साहित्य र सृजना

प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने
the universal times
2074

काठमाडौँ, ४ साउन । त्रिमूर्ति निकेतनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली भाषा साहित्यमा पु¥याउनु भएको योगदानको कदर स्वरुप ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ । 

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । आगामी भदौ ३ गते त्रिमूर्ति दिवसका अवसरमा वाङ्मय शताब्दी पुरूष डा सत्यमोहन जोशीबाट पूर्वप्रधानमन्त्री दाहाललाइ उक्त सम्मान समर्पण गरिने निकेतनले जनाएको छ । 

त्रिमूर्ति निकेतन र नइ प्रकाशनको मागबमोजिम नेपाली वाङ्मयका शिखर व्यक्तित्व डा सत्यमोहन जोशीको योगदानलाई मूल्याङ्कन गरी प्रचण्डको प्रधानमन्त्रीत्वकालमा जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको तथा त्रिमूर्ति निकेतनलाई विशिष्ट सहयोग गरेका कारण उहाँलाई सो सम्मान र पदक प्रदान गर्न लगिएको संस्थाले जनाएको छ । 

‘अक्षरमा मान्छे’ प्रकाशित
the universal times
2074


काठमाण्डौं । 
रेडियोकर्मी तथा सकारात्मक सोचका अभियान्ता रामप्रसाद खरेलको कविता सङ्ग्रह  ‘अक्षरमा मान्छे’ प्रकाशित भएको छ । डिकुरा पब्लिकेसन प्रा.लि. काठमाण्डौंले प्रकाशन गरेको यो सङ्ग्रह असार ४ गतेदेखि वजारमा आएको हो । 
रामप्रसाद खरेलको यो चौथो पुस्तक हो । यसअघि उहाँका माहान वाणी, निबन्ध सङ्ग्रह रे साथै रेडियो पत्रकारिता गरी तीन पुस्तकहरु प्रकाशित भइसकेका छन् । कविता सङ्ग्रह ‘अक्षरमा मान्छे’ ३४ वटा कविता सङ्ग्रहित रहेका छन् । सङ्ग्रहमा रहेका कविताहरुलाई चार खण्डमा विभाजन गरिएका छन् । जीवन र प्रेम खण्डमा ११ वटा, जीवन र विद्रोह खण्डमा ९ वटा, जीवन र उर्जा खण्डमा ६ वटा र जीवन र भोगाइ खण्डमा ८ वटा कविता रहेका छन् । 
जीवन दर्शन, अध्यात्म र उत्साहले भरिपूर्ण हुनु उहाँको लेखनका विशेषता हुन । जुनकुरा यो ‘अक्षरमा मान्छे’ कृति भित्र पनि भेटन सकिन्छ । पुस्तकको २ सय १५ रुपैया मूल्य रहेको छ । पुस्तकभित्र भूमिका लेखाउँने परम्परालाई वहाँले छोडिदिनुभएको छ । कवितामा आफ्नै मत, आफ्नै अभिमत शिर्षकमा उहाँले कविताको विषयमा लेख्नुभएको छ । 


युवाहरुले पनि पढ्ने गीता अनुपेन्द्रले लेखे
the universal times
2074


दीपक आचार्य
अंग्रेजी भाषाको विद्वान् भएर प्राध्यापन पेशामा अब्बल ठहरिनु भएका अनुपेन्द्र ईश्वर आचार्यले पहिलो पटक श्रीमद्भागवद्गीतालाई सरल लोकलयमा लेखेर छुट्टै पहिचाँन बनाउनु भएको छ भने बालकदेखी बृद्ध सम्मले पठ्न र त्यसको सारलाई बुझ्न सक्ने भएका छन् । उहाँले लेख्नु भएको गीता माधुर्य नामक पुस्तकमा दिएको गीता सार र लोकलयमा लेखिएको गीता अब सबैको जनजिब्रोमा कण्ठस्थ भएर झुण्डन सक्दछ । यो गीता युवाहरुले पनि चासो दिएर पढ्न सक्ने गरेर लेखिएको छ । 
हुनत अंग्रेजी भाषाकै विद्वान् उहाँका पिता डा. गंगाप्रसाद आचार्यले पनि हिन्दु धर्मसंस्कृती र आध्यामिक जागरणका लागि यस्ता धेरै प्रयास गरेकाले नै उहाँलाई यस्तो काममा चासो बढेको अनुपेन्द्र बताउनु हुन्छ ।  हिन्दुहरुको प्रमुख ग्रन्थ गीतालाई सम्पूर्ण वेदहरुको सार भनिन्छ । १८ अध्याय र ७ सय श्लोक भएको गितालाई आचार्यले सबैले सजिलै बुझ्ने गरेर लेखेकाले अब देश विदेशमा युवाहरुले पनि यसमा चासो दिनेछन् । 
मान र निन्दा, सर्दी र गर्मी
समान ठानेमा ।
प्रिय नै त्यै हो, धर्ममा मेरो 
शरण परेमा ।। १५७।। 
यस्तो सरल र गाउन सजिलो हुने गरेर आचार्यले लेख्नु भएको गीताले सजिलै ज्ञान अर्जन गर्न चाहनेलाई सजिलो भएको छ । काठमाण्डौको रत्न पूस्तक भण्डारमा गीता माधुर्य किन्दै गर्नु भएका एक जना पाठकले पनि अन्य गीताको किताब पढ्न गारो भएको र यसले अब साच्चै गीतामा के रहेछ भनेर जान्न सजिलो हुने आशा व्यक्त गर्नु भयो ।  प्रसिद्ध बैज्ञानिकहरुले प्रसंसा गरेको गीतालाई हामि नेपालीहरुले नै प्राथमिकता दिन नसकेका बेलामा अनुपेन्द्र ईश्वर आचार्य जस्ता विद्वानहरुले यस्तो प्रयास गर्नु निक्कै सकारात्मक कुरा हो ।  अमेरिकी दार्शनिक एवं समाजशास्त्री हेन्री डचाभिड थोरोले पनि भावगत् गीताको प्रसंसा गर्दै लेख्नु भएको छ प्रत्येक बिहान म आफ्नो विचारशक्तिले भगवद्गीताको भव्य र विश्वोत्पत्ति विषयक ब्रह्माण्ड दर्शनमा स्नान गर्दछु । त्यतिखेर यसका तुलनामा आधुनिक जगत् र यसको साहित्य अत्यन्तै निरीह र तुच्छ लाग्दछन् । वेदको एउटा ऋचा पनि म्यास्याचुसेट्स राज्यभन्दा अनेकौं गुणा ठूलो हुन्छ । फिलिपिन्सकी कवि, लेखक मेरिया क्रिस्टिना बेजार आफ्नै घरमा अपमानित, टाढा–टाढा सम्मानित पूर्वीय ज्ञानु शीर्षकमा लेख्नुहुन्छ, भागवत गीता र उपनिषद्का अंशहरू र पतञ्जलीको योगसूत्रमा डुब्दै थिए भने गीता मेरा लागि अत्यन्तै प्रिय ठहरिएको थियो । यसरी धेरै प्रसिद्ध बैज्ञानिकहरुले गीताबाट आफुले जीवन सिकेको बताएका छन् । आखिर विज्ञानको हरेक आविष्कारको खोजी विन्दु वा प्रस्थान विन्दु त हाम्रै पूर्वीय दर्शन नै रहेछन् । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भने झै जन्ने विश्वका बैज्ञानिकलाई यसको महत्व ठूलो छ तर हामी नजान्नेलाई खुर्पाको बिड जस्तो भैरहेको छ । हामी सँग भएका यस्ता बौद्घिक सम्पत्ति, जीवनदर्शनका कुरा, मानव सभ्यताका कुराको खोजी गर्नुपर्ने कार्यमा अनुपेन्द्र ईश्वर आचार्य जस्ता धेरै युवाहरु खटिन आवस्यक छ । अनुपेन्द्रको लोकलयात्मक यो गीताग्रन्थ गीता माधुर्य जस्तै सरल र मौलिक भाषाका ग्रन्थहरु लेखियो भने युवा वर्गले पनि पक्कै अध्ययन गरेर बुझ्न सक्ने छन् । 

अमेरिकामा कवि दिवसको एकल कविता वाचन हुने
the universaltime
2074

काठमाडौँ, ५ जेठ । वरिष्ठ कवि तुलसी दिवसले यही जेठको दोस्रो साता संयुक्त राज्य अमेरिकामा सम्मान ग्रहणका साथै एकल कविता वाचन गर्नुहुने भएको छ । 

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सूत्रधार बन्दै आउनुभएका कवि दिवसले यही जेठ १३ गते अमेरिकाको वासिङटन डिसी महानगरमा अभिनन्दन ग्रहण गर्नुहुनेछ । अभिनन्दन कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको पनि सहमागिता रहनेछ । 

विश्वका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गर्नुभएका दिवसले दर्जनौँ मुलुकमा साहित्यकारकै हैसियतमा भ्रमण गरी आफ्नो प्रस्तुति दिइसक्नुभएको छ । 

कवि दिवसले आफूलाई अभिनन्दन गरिने जानकारी पाउँदा खुसी लागेको भन्दै त्यहाँ हुने कार्यक्रममा नेपाली समुदायको उपस्थितिका लागि आग्रहसमेत गर्नुभएको छ । 

मैनालीको ‘नलेखिएको इतिहास’ सार्वजनिक
the universal times
2073

काठमाडौँ, २९ माघ । वामपन्थी नेता राधाकृष्ण मैनालीको पाँच दशक लामो राजनीतिक जीवनको अनुभवमा आधारित ‘नलेखिएको इतिहास’ पुस्तक आज सार्वजनिक भयो । 

विभिन्न राजनीतिक आरोह अवरोहसहित हाल नेकपा (एमाले) मा रहनुभएका नेता मैनालीले झापा विद्रोहदेखि अहिलेसम्मका आफूसँग जोडिएका राजनीतिक घटनाक्रम समेट्नुभएको छ । 

पुस्तकमा जेलमा जीवनका भोगाइ, राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको सरकारमा मन्त्री हुन पुग्दा महसुस भएको गल्ती, नेकपा (माओवादी केन्द्र)मा प्रवेश र एमालेमा पुनरागमनलगायतका सवाललाई महत्व दिइएको छ । 

पुस्तकको समीक्षा गर्दै प्रा कृष्ण पोखरेलले विभिन्न नेता र आफूसँग जोडिएका कार्यकर्ताका राम्रा तथा नराम्रा पक्ष उद्घाटन गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो । 

विश्लेषक डा सुरेन्द्र केसीले कम्युनिस्ट नेताहरुले किन पटक पटक गल्ती गर्छन् भन्नेबारेमा पुस्तकले जवाफ दिन नसकेको टिप्पणी गर्नुभयो । 

लेखक मैनालीले आफूले जे देखेँ र भोगेँ, त्यही लेखेको जनाउँदै आत्मालोचना भइसकेका विषयमा पटक पटक नकोट्याउन आग्रह गर्नुभयो । 

पुस्तकको वरिष्ठ पत्रकार भैरव रिसाल र लेखक स्वयम्ले लोकार्पण गर्नुभएको हो । पुस्तक पत्रकार माधव बस्नेत र मनबहादुर बस्नेतले सम्पादन गर्नुभएको हो ।

ढुंगेलले ल्याए ‘अक्षरका गोलीहरू’
the universal times
2073


काठमाडौं । वरिष्ठ गीतकार एवं कवि सुवासचन्द्र ढुंगेलले ‘अक्षरका गोलीहरू’ मुक्तकसंग्रह बजारमा ल्याएका छन् । राजधानीमा एक भव्य समारोह आयोजना गरी ढुंगेलद्वारा रचित मुक्तकहरूको संग्रह विमोचन गरियो । शुभारम्भ द म्युजिकल जर्नी तथा पूर्व विद्यार्थी समूह डी.एम्.पी.एस् आयोजक रहेको विमोचन कार्यक्रममा कवि ढुंगेलको मुक्तक वाचन पनि गरिएको थियो । साथै ढुंगेलद्वारा रचित ‘चोट के हो व्यथा के हो...’, ‘फूल झरे पनि काँडा झर्दैन...’ जस्ता गीतहरू पनि गाइएको थियो । 
चलचित्रकर्मी तथा कवि÷गजलकार चेतन कार्की प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा साहित्यकार मुरारी सिग्देलले स्वागत भाषण गरेका थिए । कलाकार रविन्द्र खड्काले विशेष सम्बोधन गर्दै ढुंगेलका मुक्तकले मन छोएको बताए । प्रमुख अतिथिको मन्तव्य राख्दै कवि कार्कीले नेपाली मुक्तक विधा नेपाली मूल साहित्यबाट हराउँदै गएको सन्दर्भमा वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलको मुक्तक ंलेखनशैलीले आम साहित्यानुरागीलाई हौसल्ला मिलेको दाबी गरे । उनले नेपाली साहित्यमा महाकविहरू जताततै भेट्न सकिन्छ तर ती महाकविहरूले छोट्करीमा समग्र भाव व्यक्त गर्ने मुक्तक भने लेख्न नसक्ने उनको तर्क थियो ।
कार्यक्रमा उक्त मुक्तकसंग्रह ‘अक्षरका गोलीहरू’ बिक्रीबाट उठेको रकम रु. १० हजार लोकगायक बुद्धिशरण लामिछानेको उपचार खर्चका लागि उनका छोरा सुवेद लामिछानेलाई हस्तान्तरण गरिएको थियो । वरिष्ठ संगीतकार दीपक जंगम, गायक दिवाकर खड्का, कवि तथा गीतकार डा. सनतकुमार वस्ती लगायतका व्यक्तित्वहरूको भरिलो उपस्थिति रहेको उक्त कार्यक्रम चलचित्र निर्देशक एवं कवि प्रकाश सायमीले सञ्चालन गरेका थिए । 

तन्त्र विज्ञान पुस्तक बिमोचन र सम्मान
the universal times
2073



ललितपुर । समाजमा तन्त्र विषयको नकारात्मक टिप्पणी र भ्रम सिर्जना भएकै बखत तन्त्र विज्ञान नामक पुस्तक वजारमा आएको छ । तन्त्रविद् डा. मिलनकुमार थापाद्वारा लिखित पुस्तक तन्त्र विज्ञान संस्कृति विद् सत्यमोहन जोशी, प्रा.डा वेणि माधव ढकाल र दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेलले गत साता विमोचन गर्नुभयो । अन्धविश्वास र कुरीति भन्ने गरेको तन्त्रलाई यस पुस्तकले आम जनमानसमा झारफुक र ढ्याग्रो बजाउने मात्र नभई तन्त्र पद्धतिले सभ्य समाज र मानव हितका लागि सहयोग पु¥याउने लेखक डा. थापाले बताउनु भएको छ  । नेपाली भाषामा तन्त्र सम्वन्धि ग्रन्थको अभाव अनि तन्त्र साधकहरु आफैं भ्रममा परिरहेको अवस्थामा यो पुस्तक तन्त्रको क्षेत्रमा कोसे ढुंगा सावित भएको र यो एक तन्त्र ग्रन्थकै रुपमा परिचित हुने पनि प्रा.डा वेणि माधव ढकालले टिप्पणी गर्नुभयो । 
कार्यक्रममा बरिष्ठ कलाकार एवं खेलाडी सुनिल कटुवाललाई संस्कृती संरक्षणमा गरेको योगदानको कदर गर्दै ताम्रपत्रले सम्मान गरिएको थियो ।  श्री हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टर र मुनक्विन सिमसन फाउण्डेशनको आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका संस्थापक द्धय मुनक्विन थापा  र सिमसन थापाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगद सहयोग गर्नु भएको थियो भने अध्यात्म संगै अन्य क्षेत्रमा सेवा गर्नुहुने महानुभावहरुलाई समेत सम्मान प्रदान गरिएको थियो  । कार्यक्रममा सहायक रथी बालकृष्ण कार्की, डीआईजी सुदिप आचार्य, एसएसपी मिलन बस्नेत, डीएसपी ईश्वर कार्की, प्रा.डा. प्रकास भट्टराई, समाजसेवी प्रल्हाद न्यौपाने, तन्त्र विज्ञान टेलिभिजन कार्यक्रमका निर्देशक कृष्णमुरारी पुडासैनी, समाजसेवी अग्नी पौडेल, न्यूरोलोजिष्ट सुरेश विश्वकर्मा लगाएत संस्कृती संरक्षणमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । तन्त्र विना संस्कृति, पुजा पद्धति अनि हाम्रो धर्मकै अस्तित्व नहुने भएकाले यसलाई भावी पुस्ताले समेत ग्रहण गर्नुपर्ने र पुस्तकको माध्यमले त्यसको लागि प्रेरणा मिलेको कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले वताउनुभयो । पुस्तकका लेखक तन्त्रविद् डा. मिलनकुमार थापाले बोक्सीको आरोप, मानव वलि देखि तन्त्रको विषयलाई लिएर दिनानु दिन सञ्चार माध्यममा नकारात्मक समाचारले आफु दुखि भएको र सरकारले जिम्मा दिएमा पाँच वर्षमा त्यसलाई निमिट्यान्न पार्न सक्ने समेत क्षमता आफुमा भएको दावी गर्नुभयो । तन्त्रको नकारात्मक खवर मात्रले भ्रम सिर्जना भएको र तन्त्रको असल प्रभाव वारे कसैले खोजी नगरेकाले तन्त्रको यो हालत भएको पनि थापाले उल्लेख गर्नुभयो । पुस्तकका सम्पादक हरी सोडारीले तन्त्रसम्बन्धी यस्तो पुस्तक यस अघि कसैले नलेखेको बताउनु भयो । 
 तन्त्र विज्ञान साच्चै सर्वसाधारणले पढ्न सक्ने 

श्री हनुमान तन्त्र शिवसक्ति साधना तथा रिसर्च सेन्टरले प्रकासन गरेको तन्त्र विज्ञान साच्चै सर्वसाधारणले पढ्न सक्ने पहिलो तन्त्र, मन्त्र, यन्त्र र दिक्षा सम्बन्धी जानकारी दिएको पुस्तक हो भन्दा फरक नपर्ला । पछिल्लो समय तन्त्र पद्धती र तन्त्र बिद्यामा बृद्धदेखी युवा सम्मको आकर्षण बढ्दै गैरहेको छ । त्यसैले तन्त्र बिद्याका बिषयमा सबै सर्वसाधारणलाई सरल भाषामा जानकारी दिने उद्देश्यले तन्त्र बिज्ञान तयार पारेको लेखक डा. थापा बनाउनु हुन्छ  । १८ वर्षदेखी तन्त्रका बिषयमा रुचीका साथ अध्ययन अनुसन्धान गर्दै आउनु भएका डा. थापाको पुस्तक साच्चै तन्त्र बिद्याको समग्र सार हो भन्दा फरक पर्दैन । अझ बाङ्गिय तान्त्रिक समाज तथा बिश्व ज्योतिस बिद्यापिठ, कलकत्ताबाट तन्त्र शास्त्रमा बिद्यावारिधी गर्दाको क्षण देखीनै उहाँले  पुस्तक लेख्ने तयारी गरेर लामो प्रयासपछि पुस्तक प्रकासन गर्नु भएकोले यो निक्कै गहन देखिन्छ । २०७१ सालको कात्तिक महिनामा सीआईएनका कार्यक्रम प्रमुख दीपक आचार्य र डा. थापाले संयुक्तरुपमा लेखेको ज्ञानशाला पुस्तकको लोकप्रीयता बढेपछि झन उहाँ उत्प्रेरित हुनु भएछ । पाश्चात्य धर्म संस्कृतिलाई नेपालीहरुले प्राथमिकता दिएर हाम्रा धर्म संस्कृतिमा भएका तन्त्र बिद्या जस्ता महत्वपूर्ण बिषयलाई छोड्न थालेको अवस्थामा यो पुस्तक प्रकासन हुनु खुसीको कुरा हो ।  हिन्दु धर्मालम्बी र हिन्दुधर्मलाई नै मान्ने बौद्यमार्गी र ओमकार परिवारका साथै अन्य धर्मालम्बीहरुले पनि तन्त्रमा बिश्वास गर्ने गरेका छन् । पुस्तकमा तन्त्र, मन्त्र, यन्त्र र योगका बिषयहरुलाई सबैले बुझ्ने गरेर प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । 
तन्त्र शिवबाट आएको हुनाले पनि शिबका बर्णन र उनै भोलेबाबा पसुपती नाथको बारेमा पनि बढि पुस्तक केन्द्रित भएको पाईयो । तन्त्र, मन्त्र र यन्त्रलाई राम्रोसँग नबुझ्दा यस देखी डराउने समस्या एकातिर छ भने अर्कोतिर यसको गलत प्रयोग पनि भैरहेको छ । यो पुस्तक अध्ययन गर्नेले यस्ता समस्याबाट मुक्ति पाउन सक्छ । समाजमा फैलिएको तन्त्र सम्बन्धी गलत धारणालाई समाप्त गर्न पनि यो पुस्तकले ठुलो भुमिका खेल्ने देखिन्छ । 
यस कृतिमा मन्त्रको महत्वलाई जोड दिदै मन्त्रको बिभिद पक्षलाई समेट्ने प्रयास गरेको पाईन्छ । साधना गर्ने तरिका र योग गर्ने तरिकाहरु पनि पुस्तकमा समेटिएका छन् । 



वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन
the universal times
2073

काठमाडौ–वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारको राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ ।

ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल  भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो । र, आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो ।

गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जीलिङमा भएको थियो । उनले १९६१ मा नौलाख तारा नामक गीत रेकर्ड गराए ।

वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्य गम्भीर
the universal times
2073

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य स्थिति गम्भीर रहेको चिकित्सकले जनाएका छन् । 

उहाँको उपचार भइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज पत्रकारसम्मेलन गरी उहाँको स्वास्थ्य स्थितिबारे जानकारी दिएको हो । 

पत्रकारसम्मेलनमा उपचारमा संलग्न डा चक्रराज पाण्डेले भन्नुभयो, “उहाँको स्थिति साह्रै नाजुक छ । उहाँलाई भेन्टिलेटरमा राखेर हामीले जतिसक्दो उपचार गरिराखेका छौँ । दिनुपर्ने सेवा दिइराखेका छौँ ।” 

उहाँले गुरुङको रक्तस्रावका कारण फोक्सोमा रगत गएकाले उहाँको श्वासप्रश्वासमा जटिल समस्या आएको जानकारी दिँदै भन्नुभयो, “कति मिनेट वा घन्टामा के हुन्छ भन्ने स्थिति छैन ।” 

उहाँका जेठा र माइला सुपुत्र किशोर र राजु गुरुङले आज केही सञ्चारमाध्यममा निधन भएको भन्ने समाचारमा आएको कुरा निराधार भएको बताउँदै सञ्चारमाध्यलाई संयमित भएर काम गर्न आग्रह गर्नुभयो । राजुले भन्नुभयो, “आज बाहिर आएका हल्ला निराधार हुन् । उहाँ अस्वस्थ हुनुहुन्छ तर जीवितै हुनुहुन्छ ।” 

खानेनलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह, पार्किसन्स तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत हुनुहन्छ ।

पुस्तक प्रदर्शनीमा पठन संस्कृतिको चर्चा
the universal times
2073

पठन संस्कृतिको विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुने विराटनगरमा आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । 

घोस्ट राइटिङ नेपालको आयोजनामा हालै भएको अन्तरक्रियामा साहित्यकार र पत्रकारले यस्तो बताएका हुन् । पुस्तक प्रदर्शनीअन्तर्गत भएको अन्तरक्रियामा साहित्यको अध्ययनबाटै पत्रकारको भाषा र लेखनमा निखार आउने भएकाले पत्रकारले साहित्य पढ्नु जरुरी रहेको उनीहरुको भनाइ थियो । 

कार्यक्रममा प्राज्ञ विवश पोखरेलले समाजको बौद्धिक वर्गका रुपमा चिनिएको पत्रकारले अध्ययनको दायरालाई फराकिलो पार्नुपर्ने बताउनु भयो । पठन संस्कृतिको विकासले सुसंस्कृत समाज निर्माणमा टेवा पुग्ने उहाँको कथन थियो । अग्रज पत्रकार अनन्तराज न्यौपाने, मोहन भण्डारी, यज्ञ शर्मा, सन्देशदास श्रेष्ठ, लीलावल्लभ घिमिरे, मीनकुमार नवोदित लगायतले साहित्यको अध्ययनबाट मात्रै पत्रकारको कलम बलियो हुने धारणा प्रकट गरे । 

पठन संस्कृतिको विकासमा समेत पत्रकारको महत्वपूर्ण भूमिका हुने उहाँहरुको धारणा थियो । कार्यक्रमको उद्देश्यमाथि घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले प्रकाश पार्नुभएको थियो । उहाँले देशका अन्य स्थानमा गर्ने प्रदर्शनीमा पत्रकारिता र साहित्यसम्बन्धी अन्तरक्रियालाई निरन्तरता दिने उल्लेख गर्नुभयो । 

नाटक मञ्चन 

यसैबीच, पुस्तक प्रदर्शनीअन्तर्गत बिहीबार नाटक मञ्चन गरिएको छ । झोराहाट नाट्य समूहले आयोजना गरेको कार्यक्रममा ‘गाउँका कथा’ शीर्षकको नाटक प्रस्तुत गरिएको थियो । 

नाट्य समूहका अध्यक्ष भरत गुरागाईंको संयोजन रहेको नाटकमा सुदीप कार्की, अनु श्रेष्ठ, कविता पोखरेल, मनिषा बराल, प्रदीप सरदार, संजय मुडियारी, नितेश गुरागाईं, मनिला भट्टराई लगायतले अभिनय गरेका थिए । 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011