डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

धार नलगाएको चक्कु भुत्ते हुँदै जान्छ
the universal times
2070

व्याकरण स्कुल पुरा गरेपछि म सियोल गएँ, हिउकसोक–दोङमा एक्लै बसें र क्योङ्स्योङ् वाणिज्य र प्रविधि स्कुलमा अध्ययन गर्न
मेरो खानामा एक छाक एक कचौरा भात र एक मात्र परिकार हुन्थ्यो, जबकि औसत कोरियालीको खानामा बाह्र परिकार हुन्थ्यो । मलाई एक छाक खाना र एक परिकार मात्र पर्याप्त थियो । एक्लो बस्दा ममा विकसित भएको बानीका कारण आज पनि मेरो खानामा ध थालें । सियोलको हिउँद अत्यन्तै चिसो हुन्छ । यहाँको तापक्रम घटेर न्यूनतम (–) २० डिग्री सेल्सियससम्म पुग्नु सामान्य हो, र यस्तो अवस्थामा हान नदी नै जमेको हुन्थ्यो । म बसेको घर किनारामै थियो, र त्यहाँ पानी बग्दैनथ्यो । हामी इनारबाट पानी निकाल्थ्यौं, तर यो निकै गहिरो थियो । इनारको पानी तान्न दश हातभन्दा लामो डोरीमा बाल्टी बाँध्नु पर्दथ्यो । डोरी बेलाबखत चु“डिन्थ्यो, त्यसैले मैले एउटा चेन बनाएर यसलाई बाल्टीमा बाँधेको थिएँ ।  हरेक पटक पानी माथि तानेपछि मेरो हात चेनमा परेर कठ्याङ्ग्रीन्थ्यो र हात फुकेर तातो पार्थें ।
चिसोसँग लड्न मैले आफ्नो लुगा सिलाउने कौशल पनि प्रयोग गर्थें । मैले स्वेटर, बाक्लो मोजा, एउटा टोपी र पञ्जा बनाएको थिएँ । टोपी यति काइदाको थियो कि मैले यो लगाएर हिँड्दा सहरका केही मानिसले मलाई महिला हो कि भनेर हेर्ने गर्दथे ।
मैले अति चिसो हिउँदका दिनहरूमा पनि मेरो कोठा कहिल्यै पनि तताइन, किनभने मसँग यसो गर्नको लागि पैसाको अभाव थियो । सडकमा खुलारूपमा बस्न विवश घरबारविहिन मानिसको तुलनामा म बसेको ठाउँ विलासितापूर्ण थियो । एक दिन, यति चिसो थियो कि सिरकभित्र शरीरलाई छुनेगरी तातो पानीको बोटल राखेजसरी सानो बल्ब बालेर सुतेको थिएँ । राती तातो बल्बले नराम्रोसँग पोल्यो, छाला पिल्सियो । आज पनि, कसैले सियोलको कुरा ग¥यो कि मेरो दिमागमा आउने पहिलो कुरा नै त्यसबखतको चिसो हुन्छ ।
ेरै किसिमका परिकार चाहिँदैन । मलाई राम्रोसँग तयार पारेको एउटा परिकार भए पुग्छ । मैले कुनै खानामा धेरै अरु परिकार समावेश गरेर तयार गरेको देखें भने यो मेरा लागि पीडादायी मात्र हुन्छ । सियोलको स्कुलमा पढ्दा मैले कहिल्यै दिउँसोको खाना खाइन“ । बाल्यकालमै पहाडमा घुम्दा मैले दुई छाक मात्र खाना खाने बानी पारेको थिएँ । मैले यो बानीलाई झण्डै तीस वर्षको हुँदासम्म यथावत राखेको थिएँ ।
मेरो सियोलको बसाईले एउटा घरको व्यवस्थापन गर्न कति काम गर्नुपर्दछ भनेर रामै्रसँग बुझ्न मद्दत पु¥याएको थियो ।
म हिओकसोक–दोङमा सन् १९८० को दशकमा पुनः गएको थिएँ र म बसेको घर अझै उही अवस्थामा देख्दा आश्चर्यचकित भएँ । म बसेको कोठा र लुगाफाटा सुकाउने गरेको आँगन अझै उस्तै थियो । तर, चिसोका कारण हात फुक्ने गरेको पानीको इनार भने त्यहाँ थिएन ।
हिओकसोक–दोङमा रहँदा मेरो एकमात्र नारा थियो, “संसारलाई प्रभुत्वमा राख्ने चाहना गर्नुअघि सर्वप्रथम आफैंलाई प्रभुत्वमा राख्ने क्षमतालाई परिपूर्ण गर्नुपर्दछ ।” यसको अर्थ हो राष्ट्र र विश्व बचाउन सबलता हासिल गर्ने हो भने मैले सर्वप्रथम आफ्नै शरीर बलियो बनाउन अभ्यास गर्नुपर्दछ । मैले प्रार्थना, योग, खेलकुद र अभ्यासका कार्यक्रमबाट आफूलाई दक्ष बनाएँ । परिणामस्वरूप, म शारीरिक भोक वा अरु कुनै प्रकारका भावना वा चाहनाबाट टाढा रहन सक्थें । मैले खाना खाँदा पनि म भन्थें, “भात, तिमी मैले काम गर्ने तयारी गरिरहेको कामका लागि मलको रूपमा होऊ भन्ने चाहन्छु ।” मैले बक्सिङ, फुटबल र आत्मानुशासनका विधिहरू सिकेको थिएँ । यसैका कारण सानैदेखि केही तौल बढेको भए पनि अझै पनि मेरो शरीरमा  युवा भैm लचकता छ ।
वाणिज्य र प्रविधिसम्बन्धी क्योङ्स्योङ् स्कुलको नीति नै विद्यार्थीहरूले पालैपालो आफ्नो कक्षाकोठा सफा गर्नु पर्ने थियो । मैले मेरो कक्षाकोठा हरेक दिन आँफैं सफा गर्ने निर्णय गरें । कुनै किसिमको सजाय पाएका कारण मैले यो गरेको थिइन“ । यो मेरो स्वतःस्फूर्त चाहना थियो र त्यो मेरो स्कुलप्रति अरूको भन्दा बढी प्रेम भएको कारण भित्रैदेखि प्रष्फुटित भएर भएको थियो । प्रारम्भमा अरुले मलाई सहयोग गर्न पनि प्रयत्न गरे, तर उनीहरूले मैले प्रशंसा नगरेको र एक्लै गर्न मन पराएको थाहा पाए । अन्ततः मेरा कक्षाकोठाका साथीहरूले निर्णय गरे, “अगाडि बढ । तिमी आफैं गर ।” र त्यसरी सफाईको काम मेरो जिम्मामा आयो ।
म अस्वाभाविक शान्त विद्यार्थी थिएँ । कक्षाका साथीहरूझैं म अनावश्यक गफ गरेर बस्दैनथें, र कुनै दिन त दिनभर एक शब्द नबोली बस्दथें । यसको कारण सायद मैले साथीहरूबीच शारीरिक हिंसामा सहभागी नभए पनि मेरा कक्षाका साथीहरूले सम्मानजनक व्यवहार गर्दथे र मेरो उपस्थितिमा उनीहरू कसरी व्यवहार गर्नुपर्दछ भन्ने कुरमा सजक थिए । म शौचालय गएको बेला पालो पर्खेर बसेका विद्यार्थीको लाइन हुँदा पनि उनीहरूले मलाई तत्कालै बाटो छाडिदिन्थे । कसैलाई समस्या पर्दा सल्लाहका लागि उनीहरूले मलाई नै सम्झन्थे ।
कक्षामा म बराबर दृढताका साथ प्रश्न गरिरहन्थें, र केही शिक्षकहरू मेरा प्रश्नबाट निकै डराउँथे । उदाहरणका लागि, हामीले गणित वा भौतिक विज्ञान विषयमा नयाँ सुँत्रहरू सिक्ने क्रममा म सोध्ने गर्दथें, “यो सुँत्र कसले प्रतिपादन गरेको हो ? कृपया सिलसिलाबद्ध रूपमा बताउनुहोस् ताकि म सहीरूपमा बुझ्न सकू“,” र मैले स्पष्ट र सही जवाफ नपाउँदासम्म पछि हट्दैनथें । म आफ्ना शिक्षकसँग निर्दयी थिएँ, गहिराईको खोजी गरिरहन्थें । विश्वका कुनै पनि सिद्धान्त यो सत्य हो भनि पहिचान नगर्दा सम्म र आफूमा समाहित नगर्दासम्म म स्वीकार्न सक्दैनथें । यस्ता राम्रा सुँत्रहरू आविष्कार गर्ने पहिलो व्यक्ति हुने तीव्र इच्छा मभित्र थियो । सानो छँदा रातभर चिच्याउने जिद्दीपनको विशेषता मेरो अध्ययनका सिलसिलामा पनि देखा परिरहेको थियो । प्रार्थना गर्दा झैं मैले अध्ययनमा आफूलाई पूर्णरूपमा समर्पित गरेको थिएँ, मैले इमान्दारी र समर्पणलाई पूर्ण उपयोग गरेको थिएँ ।
हामीले गर्ने कुनै पनि कार्यमा इमान्दारीता र समर्पण आवश्यक पर्दछ, र त्यो एक वा दुई दिनका लागिमात्र हुनु हुँदैन । यसको निरन्तर प्रक्रिया हुनु जरुरी हुन्छ । एकपटक प्रयोग गरिएको कुनै पनि हतियारलाई कहिल्यै तिखारिएन भने भुत्ते हुन्छ । यही कुरा इमान्दारी र समर्पणमा लागु हुन्छ । हामीले हाम्रा धारलाई दैनिकरूपमा तिखारिरहेका छौं भन्ने सोचाईका साथ हाम्रा प्रयत्नलाई पनि दैनिक निरन्तरता दिनुपर्दछ । काम जेसुकै भए पनि यसैगरी आफ्ना प्रयत्नलाई निरन्तरता दिइयो भने हामी अन्ततोगत्वा रहस्यमय अवस्थामा पुग्न सक्छौं । यदि तपाइँको हातमा चित्र कोर्ने कुची छ भने तपाइँले आफ्नो हातलाई लगनशीता र समर्पणताका साथ केन्द्रित गर्नुहोस र आफैंलाई भन्नुहोस्, “कुनै ठूला कलाकारले आएर मलाई मद्दत गर्नेछन्,” र तपाइँले आफ्नो दिमागलाई केन्द्रिभूत गर्नुभयो भने तपाइँले विश्वलाई नै प्रेरणा दिने विचित्र किसिमको चित्र सिर्जना गर्न सक्नुहुन्छ ।
मैले अरुभन्दा त्यो छिटो र बढी स्पष्ट कसरी बोल्ने भन्ने कुरा सिक्नका लागि निरन्तर अभ्यास गरेको छु । सामान्यतया म सानो कोठामा जान्छु र कसैले नसुन्ने गरी जिब्रो फड्कारेर ठूलो स्वरले बोल्ने अभ्यास गर्छु । मैले भन्न चाहेका कुरालाई जतिसक्दो चाँडो बताउनका लागि आफुलाई पूर्ण समर्पणका साथ अभ्यास गर्थेे । अन्ततोगत्वा, अरुले एक शब्द भन्न जति समय लगाउँथें त्यही समयमा म दश शब्द बोल्न सक्थें । आज पनि, म बुढो भए पनि, म निकै चाँडो बोल्न सक्छु । केहीले भन्छन्, म यति चाँडो बोल्छु कि मैले भनेका कुरा बुझ्न उनीहरूलाई कठिनाइ हुने गर्दछ, तर मेरो हृदय यति बेगवान् छ कि म ढिलो बोलाईलाई सहनै सक्दिन । मेरो दिमाग मैले भन्नुपर्ने कुराबाट भरिपूर्ण छ । म कसरी ढिलो गर्न सक्छु ?
यस अर्थमा म मेरा हजुरबुबाजस्तै छु जसले मानिसहरूसँग बातचित गर्न निकै रमाइलो मान्नुहुन्थ्यो । हजुरबुबा हाम्रो घरको पाहुना कोठामा तीन वा चार घण्टासम्म मानिसहरूसँग कुरा गरिरहनुहुन्थ्यो । उहाँ त्यतिबेलाको परिस्थिति र घटनाका बारेमा आफ्ना धारणा सुनाउनुहुन्थ्यो । म पनि त्यस्तै छु । जब म मानिसहरूसँग हुन्छु र हृदय छुने किसिमको राम्रो सञ्चार स्थापित हुन्छ भने मलाई समय गएको पत्तो हुँदैन । मलाई रात परेको वा घाम झुल्केको पनि थाहा हुँदैन । मेरो हृदयमा आउने शब्दहरूले अविच्छिन्न प्रवाह बनाउँछन् । म यस्तो अवस्थामा छु भने मलाई खाना पनि खानु पर्दैन, मलाई कुरा गर्न पाए पुग्छ । ध्यानपूर्वक सुनिरहेका मानिसलाई भने कठिनाइ हुने गर्दछ र उनीहरूका निधारमा पसिना आउन थाल्छ । मेरो अनुहारबाट पनि कुरा गर्ने सिलसिलामा खल्खली पसिना बहन्छ, तर उनीहरू त्यहाँ छाडेर हिँड्ने साहस गर्दैनन् । हामी धेरैपटक रातभर बसेका छौं ।

भय र प्रेरणाबीच
द युनिभर्सल टाइक्स्
2069/11/28

म ठूलो र परिपक्व हुँदै गएपछि एउटा प्रश्नबाट दोधारमा परें, “म ठूलो भएपछि के बन्छु होला ?” म प्रकृतिको अवलोकन र अध्ययनमा रमाइरहेको थिएँ, त्यसैले मैले वैज्ञानिक बन्ने केही सोचाई बनाएको थिएँ । तर, जापानी औपनिवेशिक अधिकारीहरूद्वारा मानिसलाई लुटमार गरेर दुःख दिइएकोे देखेपछि मैले आफ्नो सोचाइ बदल्न बाध्य भएँ । उनीहरू त्यति धेरै प्रताडित भएका थिए कि उनीहरू आफैंले खाना खान पाउँदैनथे । वैज्ञानिक बनेर चाहे त्यो वैज्ञानिकका हैसियतले नोवेल पुरस्कार नै किन प्राप्त नहोस् त्यसले दुःख झेलिरहेका मानिसहरूका आँसु पुछ्न सकिन्छ भन्ने देखिएको थिएन ।

हृदयको शान्त समुद्र
द युनिभर्सल टाइक्स्
2069/11/14

युद्धका कारण जापानको परिस्थिति निरन्तररूपमा निराशाजनक हुँदै थियो । मुलुकको सैन्यशक्ति घट्दै गएपछि आकस्मिकरूपमा पूर्ति गर्नुपर्ने भएकाले जापानले विद्यार्थीहरूलाई चाँडै स्नातक भएको भन्दै युद्धमोर्चामा पठाउन थाल्यो । म पनि छ महिना पहिले नै स्नातक घोषित भएँ ।
मेरो स्नातक पूरा हुने मिति सेप्टेम्बर ३०, १९४३ निश्चित भए पछि मैले परिवारलाई एउटा टेलिग्राम “कोनरोन मारुमा फर्कनेछु” भनेर पठाएँ जसमा मैले बुसानका लागि सिमोनोसेकीमा चढ्न लागेको जहाजको नाम सहितको जानकारी पठाएको थिएँ ।

अरुलाई खाना दिँदाको खुशी
The Universal Times
2069/11/07

मेरा आँखा साँच्चिकै धेरै साना छन् । मलाई भनिएको थियो म जन्मँदा मेरी आमाले आश्चर्यचकित हुँदै भन्नुुभएको थियो, “मेरो बच्चाको आँखा छ कि छैन ?” उहाँले औंलाले मेरा आँखाका ढकनी विस्तारै उघारिदिनुभएको थियो । त्यसपछि, मैले आँखा झिम्क्याएपछि उहाँले हर्षित हुँदै भन्नुभयो, “ए, हेर उसका आँखा छन् त ।” मेरा आँखा यति साना थिए कि मानिसले प्रायः मलाई “ओसानका साना आँखा” भन्ने गर्थे किनभने मेरी आमा सानो ओसान गाउँबाट आउनुभएको थियो ।

हामीसँग भएका सम्पूर्ण कुरा स्वर्गबाट आएका हुन्
The Universal Times
2069/10/8

मानिसले भन्छन् कि म, विश्वका सबैभन्दा धनी मानिसमध्ये एउटा हुँ, तर तिनीहरूले के भनिरहेको छन् मलाई थाहा छैन । मैले जीवनभर निकै कडा मेहनत गरेको छु, तर मेरो नाममा एउटा घर पनि छैन ।  न त मेरी श्रीमती कै नाममा नै वा न मेरा छोराछोरीको नाममा नै मैले कुनै सम्पत्ती लुकाएको छु । मेरा सबै कुरा सार्वजनिक सम्पत्ति हुन् । हरेक कोरियाली वृद्धका हातमा सरकारी कागजात छन् र उनीहरू सरकारी निकायमा दर्ता गरिएका छन् । मेरो भने त्यस्तो आधिकारिक छाप भएको कागजात छैन ।

विश्वलाई अँगाल्नुहोस्
The Universal Times
2069/10/1

जीवनमा लक्ष्य निर्धारण गर्नु रुख बिरुवा रोप्नुजस्तै हो । तपाइँले आफ्नो अगाडिको आंगनमा बयरको रुख रोप्नुभयो भने तपाइँको घरमा त्यही बयर फल्छ । तपाइँले आफ्नो घर नजिकको पाखामा स्याउका बिरुवा लगाउनु भयो भने त्यहाँ स्याउ नै फल्छ । तपार्इं आफ्ना लक्ष्य र तिनीहरूलाई कहाँ लगाउन चाहनुहुन्छ भन्नेबारेमा होसियारीपूर्वक विचार गर्नुहोस् । तपाइँले रोजेको लक्ष्य र तपाइँले रोप्न चाहेको रुखले तपाइँ सियोलको बयरको रुख वा अफ्रिकाको स्याउको रूख बन्न सक्नुहुन्छ । अथवा तपाइँ दक्षिण प्रशान्त क्षेत्रमा ताडको रुख बन्न सक्नुहुन्छ । तपाइँले रोपेको लक्ष्यले भविष्यमा सोहीअनुरुपको फल अवश्य नै दिन्छ । रोपणसम्बन्धी तपाइँको लक्ष्यको सर्वोत्कृष्ट ठाउँ कुन हो गहिरोसँग विचार गर्नुहोस् ताकि यसले सर्वोत्कृष्ट फल दिन सकोस् ।

तिम्रो उद्देश्य पत्ता लगाऊ, जीवन परिवर्तन गर
The Universal Times
2069/9/23

 हामीले कोही नयाँ मान्छेलाई भेट्यौं भने हामी ऊ÷उनी को होला भनेर जिज्ञासु बन्छौं । ईश्वर पनि प्रत्येक मानवप्रति उस्तै जिज्ञासु हुनुहुन्छ । उहाँ खासगरी युवाका बारेमा बढी जिज्ञासु हुनुहुन्छ, र उनीहरू निकट रहेको थाहा पाउँदा ईश्वर निकै प्रसन्न बन्नुहुन्छ । यो किन होला ? यसको कारण हो, हाम्रा युवा निकै महत्वपूर्ण छन् र हाम्रो जीवनको सबैभन्दा सुन्दर क्षण पनि यही हो । यो अवधि शान्तिको समय हुनुपर्दछ र यही समय भविष्यका लागि तयारी पनि हो । परिपक्वतातर्फ ढल्कने प्रक्रिया नै निर्माणको जग वा आधार हो जसले नयाँ युगतर्फ अग्रसर हुन मार्गप्रशस्त गर्दछ ।
 आफ्नो

रोटी दिनु भन्दा बनाउन सिकाउनु उत्तम
द युनिभर्सल टाइक्स्
2069/9/16

  भोकको समस्या समाधान गर्नका लागि हामीमा धैर्यशील हृदय हुनैपर्दछ जसले बीऊ रोप्ने हरदम इच्छा जगाइरहन्छ । बीऊहरू रोपिन्छन् र माटाभित्र नदेखिने गरी अङ्कुरण हुने र बोक्रा पटपट फुट्ने पर्खाइमा तिनीहरू केही दिन बसिरहन्छन् । यसैगरी, दीर्घकालमा कुनै पनि व्यक्तिलाई बीऊ कसरी रोप्ने र गहुँ कसरी कटान गर्ने तथा त्यसबाट पाउरोटी कसरी तयार गर्ने भनेर सिकाउनु उपयुक्त हुन्छ । भोकले मर्नै लागेको व्यक्तिलाई पाउरोटी दिनुभन्दा यस्ता प्रविधि सिकाउनु नै सर्वोत्तम विधि हो । प्रविधि सिकाउने कार्य निकै कठिन हुनसक्छ र मानिसले त्यसलाई नपत्याउन सक्छन्, तर विश्वको भोकको समाधान गर्ने मुख्य र दीगो तरिका यही हो । हामीले अहिल्यै भोकबाट पीडित भइरहेका ठाउँको जलवायु, माटो, र मानिसका विशेषताको अध्ययन थाल्नु जरुरी छ ।

गरिबी र भोकमरीको समाधान
द युनिभर्सल टाइक्स्
2069/9/9

   यदि तपाइँ कहिल्यै भोको हुनुहुन्न भने तपाइँले ईश्वरलाई बुझ्न सक्नुहुन्न । भोकाएको क्षण नै ईश्वरसँग नजिक हुने अत्युत्तम अवसर हो । तपाइँ भोकाएको हुनुहुन्छ र परिवारको निकट सदस्य झैं नजिकमा आउने प्रत्येक व्यक्ति समक्ष दीनहीन देखिन थाल्नुभयो भने तपाइँले खाना पाउने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा दयाभावपूर्ण असल हृदय देखाउनु महत्वपूर्ण हुन्छ ।    भोक विश्वका कम विकसित क्षेत्रको विषय मात्र होइन । विश्वमै सबैभन्दा उच्च जीवनस्तर रहेको संयुक्त राज्य अमेरिकामा पनि लाखौं मानिस भोका र कुपोषित छन् । म पहिलोपटक संयुक्त राज्य अमेरिका जाँदा त्यहाँ गरिबलाई खाना वितरण गर्नका लागि मैले पहिलो योजनाका रुपमा ट्रकहरू खरिद गरेको थिएँ ।

एउटा दुवी फूल सुनभन्दा मूल्यवान् हुन्छ
द युनिभर्सल टाइक्स्
2069/9/2

    प्रदूषण समस्या समाधान गर्ने, वातावरण संरक्षणका लागि चेतना फैलाउने र खाद्यान्न उत्पादन बढाउने आजको आधुनिक समाजका तीनवटा सबैभन्दा ठूला चुनौतीहरू हुन् । तिनीहरूमध्ये कुनै एकलाई मात्र वेवास्तागर्ने हो भने पनि मानवीय जीवन लुप्त हुन्छ । पृथ्वीमा यसअधि नै निकै क्षति भइसकेको छ । भौतिक स्रोतसाधन हात पार्ने हाम्रो निरन्तरको लालचका कारणले वायु र जल निकै प्रदूषित बनिसकेको छ । यसले प्रकृतिमा नोक्सानी पु¥याइरहेको छ र हामीलाई सुरक्षित गर्ने ओजोन तहको समेत बिनास भइरहेको छ । यदि वर्तमान प्रवृत्ति निरन्तर रहेमा भौतिक सभ्यतामा माखेसाङ्लोबाट मानवजातिमा विनास हुनेछ ।
    विगत बीस वर्षदेखि ब्राजिलको पान्टानाल सीमसार क्षेत्र



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011