स्वास्थ्य/बिज्ञान प्रबिधि

एनपिएनओजीले सूचना प्रविधि सम्मेलन गर्ने
the universal times
2074

इन्टरनेट  सेवा प्रदायक एवं सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिएनओजी) ले आउँदो असार देखि गते सम्म एनपिएनओजी नामक चार दिने कार्यक्रम आयोजना गर्ने भएको कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक व्यक्तिहरुका साथै प्रविधिको अनुसन्धान एवं शिक्षण संलग्नहरु बिच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्नेछन्  

 

काठमाडौँमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो तीन दिन प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ भने चौथो तथा अन्तिम दिन सम्मेलन आयोजना गरिने कार्यशाला गोष्ठि होटल यल्लो प्यागोडामा आयोजना हुनेछ भने सम्मेलन मल्ल होटलमा आयोजना गरिने तीन दिने कार्यशाला गोष्ठिमा विभिन्न तीन विषयमा छलफल एवं कार्यपत्र प्रस्तुत गरिनेछन् पहिलो विषयमा IPv4/IPv6 मा नेटवर्क डिजाईन, दोश्रो विषयमा नेटवर्क अनुगमन एवं व्यवस्थापन तथा तेश्रो विषयमा अप्टिकल फाइबर नेटवर्क डिजाईन रहेको  

 

कार्यशाला गोष्ठिमा एनपिएनओजीका सदस्य विशेषज्ञहरुका साथै केहि अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ज्ञान एवं सीप आदानप्रदान गर्नेछन् यो कार्यक्रम स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत् विधाथी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुनेछ गोष्ठिमा सहभागी हुन चाहने विद्यार्थीहरुका लागि लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको यसैगरी कार्यक्रममा सहभागीताकोलागि छात्रवृत्ती समेत दिइने जसमा ४० प्रतिशत महीला सहभागी शुनिश्चित गरिएको

 

कार्यक्रमको अन्तिम दिनमा आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् सम्मेलनको मुख्य वक्ताका रुपमा फेसबुकका प्रतिनिधी म्याट जान्सेन रहेनछन्

एनपिएनओजीका अध्यक्ष समित जनका अनुसार यो कार्यक्रमले सूचना तथा संचार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने

प्राकृतिक उत्पादनबारे कार्यशाला गोष्ठी
the universal times
2073


त्रिभुवनविश्वविद्यालय, व्यवहारिक विज्ञान तथाप्रविधि अनुसन्धान केन्द्र ९रिकास्ट० कोआयोजनामा नेपालतथाविदेशकाविभिन्नविश्वविद्यालयहरु एवं अनुशन्धान केन्द्रबिच संयूक्त रुपमाअनुशन्धानएवं सहकार्य गर्ने उद्धेश्यले “प्राकृतिकउत्पादनः पहिचान, प्रमाणिकरण तथाप्रयोग” बारे दुइदिने राष्ट्रिय कार्यशालागोष्ठीको आयोजनागरिएको छ । यूवावैज्ञानिक तथाप्राविधिकहरुलाई देशभित्रै आफ्नो क्षमताको सदुपयोग गर्न र प्राकृतिक सम्पदाको भरपूर उपयोगगर्दै आर्थिक उन्नतीगर्न सकिन्छ भन्ने सन्देश दिनकालागि यो कार्यशालाउपयोगीहुने कुरा प्राकृतिकउत्पादन९ल्बतगचब िएचयमगअत० का अनुसन्धानविद रामचन्द्र कडेल ९आर.सी.० ले बताउनुभयो । यहि वैशाख १५ र १६ गते दुइदिने कार्यशालागोष्ठीको उद्घाटन त्रिभुवनविश्वविद्यालय, विज्ञान तथाप्रविधिअध्ययन संस्थानका डीन प्रा.डा. रामप्रसाद खतिवडाले गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा डा. खतिवडाले हिमखण्डमा पाइने  अमूल्य जडीबूटीतथाअन्यप्राकृतिक संशाधनको सदूपयोग हुन सकेमा नेपालधनी राष्ट्र बन्न सक्ने बताउनुभयो । उद्घाटन सत्रमा वैज्ञानिक डा. दिनेशराजभुजु , काठमाडौँ विश्वविद्यालयकाप्राध्यापक डा. विष्णुप्रसाद पाण्डेय, पादोभाविश्वविद्यालय, इटालीका वैज्ञानिक प्रा.डा. मास्सिमो बेलान्डा, पोखरा विश्वविद्यालयकाडीन डा. खेमराजजोशी, रिकाष्टका पूर्व निर्देशकप्रा.डा. डिल्ली देवीशाक्यले सम्बोधनगर्नुभएको थियो । उद्घाटन सत्रको सभापतित्व रिकास्टका कार्यकारी निर्देशकप्रा.डा. रामेश्वर अधिकारीले र सञ्चालन रामचन्द्र कडेँलले गर्नुभएको थियो भने स्वागतमन्तव्य रिकास्टका वैज्ञानिक प्रा.डा. मीना राजभण्डारीले दिनुभएको थियो । 
प्रकृतिमापाइने वनस्पति, तिनको पहिचान, दीर्घकालीनउपयोग, हाम्रो परम्परागत ज्ञान तथातिनको संरक्षण बारे वनस्पतिशास्त्र केन्द्रीयविभागकाप्राध्यापकद्वय डा. विजयापन्त र डा. संगीता राजभण्डारीले प्रस्तुतीदिनुभएको थियो भने प्रा. डा. रामेश्वर अधिकारीले सहजीकरण गर्नुभएको थियो । त्यसैगरि प्राकृतिकउत्पादनको उपयोग र पहिचान, औषधिय गूणहरुका बारे प्रा.डा. मीना राजभण्डारी, डा. खेमराजजोशी, डा. विष्णुप्रसाद पाण्डे, ,डा. विष्णु मरासिनीले प्रस्तुतीदिनुभएको थियो । छलफलमा सहभागीहरुले खुलेर भागलिनुभएको थियो । सत्रको सञ्चालनप्रा.डा. विजयापन्त र प्रा.डा. मास्सिमो वेलान्डाले गर्नुभएको थियो । 
दोश्रो दिनको कार्यशालागोष्ठीमा वनस्पतिहरुबाट चाहिने यौगिकप्राप्तिमाप्रयोग हुनसक्ने प्रविधितथा यौगिकहरु प्हिचानकाउपयोगीहुने वैज्ञानिक विधिहरुबारे पादोभाविश्वविद्यालय, पादोभा इटालीका प्रा. डा. मास्सिमो बेलान्डा, पादोभाविश्वविद्यालयकै अनुसन्धानकर्मी ग्रेगोरियो पेरोन र नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिक डा. सजनलाल स्याउलाले प्रस्तुतीदिनुभएको थियो भने त्रिभुवनविश्वविललयका रशायनशास्त्र केन्द्रीयविभागकाप्राध्यापक डा.  एम्. एल्. शर्माले सहजीकरण गर्नुभएको थियो । दुइदिने कार्यशाालागोष्ठीले यूवा वैज्ञानिकहरुलाई देशमै रहि अनुसन्धानको कार्यमा अगाडी बढ्न प्रेरित गरेको आयोजक समितीका सदस्य जयराम घिमिरे, विमलकूवर र देवेन्द्र अधिकारीले बताउनुभयो । 
गोष्ठीमा देश विदेशकागरि करिव १०० जना वैज्ञानिक, अनुशन्धानकर्ता एवं विद्यार्थीहरुको सहभागिता रहेको गोष्ठीमा विभिन्न वैज्ञानिकहरुले अवउप्रान्तअध्ययन अनुसन्धानमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्तभएको  अनुशन्धानकर्ता मधुसूदन ढकालले जानकारी गराउनुभयो । 

चन्द्रगिरिको पूर्वाधार विकास र ऐतिहासिक पक्षको संरक्षणका लागि प्रतिबद्धता
the universal times
2073

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले १९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले जनतालाई अधिकारसम्पन्न गराउने बताउनुभएको छ । 

चन्द्रागिरि नगरपालिकाको आयोजनामा पहिलो पटक भएको चन्द्रागिरि महोत्सवको आज शुभारम्भ गर्दै उहाँले स्थानीय तहको चुनावपछि मुलुक समृद्धितर्फ उन्मुख हुने हुँदा निर्वाचन सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गर्नुभयो । 

त्यस क्षेत्रबाट आफू पहिलो पटक निर्वाचित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको बताउँदै उहाँले त्यहाँको पूर्वाधार विकासका साथै ऐतिहासिक पक्षको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले त्यस क्षेत्रको प्राचीन महत्वका सम्पदास्थल, स्थानीय उत्पादनलगायतलाई प्रवद्र्धन गर्न सो महोत्सव गरिएको जानकारी दिनुभयो । 

स्थानीयवासी एवम् उद्यमी देवेन्द्र प्रधानले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने महत्वपूर्ण नाका भएको उक्त क्षेत्रमा शिक्षा, स्वास्थ्यको अवस्था सन्तोषजनक नरहेकाले त्यसतर्फ सरकारले लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 

आगामी वैशाख ६ गतेसम्म चल्ने महोत्सवमा नेवारी खाना र स्थानीय तहमा उत्पादन भएका खाद्य वस्तुको बिक्रीसमेत सुरु गरिएको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले चन्द्रागिरिको डाँडाबाट अवलोकन गरी काठमाडौँ खाल्डोसमेत जिती विशाल नेपाल बनाएको बताइएको छ । त्यस क्षेत्रमा कालु पाँडेको समाधि, इन्द्र दहलगायत स्थान पर्छन् ।

पोखरामा विज्ञान सम्बन्धि अन्तर्राष्टिय सम्मेलन सम्पन्न
the universal times
2073


नेपाल पोलिमर इन्स्टिच्यूट (एन्.पि.आइ.) ले पोखरा विश्वविद्यालयको सहकार्य र विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जर्मनी स्थित इन्स्टिच्यूट अफ पोलिमर मेटेरियलको सहयोगमा  कार्तिक १ देखि आयोजना गरेको ४ दिने अन्तर्राष्टिय सम्मेलन ‘‘काठमाडाँै सिम्पोजिया अन् एड्भान्डस मेटेरीयल (प्बक्ब्ः(द्दण्ज्ञट)’’ को तेश्रो सम्मेलन पोखरामा सम्पन्न भयो । 
सम्मेलनको समापन समारोहमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले पोखरामा यस प्रकारका सम्मेलन हुनु समग्र पश्चिम क्षेत्रको लागि गौरवको विषय भएको वताउनुभयो । समापनमा त्रिभुवन विश्वविद्यालय रसायन शास्त्र केन्द्रीय विभागका प्रा.डा. पारश नाथ यादव, जर्मन वैज्ञानिक डा. राल्फ लाख, रसायनशास्त्रको अन्तर्राष्टिय संस्था क्ष्ग्एब्ऋ का वैज्ञानिक प्रा.डा. माइकल हेज, फ्रान्सका वैज्ञानिक र डा. जमाक साइटरले महत्वपूर्ण अभिव्यक्ति दिनुभएको थियो ।  विभिन्न विषयमा शोधकार्य गर्ने विद्यार्थी तथा युवा वैज्ञानिकहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरष्कृत हुनेमा बंगलादेशका फर्दिहुसी वेगम, भारतका आजाद कुमार र चेक गणतन्त्रका डा. राफाल पोरेवा हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली युवा वैज्ञानिक प्रमिला खड्का र अरुण आचार्य (काठमाडौँ) र  राममिलन राना (पोखरा) पुरष्कृत हुनुभयो । पुरष्कृत हुनेको नामावली प्रा.डा. मोतीलाल शर्माले पढेर सुनाउनुभएको थियो । वैज्ञानिकहरुको प्रस्तुतिकरणको विभिन्न प्राध्यापक तथा वैज्ञानिकहरुको मूल्यांकन समितिको संयोजन डा. नेत्रलाल भण्डारीले गर्नुभएको थियो । 
सम्मेलनको समुद्घाटन नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले पानसमा वत्ती बाली गर्नुभएको थियो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी शर्माले यस प्रकारको कार्यक्रममा सह आयोजक बन्न पाउँदा पोखरा विश्वविद्यालयका प्राज्ञ तथा विद्यार्थीले आफूलाई विश्वसामु प्रस्तुत गर्न अभुतपुर्व अवसर मिलेको बताउनुभएको थियो । समापन सत्रमा नेपाल पोलिमर इन्स्टिच्यूटका अध्यक्ष तथा सम्मेलनका संयोजक प्रा.डा. रामेश्वर अधिकारीले कार्यक्रमको सञ्चालन तथा आगामी कार्यक्रमको रुपरेखा प्रश्तुत गर्नुभएको यियो । काठमाडौँमा प्राय सभा सम्मेलनहरु भइरहने तर मोसफलमा यस्ता कार्यक्रमहरु विरलै मात्र हुने सन्दर्भमा पोखरामा आयोजना हुन जाँदा स्थानिय स्तरका विज्ञान सम्वन्धि कार्य तथाअनुसन्धानमा संलग्न वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्न सक्ने र सम्मेलनमा उपस्थित नेपाल तथा विदेशका वैज्ञानिकहरुसित प्रत्यक्ष सम्बाद गर्ने अवसर प्राप्त भएको कुरा प्रा. अधिकारीले बताउनुभयो । आयोजक समितिको तर्फबाट डा. राजेश पण्डितले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
स्थानीय आयोजक समितीका सदस्यहरु कोमल प्रसाद मल्ल, विष्णु प्रसाद न्यौपाने , अनिल गौतम तथा हरिशरण अधिकारीका अनुसार यस प्रकारको कार्यक्रम पोखरामा हुनाले पोखरा तथा सम्पुर्ण पश्चिम क्षेत्रमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई प्रोत्साहन पुगेको बताउनुभयो । 

पोखरामा विज्ञान सम्बन्धिअन्तर्राष्टिय सम्मेलन ।
the universal times
2073/7/2


नेपालपोलिमर इन्स्टिच्यूट (एन्.पि.आइ.) ले प्रत्येक २ वर्षमाआयोजनागर्ने गरेको काठमाडाँै विम्पोजिया अन् एड्भान्स मेटेरीयल सम्बन्धि तेश्रो सम्मेलन यसपटक पोखरा विश्वविद्यालयको सहकार्य र विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जर्मनी स्थित इन्स्टिच्यूट अफपोलिमर मेटेरियलको सहयोगमापोखरामा शुरु भयो । सम्मेलनको समुद्घाटज नास्टका उपकुलपतिप्रा.डा. जीवराजपोखरेलले पानसमावत्तीबालीगर्नु भयो । उद्घाटन सत्रमा नेपालपोलिमर इन्स्टिच्यूटका अध्यक्षतथा सम्मेलनका संयोजकप्रा.डा. रामेश्वर अधिकारीले गर्नुभएको यियो । काठमाडौँमाप्राय सभा सम्मेलनहरु भइरहने तर मोसफलमा यस्ता कार्यक्रमहरु विरलै मात्रहुने सन्दर्भमापोखरामाआयोजनाहुनजादा स्थानिय स्तरका विज्ञान सम्वन्धिकार्य तथाअनुसन्धानमा संलग्न वैज्ञानिकहरुलाई प्रोत्साहनमिल्न सक्ने र सम्मेलनमाउपस्थित नेपालतथाविदेसका वैज्ञानिकहरु ीसतप्रत्यक्ष सम्बादगर्न सक्ने अवसर प्राप्तहुने कुरा प्राअधिकारीले बताउनुभयो । सम्मेलनकाप्रमुखअतिथिप्रा. जिवराजपोखरेलले नेपाली पौराणिक प्रविधिको संरक्षणमा पनिविशेष ध्यान पु¥याउनु पर्ने बताउनुभयो । उद्घाटन सत्रमाजर्मन वैज्ञानिक डा. राल्फलाख, जर्मनिकालागीपुर्व राजदुतप्रा.डा. नोवलकिशोर राई, राष्टिय यूवा परिषदकाउपाध्यक्षश्री माधव ढुंगेलले पनि सम्बोधनगर्नुभएको थियो । उद्घाटन सत्रको सभापतित्वपोखरा विश्वविद्यालयकाउपकुलपतिप्रा. डा. चिरञ्जीविशर्माले गर्नुभएको थियो । उद्घाटन सत्रमाआयोजक समितिको तर्फबाट डा. राजेश पण्डितले धन्यवाद ज्ञापन गर्नुभएको थियोभने सञ्चालनज्योतीगिरीले गर्नुभएको थियो । 
आइतबार विहानदेखि पोखरा विश्वविद्यालयहातामाविद्यार्थी केन्द्रितकार्यशालागोष्ठिको आयोजनागरिएको थियो । कार्यशालाको उद्धेश्यमाथिकार्यक्रम संयोजकप्रा.डा. रामेश्वर अधिकारीले प्रकाशपार्नुभएको थियो भने सम्पुर्ण सहभागिहरुलाई विश्वविद्यालयकाउपकुलपतिप्रा. चिरञ्जिवीशर्माले स्वागतगर्दै कार्यशालाको उद्घाटन गर्नुभएको थियो । कार्यशालामा नेपालतथाविदेशकाविभिन्न क्षेत्रमाकार्यरत वैज्ञानिक हरुले विद्यार्थी तथा सहभागीहरुलाई विभिन्नप्रविधिहरुको जानकारी दिनुका साथै देश विकासमा त्यस विषयको महत्ववारे प्रकाशपार्नुभएको थियो । स्थानीयआयोजक समितीका सदस्यहरु कोमलप्रसाद मल्ल, विष्णु न्यौपाने , अनिलगौतम तथा हरिशरण अधिकारीकाअनुसार यस प्रकारको कार्यक्रमपोखरामाहुनाले पोखरा तथा सम्पुर्ण पश्चिम क्षेत्रमा विज्ञान तथाप्रविधिको क्षेत्रमाकार्यरत व्यक्तिहरुलाई प्रोत्साहनपुगेको बताउनुभयो । आयोजक समितिका सदस्यप्रा.डा. मोतीलालशर्माले पोखरा विश्वविद्यालयको संरक्षकत्वमाकार्यक्रमहुनाले भविष्यमापनिदिपक्षीयकार्यक्रमहरु प््रभावकारी रुपमा सम्पन्नगर्न अवसर प्राप्तभएको बताउनुभयो । 

अमित आठ वर्षदेखि सिक्रीमा, सहयोग गरिदिन परिवारजनको आग्रह
the universal times
2073

इनरुवा, ३१ भदौ । आफ्नै छोरालाई पशुझै सिक्रीमा बाँधेर राख्नुपर्दाको पिडा सुनसरी औरावनी गाविस– ९ का भगवान साहले आठ वर्षदेखि भोग्दै आउनुभएको छ । तर उहाँसँग यो बाहेक अर्काे विकल्प छैन । 

मानसिक सन्तुलन गुमाएका साहका २२ वर्षीय छोरा अमित विगत– ८ वर्षदेखि सिक्रीमा बाँधिएका हुन् । उनको उपचारका लागि साह परिवारसँग पैसा छैन । पैसा र पहुँच हुनेले देश विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँछन् तर आफूलाई न खान छ न बस्न कहाँबाट छोराको उपचार गराउनु गरिबको जिन्दगी यस्तै हँुदोरहेछ अमितकी आमा तितरीको दुखेसो छ । 

आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक रोगी अमितलाई घरमै बाँधेरराख्नु परिरहेको हो । उपचारका लागि आर्थिक समस्या छ । स्थानीय एक विद्यालयमा कक्षा– ९ मा पढ्दै गर्दा अमितले मानसिक सन्तुलन गुमाएका हुन् । अहिलेसम्म अमितका घरमा कोही पनि सहयोगी र अधिकारकर्मी पुग्न सकेका छैनन् । 

अमितको परिवारले उनलाई उपचार गर्दै नगरेको पनि होइन । भारतसम्म पु¥याएर उपचार गराउँदा पनि आर्थिक समस्याले नै पिरोलेकाले आठ वर्षदेखि आफ्नै छोरालाई फलामे सिक्रीले बाँधेर राख्न बाध्य भएका परिबार अमितको उपचारमा कसैले सहयोग गरे उपचार गराउने आशमा े छ तर अहिलेसम्म उनलाई सहयोग गर्ने हातहरु नजुटेको साहकोे गुनासो परिवारको छ । रा

नेपालमा प्रथम यूवा वैज्ञानिक सम्मेलन
The Universal Times
2073


काठमाडौँ । नेपाल पोलिमर इन्स्टीच्यूटको आयोजना र ब्रेनी क्युव रिसर्च अर्गनाइजेसनको सहकार्यमा दुईदिने युवा सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । विद्यालय देखि विश्वविद्यालय सम्म लक्षित विज्ञान र प्रविधिको क्षेत्रमा लगनशिल यूवा वैज्ञानिकहरुको यस प्रकारको सम्मेलन प्रथम पटक सम्पन्न भएको आयोजक संस्थाका कार्यवाहक अध्यक्ष डा. राजेश पण्डितले बताउनुभयो । यूवा वैज्ञानिकहरुको प्रथम सम्मेलनको उद्घाटन सत्रको सभापतित्व डा. राजेश पण्डितले गर्नुभएको थियो भने उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा.डा. जीवराज पोखरेलले गर्नुभएको थियो । उद्घाटन सत्रमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीप ब. न्यौपाने, सुल्तान इन्द्रिस विश्वविद्यालय मलेसियाका प्रा.डा. रामलिन मुस्तफा, एशिया प्रशान्त क्षेत्र यूवा मञ्च, इन्डोनेसियाकी सुश्री रिन्डी डानिका सारी, म्यूनिख टेक्निकल विश्वविद्यालय, जर्मनीका प्रा.डा. योर्न क्रुहल, त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डिल्लीराम उप्रेती, राष्ट्रिय यूवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले कार्यक्रमको समसामयिकताको बारेमा विचारहरु व्यक्त गर्नुभएको थियो । 
सम्मेलनमा प्रा.डा. जीवराज पोखरेल, प्रा.डा. वसन्त पन्त, प्रा.डा. रामलीन मुस्तफा, डा. कृष्णराम अमात्य, सुश्री रिन्डी डानिका सारी ले विशेष प्रवचन दिनुभएको थियो ।  
ज्येष्ठ २२ र २३ गते सम्पन्न दुइदिने कार्यक्रममा चारवटा विज्ञहरु सम्मिलित छलफल कार्यक्रम सञ्चालन गरिएको थियो । प्रथम छलफल कार्यक्रममा नास्टका वैज्ञानिक डा. रविन्द्र ढकाल, काठमाडौँ विश्वविद्यालयका डा. भूपाल श्रेष्ठ र डा. राजेन्द्र ज्ञवाली, पोल्याण्डका वैज्ञानिक प्रा.डा. एन्डियू हुस्कोले सहभागीहरुका प्रश्नहरुको उत्तर दिनुभएको थियो भने संचालन डा. भिम प्रसाद काफ्लेले गर्नुभएको थियो ।  । दोश्रो छलफल कार्यक्रममा रसायनशास्त्रीहरु डा.नेत्रलाल भण्डारी, डा. भानुभक्त न्यौपाने, डा.महेन्द्र अर्याल र डा. जितेन्द्र उपाध्यायले भाग लिनुभएको थियो भने संचालन सह प्रा.डा.शर्मिला प्रधानले गर्नुभएको थियो । 
सम्मेलनको दोश्रो दिन, तृतिय छलफल कार्यक्रममा उद्योगपति साहिल अग्रवाल, रसायनशास्त्री डा. महेन्द्र थापा, इन्जिनियर विकास गुरुङ्ग, जैव प्रविधि विज्ञ तथा उद्योगी मनिस प्रताप र यूवा वैज्ञानिक तथा नेता खिम प्रसाद पन्थीले भाग लिनुभएको थियो भने सञ्चालन रसायनशास्त्री डा. राजेश पण्डितले गर्नुभएको थियो । त्यसैगरी अन्तिम सत्रको छलफलमा पूर्व विज्ञान तथा प्रविधि मंत्री इ. गणेश शाह, भौतिकशास्त्री प्रा.डा. सीताराम व्याहुत, प्रा.डा. योर्न क्रुहल, दक्षिण एशिया विश्वविद्यालयका सहायक प्रा.डा. युवराज पोखरेल र यूवा वैज्ञानिक आकाश देवले सहभागीहरुका विभिन्न प्रश्नहरुको उत्तर दिनुभएको थियो । छलफल कार्यक्रमको सञ्चालन ज्योती गिरीले गर्नुभएको थियो । 
सम्मेलनमा प्रतियोगीको रुपमा सामेल विभिन्न विधाका गरी ६२ वटा अनुसन्धान पोस्टरहरु प्रस्तुत गरिएका थिए । प्रतियोगी पोस्टरहरुको मूल्याङ्कनका लागि प्रा.डा. मोतीलाल शर्माको संयोजकत्वमा डा. भिम काफ्ले र डा. रविन्द्र ढकाल सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायक मण्डलले निर्णय गरेअनुसार यूवा वैज्ञानिक पुरस्कार २०१६ वितरण गरिएको थियो । प्रमाणपत्र तथा तक्मा वितरण पूर्व मंत्री गणेश शाह र काठमाडाँै विश्वविद्यालयका विज्ञान संकायका डीन प्रा.डा. मोहनविक्रम ज्ञवालीले गर्नुभएको थियो । आयोजकका अनुसार उत्कृष्ट अनुसन्धानकर्मीलाई एशिया प्रशान्त यूवा वैज्ञानिक सम्मेलनमा प्रतिस्पर्धाको लागि पठाइने छ । सम्मेलन नेपाल पोलिमर इन्स्टिच्यूटका अध्यक्ष प्रा.डा. रामेश्वर अधिकारीले पठाएको शुभकामना सन्देशको भिडियो प्रस्तुत गरिएको थियो । 

निःशुल्क रुपमा सेवा दिदै नेपाल सेवा केन्द्र
the universal times
2073


–ध्रुवराज नेपाल
सेवा निवृत जीवन समाजका लागि अर्पण गर्न सकिन्छ भन्ने कुराको उदाहरण हुनुहुन्छ देवीप्रसाद नेपाल र चाहेमा अरुसंग हात नपसारी पनि राम्रो संस्था सञ्चालन गर्न सकिन्छ भन्ने कुराको उदाहरण हो नेपाल सेवा केन्द्र । नेपाल सरकारको स्थानीय विकास अधिकारीका रुपमा लामो समय व्यतीत गरी निवृत भएपछिको समयको सदुपयोगका विभिन्न विकल्प मध्येबाट छनौट भएको सेवा केन्द्र स्थापना र सञ्चालन २०६५ सालबाट भए पनि यस किसिमका समाजोपयोगी क्रियाकलाप मार्फत समाजिकसेवा गर्ने परम्परा उहाँहरुको पुस्तैनी विरासत हो । 
सेवा, सद्भाव र सहयोगको मूल मन्त्र लिएर स्थापित केन्द्रको लेटरप्याडमै लेखिएको छ दासानुदासो भविताष्मि भूयः । हुने र सकिने सम्मको सानो बनेर सानाकै सेवामा आफूलाई अर्पिनु केन्द्रको विशेषता हो भन्न पनि सकिन्छ । हो पनि विधिवत रुपमा संस्था स्थापना गरेर सञ्चालन गरेपछि त्यसबाट प्रदान हुने सेवा वा गरिने काम आम सञ्चारमा हाईहाई पाउनेसम्म पनि नभए के संस्था चलाउनु ? भन्ने तर्क राख्न नसकिने होइन । अनि यो पनि भन्न मन लाग्ला आफ्नो मानो खाएर अर्काको सेवा कति दिन धानिनु ? तर सेवा केन्द्रले सातौ वर्ष पार गरेर आठौं वर्ष प्रवेश गरिसक्दासम्म यस संस्थाले गरेका क्रियाकलापहरु हेर्दा उल्लेखित दुबै परिस्थिति बाहेकका संस्था पनि हुनसक्ने रहेछन र चल्दा पनि रहेछन भन्न सेवा केन्द्र उदाहरण बन्न सक्छ ।
जाडोले कठ्याङ्ग्रियर रहेको अति नै विपन्न एक परिवारमा पुगेर लाउन र प्रयोग गर्न मिल्ने प्रयाप्त वश्त्र प्रदान गरेको दृष्य, आफुसंग भएका नोट राख्दा राख्दै पुराना भएर चल्नै नसक्ने भएका तर सो बाहेक अन्यत्रबाट दुईपैसा देख्न पाउने बाटो नभएका वृद्धले आफ्ना नोट नचलेका कारण कस्तो अनुभूति गर्दा हुन र ती नोट राष्ट्र बैकमा  लगेर साटेर ल्याइ हातमा हालिदिदा ती वृद्धका अनुहारमा देखिएको खुसीको दृष्य, भूकम्पले घर लडेर बासउठ्ठा भएकी एक महिलाले आफ्ना बालबच्चालाई कसो गरेर पाल्ने हो नि भनेर विलाप गरिरहेको अवस्थामा उनको परिवारलाई पुरा एक महिना पुग्ने खाध्य सामाग्री अर्पण गर्दा उनको अनुहारमा छाएको आनन्दानुभूतिको दृष्य सार्वजनिक सञ्चारमा आएनन् तर सेवा केन्द्रले ती सबैको आशीष भने प्राप्त गरेरै छाड्यो ।
संस्थागत भएरै अगाडि बढ्ने उद्देश्य नभएको भए पनि यी र यस्ता धेरै काम हुने नै रहेछन् नि भन्ने आभाष हुने गरी अध्यक्ष नेपालको अथक प्रयासमा अगाडि बढेको यो संस्था सात वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गर्दा नगर्दै राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय रुपमा परिचय बनाउन सफल भएको छ । हो, क्रियाकलापहरुको आकार र शैली हेर्दा कतिपयलाई आश्चर्य लाग्छ । तीर्थ गर्न नजानेर वा नसकेर अलमल्ल परेका वृद्धवृद्धा अगाडि लाएर आफै कुम्लो बोकेर नेपालदेखि भारतसम्मका विभिन्न तीर्थस्थलमा पुगेका देखिन्छन अध्यक्ष नेपाल र उहाँका सहयोगी । आफ्ना हातका औंला र शरीर परिचालन गरेर आरोग्यता प्राप्त गर्न सकिन्छ भन्दै “ तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यान” नामको विशिष्ठ कार्यक्रम जिज्ञासुहरुमाझ पस्कनु अर्काे उद्देश्य बोकेको सेवा केन्द्र त्यहि कार्यक्रम लिएर विश्व विख्यात व्यक्तित्व र संस्थाका मञ्चहरुमा पनि पुगेको देखिन्छ  । निम्बार्क पीठ सलेमावाद पुगेर जगद्गुरु श्री श्री जी महाराजका समीपमा होस् वा सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयको विशिष्ठ सभा कक्षमा होस् निम्छरो  व्यक्तित्व र चानचुने कार्यक्रमले प्रवेशको कल्पना पनि गर्न सकिन्न । तर अध्यक्ष नेपालले नेतृत्व गरेको सेवा केन्द्रको प्रतिनिधि मण्डलले श्रीश्री जी महाराजका सानिध्यमा रहेर महाराजश्रीमा अभिनन्दन मात्र चढाएन त्यत्रो संस्थामा रहनुभएका विद्वान व्यक्तित्वहरु र बटुकहरुका उपस्थितिमा तत्व ज्ञान मुद्रा प्रदर्शन र व्याख्यानको कार्यक्रम प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाउन समेत सफल भयो । 
     श्री जी कुञ्ज बृन्दावनदेखि सिन्धी पाठशाला हरिद्वारसम्म तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यानका कार्यक्रम प्रस्तुत गर्दै अगाडि बढेको सेवा केन्द्रले आफ्नो पाँचौ वार्षिकोत्सव समापन समारोह सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीमा आयोजना गर्न सफल हुनु चानचुने कुरा होइन । विश्व विद्यालयको भव्य सभाभवनमा लव्धप्रतिष्ठित विद्वत गणका माझमा सेवा केन्द्रको व्यानरमा कार्यक्रम हुनु आफैमा गौरव पूर्ण क्षण थियो । अझ सेवा केन्द्रले आफ्नो महत्वपूर्ण कार्यक्रमका रुपमा प्रस्तुत गर्ने गरेको तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यानको कार्यक्रम सहजतापूर्वक प्रस्तुत मात्र गरेन विद्वत्वर्ग माझमा नेपाल र नेपालीको विद्वता र अध्ययनशीलताको तारीफ गर्न लायक पनि बनायो । किनकि हिन्दुस्थानबाट प्रकाशित हुने महत्वपूर्ण झण्डै आधादर्जन पत्रपत्रिकाको विषयवस्तु सेवा केन्द्रको कार्यक्रम बन्नुले त्यस कुराको आँकलन गर्न मद्दत पुग्दछ ।
प्रतीक बृन्दावन धाम, गैंडाकोटदेखि राधाकृष्ण देवस्थल टंगाल, काठमाण्डौसम्म, परोपकार सेवा संस्था वीरगंजदेखि मुक्तिनाथ धाम, मुस्ताङसम्म नेपाल सेवा केन्द्र आफ्ना कार्यक्रम लिएर पुगेको छ । औलियाबाबा धाम चतरादेखि भैरहवासम्म सेवा केन्द्र पुगेको छ । लक्ष्मीनारायण मन्दिर, विराटनगरमा पटक–पटक कार्यक्रम राखीसकेको सेवा केन्द्रले विराट वृद्धाश्रम विराटनगरमा रहेका वृद्धवृद्धाहरुको सम्मानमा वर्षेनी जसो कार्यक्रम आयोजना गर्दछ । चताराधाममा सम्पन्न दोस्रो महाकुम्भका अवसरमा कृष्णदासजी महाराजबाट प्रवचन हुने मञ्च प्रयोग गरेर तीन दिनसम्म तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यानको कार्यक्रम प्रस्तुत गर्ने अवसर पाउनु आफैमा महत्वपूर्ण उपलव्धी हो ।
सपना कोही एकले देख्छ र त्यसलाई साकार गराउने हातहरु क्रमशः अगाडि बढ्छन भन्ने कुराको अपवाद सेवा केन्द्र पनि होइन । संस्थापक अध्यक्ष नेपालले देखेको सपना साकार पार्न जसरी उहाँ अहोरात्र खट्नु भएको छ । होस्टेमा हंैसे पाएर नै गतिलिन सकेको यस संस्थाले भर्खरै केशव धाम, गौरीघाटमा भव्य समारोह आयोजना गरी सातौ वार्षिकोत्सव सम्पन्न गरेको छ । हिन्दु स्वयम सेवक संघका राष्ट्रिय अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको दुई दिवसीय सातौं वार्षिकोत्सव समारोहमा सदाझैं विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान र प्रशंसित गर्ने कार्य समेत सम्पन्न गरेको छ । केन्द्रका आजीवन सदस्य, नेपाल सरकारका पूर्व विशिष्ठ कर्मचारी एवं उपप्राध्यापक श्याम प्रसाद नेपाल, प्रहरी नायव उपरिक्षक विपीन रेग्मी तथा प्रहरी नायव उपरिक्षक नवराज कार्की, प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रीय संगठज सचिव नारायण ढकाल, नेपाल टेलिभिजनद्वारा प्रशारण हुने विम्व प्रतिविम्व कार्यक्रमका निर्माता एवं प्रस्तोता भुपाल थापा, उपप्राध्यापक त्रिलोचन भट्टराई, नेपाल सरकारका उप सचिव आनन्दकेशरी पोखरेल एवं शाखा अधिकृत कृष्णचन्द्र काफ्ले, उप प्राध्यापक मिनकुमार दहाल, नीति अनुसन्धान प्रतिष्ठानका सन्तोष आचार्य, सिद्धार्थ बैंक चावहिलका मैनेजर ज्योत्स्ना कुँवर के.सी. स्वतन्त्र संचार ग्राम साप्ताहिकका प्रधान सम्पादक दानदास श्रेष्ठ, युनिभर्सल टाइम्सका सम्पादक विष्णु गिरी ‘निश्चल, थाहा सञ्चारका ओम भण्डारी, सेवा केन्द्रका आजीवन सदस्य शुष्मा नेपाल, ममता भट्टराई, तनुजा पोखरेल, भगवतीजी लगायतका  विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रममा राहुल निरौलाका नाममा उनका माता पिताहरुले स्थापना गरिदिएको रु. २,०००। रासिको राहुल निरौला छात्रवृति पुरस्कार जनजाती कल्याण आश्रम,आमाको माया घर, मुलपानीका छात्र विलास बडुवाललाई प्रदान गरियो । त्यस्तै  सेवा केन्द्रद्वारा नियमित रुपमा प्रदान गर्ने गरिएको रु. २,०००। रासिको छात्रवृति पुरस्कार यस वर्ष समृद्धि सापकोटालाई प्रदान गरियो । आमा बुबा दुवै जना दृष्टि विहिन रहेकी सापकोटालाई प्रदान गरिएको उल्लेखित पुरस्कार राशीमा यस वर्ष सुनसरी निवासी किरण    खत्रीले उपलव्ध गराउनु भएको रु. १,२००। रकम समेत समावेश गरिएको थियो ।
सेवा केन्द्रद्वारा प्रत्येक वर्ष प्रदान गरिने नरनारायण सम्मान यस वर्ष भुकम्प पिडित व्यक्तित्वहरुमा प्रदान भएको थियो । जसमा गोरखा निवासी पचासी वर्षीय वृद्ध माता टीका बोहरा, धादिङ निवासी दलाई लामा, भोजपुर घर भई हाल ठिमी निवासी देवी काफ्ले र सिन्धुली निवासी मोदनाथ गौतमलाई प्रदान गरिएको थियो ।
प्रमुख अतिथि वेदप्रकाश तथा विशिष्ठ अतिथि बेङ्कटेश्वर पठाधीश पद्मधर स्वामी जस्ता व्यक्तित्वहरुले आशीर्वचन प्रदान गरी सम्पन्न भएको कार्यक्रममा अध्यक्ष नेपालले तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यानको कार्यक्रमवारे संक्षिप्त प्रकाश पार्दै सहभागिहरुबाट प्रस्तुत विषयमा राखिएका जिज्ञासा अनुरुपका मुद्रा अभ्यासका विषयमा व्याख्यान र प्रदर्शन गर्नुभएको थियो । सेवा केन्द्रले गरिआएका क्रियाकलापहरु र भावि दृष्टिकोण वारे बोल्दै अध्यक्ष नेपालले सेवा केन्द्रका मुख्य उद्देश्य र लक्ष्यमा प्रतिकूल प्रभाव नपर्ने गरी आगामी दिनमा कार्यक्रमका शैली र विधिमा आमूल परिवर्तन गरेर जाने उद्घोष गर्नु भयो । सो क्रममा सेवा केन्द्र स्थापनाकालदेखि हालसम्म जस–जसले आफ्नो गाँस काटेर, रोजगारीको समय निकालेर र आफ्नो दैनिक खर्च कटाएर पनि सेवा केन्द्रलाई सहयोग पु¥याउनु भयो उहाँहरु सबैमा आभार प्रकट गर्दै आउने दिनमा सम्पन्न गरिने कार्यक्रमहरुमा सेवा केन्द्रका हितैषी र सहयोगीहरुमा भारै नपर्ने गरी कार्यक्रमहरु सम्पन्न गर्ने शैली र विधि अपनाईने धारणा राख्नु भएको थियो ।
आठ वर्ष टेक्दा नटेक्दै निकै परिपक्व र गरिमामय संस्थाका रुपमा उभिन सफल सेवा केन्द्र आगामी दिनमा अझ बढी जनमानस माझमा पुग्ने अध्यक्ष नेपालको अभिव्यक्तिले दर्शाउँछ । आशा गरौं, हाम्रा ऋषिमुनीहरुले प्रयोगसिद्ध गरेको तर लोपोन्मूख मुद्रा अभ्यास जस्तो मानवोपयोगी विषयवस्तुलाई आफ्नो लक्ष्य बनाई विभिन्न ढंगले समाज सेवामा समर्पित सेवा केन्द्रले आगामी दिनमा सबै क्षेत्रबाट अझ बढि साथ र सहयोग प्राप्त गरी मुलुककै उएटा अव्वल सामाजिक संस्था बन्न सफल हुनेछ भन्ने अपेक्षा लिने ठाउँ प्रशस्तै छ ।
सेवाको एउटा अर्काे उदाहरण २०७३ वैशाख १८ गतेका दिन  केन्द्रका अध्यक्ष नेपालबाट १५ जना विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई कापी कलम र प्रयोगमा ल्याइने व्याग वितरण गरिनु एउटा अर्काे दानवीरताको उदाहरणमा लिन सकिन्छ ।

विज्ञान तथा प्रविधि विषयमा गोष्ठी सम्मन्न
the universal times
2072/12/21


उपलब्ध श्रोत साधन र आवश्यकतानुसार नयाँ प्रविधिको विकास सम्भव 
काठमाडौँ । यूनिग्लोव कलेज कमलादी र काठमाडौँ व्यवहारिक विज्ञान संस्थान  को संयूक्त आयोजनामा नेपालको विकासमा विज्ञान र प्रंविधिको महत्व विषयक एकदिने गाेिष्ठी सम्पन्न भएको छ । गो्ष्ठीलाई उद्घाटन सत्र र प्राविधिक सत्रमा विभाजन गरि कार्यक्रम संचालन गरिएको थियो । उद्घाटन सत्रको अध्यक्षता वरिष्ठ रसायनशास्त्री प्रा.डा. राजाराम प्रधानाङ्गले गर्नुभएको थियो भने स्वागत मन्तव्य यूनिग्लोब कलेजका प्राचार्य डा. करण ठगुन्ना र संचालन डा. भानुभक्त न्यौपानेले गर्नुभएको थियो । गोष्ठीमा नर्थ केरोलिना स्टेट विश्वविद्यालय, संयुक्त राज्य अमेरिकाका वरिष्ठ प्राध्यापक डा. फ्रान्सेस लिग्लर मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । उहाँले स्थानिय आवश्यकता र श्रोत साधनको उपलब्धतालाई प्रयोग गर्दै नयाँ अन्वेषणमा जान सकिने बताउनु भयो । प्राविधिक सत्रमा सात जना विज्ञान तथा प्रविधिसँग सम्वन्धित व्यक्तित्वहरुले व्याख्यान दिनुभएको थियो । रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा नेपाल पोलिमर इन्स्टिच्यूटका अध्यक्ष डा. रामेश्वर अधिकारी, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका सह—प्राध्यापक डा. हेमराज पन्त, संयूक्त राज्य अमेरिकाका वरिष्ठ उड्डयन विशेषज्ञ ई.जर्ज लुग्लर, जीवविज्ञान तथा जैव प्रविधि अनुसंधान संस्थान का मुख्य वैज्ञानिक डा. हरिदत्त भट्टराई, पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोशी, काठमाडौँ विश्वविद्यालय रसायन विज्ञान तथा इन्जिनियरिङ विभागका सहायक प्राध्यापक डा. विष्णु प्रसाद पाण्डे र यूनिग्लोब कलेज, रसायनशास्त्र विभागका प्रमुख तथा काठमाडौँ व्यवहारिक विज्ञान संस्थान का अनुसन्धानविद् डा. महेन्द्र थापाले विज्ञान र प्रविधि तथा नेपालले लिनुपर्ने बाटोको बारेमा रोचक प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय विज्ञान संकायका डीन प्रा.डा. मोहन विक्रम ज्ञवालीले काठमाडौँ विश्वविद्यालयको परिचय दिनुका साथै विज्ञान प्रविधि क्षेत्रमा गर्नुपर्ने विषयहरु माथि प्रकाश पार्नुभएको थियो । वहाँले विदेशबाट गोष्ठीमा भाग लिन आउनुभएका पाहुना विशेषज्ञहरुलाई प्रशंसापत्र तथा उपहार प्रदान गर्नुभएको थियो ।
प्राविधिक सत्रको सभापतित्व तथा संचालन रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. एम्.एल्. शर्मा (भुसाल)ले गर्नुभएको थियो । एकदिने राष्ट्रिय गोष्ठीको समापन गर्दै डा. शर्माले विज्ञान प्रविधि र यसको अनुसन्धानमा उच्च प्राथमिकताका साथ लाग्नुपर्ने र सरकारले सुन्नेगरि र बुझ्नेगरि विज्ञहरुबाट पहल गनुपर्ने आवश्यकता औँल्याउनु भयो । राष्ट्रिय गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान विभिन्न क्याम्पस, तथा जस्ता अनुसन्धान संस्थाहरु तथा अनुसन्धानविद, प्राध्यापक, वैज्ञानिक तथा विद्यार्थीहरुको ठूलो सहभागिता रहेको थियो ।

शिक्षकको सक्रियतामा फेरिएको सामुदायिक विद्यालय
the universal times
2072/12/1

थुम्पाखर (सिन्धुपाल्चोक), १ चैत । कुनै बेला जिल्लामा कमजोर मानिएको महेन्द्रोदय उमावि अहिले कसरी उत्कृष्टमध्येमा पर्न सक्यो ? उत्तर सजिलो छ, यहाँको शिक्षकको प्रतिबद्धता, अभिभावकको साथ र विद्यार्थीको लगनशीलता । 

शिक्षकले राम्रो पढाएपछि विद्यार्थी सफल हुने, विद्यार्थीले राम्रो नतिजा ल्याएमा अभिभावकले सहयोग गर्ने, त्यसपछि पूर्व विद्यार्थी पनि पुनः निर्माणमा तात्ने ः यही चक्र र संयोजनले विद्यालयलाई निरन्तर अगाडि बढाएको छ । अर्काे कुरा, यहाँ शिक्षकबीच मनमुटाव र तानातान देखिएन । सेवाअवधि छँदै निवर्तमान प्रधानाध्यापक चक्रबहादुर बस्नेतले निलप्रसाद सुवेदीलाई सो जिम्मेवारी हस्तान्तरण गर्नुभयो । बस्नेतले अहिले विद्यालयलाई रु ५२ हजार आर्थिक सहयोग प्रदान गरी सह संरक्षकको भूमिकामा सघाइरहनुभएको छ भने व्यवस्थापन समितिको नियमित रेखदेख गर्नु भएको छ । 

विद्यालयले प्रारम्भिक बालविकासका कक्षालाई उत्तिकै महत्व दिएको छ । शिक्षण पद्धतिमा शैक्षिक सामग्रीको प्रयोगलाई अनिवार्य गराएको छ । विद्यालयले गत वर्ष प्रवेशिकामा झन्डै ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो । यहाँ शिक्षकलाई हरेक दिन आउँदा र जाँदा विद्युतीय हाजिरी गराइन्छ । सम्भवतः त्यस्तो हाजिरी गराउने यो विद्यालय जिल्लामै पहिलो हो । शिक्षकले विद्युतीय हाजिरी गराउँदा व्यवस्थापन गर्न कतिको सहज हुन्छ ? के उनीहरु सन्तुष्ट छन् ? भन्ने प्रश्नमा प्रधानाध्यापक सुवेदी भन्नुहुन्छ, “सुरुमा केही गाह्रो भयो, अहिले उहाँहरुले कर्तव्य ठान्नुहुन्छ, हामीले बेलाबेलामा प्रोत्साहन पनि दिँदै आएका छौँ । सामुदायिक विद्यालयको स्तर खस्कनुमा शिक्षकको दोष हो भन्ने आरोपलाई खण्डन गरेका छाँै ।” 

विद्यालयले प्रशासनिक र अन्य शैक्षिक कार्यका लागि परीक्षा, अतिरिक्त क्रियाकलाप, अनुशासन तथा प्रार्थना व्यवस्थापन, सरसफाइजस्ता उपसमिति गठन गरेको छ । 

सो विद्यालयमा प्रारम्भिक बालविकास (इसिडी) देखि, एलकेजी र युकेजीका कक्षा पनि सञ्चालित छन् । यसले गर्दा माथिल्लो तहमा भर्नादर टिकाउ दरमा पनि सुधार आएको देखिन्छ भने गुणस्तरमा बल दिएको छ । हाल इसिडीदेखि कक्षा १२ सम्म गरी कुल ४७७ विद्यार्थी छन् । यसमा २७८ छात्रा र १९९ छात्र छन् । शिक्षकको सङ्ख्या २२ छ । 

आगामी वर्षका लागि विद्यार्थीलाई डायरी उपलब्ध गराउने, टिभी प्रोजेक्टरसहित भर्चुअल कक्षा सञ्चालन गर्ने र कक्षा ९ देखि प्राविधिक धारको पठनपाठन गर्ने, वार्षिक आर्थिक सर्वेक्षण गर्ने योजना रहेको सुवेदीले जानकारी दिनुभयो । भौतिक पूर्वाधारतर्फ हेर्दा विद्यालयमा पौडीस्थलको प्रबन्ध गरिएको छ भने आगामी वर्ष फनपार्क पनि बनाउने लक्ष्य लिइएको छ । 

सिन्धुपाल्चोकका सहायक जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद सुवेदीका अनुसार जिल्लामा कुल ५४७ विद्यालयमध्ये सबै भवन नभत्कने, चाँडो पुनः निर्माण हुने र गुणस्तर कायम राख्नेमा महेन्द्रोदय मावि रहेको छ । 

काठमाडौँबाट करिब ९० किलोमिटरको दूरीमा रहेको थुम्पाखर गाविस–५ को पाटीडाँडास्थितको महेन्द्रोदय उमाविले आइतबार सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यता तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित १४ औँ अभिभावक सम्मेलन, पूर्व विद्यार्थी मिलन समारोहको आयोजना गरी आफ्नो सक्रियता प्रदर्शन गरेको छ । हास्य कलाकार मनोज गजुरेल, लोक गायक नवराज घोरसाइने र लोक गायिका सुनिता दुलाललगायतको प्रस्तुतिले भूकम्प प्रभावित सो क्षेत्रका बासिन्दालाई मनोवैज्ञानिक राहत समेत मिलेको थियो । 

साथमा दुलालले हरेक वर्ष पाँच जेहेन्दार र विपन्न विद्यार्थीलाई रु पाँच÷पाँच हजारका दरले छात्रवृत्ति दिने घोषणा गर्दा विद्यार्थी उत्साहित भएका थिए । 

गत वैशाखको विनाशकारी भूकम्पले आइएचडिपी नामक संस्थाको सहयोगमा स्थानीय जनश्रमदानसहित निर्मित ढुङ्गा र माटोले बनेको दुई तले सात कोठे भवन ध्वस्त हुनुका साथै दुई वटा भूकम्प प्रतिरोधी ब्लकका पर्खाल भत्किएका थिए । हाल त्यहाँ पुनः निर्माणको क्रम जारी छ । 
विसं २०१८ मा संस्थापक प्रधानाध्यापक रुद्रराज थापाले प्राथमिक तहबाट स्थापना गर्नु भएको सो विद्यालय २०३२ सालमा निमावि र २०३९ सालमा मावि स्तरोन्नति भयो भने २०६२ सालमा उमावि बन्न सफल भएको हो । विद्यालयका नाममा हाल स्थानीय चित्रबहादुर भण्डारी, चन्द्रबहादुर भण्डारी र देवीबहादुर भण्डारीको योगदानबाट १४ रोपनी जग्गा छ । 

विद्यालयले २०७० सालमा स्वर्ण महोत्सव मनाउँदा भवन निर्माणका लागि शिक्षक, अभिभावक, पूर्व विद्यार्थी, संस्थान र शुभेच्छुकबाट विभिन्न चन्द सङ्कलन गरेको थियो भने हालका व्यवस्थापन समितिका अध्यक्ष रामशरण कार्कीले रु तीन लाख ११ हजार प्रदान गरी प्रमुख संरक्षकको जिम्मेवारी पनि पाउनुभएको छ । विद्यालयले रु ५० हजारसम्म प्रदान गर्ने अन्यलाई सहसंरक्षकको सम्मान पनि दिँदै आएको छ ।



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011