विश्व समाचार

बेलायती राजकुमार ह्यारीको विवाह सुनिश्चित
the universal times
2074

लण्डन, ११ मङसिर ः बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ । 

अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो । 

राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गर्नुभएको छ । 

प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो । 

एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताउनुभएको छ । 

उहाँहरुले आगामी केही महिनापछि विवाह गर्नुहुने भएको छ भने विवाहपछि केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नुहुने भएको छ । 

बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट पाँचौ पालोमा राजगद्दी सम्हाल्नुहुने छ । 

वार्तामै नबस्ने साउदी अरेबियाको भनाई अतिवादी– कतार
the universal times
2074

इस्तानबुल, १५ असार । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका विषयमा पछिल्लो समय केही प्रयास भइरहेका बेला साउदी अरेबियाले कतारसँग वार्ता पनि नगर्ने भनी दिएको प्रतिक्रियाको कतारले कडा बिरोध गरेको छ । 

कतारको समस्या समाधानको लागि पछिल्लो पहलस्वरुप केही गल्फका देशले शर्त राखेका थिए । उनीहरुले १३ बुँदे प्रस्ताव पनि सार्वजनिक गरेका छन् । कुवेतको मध्यस्थतामा उनीहरुले सो सार्वजनिक गरेका हुन् । 

यी शर्तमध्ये साउदी अरेबियाले कतारको अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने शर्त अघि सारेको छ । यसका साथै अरु मागप्रति आफू सहमत हुन नसकेको भनी कतारले आफ्नो देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको धारणा राखेको थियो । 

ती शर्तका बारेमा बसेर छलफल गर्ने तयारीका लागि कुवेत लगायतले साउदी अरेबियालाई आग्रह गरेका थिए । तर साउदी अरेबियाले भने आफूले ती शर्तलाई कतारले पनि स्वागत नगरेकोले वार्तामा नै नबस्ने बताएको हो । 
उता कतारले भने यसरी वार्तामै नबस्ने भनी साउदी अ‍ेरिबयाले राखेको धारणा अतिवादी सोचबाट आएको बताएको हो । यस बारेमा उक्त गठबन्धनका अरु देशहरुको धारणा भने आएको छैन । 

उता टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानले पनि कतारमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहूँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु पनि अवैधानिक भएका टिप्पणी गर्नुभएको थियो । 

कतारकाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतार माथि विभिन्न शर्त राखेका छन् । 

टर्कीले कतारको समर्थन गर्दै आएको छ । टर्कीको सरकारी समाचार समिति अनादोलुले राष्ट्रपति एर्दाेगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ । 

कतारमाथि यस्तो प्रतिबन्ध लागेको महिना दिन भएको छ । गल्फ सहितका छ वटा देशले कतारमाथि शर्त राखेका छन् र कुवेतले समस्या समाधानका लागि मध्यस्थता गरेको छ । 

ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने पनि भनिएको छ । कतार त्यो शर्तमा पनि सहमत भएको छैन । कतारले आतङ्ककारीहरुलाई आश्रय र प्रश्रय दिएको आरोप मुस्लिम गल्फ देशहरुको रहेको छ ।

उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी अमेरिका पुगे
the universal times
2074

वासिङ्टन, ३१ जेठ । उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् । 

उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो । 

ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशका विरुद्धमा गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो । 

पछि उनलाई १५ वर्षको श्रम शिवीर सजायँ सुनाइएको थियो । उनी शिवीरमा जबर्जस्ती काम गर्नुपर्ने भएपछि विरामी परेका थिए । 

बिरामी परेका उनलाई कोमामा भर्ना गरिएको थियो । उनको रिहाईका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आग्रह गर्नुभएको थियो । 

उहाँले आफ्ना नागरिकलाई रिहागरी आवश्यक वार्ताका लागि वासिङ्टन आउन चेतावानी पनि दिनुभएको थियो । त्यसपछि उत्तर कोरियाले ती विद्यार्थीको रिहाइको प्रक्रिया सुरु गरेको बताइन्छ । 

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ती विद्यार्थीलाई सैनिक जहाजमार्फत बुधबार बिहान उनको निवासस्थान ओहायो पु¥याइएको जनाउनुभएको छ 

काबुलमा आत्मघाती आक्रमण मृतकको सङ्ख्या ८० पुग्यो
the universal times
2074

काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसहित लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोट परी कम्तीमा ८० जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । 

स्थानीय समयाअनुसार ८ः३० बजे बुधबार बिहान जान्बाक स्क्वायरस्थित भएको यस आक्रमणमा परी महिला र बालबालिकासहित सयौं सर्वसाधारण घाइते भएका छन् । 

भारत, जर्मनी, अमेरिका र क्यानाडालगायतको राजदूतावास अवस्थित रहेको बजीर अक्बार खान इलाकमा भएको यस ट्रकबम आक्रमणमा परी कम्ती ८० व्यक्तिको मृत्यु हुनको साथै अन्य ३५० भन्दा बढी घाइते भएका छन् । 

विस्फोट गराइएको यस इलाकामा धुँवाको मुस्लो र कैयाँै शवको थुप्रो लागेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ । बिहानको व्यस्त समयमा भएको आत्मघाती बम आक्रमण राजदूतावास र महत्वपूर्ण सरकारी कार्यालयलगायत कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसमेत रहेको इलाकामा भएको छ । 

यस विस्फोटको कुनै पनि समूहले जिम्मेवारी भने लिएका छैनन् र तत्काल विस्फोट के कति कारणले गराइएको हो सो पनि प्रष्ट भएको छैन् । 

बसन्त क्रृतु्मा भीषण आक्रमण गर्ने भन्ने घोषणा गरेर बसेका र सो घोषणाको मध्य अवस्थामा रहेका तालिवान आतङ्ककारी समूहले ट्वीटरमार्फत यस आाक्रमणमा आफ्नु समूहको सहभागीता नभएको र यस आक्रमणको घोर निन्दासमेत गर्दै आफूहरु पन्छिएका छन् । 

भीषण आक्रमणमा परी ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएपछि विरलै मात्र आतङ्ककारी समूहले जिम्मा लिने गरेका छन् । 

यस्ता आक्रमण तालिवान र इस्लामिस्ट स्टेट्स (आइएस) समूहले गराउँदै आएको हुनाले यस आक्रमणमा पनि उनीहरुका हात रहेको अनुमान भने प्रहरीको रहेको छ । 

‘दुर्भाग्यबस यस विस्फोटमा मारिने व्यक्तिको सङ्ख्या ८० पुगेको कैयाँै महिला र बालबालिकासित ३०० सयभन्दा बढी घाइते भएका छन्’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले जानकारी दिएका छन् । 

कैयाँै घाइतेको अवस्था चिन्ताजनक भएको र भग्नावशेषमा रहेका शव निकाल्न बाँकी रहेका हुनाले मृतक सङ्ख्या लगातार बढ्नेसमेत सरकारी अधिकारीको अनुमान गरेका छन् । 

यस विस्फोटको कारण दर्जनाँैको सङ्ख्या सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख गरिएको छ । 

आफगान स्वास्थ्य मन्त्रालयले काबूलका बासिन्दालाई घाइतेको उपचारको लागि रक्तदानको लागि आह्वान गरेको छ । 

भारतीय फिल्म दङ्गलको चीनमा राम्रो ख्याती
the universal times
2074

बेइजिङ (चीन), २ जेठ । भारतीय चलचित्र ‘दङ्गल’ ले चीनमा प्रदर्शनको एघार दिनमा छ करोड ५० लाख अमेरिकी डलर कमाएको बताइएको छ । 

यससँगै हिन्दी फिल्म दङ्गल चीनमा प्रदर्शन भएर अहिलेसम्मकै सबैभन्दा धेरै बजेट आर्जन गर्न सफल फिल्म बनेको छ । 

उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमा मात्रै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो । 

चीनको सेतेमा समालोचना गर्ने चिनियाँ वेबसाइट डौबानले दङ्गललाई १० नम्बरमा ९.२ नम्बर दिएको छ । 

भारतीय अभिनेता अमिर खानद्वारा अभिनित एक संयोगान्त पिल्म ‘थ्री इडिएट्स’ ले पाएको प्रसिद्धिका कारण पनि खानको यो चलचित्रले चीनमा तहल्का मच्चाएको चिनियाँ सञ्चारमाध्यमहरुले दिएका छन् । 

एसियाका दुई विकासोन्मुख राष्ट्रहरु चीन र भारतबीच चलचित्र उद्योगको प्रगति एवम् प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा सहमति गरिएको छ । उनीहरुले चलचित्रमा सहनिर्माण, आपसी आयात र लगानीमा सहकार्यका लागि हालैका वर्षमा सहमति जनाएका छन् 

शरणार्थी उपर तीन हजार पाँच सय आक्रमण
the universal times
2073

बर्लिन, १६ फागुन । जर्मनीमा प्रकाशित एक नयाँ प्रतिवेदन अनुसार शरणार्थी तथा उनीहरु बसोवास गरिरहेका शरणार्थी शिविरहरुमा सन् २०१६ मा तीन हजार पाँच सय भन्दा बढी आक्रमणका घटना भएका पुरानो र विश्वसनीय मानिएको स्थानीय समाचार पत्र डचे बेलेले जनाएको छ । 

जर्मनीको गृह मन्त्रालयद्वारा प्रकाशित एक प्रारम्भिक प्रतिवेदन अनुसार दुई हजार ५४५ आप्रवासीमाथि व्यक्तिगत रुपमा आक्रमण भएको थियो । त्यसैगरी आप्रवासी तथा शरणार्थी बस्ने शिविरमा ९८८ आक्रमणका घटना र शरणार्थी व्यवस्थापन गर्ने सङ्गठनहरु वा स्वयम्सेवक उपर २१७ वटा आक्रमणका घटना भएका थिए । 
यस्ता आक्रमणमा परी ४३ जना बालबालिकासहित पाँचसय ६० व्यक्ति घाइते भएका पनि सो प्रतिवेदनमा जनाइएको छ । जर्मनीमा शरणार्थी सुरक्षा फितलो भएको सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमै बारम्बार बहस र बादविवाद उत्पन्न हुने गरेका छन् । 

यस्ता आक्रमणका घटना बरम्बार दोहोरिइ रहँदा शरणार्थी सुरक्षाको मामिलामा देशकै क्षमताबारे प्रश्न चिन्ह्र खडा भएको छ । आफ्नो मुलुकमा शरणार्थी तथा आप्रवासीको आकासिँदै गरेको सङ्ख्या कटौती गर्नमा जर्मनी सङ्घर्षरत छ । शरणार्थी तथा आप्रवासीहरुलाई सजिलै स्वीकार गरी आफ्नो मुलुकभित्र निर्वाध प्रवेश, डुलफिर र काम गर्न समेत दिइने विगतका उदार नीति र नियम हाल जर्मनीलाई घाँडो सरह भएको छ । 

शरणार्थी तथा आप्रवासीको भेषमा आतङ्कवादीहरु सजिलै प्रवेश गरेर एकत्रित भई राष्ट्रकै सुरक्षा व्यवस्थालाई चुनौती दिने हुन् कि भन्ने भय पनि उत्तिकै व्याप्त रहेको छ । 

यिनै कारणले गर्दा आगामी सेप्टेम्बर महिनामा सम्पन्न हुन गइरहेको सङ्घीय आम निर्वाचनमा आफ्नो पार्टीले जनविश्वास गुमाउनु नपरोस् भन्ने मनसायले जर्मनीमा शरणार्थी तथा आप्रवासीको मामिलामा सत्तारुढ दलले उच्च संवेदनशीलतापूर्वक कदम अघि बढाइरहेको जनाइएको छ । 

पूर्वी चीनमा एक होटलमा आगलागी हुँदा दशजनाको मृत्यु
the universal times
2073

नानचाङ (चीन), १४ फागुन । चीनको जियाङ्सी प्रान्तको राजधानी नानचाङमा एक होटलमा शनिबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको चिनियाँ अग्नि नियन्त्रण अधिकारीले जनाएका छन् । 

स्थानीय समयअनुसार बिहान करिब ८ बजे ‘एचएनए प्लाटिनम मिक्स होटेल’मा भएको आगलागी करिब ९ः४५ बजे नियन्त्रणमा आएको थियो । 

आगलागीका समयमा करिब १० जना निर्माण मजदुरले होटेलको दोस्रो तलामा काम गरिरहेका थिए । 

अग्नि नियन्त्रण अधिकारीले आगलागीपछि होटेलका भवनको भग्नावशेषबाट सातजनालाई मृत उद्धार गरेका जनाएका छन् । 

आगलागीबाट घाइते भई अस्पतालमा भर्ना भएका १६ जनामध्ये थप तीनजनाको पनि मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । 

चारतले होटल नजिकै रहेको २४ तलाको एक आवासीय भवनमा बसोबास गर्ने २६० जनालाई सुरक्षित स्थलमा सारिएको थियो । 

घटनामा जिम्मेवार भएको आरोपमा प्रहरीले सातजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ 

इटालीको हिमपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या पन्ध्र पुग्यो
the universal times
2073

फ्लोरिडा (इटाली), ११ माघ । इटालीमा केही दिन पहिले गएको हिम पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबार १५ पुगेको यहाँको आन्सा न्युज एजेन्सीले जनाएको छ । बेपत्ता १४ जनाको उद्धारका लागि हेलिकोप्टर र स्किङ्ग समूहहरु निरन्तर खटिरहेका बताइएको छ । 

उद्धारमा सहभागी समूहलाई उद्धृत गर्दै आन्साले भनेको छ, “उद्धार टोलीले छ दिनदेखि अनवरत रुपमा हराएका मानिसको खोजी गरिरहे पनि उनीहरु पत्ता नलागेको साथै घटना भएको छ दिन भइसकेकाले अब उनीहरु जीवित पाइने सम्भावना क्षीण बनेको छ ।” 

मध्य इटालीको अब्रुजो क्षेत्रमा रहेको एकतारे होटल हिमपहिरोले पुर्दा धेरै मानिसको मृत्यु हुनुका साथै अझै कैयौँ होटल कर्मचारी बेपत्ता रहेका छन् । उक्त घटनामा फसेका नौ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही उपचारपछि घर फर्किएका छन् । तीन जना स्थानीय अस्पतालमा उपचारारत् छन् । 

श्रीलङ्काका आधाभन्दा बढी सार्वजनिक खरिद सम्झौतामा भ्रष्टाचार हुन्छ ः राष्ट्रपति सिरिसेना
the universal times
2073

कोलम्बो (श्रीलङ्का), २४ मङ्सिर । श्रीलङ्कामा सरकारीस्तरमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धतासहित दुई वर्ष पहिला नेतृत्वमा आउनुभएका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले शुक्रबार मुलुकका आधाभन्दा बढी सार्वजनिक खरिद सम्झौतामा भ्रष्टाचार तथा घुस लेनदेन हुने गरेको बताउनुभएको छ । 

राष्ट्रपति सिरिसेनाले यस विषयमा आफ्ना पूर्ववर्तीका पालामा भएका भनिएका भ्रष्टाचार मुद्दामाथि कारबाही चलाउन निर्देशन दिएको जानकारी दिँदै भ्रष्टाचार मुद्दा को कोमाथि चलाइने छ भन्नेबारे जानकारी गराउँदा भोलिदेखि नै चक्काजाम र हड्ताल घोषण हुन्छ त्यसकारण नाम सार्वजनिक नगर्ने तर प्रतिबद्धताअनुरुप कारबाही चलाइने बताउनुभयो । 

संस्थागत घुस लेनदेन तथा भ्रष्टाचारको अझै पनि सरकारी सङ्घसंस्थामा सोचेअनुरुप सुधार ल्याउन नसकिएकोे कुरा भन्नुपर्दा मलाई हीनताबोध हुन्छ तर यथार्थ यही हा, भ्रष्टाचारविरोधी अभियन्तासँगको सार्वजनिक भेलामा राष्ट्रपतिले भन्नुभयो । उहाँले आफ्नो अडान अनुसार काम गर्दै जान प्रतिवद्धता भने कार्यक्रममा जाहेर गर्नुभयो साथै यसमा प्रहरी तथा भ्रष्टाचारविरोधी अधिकारीले साथ दिनेमा विश्वास व्यक्त गर्नुभयो । 

“हामी भन्छौँ भ्रष्टाचार नियन्त्रण गर्न टेन्डर आह्वान गर तर वास्तवमा टेन्डर (खरिद सम्झौता) प्रक्रिया नै भ्रष्ट छन्,” उहाँले थप्नुभयो, “करिब ५० प्रतिशतभन्दा बढी यस्ता सम्झौताका समयमा भ्रष्टाचार हुने गर्छ ।” 

सन् २०१५ को जनवरीमा पूर्व राष्ट्रपति महिन्दा राजापक्षलाई पराजित गर्दै सत्तामा पुगेका राष्ट्रपति सिरिसेनाले वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री रनिल विक्रमासिंगेलगायतका भ्रष्टाचारविरोधी उच्च अधिकारीलाई राजनीतिक आवरणमा जोगाउन खोजेको आलोचना हालैका दिनमा उहाँमाथि लगाइने गरेको छ ।

नयाँ विरोधले दक्षिण कोरियाली राष्ट्रपति पार्क दवावमा
the universal times
2073

सिओल (दक्षिण कोरिया), ४ मङ्सिर । दक्षिण कोरियामा यहाँका राष्ट्रपतिविरुद्ध भइरहेका प्रदर्शनले भ्रष्टाचार काण्डका आरोपित पार्क ग्युन हेलाई राजीनामा दिनका लागि थप दबाब परेको छ । 

उनीविरुद्ध साप्ताहिक रुपमा भएका विरोधअन्तर्गत चौथो चरणमा शनिबार भएको प्रदर्शनमा दशौँ हजार प्रदर्शनकारीहरुले सहभागिता जनाए । 

सन् १९८० पछिको प्रजातन्त्र समर्थक प्रदर्शनपछिको हालै भएका ठूला प्रदर्शनहरुले पार्क सरकारलाई कडा चुनौती दिइरहेको देखिएको छ यद्यपि राष्ट्रपतिले भने राजीनामा दिन अस्वीकार गर्दै आउनुभएको छ । 

आयोजकले ‘पार्क गेन हे राजीनामा देउ’ भन्ने नाराका साथ करिब तीन लाखको सङ्ख्यामा दक्षिण कोरियाको राजधानी सोलको मुटुमा मैनबत्ती जुलुसमा सहभागी भएको जनाएका छन् । प्रहरीले भने करिब ७० हजार मानिस प्रदर्शनमा सहभागी रहेको बताएकोे छ । 

‘हामी शान्तिपूर्ण प्रदर्शनद्वारा राष्ट्रपति पार्कलाई सत्ताबाट हट्न दबाब दिन चलिरहेका छौँ, विरोध कार्यक्रम आयोजकमध्येका एक कोरियाली ट्रेड युनियन महासङ्घका प्रवक्ता नाम जेओङ सुले बताउनुभयो । 

अहिलेसम्मका प्रदर्शनहरु शान्तिपूर्ण रहेका र थुप्रै कोरियाली नागरिक आफ्ना अधिकांश परिवार सदस्यको सहभागीमा सडकमा उत्रिएका भए पनि प्रदर्शनमा प्रहरी हस्तक्षेप भने व्यापक रहेको उहाँको भनाई थियो । 

प्रदर्शनमा सहभागीमा उल्लेख्य सङ्ख्यामा मजदुर, विद्यार्थीलगायत सर्वसाधारणको सहभागिता रहेको छ 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011