प्रवास

एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट – विश्व स्वास्थ्य संगठन
the universal times
2072/12/2

विश्व स्वास्थ्य संगठनले हालैमात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हुने गरेका मृत्युमध्ये एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट हुने गरेको पाइएको छ । 

मङ्गलबार सार्वजनिक सो तथ्यमा वातावरणीय प्रदुषण, पानी तथा माटोको प्रदुषणका कारण विश्वमा हुने मृत्युमध्ये एक चौथाइको ज्यान जाने गरेको पाइएको हो । 

विश्व स्वास्थ्य संगठनको सो तथ्यांकअनुसार सन् २०१२ मा एक करोड २६ लाखभन्दा बढीको मृत्यु अस्वस्थ वातावरणमा बस्ने र कामगर्ने गरेका कारण भएको पाइएको थियो । 

यो मृत्यु त्यसवर्ष विश्वमा कुनै न कुनै सङ्क्रमण या रोगका कारण भएका मृत्युमध्ये २३ प्रतिशतभन्दा केही बढी हुनआउछ । 

संसारका सबै देशले यसरी नागरिकले बस्ने र कामगर्ने वातावरणमा परिवर्तन नल्याउने हो भने नागरिकको मृत्यु यसै कारण पनि हुने र यही अवस्थाले नै निरन्तरता पाउन सक्ने खतरा रहेको देखिन्छ– उक्त अनुसन्धानमा पाइएको छ । 

विश्व स्वास्थ्य संगठनका प्रमुख मार्गरेट चानले भन्नुभयो– पछिल्लो अनुसन्धानबाट देखिएको यो खतरनाक अवस्थामा परिवर्तन ल्याउन अब वातावरणीय सरसफाइमा ध्यान दिनु जरुरी छ । 

वातावरणमा दिनानुदिन थपिँदै गएको प्रदुषण, कार्य क्षेत्रमा प्रयोग गरिने विभिन्न खालका रसायन, जलवायु परिवर्तनको प्रभावका साथै रसायनको प्रयोगका कारण उत्पन्न भइरहेको परावैजनी किरणहरुको कारण नै विश्वमा मृत्युको एक प्रमुख कारण रहेका छन् । 

विश्वमा हरेक वर्ष कम्तीमा पनि ८२ लाख मानिसको मृत्यु वायु प्रदुषणका कारणले हुने गरेको पाइएको सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यसअन्तर्गत अरुले पिएको चुरोटको धुवाँ पनि पर्ने गर्दछ । वायु प्रदुषण तथा अर्काेले पिएको चुरोटको धुवाँका कारण मानिसमा स्वासप्रस्वाससम्बन्धी समस्या, मुटुरोग र क्यान्सरको नै खतरा हुने सो अनुसन्धानमा पाइएको छ । 

वायु प्रदुषणका कारण हुने गरेका अनिच्छुक चोटपटकले गर्दा पनि करिब १७ लाख मानिसको निधन भएको छ । यो निधन पनि कुनै पनि व्यक्तिको निवास र कार्यस्थलमा हुने गरेको वायु प्रदुषणकै कारण हुने गरेको पाइएको छ 

आर्थिक र समावेशी विकास नयाँशक्तिको वैचारिक आधार ः डा भट्टराई
the universal times
2072

गोरखा, १७ माघ । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले आर्थिक र समावेशी विकास मुख्य वैचारिक आधारमा नयाँ पार्टी गठन हुने बताउनुभएको छ । 

अहिले अन्तरिम केन्द्रीय परिषद्मात्रै गठन भएको बताउँदै उहाँले अबको तीन महिनाभित्र जनताको भेलाबाट नयाँ पार्टी गठन हुने बताउनुभयो । 

गोरखामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले देशलाई वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यो नयाँशक्ति भएको दाबी गर्नुभयो । “जगैदेखि नयाँ पार्टी बनाउने तयारीमा हामी जुटेका छौँ”– भट्टराईले भन्नुभयो । 

प्राविधिक विज्ञता र राजनीतिक सङ्गठनसहितको नयाँ पार्टी गठन गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने उहाँको भनाइ थियो । साथै, उहाँले भूकम्पले भत्काएका गाउँबस्ती पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभयो । बर्खाअघि नै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने भन्दै भट्टराईले ‘यो बर्खामा भूकम्पपीडित रुझेरै बस्न बाध्य हुने सङ्केत देखा परेको’ भन्दै सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । 

भूकम्प के हो, के होइन
Kashi Nath Khanal
Jestha 20,2072

गत वैशाख १२ गतेको विनासकारी महाभूकम्प नेपालका लागि निकै ठूलो चुनौति बन्यो । यद्यपी यत्रो ठूलो महाभूकम्पमा जुन मानवीय क्षति नेपालले ब्यहोर्नुप¥यो तुलनात्मक रुपमा त्यति ठूलो नहुनसक्छ तर क्षति क्षति नै हो । भौतिक क्षतिको तुलनमा मानवीय क्षति न्यून नै मान्नुपर्छ । भूकम्प स्वाभाविक प्राकृतिक प्रकृया हो । भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने भएपनि नेपालीहरूले भूकम्पलाई बुझ्न सकेको देखिएन । यसमा आम जनताको भन्दा पनि सरोकारवालाहरूको दोष बढी देखिन्छ । भूगर्भशास्त्रीहरूका अनुसार भूकम्प त्रास मात्र हैन बरु निर्माण पनि हो ।  यसकै कारण नै  विश्वको सर्वोच्च शिखर सगरमाथा, विभिन्न हिमश्रृङ्खला, माटो आदि बनेको हो । 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011