देश/समाचार

प्रताप स्मृति पत्रकारिता पुरस्कार यज्ञ ढकाललाई
the universal tines
2o74

काठमाण्डौ पुस २२ ।  विभिन्न विचार, समूह र राजनीतिक सिद्धान्तमा रहेका दलहरुबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा अहिलेको संविधान जारी भएकाले पनि सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नभएको रक्षा मन्त्री भिमसेन दास प्रधानले बताएका छन् । 


शनिबार नेपाल पत्रकार मञ्चद्वारा आयोजित प्रताप स्मृति पत्रकारिता पुरस्कार २०७३, अग्रज पत्रकार सम्मान २०७४ तथा सिता ढकाल पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा बोल्दै प्रधानले निर्भिक, निष्पक्ष र स्वतन्त्र पत्रकारिताले नै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । मुलुकमा भएका जतिपनि राजनीतिक परिवर्तन छन् त्यसमा पत्रकारिता क्षेत्रले अहंम भूमिका खेलेको बताउँदै प्रधानले भने,‘लोकतन्त्र, मानवअधिकार र स्वतन्त्र पत्रकारिता एक अर्कासँग अन्तरनिहीत बिषयबस्तुहरु हुन् ।’ लोकतन्त्रबिना स्वतन्त्र पत्रकारिताको परिकल्पना गर्न नसकिने बताउँदै प्रधानले आगामी दिनमा संघीय लोकतन्त्रको संस्थागत विकासको निम्ति सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले  अहिलेको संविधान बृहत सम्झौताको दस्तावेज भएको मा जोड दिएका छन् ।
उनले नेपाली काँग्रस सत्ता छोडन आतुर रहेको बताउँदै सबै निर्वाचन प्रकिया पुरा भएको दिन सरकार छोडने बताए । 

 नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले राजनीतिक परिवर्तनमा प्रेसले खेलेको भूमिका उल्लेखनीय रहेतापनि राज्यले अझैपनि सञ्चार माध्यमलाई महत्व दिन नसकेको बताए । लोकतन्त्रलाई संस्थागत रुपमा अगाडि बढाउन प्रेसले महत्वपूर्ण भूमिका खेलेकोमा कुनै दुईमत नभएको भन्दै बिष्टले भने,‘प्रतिपक्षमा हुँदा स्वतन्त्र पत्रकारिताको कुरा गर्ने तर सरकारमा पुगेपछि पत्रकारिता कुण्ठित पार्ने काम हुने गरेको छ ।’ 

कार्यक्रमा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले लोकतन्त्र र मानवअधिकारको संस्थागत विकासको निम्ति प्रेसले खेलेको भूमिकालाई कसैले पनि कम आंकलन गर्न नमिल्ने बताए । पत्रकारहरुको हकहित र उनीहरुको बृत्ति विकासको निम्ति नेपाल पत्रकार मञ्चले स्थापनाकालदेखि नै विभिन्न सिर्जनात्मक गतिविधिहरु आयोजना गर्दै आएको बताउँदै विद्रोहीले आगामी दिनमा यस्ता गतिविधिहरुलाई बृहत रुपमा निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट विगत २० बर्षदेखि निरन्तर रुपमा क्रियाशील नेपाली जनता ड.ट कम का सम्पादक पत्रकार यज्ञ ढकाललाई नगद रु १५,०००÷–सहित सम्मान पत्र प्रदान गरिएको थियो भने दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा क्षेत्रमा क्रियाशील पत्रकारहरु  आर्थिक दैनिक प्रल्हाद रिजाल, मध्यान्ह दैनिक मदनकुमार श्रेष्ठ, द न्युजका योगेन्द्रप्रताप शाही तथा अन्तराष्टिय मञ्चका रामकुमार अधिकारीलाई अग्रत पत्रकार सम्मानबाट सम्मानित गरिएको थियो । सोही कार्यक्रममा सुनकोशी गाउँपालिकामा उप्रमुख निर्वाचित मञ्चकी कार्यसमिति सदस्य लक्ष्मी पौडेललाई समेत बधाई एवं सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रमको संञ्चालन मञ्चका महासचिव बिमल कुमार थापाले गरेका थिए । 

जित्ने र हार्ने सबै देशप्रति जिम्मेवार ः अध्यक्ष ढकाल
the universal tines
2o74

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै धन्यवाद ज्ञापन गरेको छ । परिवार दलले निर्वाचन आयोग, नेपाल सरकार, राजनैतिक दलहरू, सुरक्षा निकाय तथा सम्पूर्ण मतदातामा शान्तिपूर्ण निर्वाचनका लागि धन्यवादसहित आभार प्रकट गरेको हो । 
पूर्वमन्त्री समेत रहेका ढकालद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्नसँगै संविधानको कार्यान्वयनले गति लिएको बताए । यस निर्वाचनले राष्ट्र र जनताको विजय गराएको भन्दै नेता ढकालले अब मुलुक स्थायित्व, दिगो शान्ति र आर्थिक उन्नतिको मार्गमा अग्रसर हुने विश्वाश व्यक्त गरेका छन् । 
‘निर्वाचनको परिणामसँगै जन प्रतिनिधिहरूको अग्निपरिक्षा सुरु भइसकेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ अब हामी सबैले दिन गनेर देशको विकासमा लाग्नुपर्छ ।’ विज्ञप्तिमा अब कुनै पनि बहानामा कसैले पनि राष्ट्रिय एकता र आर्थिक समृद्धिलाई रोक्न नसक्ने पनि उल्लेख गरिएको छ । 
जित्ने र हार्ने दुवै पक्ष देशप्रति जिम्मेवार भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै नेता ढकालले निर्वाचनमा शान्ति, स्थायित्व र विकासका नारा दिएकैले जनताको उत्साहपुर्वक सहभागिता रहेको बताएका छन् । यसले नेपालमा संविधान र लोकतन्त्रप्रति नागरिकहरूको बलियो विश्वाश प्रकट भएको उनको तर्क छ ।

वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता ः भट्टराई
the universal tines
2o74

 नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । 

यहाँ आज आयोजित ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा उहाँले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताउनुभयो । 

उहाँले माक्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुन नसक्ने बताउँदै समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो । अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उहाँको भनाइ थियो । संसारमा नै असफल भएको कम्युनिष्ट धारामा वाम गठबन्धन लागेको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “अब मुलुक नयाँ समाजवादी प्रजातन्त्रमा जानुपर्छ, तर वामपन्थी पुरानै बाटोमा हिँड्नु भएकाले हामी उहाँहरुबाट छुट्यौँ ।” 

लोकतन्त्र भनेको आधारभूत मान्यताको रक्षा गर्ने शक्ति भएको बताउँदै उहाँले यसको रक्षाका लागि संघसंस्थाको महत्वपूर्ण भूमिका हुन्छ भन्नुभयो । 

दलगत एकतालाई सुदृढ गर्नुपर्ने ः महामन्त्री कोइराला 

सोही कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताउनुभयो । 

अहिले लोकतन्त्रको पक्षमा जनमत रहेको भन्दै उहाँले साम्यवादले जितेमा जनताले बोल्न र लेख्न नपाउने बताउँदै आगामी निर्वाचनले जनताको भाग्य रेखा कोर्ने बताउँदै दलगत एकतालाई सुदृढ गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 

वामपन्थी एक भएर चुनौती दिइरहेको बताउँदै उहाँले भन्नुभयो, “वामपन्थीले जितेमा संगठित हुने, लेख्ने, बोल्ने अधिकार गुम्छ, त्यसैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ ।” सोही कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले लोकतान्त्रिक शक्तिले जनताका पक्षमा काम गर्ने बताउनुभयो । विकास र लोकतन्त्र पर्यावाची शब्द भएको उहाँको भनाइ थियो । 

अन्तक्र्रिया कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले निर्वाचनको समयमा संघ संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै जनताको भावना बुझेर काम गर्ने संस्थाले निर्वाचनमा लाग्न उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा राजनीतिक विश्लेषक रमेश ढुंगेलले वाम गठबन्धनका गतिविधिले सर्वसत्तावादी गतिविधि देखिएको बताउनुभयो । यसले लोकतन्त्रको रक्षाभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको पाइएको उहाँको भनाइ थियो । 
मनमोहन भट्टराईले जनताको बलमा आएको लोकतन्त्र र संघीयता लागू हुने बताउँदै मान्छे मारेर संघीयता लागू नहुने विचार राख्नुभयो । प्रजातन्त्रवादी प्राध्यापक संघ चितवन, नेपाल शिक्षक संघ चितवन, बिपी चिन्तन प्रतिष्ठान, नेशनल कोअपरेटिभ एलाइन्स, प्रजातान्त्रिक विचार समाज, लोकतान्त्रिक गैरसरकारी संस्थाले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका थिए 

राष्ट्रिय क्षयरोग दिवस मनाईयो
the universal times
2074

 वार्षिक ४५ हजार नयाँ क्षयरोगी
१३ मङसिर काठमाडौं । क्षयरोग जो कसैलाई हुन सक्छ  हामी संगठीत भयौ भने नियन्त्रण गर्न सकिन्छ भन्ने नाराका साथ ६४ औ राष्ट्रिय क्षयरोग निबारण दिवस जनचेतना मूलक कार्यक्रम गरि बुधबार मनाईएको छ ।  
नेपाल क्षयरोग निवारण संस्था कालिमाटीको आयोजना भएको कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा एक अन्तरक्रिया मूलक कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाल क्षयरोग निवारण संस्था अध्यक्ष देबेन्द्र बहादुर प्रधानको अध्यक्षतामो कार्यक्रम भएको  थियो । 

कार्यत्रममा  राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक केदार नरसिङ केसी , जिल्ल समन्वय समिति काठमाण्डौका प्रमुख  शिब सुन्दर बैध,स्वास्थय सेवा बिभागका महानिर्देशक  राजेन्द्र प्रशाद पन्त लगायतको सहभागिता रहेको थियो ।  नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग विरुद्ध जनचेतना जगाउने र उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले २०१० सालमा नेपाल क्षयरोग निवारण संस्था स्थापना गरिएको थियो । दिवसको अवसरमा बिभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य मन्त्रालय र स्वाथ्यको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले र्यायाली तथा अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरेका छन् ।
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । 
नेपालको क्षयरोगको तथ्याकं झन भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोग ले ग्रसित पाइएको छ । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरु को उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष हुनेगर्दछ । 

नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरु रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । यस प्रविधी क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरिय मानिन्छ ।  स्मरण रहोस नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् । 

नेपाल सरकारले क्षयरोग को उपचार निशुल्क गर्दछ भनें सन् २०३५सम्मा क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ ।  गाँउघरमा क्षयरोग बिरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ । 
३ हप्ता या बढि देखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर जचाउन पर्दछ ।  क्षयरोग सर्न पनि सक्दछ भने शारीरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यो संक्रमणले सहजै डेरा जमाउन सक्दछ । 

क्षयरोगसंग अब डराउनु पर्ने चाँही छैन किनभनें निशुल्क  ५ बर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरुमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेहरुमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेका हरुमा यस संक्रमण फेरि देखिन सकिन्छ । औषधीको नियमित सेवन ले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ । 

दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी
the universal times
2074

खजुरा, बाँके, ९ मंसिर  मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ । बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारित गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो । 

प्रहरीका अनुसार मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुनेछ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले फरक फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन् । 

संवेदनशील मानिएका जिल्लाका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्ने सुरक्षा तयारी पूरा भएका छन् । 

वैधानिक हतियार संकलन 

बाँके जिल्लामा वैधानिक हतियार पूर्णरुपमा संकलन भइसकेको छ । 
जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार जिल्लाभित्र नागरिकसँग लाइसेन्ससहित ५४८ वटा हतियार रहेका छन् । निर्वाचन शान्तिपूर्ण र मर्यादित बनाउनका लागि हतियार संकलन गरिएको हो । 

सो क्रममा प्रहरीले २९० वटा हतियार संकलन गरेको जनाएको छ । प्रशासनका अनुसार कूल हतियारमध्ये १३६ वटा सशस्त्र द्वन्द्वमा लुटिएको र १०० वटा बाहिरी जिल्लामा सरेको छ । सम्पूर्ण विवरणमध्ये २२ वटा हतियारको अवस्था अझै अपुष्ट रहेको जनाइएको छ । 

परिवार दलको ३ नम्बर प्रदेशको अगुवा भेला नुवाकोटमा सम्पन्न
the universal times
2074


नुवाकोट । नेपाल परिवार दलको ३ नम्बर प्रदेशको अगुवा भेला नुवाकोटमा सम्पन्न भएको छ । भेलामा बोल्दै नेपाल परिवार दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले जनताले भरपर्दो राजनैतिक शक्तिको खोजि गरेकाले वाम गठबन्धन निर्माण भएको बताउदै अब यहि गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकमा स्थायित्व र आर्थिक संमृद्धि ल्याउने स्पष्ट पारे । पूर्व मन्त्रि समेत रहेका ढकाल वाम प्रगतिशील गठबन्धन निर्माण पश्चात पश्चागामी, यथास्थितिबादी र अतिबादी बाहेक सम्पूर्ण अग्रगामी देश भक्त नागरिक खुशी भयको उल्लेख गरे । भेलामा वाम गठबन्धनका उम्मेद्वारहरु, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका नेताहरु तथा परिवार दलका केन्द्रिय सदस्यहरुले बोलेका थिए । भेला नुवाकोट जिल्ला परिवार दलका अध्यक्ष शिबकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 

गुल्मीको छत्रकोट गाउँपालिकालाई नमुना बनाईने
the universal times
2074

 उत्कृष्ट कृषक पेन्सनको व्यवस्थ गर्ने 
गुल्मीको छत्रकोट गाउपालिकाको नीति तथा कार्यक्रम पारित 
गुल्मी  ।  छत्रकोट गाउँपालिकाको गाउँपरिषद्ले आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरेको गरी पारित गरेको छ  । नीति तथा कार्यक्रम तय गर्ने कार्यक्रममा सहभागी सम्पूर्ण उपस्थित महानुभावले सो गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्नका लागि लागिपर्ने प्रतिबद्धता व्याक्त गरेका छन् ।
सो अवसरमा गाउँपालिकामा भएका कृषकहरुलाई उत्कृष्ट कृषक पेन्सनको व्यवस्था र ४० वर्ष नाघेका हरेक व्यक्तिलाई पूरा शरिर जचाँउने व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । अध्यक्ष पन्तले गाउँपालिका  क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक क्षेत्रका शैक्षिक स्तर विकासका लागि काम गरिने जानकारी दिदै जनमूखी कार्यक्रम गर्न सबैको साथको आवश्यकता रहेको बताए । अध्यक्ष पन्तका अनुसार  गाउँपालिकाका  हरेक घरमा खानेपानी घर घरमा मोटर बाटो पु¥याउने लक्ष्य तथा खरको छानो विस्थापित गरी कर्कट पाताको व्यवस्था गरिने जानकारी समेत दिए । 

अध्यक्ष पन्तले गाउपालिकाको आन्तरीक स्रोत परिचालन तथा जनताको प्रत्यक्ष सहभागितामा बिकासका कार्यक्रम गरिने जानकारी दिदै सबै राजनीतिक दलको सहकार्यमानै बिकास तथा सेवा मूखि कार्यक्रम संञ्चालन गरीने जानकारी दिए । 
  

म्यान भर्सेस बुमन कोरियाले अपाङ्ग बालबालिकालाई बाँड्यो शैक्षिक सामग्री
the universal times
2074


भदौ २३ राजविराज । सप्तरीको विभिन्न गाउँपालिका तथा नगरपालिकाका अपाङ्गता भएका बालबालिकाहरुलाई एक विदेशी संस्थाले शुक्रबार राहत वितरण गरेको छ ।
दक्षिण कोरियाका संस्था म्यान भर्सेस बुमन रिलोडेड सिजन ३ दक्षिण कोरिया परिवारले अपाङ्ग संघ सप्तरी तथा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको समन्वयमा उक्त राहत वितरण गरिएको हो ।
बाढी पीडित परिवार तथा अपाङ्गता भएका ३५ घर परिवार बाढी पीडित बालबालिकाहरुलाई शैक्षिक सामग्री एवं कपडा राहत स्वरुप वितरण गरिएको संस्थाले जनाएको छ ।
राहत वितरणमा दक्षिण कोरियाबाट प्रिन्स बोहरा, विक्रम पौडेल र अनुप कार्की सहभागि थिए भने नेपालबाट नवराज कलौनिले राहत वितरणको संयोजन गरेका थिए ।

दशैँका लागि दुई हजार खसीच्याङग्रा ल्याइँदै
the universal times
2074

काठमाडाँै, १५ भदौ । नेपाल खाद्य संस्थानले दशैँका लागि करिब दुई हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । 

उपभोक्तालाई लक्ष्य गरेर एक हजार ५०० खसी र एक हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार खसी हेटौँडा र ५०० खसी दाङ तथा एक हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ । खसीच्याङ्ग्रा संकलन गर्न सम्बन्धित अञ्चल कार्यालयलाई निर्देशन दिइसकेको छ । 

संकलित खसीच्याङ्ग्रा काठमाडौँ उपत्यकाको थापाथलीस्थित संस्थानको अंचल कार्यालयबाट घटनास्थापनापछि बिक्रीवितरण गरिने खनालले बताउनुभयो । 

यसैबीच शुक्रबारदेखि रामशाहपथस्थित नेशनल ट्रेडिङ लिको कार्यालयमा सहुलियत पसल संचालन हुने भएको छ । यस वर्ष पनि संस्थान, नेशनल ट्रेडिङ, साल्ट टे«डिङ लि र दुग्ध विकास संस्थानले दशैँतिहारका लागि चाहिने उपभोग्य वस्तुका लागि सहुलियत पसल सञ्चालन गर्नेछन् । 

यस पटक दशैँदेखि छठसम्मका लागि काठमाडाँै उपत्यकाका टेकु, महाराजगञ्ज, सातदोबाटो, थापाथली, कलंकी, कोटेश्वर र पुरानो बानेश्वर गरी आठ ठाउँमा सुपथ पसल संचालन गरिनेछ । 

परिवार दलका नेता, कार्यकर्ता उद्धार र राहतमा जुट्ने
the universal times
2074


काठमाडौँ, ३१ साउन । नेपाल परिवार दलले केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति पु¥याएकोमा दुःख व्यक्त गरेको छ । 

प्राकृतिक विपत्तिमा परेका पीडितको उद्धार र राहतमा सहयोग पु¥याउन सबै पक्षसँग अपिल गर्दै परिवार दलले सीमा क्षेत्रमा निर्माण भएको सडक र बाँधबाट तराई–मधेशका धेरै गाउँ डुबानबाट हजारौँ जनता प्रभावित भएको जनाएको छ । 

परिवार दलले जिल्ला समिति, भ्रातृ संगठन तथा सबै केन्द्रीय पदाधिकारी, सदस्य र शुभेच्छुक सबैलाई बाढीपीडितको उद्धार राहतमा जुट्न आग्रह गरेको छ । पीडितलाई खाने, बस्ने, शुद्ध पिउने पानी, औषधिका लागि पहल गर्न पार्टीको तर्फबाट सरकारको गम्भीर ध्यानाकर्षण गराएको दलका कोषाध्यक्ष एवम् सांसद मिलन कुमारी राजंबशीले जानकारी दिईन् ।  
भारतले सीमा क्षेत्रमा बनाएका उच्च सडक, बाँध र तटबन्धका कारण नेपालको तराई क्षेत्रमा थप डुबानको समस्या सिर्जना भएको जनाउँदै परिवार दलले  त्यस्ता संरचना हटाउने विषयमा भारतसँग कूटनीतिक माध्यमबाट तत्काल पहल गर्न पनि सरकारलाई सुझाव दिएको छ । 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011