र यो पनि...

माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
the universal tines
2o74

 न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ । 

मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्तालाई सात रात सात महिना जत्तिकै लागेको छ । प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेशसभा तथा समानुपातिकतर्फको मतपेटिका आसपासका कोठामा राखी सिल गरिएको ढोका नजिक कुरुवा बसेका उनीहरुले एक सातादेखि मतदाताको मतमा कुठाराघात हुने शंकाले २४सै घण्टा पहरेदारी गर्दै आएको बताएका छन् । 

मतपेटिकाको कुरुवा बसेका लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तेजेन्द्र हितानले नेपाली काँग्रेसको जित हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । “जनता काँग्रेसका पक्षमा रहेको जनाउँदै हितानले वाम गठबन्धनभित्रको किचलो र विवाद आफ्नो जितको प्रमुख आधार हो”– भन्नुभयो । मंसिर १० गतेको चुनावमा वाम गठबन्धनभित्रकै नेताले गरेको क्रियाकलापले हाम्रो जितलाई सुनिश्चित गरेको दाबी गर्दै उहाँले भन्नुभयो । 

कुरुवामा बसेका वाम गठबन्धनका कार्यकर्ता चक्रबहादुर रावलले ६ नं प्रदेशमै वाम गठबन्धनको अग्रिम जित रहेको बताउनुभयो । “जुम्ला वाम गठबन्धनको जिल्ला हो, हाम्रो जित सुनिश्चित भइसकेकाले घोषणाको दिन पर्खाईका लागि हामीले आफूलाई जाडो मौसम अनुकूलित बनाएर बसेका छौँ”– उहाँले भन्नुभयो । 

बजारका चियापसल तथा प्रतीक्षालयमा लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्ता भने बिहानै माइनस ५÷६ डिग्री सेन्टिग्रेडको तापक्रम क्रुर चिसोमा तातो बहस चलाएर तर्कवितर्क गरिरहेको पाइन्छ । वाम गठबन्धनका अघि निकै कमजोर मानिएको लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनभित्र चुलिएको विवाद र अनुमानित अन्तरघातलाई जितको मुख्य कडी बनाएको पाइन्छ । 
वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य र प्रदेश क्षेत्र नं (ख) को उम्मेदवारको विजय घोषणा हुन मात्र बाँकी रहेको बताएको छ । ३१ हजार ७१४ मतदाता रहेको क्षेत्र नं (क) मा २३ हजार ६२९ मत खसेको थियो । त्यसमा झण्डै ६६ प्रतिशत आफ्नो हिस्सामा राखेको वाम गठबन्धनले घातले जितमा कुनै असर नपर्ने जनाएको छ । 

आठ÷आठ घण्टाको फरकमा एक अर्को गठबन्धनका कार्यकर्ताले पालैपालोगरी मतपेटिका कुर्ने काम गरिएको जनाइएको छ । प्रतिस्पर्धी देखिएका दुवै गठबन्धनका उम्मेदवारलाई भने जनताले न्याय गर्ने दिनको पर्खाईले निकै छटपटी बनाएको छ । 

पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो
the universal times
2074

म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । 

१८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउरो बाटो हिँड्दा एक घण्टा लाग्ने गरेकामा पुल बनेपछि पाँच मिनेटमै सारेमारेदेखि लस्ती बजार पुग्न सकिने भएको स्थानीय बासिन्दा तिलक थापामगरले बताउनुभयो । 

पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावतका साथै त्यहाँका कृषकले उत्पादन गरेको तरकारी बजारमा पु¥याउन सहज भएको छ । म्याग्दीको रत्नेचौर, पर्वतको धाइरिङ र नाग्लीवाङका एक हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सो पुलको भारवहन क्षमता ६८ मेट्रिक टन छ । एकपटकमा ४८६ जना मानिसहरु आवतजावत गर्न सक्नेछन् । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले ठेक्कामार्फत रु ६७ लाख ७७ हजार ७७७ को लागतमा उक्त पुल निर्माण गरेको हो । 

विसं २०७२ असारदेखि निर्माण शुरु भएको उक्त पुल निर्माण व्यवसायीका कारण लक्ष्य भन्दा दुई वर्ष ढिलो निर्माण भएको हो । सो पुलको निर्माणको ठेक्का अधिकारी निर्माण सेवाले पाएको थियो । 

जिप दुर्घटनाः प्रहरी निरीक्षकसहित सातको मृत्यु
the universal times
2074

रुकुम, ९ मंसिर  रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ साँखमा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षक नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ । 

रुकुम पूर्वीको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गारको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार साँझ करिब ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । 

दुर्घटनामा परेर मृत्यु हुनेमा रुकुम पूर्वी सिस्ने गाउँपालिका–५ रुकुमकोटका नवीन श्रेष्ठ र उहाँका श्रीमती अनिता प्रधान, मुसीकोट नगरपालिका–१ का सुदन श्रेष्ठ, उहाँका बुबा शेरबहादुर श्रेष्ठ र दिदी सुरेखा शाह श्रेष्ठ तथा मुसीकोट–१ भलिबल खेलका राष्ट्रिय रेफ्री जनक शाह र त्रिवेणी गाउँपालिका–१ की यमुना मल्ल रहेका छन् । 

मृतक नविन श्रेष्ठ र उहाँका श्रीमती अनिता प्रधान दुबै जना प्रहरी निरीक्षक हुन् । नवीन र अनिताको तीन दिनअघि मात्र विवाह भएको थियो । बिहे सकेर काममा फर्किदै गर्दा जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका जिप चालक दाङ घर भएका प्रेम रजौरिया, सहचालक रुकुम काँफिकोट गाउँपालिका–७ का प्रेम केसी र बर्दियाका टेकबहादुर खत्रीलाई जिल्ला अस्पताल सल्लेबाट थप उपचारका लागि नेपालगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । 

अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । मृतक सबैको शव अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ । 

अस्पताल परिसरमा आफन्तको भीड लागेको छ । प्रहरी निरीक्षक नवीनको आमाबुबा इटहरीबाट आएपछि मात्र शव परीक्षण गरिने भएकाले केही ढिला भएको बताएको छ । 

पन्ध्र किलो अवैध सुनसहित सातजना पक्राउ
the universal times
2074

काठमाडौँ, १५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । 

ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा दोर्जे शेर्पाको कोठामा लुकाई राखेको अवस्थामा १४ किलो र धनुषाबाट भारत निकासीका लागि लैजाने क्रममा एक किलो सुन बरामद गरेको हो । 

सुन ओसारपसार गर्ने कार्यमा संलग्न भक्तपुर सूर्यविनायक नगरपालिकाका दिपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, काठमाडौँ महानगरपालिकाका सरोज थापा, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका विष्णु गौतम र धनुषा जनकपुर उपमहानगरपालिकाका दिपककुमार शाहलाई ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो । 

ब्यूरोले आज गरेको पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले सिन्धुपाल्चोक घर भई सामाखुशी बस्दै आएका शेर्पाको कोठा खानतलासी गर्दा दराजमा रहेको कलेजी रंगको झोलाबाट १२ र दराजको घर्राबाट दुई किलो सुन बरामद गरेको जानकारी दिनुभयो । 

उहाँले ठूलो रकमको सुन नेपाल हुँदै भारत निकासी गरेर धेरै आम्दानी गर्ने उद्देश्यले अवैध ओसारपसार गरेको प्राप्त विशेष सूचनाका आधारमा शेर्पासहित सात जनालाई पक्राउ गरिएको बताउनुभयो । 

महाशाखाका प्रमुख कार्कीले पक्राउ परेका व्यक्तिसँग २२ किलो सुन भए पनि अहिलेसम्म १५ किलोमात्र सुन फेला परेको र केही भारतमा बिक्री भइसकेको बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट बा १० च ४१९३ नं को कार, एक थान स्कुटर, ६०० अमेरिकी डलर र एक हजार १९९ चिनियाँ युयान बरामद गरेको छ । 

यसैगरी ब्यूरोले विभिन्न मानिसलाई फेसबुकमार्फत साथी बनाई आफू विदेशी भएको र ठूलो मात्रामा धनराशी आफूसँग भएको भनी उक्त रकम नेपालमा खर्च गर्न चाहन्छु भनी हिराको हार, आइफोनलगायतको सामान पठाउँछु यसका लागि पैसा तपाईंले तिनुपर्छ भनी ठगी गरेको आरोपमा सोलुखुम्बु घर भई बौद्ध बस्ने आङलेमी शेर्पालाई पक्राउ गरेको छ । 

यस्तै ब्यूरोको टोलीले संरक्षित वन्यजन्तु गौरीगाईको सिङ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा बुधबार काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट ओखलढुंगा घर भई हाल लिखु गाँउपालिका बस्ने सुवास सुवेदीलाई पक्राउ गरेको छ 

साथीको भर पर्दा...
the universaltime
2074

सुरुङ्गा (झापा), १२ साउन । आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । 

सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही गाउँपालिका–६ डाँगीवारी निवासी जीवन भनिने घनश्याम उप्रेती पक्राउ परेका हुन् । खरेलले उप्रेतीलाई फुपूको छोरा भन्दै चिनजान गराएको र उप्रेतीको कोठा पु¥याएपछि आफूमाथि अनैतिक कार्य गरेको पीडित किशोरीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गत साउन ३ गते पीडित किशोरी परीक्षा दिन बिर्तामोड आएको समयमा उनकै साथी अञ्जनाले फुपूको छोरा भन्दै उप्रेतीसँग चिनजान गराएको र बिरामी काकीको मनमोहन अस्पतालमा उपचार भइरहेकाले सबैजना अस्पताल जाने भन्दै आफूलाई कोठामा राखेको उनको आरोप छ । 
“लामो समयसम्म खरेलले फुफू भनिएकी महिला कोठामा नआएपछि म कोठामा बस्न मानिनँ”, पीडित युवतीले भनिन्, “म कोठाबाट भाग्छु जस्तो लागेपछि उनीहरुले मलाई अस्पताल लाने बहानामा फिल्म देखाउन कृष्ण हल पु¥याएर । मैले परीक्षा छ भन्दै फिल्म हेर्न नमानेपछि उनीहरु दुवैले मलाई कोठामा लगेर बन्धक बनाएर राखे ।” 

दुवैको सल्लाहबमोजिम मोबाइलसमेत खोसेर मलाई बन्धक बनाएपछि कसैलाई खबर गर्न नपाएको र ४ गते आफूले काम गर्ने संस्थाको सरको सहयोगमा इलाका प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिए पीडित किशोरीले भनिन्, “साथीले चिनाएको फुपूको छोरा राक्षस रहेछ मुस्किलले त्यो रात ज्यान जोगाए ।” 

पक्राउ परेकी किशोरीले जीवन आफ्नो फुपूको छोरा नभएको अनुसन्धानका क्रममा प्रहरीलाई बताएको प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित किशोरीको उजुरीका आधारमा जीवन र अञ्जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । 

बेल्चा प्रहार गरी श्रीमान्को हत्या
the universal times
2074

म्याग्दी, १५ असार । मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा एक महिलाले श्रीमान्को हत्या गरेको अभियोग लगाइएको छ । 

घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा(साबेल) प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमान्को टाउकामा बेल्चाले हानेको देखिएको घटनास्थल पुगेको इप्रका, दरबाङ प्रहरीले जनाएको छ । 

अभियुक्त तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिप्रकामा ल्याउँदै गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको छ ।

चार गाउँपालिका सम्पर्कविहीन
the universal times
2074

बाजुरा, ७ असार । स्थानीय तहको निर्वाचनमा जिल्लाका चार गाउँपालिका सञ्चारको पहुँचबाट टाढा रहेका छन् । 

हिमाली गाउँपालिका, पाण्डवगुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र गौमुल गाउँपालिका सञ्चारको पहँुचबाट टाढा रहेका छन् । सदरमुकाम मार्तडीबाट सबैभन्दा नजिक रहेको गौमुल गाउँपालिकामा समेत सम्पर्क हुन नसकेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो । 

चारवटै गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा नभएका कारण निर्वाचनको गतिविधिबारे जानकारी पाउन नसकेको उहाँले बताउनुभयो । “फोन सम्पर्क हुन सकिरहेको छैन, निर्वाचन गतिविधिबारे बेखबर छौँ,” सेनले भन्नुभयो । गौमुल गाउँपालिका चार घन्टाको पैदल दूरीमा रहेको छ । तर मनोनयन दर्ता भएको चार दिन बित्दासमेत कुनै जानकारी पाउन नसकेको उहाँले बताउनुभयो । 

स्वामीकार्तिक, हिमाली र पाण्डवगुफा गाउँपालिका मार्तडीबाट दुई दिनको पैदल दूरीमा रहेका छन् । त्यहाँ नेपाल प्रहरीको मोबाइल सेटले समेत काम गरेको छैन । संवेदनशील ठाउँ भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी उल्लेख्य सङ्ख्यामा खटाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो । 

बालविवाहको असर ः पढ्ने बेलामा छोराछोरीे हेरचाह
the universal times
2074

पाल्पा, ३१ जेठ । जनचेतनाको अभावमा यहाँका बालिका १५÷१६ वर्षको उमेरमा पहिले बच्चा जन्माउँछन्, २० वर्षको उमेरमा दुई छोराछोरीका आमा बन्छन्, स्कुल पढ्ने समय बालबच्चाको हेरचाहमा बित्छ भन्दा अब अनौठो मान्नुपर्ने अवस्था छैन । 

पाल्पा रैनादेवी छहरा गाउपालिका–६, ७, र ८ बल्ढेङ्गढी, जुठापौवा र सत्यवती क्षेत्रमा जनचेतनाको कमीले कम उमेरमा भागेर विवाह गर्ने र कमै उमेरमा सुत्केरी हुने गलत परम्परा अझै रोकिएको छैन । बल्ढेङ्गढी, जुठापौवा र सत्यवती क्षेत्रका बालबालिका स्कुल पढ्ने, मेलापात, गोठालो जाँदाखेरी मायाप्रेम लागेपछि भागेर विवाह गर्ने चलन बढी छ । विवाहपछि अधिकांश ७÷८ कक्षामा नै विद्यालय छाड्ने गर्दछन् । छोरा मान्छे विदेश पैसा कमाउन जानुपर्ने र छोरी मान्छे बालबच्चा हुर्काउन व्यस्त हुनुपर्ने बाध्यता छ । 

पाल्पा जिल्लाको पश्चिम भेग अवस्थित शिक्षा, सञ्चार, यातायात, स्वास्थ्य र रोजगारका अवसरबाट पछि परेका छन् । स्वास्थ्य स्यवम्सेवीका लालकुमारी गाहाका अनुसार १५÷१६ वर्षको उमेरमा विवाह हुन्छ । पर्याप्त सचेतनाको अभावमा बालबालिकाको बालविवाह रोकिएको छैन, परिवार नियोजनको महत्वका बारेमा सचेत बन्न नसक्दा मातृशिशु दुबै नै जोखिममा पर्ने खतरा बढेको छ । 

स्थानीय बासिन्दा सावित्रा सारुले १५ वर्षको उमेरमा विवाह भएको सम्झना छ, उनले विवाह गरेको दुई वर्षपछि छोरा पाएको हो । यस क्षेत्रमा २० वर्षभन्दा पहिला नै बच्चा जन्माउने झन्डै ७० प्रतिशतभन्दा बढी रहेको बल्ढेङ्गढी स्वास्थ्य चौकीको दाबी छ । 

बल्ढेङ्गढी स्वास्थ्य चौकीका अनमी बिमला पौडेलका अनुसार कम उमेरमा विवाह गरेमा किशोरीले गर्भ रहेको ५ महिनापछि मात्र स्वास्थ्य परीक्षण गर्न आउने तर सुत्केरी घरमा गराउने चलन बढी रहेको बताउनुभयो । गर्भ रहेको छ वा छैन भन्ने समेत उनीहरुलाई थाहा नहुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । 

“नियमितरुपमा स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउन नसकेपछि वा अप्ठ्यारो परिस्थिति सिर्जना भएपछि मात्र स्वास्थ्य चौकीमा आउने गर्दछन्”, पौडेलले भन्नुभयो, “अप्ठ्यारो परिस्थितिमा आफूहरुले पनि जिल्ला अस्पताल पठाउने बाहेक केही विकल्प नहुने स्थिति छ ।” 

स्वास्थ्य चौकीमा २०७२ साल असोजदेखि प्रसूति सेवा सञ्चालनमा ल्याएपनि स्वास्थ्य सेवा लिन आउनेको सङ्ख्या अझै कमी रहेको छ । रैनादेवी छहरा गाउँपालिका–६ मा तीनहजार ४४०, वडा नं ७ मा दुई हजार ४३ र नं ८ मा तीनहजार १६५ जनसङ्ख्या रहेको छ ।

सातवर्षदेखि डोरीले बाँधेर राखिएका छन् रक्की
the universal times
2073

कञ्चनपुर, २२ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ९ वर्षीय रक्की सुनारलाई परिवारले घरभित्रै डोरीले बाँधेर राख्दै आएका छन् । मस्तिष्कको राम्रो विकास नभएका सुनारलाई परिवारजनले २ वर्षको उमेरदेखि नै बाँधेर राख्दै आएका हुन् । 

“जे पायो त्यही खाइदिने र जता मन लाग्यो त्यतै हिँडिदिने भएकाले घरभित्रै बाँधेर राख्दै आएका छौँ”, रक्किकी बज्यै हिरादेवी सुनारले भन्नुभयो, “पहिले आमा, बुबा भनेर बोल्थ्यो, हाल बोल्नसमेत नसक्ने अवस्थामा छ ।” घरको आर्थिक अवस्था कमजोर भएकाले सामान्य उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगेपनि ठीक हुन नसकेको उहाँले बताउनुभयो । 

एक कट्ठा ऐलानी जग्गामा बनेको छाप्रोमा बस्दै आएको सुनार परिवारसँग कमाई खाने जग्गा नहँुदा घरका महिलाले दैनिक दाउरा बिक्री गरी साँझ–बिहानको छाक टार्दै आएका छन् । 

रक्कीका बुबा रमेश कहिलेकाहीँ मजदुरी गर्न भारततर्फ जाने गरेका छन् । “दाउरा बिक्री गरेको पैसाले खानलाई त पुग्दैन”, हिरादेवीले भन्नुभयो, “उपचार खर्च गर्नका लागि पैसा चाहिन्छ त्यो हामीसँग छैन ।” जथाभावी दिसापिसाब गर्ने भएकाले रक्कीलाई परिवारजनले खानपिनमा पनि ध्यान नदिँदा उनको शरीरसमेत सुक्दै गएको छ । 

“कुपोषणका कारण आँखा भित्र पसेका छन्, हातखुट्टा पूरै सुकेका छन् । हाड र छाला मात्रै बाँकी छ”, समाजसेवी कमल विकले भन्नुभयो, “चाँडै उपचार नपाए ज्यान जाने खतरासमेत छ ।” 

बन्धनमुक्त गरी उपचार गरिदिने दाताको खोजीमा रहेको उहाँले बताउनुभयो । “परिवारको आर्थिक अवस्था दयनीय भएकाले दाताले सहयोग जुटाए ९ वर्षीय बालकको ज्यान बच्ने थियो”, उहाँले भन्नुभयो । राम्रो अस्पतालमा उपचार पाए उनी ठीक हुने भएकाले उपचारका लागि आर्थिक सहयोग जुटाउन सबैको हातेमालो जरुरी रहेको उहाँको भनाइ छ ।

शान्ति समाजले दियो टेलरिङ्ग मेसिन
the universal times
2073


काठमाडौं । द्धन्द्ध पिडीत तथा असाहयहरुको क्षेत्रमा क्रियाशिल शान्ति समाजले पाँच जनालाई टेलरिङ्ग मेसिन सहयोग गरेको छ । मङ्गलबार संस्थाको कार्यलय चाबहिलमा एक कार्यक्रमको आयोजना गरि मेसिन हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शान्ति दिप रेग्मीले जानकारी दिए । 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011