सामाजिक सरोकार

युबाहरुको मानसिकता फराकिलो हुनु पर्छ : पूर्व मन्त्रि ढकाल
the universal tines
2o74

९ माघ, काठमाडौं । पूर्वमन्त्री एकनाथ ढकालले युबाहरुको मानसिकता फराकिलो हुनु पर्ने बताउनु भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपाल द्धारा आयोजित २१ दिने तालिमको समापन समारोहमा बोल्दै ढकालले निराश र नकारात्मक सोंचका युबाहरु द्वारा राष्ट्रले केहि अपेक्षा गर्न नसक्ने भन्दै युबाहरुलाई सकारात्मक रुपमा सोच्न, सार्बजनिक चिन्तन गर्न, अनुशासित र संयम हुन आग्रह गरे । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले राज्य संयन्त्रमा दक्ष, सक्षम, कुसल र इमान्दार युबाहरुको प्रवेश आबश्यक रहेको बताउदै विश्वका सफल र अनुकरणीय नेतृत्व हरुबाट सिक्न र उत्प्रेरित हुन पनि युबाहरुलाई प्रोत्साहित गरे । कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता सन्तोष पौडेल, काशिनाथ खनाल लगायतले सहभागीहरुलाई बधाई शुभकामना दिएका थिए । तालिममा देशभरबाट ५२ जना यूवाहरुको सहभागिता रहेको थियो । 

समितिको विवादले करोडौँको खानेपानी योजना अवरुद्ध
the universal tines
2o74

उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौँको खानेपानी योजना अलपत्र भएको छ । 

फलेवास नगरपालिका–३ शंकरपोखरीमा सञ्चालित खानेपानी आयोजनाको काम विवादका कारण शुरु हुन नसकेको हो । समितिको पदाधिकारीका लागि दलीय टकराव भएपछि उपभोक्ता समितिमा विवाद उत्पन्न भएको हो । 
नेपाली काँग्रेस गाउँ कार्यसमितिका सचिव शिवप्रसाद तिवारीको अध्यक्षतामा खानेपानी उपभोक्ता समिति गठन भएको थियो । उक्त समितिमा नेकपा (एमाले)का तर्फबाट भीमप्रसाद भुसाल सचिव, माओवादी केन्द्रका विष्णुबहादुर विक उपाध्यक्ष रहनुभएको थियो । तर एमाले र माओवादी केन्द्रले अध्यक्ष आपूmहरुले पाउनुपर्ने दाबी गर्दै उक्त समितिलाई नस्वीकार्ने बताएपछि विवादले चर्को रुप लिएको हो । उनीहरूले आमभेला नै नगरी उपभोक्ता समिति निर्माण गरिएको भन्दै विरोध गरेका हुन् । विरोधीहरूले अर्को आमभेला गरेर समिति गठन गर्न माग गरिरहेका छन् । यता उक्त वडाका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चालगायत दलका प्रतिनिधिसहित दलित, अपाङ्ग र महिलाको सहभागितामा उक्त समितिको निर्माण गरिए०को दाबी गर्नुभयो । 

खानेपानी तथा सरसफाइ मन्त्रालयको रु २४ करोडको लागतमा बृहत् खानेपानी आयोजना सञ्चालन हुने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त गाविसका ७०० भन्दा बढी घरधुरी र केही सार्वजनिक धारासमेत निर्माण गर्ने गरी योजना शुरु भएको हो । 

“उपभोक्ता समिति आमभेलाबाटै निर्माण भएकाले वैधानिकताको प्रश्न उठाएर विरोध गर्नु विकासको काम रोक्नुबाहेक केही होइन ।” उहाँले भन्नुभयो, “नगरपालिकाले समेत सोही समितिलाई वैधानिकता दिएको छ ।” नगरपालिकाका प्रमुख पदमपाणि शर्माले समितिमा विवाद गरेर खानेपानी आयोजना काममा अवरोध नगर्न र विवाद नगर्न आग्रह गर्नुभयो । “बेकारका माग राखेर काम रोक्नुहुन्न भन्नेमा हामी अडिग छौँ ।” नगर प्रमुख शर्माले भन्नुभयो, “सानातिना विवादले काम रोक्नु हुँदैन भनेर हामीले निर्देशन दिएका छौँ ।” 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले विवाद भइरहेकाले काम शुरु गर्न नसक्ने बताउँदै तत्काल विवाद समाधान गरेर काम शुरु गर्न ताकेता गरिरहेको छ । चालू आवमा खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत रु २४ करोडको बृहत् खानेपानी आयोजना सञ्चालन गर्न अख्तियारी प्राप्त भए पनि उपभोक्ता समितिमा विवादले नै आयोजना प्रभावित बनेको हो । नियमअनुसार स्थानीय उपभोक्ता समिति नबनी टेण्डर आह्वान गर्न मिल्दैन । वडाभरिका नागरिकलाई खानेपानी पु¥याउन आयोजना शुरु हुन लाग्दा उपभोक्ता समिति निर्माणमा नै विवाद भएपछि स्थानीयवासी भने निराश बनेका छन् । 

कार्यालयका अनुसार उपभोक्ता समितिबीचको विवादले आयोजनाको निर्माण कार्यमा ढिलाइ हुनेछ । आफ्नो गाउँमा बन्ने योजनामा विवाद नगरी सहमतिमा आउन उपभोक्तालाई आग्रह गरेको छ । कार्यालय प्रमुख प्रेम डोटेलले उपभोक्तालाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले योजना सञ्चालनका लागि आवश्यक सहयोग गर्न र उपभोक्ता सहमतिमा आए तोकिएकै समयमा खानेपानी योजना सम्पन्न हुने बताउनुभयो । 

पूर्ण साक्षर घोषणा तयारी 

पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । 

पर्वत जिल्लाका ६१ वटै वडा दुई हप्ताभित्र पूर्ण साक्षर घोषणा भएपछि यही महिनाभित्र जिल्लालाई नै पूर्ण साक्षर घोषणा गर्ने तयारी अगाडि बढाइएको हो । जिल्ला शिक्षा कार्यालयले गएको जेठभित्रै साक्षर जिल्ला घोषणा गर्ने तयारी गरे पनि सात महिना ढिलो गरी साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । 

पर्वतमा रहेका ६१ वडामध्ये हालसम्म ५६ वटा वडा पूर्ण साक्षर घोषणा भइसकेका छन् । बाँकी रहेका कुश्मा नगरपालिका वडा नं १२ लाई माघ १० गते साक्षर घोषणा गरिने र ११ गते मोदी गाउँपालिकाका चार वटै वडा एकै दिन घोषणा गर्ने तयारी भएकोे छ । त्यसपछि माघको तेस्रो साताभित्रै जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी थालिएको हो । अहिलेसम्म माघ १८ मा घोषणा गर्ने योजना भए पनि भोलि बस्ने बैठकले अन्तिम टुंगो लगाउने भएको छ । 

जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर विश्वकर्मा पौडेलले पर्वतलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएकाले जिल्लाका लागि यो महत्वपूर्ण कार्य भएको बताउनुभयो । “बाँकी रहेका वडा घोषणापछि एउटा महत्वपूर्ण काम सम्पन्न गर्छौं”, उहाँले भन्नुभयो, “पर्वत जिल्ला आफैँमा शिक्षामा अगाडि भएको जिल्ला हो, घोषणापछि यसलाई पुष्टि गर्न सहज हुन्छ ।” 

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सूचक ९५ प्रतिशत भए पुग्ने भए पनि कार्यालयले गरेको मूल्याङ्कनमा ९६ दशमलव ६३ प्रतिशत प्रगति भएको देखिएको छ । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साइनबोर्ड पढ्न सक्नेजस्ता सूचक पूरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड छ । । जिल्लामा ७८ हजार २३७ जना साक्षर भएकामा १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या ८० हजार ६८४ हुन्छ । सन्तााब्बे प्रतिशत पुग्ने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो । साक्षर घोषणा गर्न औपचारिक तथा अनौपचारिक शिक्षा चलाइएको र लक्ष्यअनुसार सबै काम सम्पन्न गर्ने तयारीमा रहेकाले साक्षर जिल्ला घोषणा गरिने पौडेलले बताउनुभयो । 

बालाकोट पूर्ण साक्षर 

यसैबीच पर्वतको महासिला गाउँपालिका वडा नं ३ बालाकोट पूर्ण साक्षर वडा घोषित गरिएको छ । वडामा हालै आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल र गाउँपालिकाका अध्यक्ष राजु पौडेलले संयुक्त रुपमा बालाकोटलाई पूर्ण साक्षर घोषणा गर्नुभएको थियो । 

अध्यक्ष ढकाल र माल्दिप्सकि शिक्षा मन्त्रि डा. ऐशाथ शीहम बीच भेट
the universal tines
2o74


२० पुस, माले ।३ दिने माल्दिप्स भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रि एकनाथ ढकालले माल्दिप्सकि शिक्षा मन्त्रि डा. ऐशाथ शीहमसंग शिष्टाचार भेटबार्ता गरेका छन् । बिहिबार माल्दिप्सको शिक्षा मन्त्रालयमा भएको भेटमा दुइ देशको आपसी हित र शैक्षिक गतिविधिको बारेमा छलफल भएको भेटमा सहभागी मनोज सुर्खेतिले जानकारी दिए ।  पूर्वमन्त्रि ढकालले नेपालमा भर्खरै सम्पन्न निर्बाचन र ताजा जनादेशको बारेमा जानकारी दिएका थिए  भने मन्त्रि ऐशाथ शीहमले नेपालले शिक्षा क्षेत्रमा गरेको प्रगतिको प्रसंशा गर्दै वाम प्रगीशील गठबन्धनले निर्बाचनमा प्राप्त गरेको सफलताको लागि बधाई दिदै ताजा जनादेश अनुसार गठन हुने नयाँ सरकार संग मिलेर काम गर्ने बताएको भेटमा सहभागि सुर्खेतीले जानकारी दिए ।आइएपिपि एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकालले सामुहिक मुद्दाहरुमा एशिया प्रशान्त क्षेत्रका सरकार तथा सांसदहरु बीचको सम्भावित सहकार्यको बारेमा पनि माल्दिप्सका मन्त्रीहरुको साथै सांसदहरु संग छलफल गरेका थिए । 

३५ जना बृद्धाहरुको निःशुल्क स्वास्थ्य परिक्षण
the universal tines
2o74


काठमाडौं ।  युवा चिकित्सकहरूको संस्था युनाईटेड नेश्नल मेडिकल सोसाईटी अफ नेपालले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सोमबार  स्वयम्भुस्थित इल्डर होममा रहेका ३५ जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको हो । 
आधारभूत विशेषज्ञ चिकित्सकीय सेवाको पहुँचबाट टाढा रहेका आश्रमका ती वृद्धवृद्धाहरूलाई डा. चन्दन रमन र डा. घनश्याम चापागाईं नेतृत्वको युवा चिकित्सको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।  
‘राष्ट्र विकासको लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ  स्थापना भएको यय संस्थाले इल्डर होममा रहेका ६० बर्ष माथि उमेरका बृद्धाहरूको स्वास्थ्य परिक्षण गर्दा  स्वास प्रश्वास सम्बन्धी  दमको रोग भेटिएको युनाईटेड नेश्नल मेडिकल सोसाईटी अर्फ नेपालका अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए ।  
सो स्वास्थ्य शिविरका अवसरमा चिकित्सकहरूले दम रोगको बारेमा जानकारी दिनुका साथै वृद्धा अवस्थामा आईपर्ने स्वास्थ्य समस्याका बारेमा सचेतनामूलक प्रशिक्षण समेत गरे । साथै त्यस्तो समस्याको न्युनीकरणको लागि अपनाउन सकिने घरेलु उपायका बारेमा समेत जानकारी दिएका थिए ।  
सो अवसरमा स्वास्थ्य चेकअपपछि उनिहरूलाई औषधी बितरण गर्नुका साथै पौष्टिक आहार, दुध, फलफुल पनि बितरण गरेको इल्डर होमका अध्यक्ष लाक्पा टेरसिङ लामाले जानकारी दिए । 
अंग्रेजी नयाँ वर्षको अवसर पारेर गरिएको स्वास्थ्य शिविरपश्चात डा.चन्दन रमनले समाजमा रहेका निमुखा, गरिब, असाहयहरूको लागि महिनामा एकपटक चिकित्सकहरूले निःशुल्क स्वास्थ परिक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘यदि यसो गर्न सकिए सामान्य अवस्थामा नै रोग पहिचान हुने र उपचार गर्न समेत सजिलो हुने भएकाले आम नागरिक आफ्नो स्वास्थ्यबारे बेलैमा सचेत हुनुपर्छ ।’
डा. रमनका अनुसार हरेक चिकित्सकले महिनामा एक÷दुई घण्टा समय निकालेर निःशुल्क स्वास्थ्य जाँच गरे देशलाई नै रोगमुक्त राष्ट्र बनाउन सकिन्छ । स्वस्थ नागरिकलाई राष्ट्र विकासमा लगाउन सकिन्छ । तसर्थ यसको लागि राज्य स्तरबाटै पहल हुनुपर्नेमा उनले जोड दिए । 
इल्डर होमका अध्यक्ष लाक्पा टेरसिङ लामाले असहाय आमाबुबा रहेका यस आश्रममा आएर स्वास्थ परिक्षण गरेकोमा चिकित्सक टोलीप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्तो पवित्र सेवा–कार्यमा संलग्न भइरहन चिकित्सकहरूलाई सुझाव दिए ।
२०७४ सालमा स्थापना भएको युनाईटेड नेश्नल मेडिकल सोसाईटी अफ नेपालमा अहिले ५० जना चिकित्सक रहेका छन् । त्यस्तै २५ जना नर्स र २५ जना अन्य क्षेत्रका स्यंसेवकहरूको संलग्नताबाट अस्पताल चलेको छ । संस्थाको मुख्य सल्लाहकारमा काठमाडौं विश्व विद्यालयका प्रो.डा. विभूति रन्जन झा रहेका छन् । 
स्वास्थ्य मन्त्रालयका अनुसार, विगत १० वर्षमा जाडोको समयमा दमको रोग बढ्ने गरेको छ । दम रोगले सबैभन्दा बढी वृद्धवृद्धालाई सताउने गरेको छ ।  

अध्यक्ष ढकालद्धारा ख्रीष्टमसको शुभकामना
the universal tines
2o74


काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले  इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ढकालले  विज्ञप्तिमार्फत नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबेै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको बताएका हुन् । 
नेपालीबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा हामी सबै केन्द्रित हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने बिश्वास लिएका छन् ।  इसाई धर्मावम्बीको यस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।  

जनमतको कदर नै सच्चा लोकतन्त्र ः पूर्वमन्त्री ढकाल
the universal tines
2o74

काठमाडौं मङसिर २८ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले जनमतको कदर गर्नु नै सच्चा लोकतन्त्रलाई स्वीकार गर्नु भएको बताएका छन् । शुक्रबार विहान सिंगापुर प्रस्तान गर्नुअघि सञ्चारकर्मीसँग ढकालले निर्वाचनमा जे जस्तो परिणाम आए पनि त्यसलाई सहर्स स्वीकार गरेर लोकतन्त्रको रक्षा गर्न सबै राजनीतिक दलहरुलाई आग्रहसमेत गरे । ढकालले निर्वाचनको पछिल्लो परिणामलाई सबैले आत्मसात गर्दै पराजित उम्मेदवारले विजयीलाई भेटेरै बधाई दिनुले पनि नेपालमा लोकतन्त्र बलियो बन्दै गएको देखाएको बताए । उनले संबिधान र कानुनको छिद्रा खोजेर लोकतन्त्र र जनादेशको अबमुल्यन गर्ने काम कोहिबाट पनि हुन नहुने जिकिर गरे । उनले प्रधानमन्त्री देउवाले तुरुन्त राजिनामा दिएर बाटो प्रसस्त गर्ने बिश्वास ब्यक्त गरे । ढकालले नेपालको ऐतिहासिक परिबर्तनलाई सस्थागत विकास गर्ने सवालमा तथा राष्ट्रिय मुद्धाहरुमा पक्ष र प्रतिपक्ष नभई सबै राजनैतिक दलहरु एकजुट भयर अघि बढ्न सके छोटो समयमा नेपालले फड्को मार्न सक्ने दावी गरे । 
नेता ढकालले निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएकोमा प्रधानमन्त्री शेरबहादुर देउबा, नेपाल सरकार, निर्बाचन आयोग, सुरक्षाकर्मी तथा सरोकारवाला सबैलाई धन्यवाद पनि दिएका छन् ।

बाम गठबन्धनलाई जिताउन परिवार दलको भूमिका महत्वपूर्ण
the universal tines
2o74

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  बाम गठबन्धनलाई जिताउन परिवार दलले खेलेको भूमिका महत्वपूणै रहेको बताउनु भएको छ ।  

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र एमाले अध्यक्ष ओली बीच ओली निवास बालकोटमा भएको भेटमा यस्तो कुरा बताएको भेटमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए । 
दुई नेताको भेटमा अध्यक्ष ढकालले  वाम प्रगतिशील गठबन्धनको कुशल नेतृत्व प्रदान गर्नु भयकोमा नेता ओलीलाइ धन्यवाद तथा बधाई दिए । पूर्व मन्त्रि समेत रहेका ढकालले नेता ओलीको नेतृत्वमा अब मुलुक स्थायी शान्ति, सामाजिक सदभाब, शुशासन र आर्थिक संमृद्धिको बाटोमा अग्रसर हुने बिश्वाश ब्यक्त  गरेका छन् । यसैबीच नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमालेका महासचिब इश्वर पोखरेल संग पनि भेट गरेका छन् ।  पोखरेल निवासमा भएको भेटमा दुइ नेताहरुबीच शुभकामना तथा बधाई आदान प्रदान गर्नुका साथै अन्य समसामयिक बिषयमा कुराकानी भएको परिवार दलका काठमाडौँ जिल्ला अध्यक्ष लक्ष्मी भण्डारीले जानकारी दिए । महासचिब पोखरेल काठमाडौँ निर्बाचन क्षेत्र नम्बर ५ वाट प्रतिनिधि सभामा निर्बा्चित हुनुभएको छ भने नेता ढकाल सुर्य चिन्ह वाट समानुपातिक उम्मेदवार समेत हुनुहुन्छ । भेटमा परिवार दलका केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा र कासीनाथ खनालको समेत सहभागिता रहेको थियो ।  

पूर्वमन्त्री ढकालले दिए बधाई
the universal tines
2o74

काठमाडौं । पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई विजयी भएकोमा बधाई दिएका छन् । वाम प्रगतिशील गठबन्धनमा आबद्ध नेता ढकालले प्रतिनिधि सभा सदस्यमा विजयी नेता नेपाललाई भेटेरै बधाई सन्देश दिएका हुन् । कोटेश्वरस्थित नेपाल निवासमा भएको भेटमा नेता ढकालले पूर्वप्रधानमन्त्री नेपाललाई सबै पक्षलाई मिलायर अघि बढ्न सुझाव दिएका थिए । ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए अनुसार, नेता नेपालले पनि जित्ने मातिने र हार्ने आत्तिने गर्न नहुने भन्दै निर्वाचनको परिणाम स्वीकार गरेर देशप्रतिको आ–आफ्नो जिम्मेवारी बहन गरी अघि बढ्नुपर्ने बताएका थिए ।


जनतालाई झुक्याउने वाम गठबन्धनको काम ः मन्त्री बलायर
the universal tines
2o74

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले जनतालाई झुक्याउन वाम गठबन्धन गरेको आरोप लगाउनुभएको छ । 

आज डोटीको पूर्वीचौकी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री बलायरले वाम गठबन्धनमा सम्मिलित एमाले र माओवादी लोकतन्त्रवादी र कम्युनिष्ट दुवै शक्ति नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘उनीहरुले कहिले कम्युनिष्ट र कहिले लोकतन्त्रवादीका नामले भोट मागिरहेका छन् । दुवै दलले राजनीतिक नैतिकता गुमाइसकेका छन् ।’’ 

आफू कम्युनिष्ट वा लोकतन्त्रवादी स्पष्ट भएर मात्र जनतासँग भोट माग्न पनि उहाँले सुझाव दिनुभयो । ‘‘जनतालाई अलमलमा राखेर स्वार्थ पूरा गर्न पाइँदैन, जनतालाई झुक्याउने अब दिन गए” उहाँको भनाइ थियो । 

मन्त्री बलायरले काँग्रेस स्पष्ट लोकतन्त्रवादी दल भएकाले लोकतन्त्रका हिमायती नेपाली जनताले यो निर्वाचनमा जिताउने विश्वास व्यक्त गर्दै डोटीको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो । 

मतदान अधिकृत सम्पर्कविहीन
the universal times
2074

बाजुरा, १२ मंसिर  बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कविहीन हुनुभएको छ । 

सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन् । गिरी मदिरा सेवन गर्ने भएकाले उनी कतै होटलमा बसेर मदिरा खाएर बसेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । सम्पर्कविहीन रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । 

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उहाँ सम्पर्कविहीन भएको उहाँका सहयोगी कर्मचारीले बताएका छन् । गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर अलपत्ररुपमा मतपेटिका राखिएका छन् । 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011