जनचासो

जनादेशलाई दराजमा थन्काउन पाइँदैन ः नेम्वाङ
the universal tines
2o74

नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ । 

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा उहाँले जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउनुमा जोड दिँदै निर्वाचन आयोगलाई जनादेशलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । “अद्यावधिक निर्वाचन भइसकेपछि मुलुकलाई तार्किक निष्कर्षमा पु¥याउने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्यमान्यताअनुसार निर्वाचन भएपछि मत परिमाण सार्वजनिक गर्नुपर्दछ ।” 
पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक नगरेर सरकार गठनको समयलाई लम्ब्याउन खोजिएको आरोप पनि लगाउनुभयो । उहाँले सरकारले प्रदेश प्रमुख मात्र नभई प्रदेश मुकाम पनि तोक्नुपर्ने बताउनुभयो । “जिम्मेवारी पूरा गर्ने ठाउँमा बस्न रहर गर्ने तर बसिसकेपछि त्यो जिम्मेवार पूरा नगर्ने काम हुनुहुँदैन”, उहाँले थप्नुभयो, “कि जिम्मेवारी पूरा गर्न नसक्ने हो भने कुर्सी छोड्नुप¥यो ।” 

प्रदेश सांसदलाई प्रदेश मुकाममा नभएर काठमाडौँमा नै शपथ खुवाउने काम सरकारले गरिरहेको भन्दै त्यसले सम्बन्धित प्रदेशका सांसद र जनताको भावनाविपरीत हुने तर्क गर्नुभयो । नेता नेम्वाङले प्रतिनिधिसभा अगाडि राष्ट्रियसभा गठन भए संघीय संसद्मा महिलाको ३३ प्रतिशत नपुग्ने जिकिर पनि गर्नुभयो ।

गाउँपालिकामा बैंक नहँुदा तीन दिन हिँडेर सदरमुकाम धाउन बाध्य
the universal times
2074

सल्लेरी, सोलुखुम्बु, १४ मंसिर  सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंककोे शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ । 

बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहँु लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, सम्झौता, निकासा र राजस्व संकलनलगायत आर्थिक कारोबार गाउँपालिकाबाटै हुने अवस्थामा बैकको शाखा नहुँदा समस्या आएको हो । 

गाउँपालिकाले विभिन्न शीर्षकबाट लिने राजस्व जम्मा गर्न, तलब भत्ता भुक्तानी गर्नसमेत यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारी तीनसम्मको पैदल हिँड्न बाध्य छन् । 

नेचा सल्यान गाउँपालिकाका प्रमुख डुफकुमार बास्तोलाले योजना सम्झौता गरेपछि खाता खोल्न, भूकम्पको राहत लिन सबै कामका लागि सेवाग्राही सदरमुकाममै पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 
हिमाली जिल्ला भएकाले भौगोलिक विकटता छँदैछ । सिंह दरबारको अधिकार गाउँगाउँमा आउने बताए पनि आर्थिक कारोबार गर्न सदरमुकामनै पुग्नुपर्ने यहाँको बाध्यता बनेको छ । जिल्ला सदरमुकामदेखि लिखुपिके र महाँकुलुङ गाउँपालिकाको कार्यालय १७ कोष टाढा पर्छ । यहाँ सदरमुकामको कुनै पनि सडक सञ्जालले छोएको छैन । यस गाउँपालिकाका सम्पूर्ण नागरिक पैदलयात्रापश्चात् दुई दिनमा सदरमुकाम आइपुग्छन् ।

लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले भन्नुभयो, “गाउँपालिकाको सेवामा यहाँका नागरिकले कुनै पनि सहज अनुभूति गर्न सकेका छैनन् ।” 

गाउँपालिकामा कुनै पनि आर्थिक कारोबार गर्ने अधिकार प्राप्त वित्तीय शाखा नहुँदा सदरमुकाममा केन्द्रित बैकमा आर्थिक कारोबार गर्नु यहाँको बाध्यता रहेको छ । 
कुनै पनि कर्मचारीलाई तत्काल रकम आवश्यक परेमा गाउँमा ऋणबाहेक अन्य विकल्प छैन । दूधकौशीका गाउँपालिका– ७ र ८ का वडा सचिव रवीन्द्रकुमार भट्टराईले भन्नुभयो, “आफ्नो खातामा रकम भए पनि तत्काल गोजीमा रकम सकियो भने अन्य व्यक्तिलाई ऋण मागेर काम चलाइरहेका छाँै ।” 

उहाले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता वितरणको लागि अझै पनि सदरमुकामबाट रकम लैजानुपर्दा सुरक्षामा चुनौती छ ।” सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन । 
चुनाव जित्ने बेलामा हरेक सेवा सुविधा गाउँमै आउने आश्वासन बाँडेका उम्मेदवारलाई अहिले त्यहीसम्बन्धी प्रश्न आउने गरेको छ । दूधकौशीका गाउँपालिका अध्यक्ष असिम राई भन्नुहुन्छ, “व्यवस्थापनमा समय लाग्दा, जनताको बचन सुन्नुबाहेक विकल्प छैन, हाम्रो समस्या प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपश्चात् तत्काल सम्बोधन हुन्छ ।” 

अहिले सदरमुकाम रहेको सोलुदूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजी सेञ्चुरी कमर्सियल बैंक , एनएमबी बैंक समेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ । 

तीबाहेक अन्य छवटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । गाउँमा बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित छन् । विगतझै गाउँपालिकाको सेवा लिन स्थानीय सदरमुकाम धाउन बाध्य बन्ने गरेका छन् । 

जिल्लाको दूधकोशी, दूधकौसीका, सोताङ, नेचासल्यान गाउँपालिका महाकुलुङ र लिखुपिके गाउँपालिकामा बैंकको शाखा नहुँदा आर्थिक कारोबारका लागि हैरानी भएको हो । 

नयाँ स्वास्थ्य नीति निर्धारण गर्न समिति गठित
the universal times
2074

काठमाडौँ, १५ भदौ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठन गरेको छ । 

समितिका कार्यकारी उपाध्यक्षमा डा महेश मास्के तथा सदस्यमा डा बद्रीराज पाण्डे, डा शरद् वन्त, डा सेनेन्द्रराज उप्रेती, डा पदमबहादुर चन्द, डा वाइपी सिंह, दयालक्ष्मी वैद्य, डा वासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मी सदस्य सचिव रहनुभएको छ । समितिले केही समयमा थप एक सदस्य मनोनयन गर्नेछ । 

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना पूरा भएको अवसरमा मन्त्री पोखरेलले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य बीमा विधेयक २०७४ सदनमा पेश भई महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिमा छलफलका क्रममा रहेको जानकारी दिनुभएको छ । 

आव २०७३÷०७४ मा गरिब घर परिवार पहिचान भएका २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने योजनानुरुप बाँकी १४ जिल्लामा यसै वर्ष विस्तार गरिने मन्त्रालयले जनाएको छ । एघार जिल्लामा भने कार्यक्रम लागू भइसकेको छ । 

मन्त्री पोखरेलले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आयुर्वेद केन्द्र स्थानीय सरकारलाई हस्तान्तरण गरी ती एकाइका अचल सम्पत्ति र व्यवस्थापन समिति स्थानीय सरकारको जिम्मामा रहने नीतिगत निर्णय भइसकेको पनि जानकारी दिनुभयो । 

निजी स्वास्थ्य संस्थाको नियमन, शुल्क, गुणस्तर तथा सुरक्षाका लागि कानूनी व्यवस्था गर्न विद्यमान शुल्क निर्धारण समितिले दिएको सुझावका आधारमा प्रक्रिया अघि बढाउन चिकित्सा सेवा महाशाखालाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ । 
मन्त्री पोखरेलले भन्नुभयो, ‘‘विपन्न नागरिकको निःशुल्क उपचार निर्देशिकाले नसमेटेका व्यक्तिको समेत औषधि उपचारका लागि आर्थिक सहयोग दिने नीति बनाउन १५ दिनभित्र सुझाव पेश गर्न सात सदस्यीय कार्यदल, एक चिकित्सक एक संस्थाको नीतिअनुरुप कार्यसम्पादन एवम् प्रोत्सान भत्ता लागु गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय कार्यसमिति गठन गरिएको छ ।’’ 

साना लगानीका पत्रपत्रिकाको संरक्षण्मा राज्यले ध्यान दिनुपर्ने
the universaltime
2074

काठमाण्डौ असार ८ । साना लगानीका पत्रपत्रिकाको संरक्षणमा राज्यले नीतिगत व्यवस्था गर्नुपर्नेमा यसका सरोकारवालाहरुले जोड दिएका छन् । न्यूनतम पारिश्रमिक निर्धाण समितिको सहयोगमा कृषि पत्रकार समाजद्वारा श्रमजिवी पत्रकार सम्बन्धी कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । 
कार्यक्रममा वरिष्ठ पत्रकार हरि लम्सालले नेपालको राजनीतिक परिवर्तनमा साप्ताहिक पत्रपत्रिकाले खेलेको भूमिकालाई अबमूल्यन गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘२०४६ सालको राजनीतिक परिवर्तनको निम्ति नेपालम साप्ताहिक पत्रपत्रिकाले महत्वपूर्ण भूमिका खेलेको थियो । यसलाई कसैले पनि भुल्न मिल्दैन ।’ यसअघिका जतिपनि राजनीतिक परिवर्तन  भएका थिए, जनतालाई सूसूचित गर्ने कार्यमा साप्ताहिक पत्रपत्रिकाले उल्लेखनीय योगदान दिएको उहाँले बताउनुभयो । राज्यले सञ्चार माध्यमलाई अझैपनि व्यवस्थित रुपमा मूल्याङ्कन गर्न नसकेको बताउँदै लम्सालले श्रमजिवी पत्रकारहरुको हकहित संरक्षण गर्न राज्यले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा प्रेस सेन्टर नेपाल ३ नम्बर प्रदेशका उपाध्यक्ष नवराज दाहालले साना लगानीका पत्रपत्रिकाले कठिन घडीमा योगदान दिइरहेकाले उनीहरुलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । 
सोही कार्यक्रममा मध्यान्ह दैनिकका सम्पादक मदन श्रेष्ठले राज्यले पत्रपत्रिकाबाट लिने गरेको कर छुट गर्न सकेमा श्रमजिवी पत्रकारहरुलाई अझ बढी सेवा र सुविधा दिन सकिने तर्क गर्नुभयो । 
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य युवराज विद्रोहीले सरकारले श्रमजिवी पत्रकारहरुको निम्ति तय गरेको न्यूनतम पारिश्रमिकको व्यहवारिक कार्यान्वयन गर्न समिति क्रियाशील रहेको बताउनुभयो । उहाँले लामो समयदेखिको नेपाली पत्रकारिताको योगदानको रहेतापनि व्यवसायिक बन्न नसकेकोमा गुनासो गर्दै भन्नुभयो–‘श्रमजिवी पत्रकारहरुको आधारभूत हकअधिकार पनि सुनिश्चित हुन नसक्ने अवस्थामा कसरी नेपाली पत्रकारिताले व्यवसायिकता लिन सक्दछ त ?’
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, कृषि पत्रकार समाजका अध्यक्ष बैकुण्ठ भण्डारी, नेपाल प्रेस सोसाइटी ३ नम्बर प्रदेशका संयोजक योगेन्द्रप्रताप शाही नेपाल पत्रकार महासंघ काठमाण्डौका सदस्य बिष्णु निश्चल लगायतका वक्ताहरुले नेपालमा श्रमजिवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको निम्ति सरकार स्वयं जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको थियो । 


आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कारबाही ः निर्वाचन आयुक्त पौडेल
the universal times
2074

दाङ, ७ असार । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि अनुगमन टोली प्रत्येक प्रदेशमा खटाएको बताउनुभएको छ । 

दाङ जिल्लामा रहेका मातहतका कर्मचारीलाई आज निर्देशनात्मक भनाई राख्दै आयुक्त खनालले आचारसंहिता कार्यान्वयनमा कडाई गर्नका लागि अनुगमन टोली प्रत्येक प्रदेशका जिल्लाहरुमा खटिएको बताउनुभयो । 

राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा निर्वाचन आचारसंहिता निर्माण गरिएको भन्दै उहाँले आचारसंहिता कार्यान्वयनका लागि कडाई गर्न अनुगमन टोलीलाई निर्देशन दिनुभयो । 

निर्वाचन तयारीको अवस्थाका बारेमा जानकारी लिन दाङ आइपुग्नुभएका निर्वाचन आयुक्त पौडेलले प्रतिकूल मौसममा निर्वाचन गराउन चुनौती रहेको भन्दै सहज रुपमा काम गर्न र असहज बाताबरण उत्पन्न भएमा समन्वय गरेर काम गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो । 

त्यसअवसरमा क्षेत्रीय प्रशासक महेन्द्र बुढाथोकीले मध्यपश्चिम क्षेत्रमा पर्नेछ । जिल्लामा स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अवस्थामा रहेको बताउनुभयो । सुरक्षा दस्तालाई तयारी अवस्थामा राखिएको भन्दै क्षेत्रीय प्रशासक बुढाथोकीले निर्वाचन सुरक्षाका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो ।

एसइईको नतिजा भोलि सार्वजनिक हुने
the universal times
2074

भक्तपुर, १ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि बिहान सार्वजनिक गर्ने भएको छ । 

एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो । 

बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ । 

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए 

गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी
the universal times
2074

काठमाडौँ, २० जेठ । राष्ट¬«पति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पु¥याउन चुनौती रहेको बताउनुभएको छ । 
नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्नपरिरहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो,‘‘ क्यान्सरजस्तै कडा रोगको उपचारमा ठूलो खर्च भइरहेको छ । सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा सुधारका कदम चालेको छ । निजी अस्पतालले पनि उपचारमा विश्वासनीयता बढाउँदैँ लगेको छ ।’’ 

कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको एक्लो प्रयासले मात्र स्वास्थ्य सेवाका उद्देश्य पूरा नहुने भएकाले जनतालाईसँगै लैजान यसै वर्षमा ‘मेरो वर्षः म स्वस्थ मेरो देश स्वस्थ’ नामक अभियान सुरु गरेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘कडा रोगको उपचार सहज र सस्तो बनाउन प्रारम्भिक अवस्थामा रोगको पहिचान र उपचार गर्न हरेक रोगको प्रोटोकल बनाउन लागिएको छ । त्यसको सुरुवात क्यान्सर प्रोटोकलबाट सुरु भइसकेको छ । भने हरेक स्वास्थ्य केन्द्र र जनता स्वास्थ्य क्लिनिकबाट नसर्ने रोगको परीक्षण र उपचार सुरु गरिएको छ ।’’ 

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै रोगको उपचार नेपालमै सम्भव बनाउन निजी क्षेत्रले पनि सकारात्मक भूमिका खेलेको बताउनुभयो । 

नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा सुदिप श्रेष्ठले उच्चस्तरीय क्यान्सर उपचार दिन चुनौतीको सामना गर्दै अस्पताल सुरु गरिएको बताउनुभयो । 
निजी क्षेत्रबाट सञ्चालित पहिलो सेवाग्राही अस्पतालको रुपमा रहेको छ 

सूर्यगढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन
the universal times
2074

नुवाकोट, १९ जेठ । तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । विसं १८४५ देखि चार वर्षसम्म गोर्खाली (नेपाली सेना) ले युद्ध लडेर साहसिक सफलता पाएको सूर्यगढीको संरक्षण र प्रवद्र्धनका लागि विहिबार दश फिट लामो राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको हो । 

सूर्यगढी पर्यटन विकास समितिको आयोजनामा सूर्यगढी गाउँपालिका–३ मा अवस्थित सूर्यगढीमा झन्डोत्तोलन गर्दै नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले नेपालीको योगदान र प्राप्त सफलतालाई जीवन्त राख्न सूर्यगढी लगायतका युद्धस्थलको संरक्षण आवश्यक रहेको बताउनुभयो । 

“नेपाली वीर गोर्खाली हौँ भन्ने बलियो प्रमाण नै हाम्रो अमूल्य सम्पत्ति हो”, स्थानीय विकास अधिकारी पण्डितले भन्नुभयो, “गढीको संरक्षणले सन्ततिमा आत्मविश्वासको वृद्धि र विदेशीसामु शिर उँचो बनाउने आधार मिल्नेछ ।” 

कार्यक्रममा सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले गढी संरक्षणका लागि स्थानीय क्षेत्रबाट पदमार्गको निर्माण, पुराना संरचनाको संरक्षण गरी केन्द्रीयस्तरबाट सहयोग जुटाउन पहल गर्ने बताउनुभयो । सूर्यगढी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिवबहादुर भण्डारीले इतिहाससमेत अस्पष्ट रहेकाले गढी संरक्षण गरी त्यस समयमा भएका क्रियाकलापलाई लिपिबद्ध गर्नु राज्यको दायित्व भएको बताउनुभयो । 

विसं १८४५ देखि १८४९ सम्म तिब्बती सेनासँग गोर्खाली योद्धाले वीरतापूर्वक युद्धमा लडी नेपालीको जित भएकाले नेपालीको सीमा रसुवागढीसम्म कायम गराउन सफल भएको सन्देशलाई जीवन्त राख्न पहिलो चरणमा झन्डोत्तोलन गरेको सूर्यगढी पर्यटन विकास समितिका अध्यक्ष राजन लामिछानेले बताउनुभयो । 

नुवाकोट र रसुवाको आधा भूमिको सहजरुपमा अवलोकन गर्न सकिने पहाडी चट्टानको बीचमा पर्ने सूर्यगढीमा तत्कालीन समयमा बहादुर शाह र दामोदर पाण्डेको नेतृत्वमा भएको युद्धले तिब्बती सेनालाई पराजित गर्न सफल भएसँगै वेत्रावती सन्धि भएको थियो । वेत्रावती सन्धिले नेपाली पक्षको जित र नेपालले दाबी गरेअनुसार रसुवागढीसम्मको भूमि उपभोग गर्न पाएको इतिहास छ 

सिलवालको मुद्दाको सुनुवाइ असार १ मा
the universal times
2074

काठमाडौँ, १८ जेठ । सर्वोच्च अदालतमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा पुनःअसार १ गते सुनुवाइ हुने तय भएको छ । 

न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा हेर्दाहेर्दै पुनःआगामी असार १ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । 

निवेदन सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्नुभएको थियो । सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेपछि वरियता क्रममा आफू पहिलो नम्बरमा भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । 

तेजतीर्थ पुरस्कार वज्राचार्य, मानन्धर, झा र लुइँटेललाई
the universaltime
2074

काठमाडौँ, १६ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाल भाषा परिषद्का अध्यक्ष फणीन्द्ररत्न वज्राचार्य र साहित्यकार शशीकला मानन्धरलाई यस वर्षको साहित्यतर्फको ‘तेजतीर्थ साहित्य पुरस्कार’ सोमबार प्रदान गर्नुभएको छ । 

सो पुरस्कारको राशि जनही रु ५० हजार र साथमा प्रमाणपत्र छ । झन्डै छ दशकदेखि नेपाल भाषामा निबन्ध लेखनमा व्यस्त पत्रकार वज्राचार्यले नेपाल भाषाको ‘भाषा थुवा’ उपाधि प्राप्त गर्नाका साथै गोरखादक्षिण बाहु, दुर्गम सेवा पदक तथा श्री ५ गद्दीआरोहण पदकबाट विभूषित भइसक्नु भएको छ । 

चार दशकदेखि साहित्य सिर्जनामा तल्लीन नेपाल भाषाका पहिलो महिला उपन्यासकार मानन्धरले नेपाल भाषामा सात र नेपाली भाषामा एक उपन्यास, बाल उपन्यास, नाटक लेख्नाका साथै तीन पुस्तक नेपाली भाषामा अनुवाद गर्नुभएको छ । 

‘तेजतीर्थ पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनेमा पत्रकार चन्द्रकिशोर झा र रमा लुइँटेल हुनुहुन्छ । उहाँहरुले जनही रु ५० हजार र प्रमाणपत्र पाउनुभएको छ । लोकतन्त्र र शान्तिका लागि मुक्तिनाथ अधिकारीलाई मरणोपरान्त्त पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख र साथमा प्रमाणपत्र छ । 

पुरस्कार प्रदान गर्ने तेज–तीर्थ ट्रस्टका अध्यक्ष तीर्थराम डङ्गोल हुनुहुन्छ । कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले देशका सबै भाषा, जाति तथा समुदायको विकास भए मात्र गणतन्त्र मनाउनुको सार्थकता हुने बताउनुभयो । 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011