गर्नु नै धर्म गर्नु हो ? के बिहान–बिहान मनमा नराम्रा बासी र घिनौला कुरा खेलाउँदै पूजाको थाली बोकेर घर नजिकैको मन्दिरमा जानु, पूजा गर्नु र छिमेकीसँग बाझ्दै घर आउनु, मन्दिर जाँदा फोहरको झोला पनि सँगै लिएर गएर नजिकैको नदीनाला वा तलाउमा फ्याँक्नु, श्रीमती, बुहारी वा केटाले फूल नै टिपेर राखिदिएको रहेनछ भनेर भुतभुताउँदै फूल टिपेर लगेर मूर्तिमा चढाउनु नै धर्म हो ? यो कुनै धर्म होइन । यस्ता कुराहरू गरेर कहिल्यै धर्म हुँदैन । धर्म भनेको त परिवारका सबैलाई माया गर्नु, निरन्तर आफ्नो हृदयलाई कल्टिभेट गर्नु, छिमेकीलाई, देशलाई र संसारलाई पनि परिवारझैं माया गर्दै प्रेमको दायरा बढाउँदै लैजानु, प्रकृतिलाई माया गर्नु, हेरविचार गर्नु र जोगाउनु र अझ राम्रो बनाएर सन्ततीहरुमा हस्तान्तरण गर्नु, कसैको कुभलो नचिताउनु, अर्काको कुभलो नगर्नु बरु सबैको भलो हुने कार्य गर्नु जस्ता कार्य नै त धर्म हुन् । 
केही दिनअघिको कुरा हो, एक महिला सुकिलो वस्त्र लगाएर पूजाको सर्जाम बोकी कमलपोखरीको छेवैछेउ अग्रवाल भवनतिर जाँदै थिइन् । म पनि कुनै संयोगबश वा केही कारणबश तिनको पछिपछि त्यही बाटो भएर कतै जाँदै थिएँ । उनी पोखरीको कुना नजिक पुग्न लागेकी थिइन् त्यतिबेला उनले आफूसँग ल्याएको फोहरको झोला पोखरीमा फ्याँकिन् र अन्यत्र कतै ध्यानै नदिई अगाडि बढिन् । उनको त्यो कर्तुतलाई कसैले देख्यो कि देखेन भन्ने कुराको उनलाई कुनै पर्वाह भएको जस्तो देखिएन । त्यसको केही छिनमै मैले तिनलाई उछिनेर अगाडि बढेँ । मैले पछाडि हेरे जस्तो गरी तिनको अनुहारमा पुलुक्क हेर्ने प्रयास गरें, देखें कि तिनको मुहारमा त्यस्तो कुकर्म गरेकोमा रत्तिभर संकोच थिएन । अब उनी त्यहाँ, जहाँ उनी जाँदै थिइन्, गएर जति पूजा गरे पनि, जति नै दान–भेटी अर्पण गरे पनि र जति नै सत्सङ्ग सुने पनि तिनले गरेको कार्य धार्मिक होला त ? उनले परिवार र सन्तानका लागि कुन स्तरको आशीर्वाद तयार गर्लिन् होला त ?







मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011