दृष्टिकोण / बिचार

चुनावमा सहभागी हुन मतदाता आतुर
the universal tines
2o74

–शीतलप्रसाद महतो 

कलैया, बारा, १७ मंसिर यतिखेर अन्य प्रदेश जस्तै प्रदेश नं २ का आठ जिल्ला पनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका छन् । 

दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन प्रदेश नं २ का मतदातामा उत्साह छाएको देख्न सकिन्छ । 

सर्वसाधारण नेपाली नागरिकको विकास निर्माणप्रतिको उत्कट अभिलाषा र आकांक्षाबीच हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा यहाँका मतदाता मतदानको ब्यग्र प्रतीक्षामा छन् । उनीहरु प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्ने मौका चुकाउनु चाहँदैनन् । 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक महन्थ ठाकुर, राजपा अध्यक्ष मण्डलका सदस्य क्रमशः राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, रामकृष्ण यादव, महेन्द्र यादव, फरमुल्ला मन्सुर, रमेश रिजाल र अजयकुमार चौरसिया तथा वाम गठबन्धनबाट एमालेका नेता रघुवीर महासेठ, नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झा, उर्मिला अर्याल, अजयशंकर नायक, मातृका यादवका गृह जिल्ला पनि यिनै हुन् । 

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं २ का आठ जिल्लामा अहिले चुनावी प्रचारप्रसारको सरगर्मी ह्वातै बढ्को छ । त्यस प्रदेशका शहर तथा ग्रामीण क्षेत्रका विभिन्न चोक, पान पसल, चिया पसलदेखि लिएर टोल टोल र खेतबारीसमेत उम्मेदवार र पार्टीका जीत हारको आकलन तथा चुनावी बहसले अहिले त्यहाँका पूरै वातावरण चुनावमय भएको देखिन्छ । विभिन्न दलका नेता, कार्यकर्ता र उम्मेदवारले बिहानैदेखि मतदाताको घरआँगन तथा खेतबारीमा पुगेर मत माग्ने कार्यलाई तीव्रता दिएका छन् भने चुनावीसभा र कोणसभालाई पनि त्यतिकै महत्वका साथ अगाडि बढाएका छन् । विभिन्न दलका शीर्ष नेताहरु पनि चुनावीसभा र प्रचारप्रसारमा व्यस्त देखिएका छन् भने चुनावको समाचार संकलन गर्न राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई अहिले यहाँ भ्याइनभ्याई छ । 

नेपाली काँग्रेसको नेतृत्वमा गठित लोकतान्त्रिक गठबन्धन, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धन, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), नेपाली जनता दललगायतका पार्टीले पनि चुनावीसभा, सम्मेलन र प्रचारप्रसारलाई तीव्रता दिएपछि चुनावी तापमान बढेको हो । मंसिर २१ गते प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य पदमा हुने निर्वाचनका लागि ५४५ भन्दा बढीले मनोनयन दर्ता गराएका छन् । तीमध्ये करिब ३० जना महिलाको मात्र उम्मेदवारी परेको छ । 

यो प्रदेशमा तीनवटै गठबन्धनका उम्मेदवारले बढी मत तान्नसक्ने देखिएको छ । अन्य उम्मेदवारले पनि मत बटुलेर जित्न भरमग्दूर प्रयासमा लागिपरेकाले उम्मेदवारबीच कडा प्रतिस्पर्धाका साथै हारजित थोरै मतले हुने देखिएको छ । 

“हामी नेपालको इतिहासको एक उत्साहपूर्ण क्षणमा आइपुगेका छौँ,” बारा नागरिक समाजका अगुवा उमेशलाल दासले भन्नुभयो – “राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनसहितको नयाँ नेपाल निर्माणका लागि हुन लागेको यो चुनावलाई सफल र सार्थक बनाउन हामी सबैको साझा प्रयास हुनुपर्छ ।” 

“कामको चटारो भए पनि बहुसंख्यक श्रमजीवी जनता यो चुनावमा सहभागी हुन आतुर देखिएका छन्,” कलैयाका ज्येष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठले भन्नुभयो – “काम नगरी खान पाउने अवस्था छैन तर पनि यो चुनाव समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन र समावेशी विकास गर्ने विषयसँग जोडिएकाले यसलाई जसरी भए पनि सफल बनाउनुपर्छ ।” 

आचारसंहिता उल्लंघन बढ्दो 

सबैजसो राजनीतिक दलका उम्मेदवारहरुबाट आचारसंहिता उल्लंघन भइरहेको देखिएको छ । प्रभावशाली उम्मेदवारले अरुको कार्यकर्ता तान्न र आफ्नै कार्यकर्ता जोगाउन पनि ठूलै रकम खर्च गर्ने गरेका छन् । चार वटासम्म चारचक्के गाडी प्रयोग गर्न पाउने प्रावधान रहे पनि यहाँका कतिपय उम्मेदवारले एक दर्जनभन्दा बढी गाडी प्रयोगमा ल्याइरहेको बुद्धिजीवीहरु बताउँछन् । 

“अधिकांश उम्मेदवारले भारतीय नम्बर प्लेटका गाडी प्रचारप्रसारमा प्रयोगमा ल्याइरहेका छन्,” वीरगञ्जका स्थानीय बुद्धिजीवी अनिल वर्णवाल भन्नुहुन्छ – “उम्मेदवारले गाडीमै साउण्ड बक्स जडान गरी चुनावी गीत बजाउँदै घरदैलो गरिरहेका छन् । मतदाता लोभ्याउन चुनावी भोजभतेरमा बन्देज लागे पनि दिनहुँ प्रत्येक क्षेत्रमा भोजभतेर चलिरहेको छ ।” 

“मतदाता शिक्षा यहाँ प्रभावकारी देखिएको छैन । मन परेका व्यक्तिलाई छानेर मत हाल्न पाइने कि नपाइने, कसरी छाप लगाउने, कसरी पट्याउने भन्ने कुराको चिन्ता छ,” कलैया– ५ की गृहिणी राधारानी पटेलले भन्नुभयो – “श्रीमान् र छोराछोरीसँग सोधपुछ गरेकी छु ।” 

खुला सिमाना र सुरक्षा चुनौती 

निर्वाचनको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौती पनि बढ्न थालेको छ । उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता लक्ष्यित आक्रमण रोकिएका छैनन् । “निर्वाचनका बेला सुरक्षाका व्यवस्थाका लागि तीनै निकाय संयुक्त र समन्वयात्मकरुपमा परिचालन भएको छ,” प्रदेश नं २ को सुरक्षा अवस्थाबारे जानकारी लिन प्रदेश नं २ का जिल्लामा दौडाहामा रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थले भन्नुभयो । 

“भारतसँगको खुला सिमाना यहाँका प्रमुख चुनौतीका रुपमा देखिएको छ,” उहाँले भन्नुभयो – “त्यस्ता चुनौती सामना गर्न स्थानीय प्रहरी र प्रशासनले अधिकतम उपाय गरिरहेकाले ढुक्कसँग मतदान गर्न पाउने अवस्था छ ।” 

प्रहरीले ठाउँठाउँमा चेक प्वाइन्ट राखेर सुरक्षा जाँचसमेत तीव्र बनाएको छ । “निर्वाचन बिथोल्ने समूहले खुला नाकाको दुरुपयोग सजिलै गर्न सक्छन्,” बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले भन्नुभयो – “खुला सिमानाका कारण घुसपैठ र आपराधिक घटना हुनसक्ने अवस्थालाई ध्यानमा राखेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।” भारतबाट भाडाका अपराधी निर्वाचनमा उपयोग हुनसक्ने पूर्वानुमानका आधारमा सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राखेर बारा, पर्सालगायतका मुख्य नाकामा तालीम प्राप्त कुकुरसमेत परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

छिन्ताङवासी भन्छन्– ‘बाटो कालोपत्रे गर्नेलाई मत दिन्छौँ’
the universal times
2074

– सुशील दर्नाल 

धनकुटा, १४ मंसिर ( खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुुर वालिङले आफ्नो घर हुुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई मत दिने भएका छन् । 

“हिलेदेखि त्रिवेणी जोड्ने बाटो कालोपत्रे नहँुदा सदरमुकामसम्म जान साह्रै कठिन भएको छ, बर्खामासमा त झन हिलोले गाडी नै चलाउन मिल्दैन त्यसैले यस पटक जसले बाटो बनाउँछ उसलाई भोट दिने हो”– वालिङले भन्नुभयो । 

बाटो कालोपत्रे हुन नसक्दा गाउँमा उत्पादन भएका सुन्तला र अदुवालगायतका वस्तु सदरमुकामम्म पु¥याउन कठिन भएको छ । सदरमुकाम धनकुटाबाट (हिले हुँदै) करिब २२ किलोमिटर पश्चिममा पर्ने छिन्ताङवासीले बाटो÷घाटो सँगै खानेपानी, रोजगारी, शिक्षा र स्वास्थ्यको पनि माग गरेका छन् । छिन्ताङका स्थानीय मोतीप्रसाद राईले आफ्नो गाउँमा खाने पानीको अत्यन्त समस्या भएको भन्दै खाने पानीको व्यवस्था गर्न माग गर्नुभयो । 

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाएका छन् । राजनीतिक दलका नेताहरूले पटकपटक निर्वाचनमा त्रिवेणी जोड्ने बाटोलाई कालोपत्रे गर्छुं भन्दै आश्वासन मात्रै दिएको स्थानीयवासीको गुनासो छ ।

मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा वर्तमान सरकारका उद्योगमन्त्री सुनिलबहादुर थापा र राजेन्द्र राईबीच चुनावी प्रतिस्पर्धाले हुँदैछ । 

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेन्द्र राईले जनताले मत दिएर आफूलाई जिताएको खण्डमा धनकुटादेखि त्रिवेणी जोड्ने छिन्ताङको बाटोलाई प्राथमिकताका साथ कालोपत्रे गर्ने संकल्प गर्नुभएको छ । 

यी उम्मेदवारले आ–आफ्ना चुनावी घोषणापत्रमा प्रदेशको राजधानीलाई मुख्य मुद्दाका रुपमा अघि सारेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री समेत रहनुभएका मन्त्री थापाले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनुका साथै पर्यटन विकासमा जोड दिनुभएको छ । 

प्रदेशसभाको (क) निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट एमालेका नीरन राई र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका मनोहरनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । 

त्यसैगरी धनकुटाको (ख) निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट इन्द्रमणि पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा उम्मेदवार हुनुहुन्छ । 

‘अक्टोबर क्रान्ति’को सय वर्ष ः नेपालमा प्रभाव
the universal times
2074

–प्रकाश सिलवाल 

काठमाडौँ, २० कात्तिक  विश्वमा पहिलो पटक समाजवादी क्रान्ति भएको शत्वार्षिकी मनाइएकै बेला नेपालका प्रमुख वाम शक्तिको चुनावी तालमेल र एकता पहललाई सकारात्मक संयोग मानिएको छ । 

सर्वहारा वर्गको नेतृत्वमा सन् १९१७ नोभेम्बर ७ मा रुसमा उक्त क्रान्ति भएको स्मरणमा नेपालमा विभिन्न कार्यक्रम भइरहँदा नेपालका कम्युनिष्टको सहकार्यले समाज सुधारको बाटामा उत्साह थपेको पाइएको छ । भ्लादिमिर लेनिनले अगुवाइ गरेको उक्त ‘महान् अक्टोबर समाजवादी क्रान्ति’ को सय वर्ष पूरा भएका अवसरमा नेपालका वैचारिक गतिविधि गर्न सोनाम साथीको संयोजकत्वमा अक्टोबर क्रान्ति शत्वार्षिकी समिति नेपाल गठन गरिएको छ । 

समितिको आयोजनामा मंगलबार काठमाडौँको भृकुटीमण्डपबाट शान्तिवाटिकासम्म पदयात्रा गरिनेछ । जर्मनीका दार्शनिक कार्ल माक्र्सले पहिलो पटक ‘कम्युनिष्ट घोषणापत्र’ बनाएको तथा उहाँले समाजको वैज्ञानिक वर्ग विश्लेषणसहित प्रकाशन गरेको ‘दास क्यापिटल’(पूँजी) पुस्तकको पनि यस अवसरमा स्मरण गरिन्छ । हाल चीनलगायत विश्वका धेरै मुलुकमा आआफ्नै प्रकारको समाजवादी व्यवस्था कायम छन् । 

अक्टोबर क्रान्ति शत्वार्षिकी समितिका संयोजक साथीले शोषण, शासन, उत्पीडन अन्याय, अत्याचार र असामानताको अन्त्य नभएको सन्दर्भमा नेपालमा पनि क्रान्तिको दिशामा अग्रसर हुन कम्युनिष्ट पार्टीहरुले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जुन इनारको पानी खाने हो, त्यसलाई बिर्सने गर्नु हुँदैन । सबै कम्युनिष्ट पार्टी र नेताहरुले अक्टोबर क्रान्तिलाई सम्झनुपर्छ ।” उहाँले भन्नुभयो, “जीविका चलाउन चाहिने स्रोत साधन तथा नीतिनिर्माणमा सबै नेपालीले यो हाम्रो हो भन्ने र त्यसबारे आफूले निर्णय लिन सक्ने व्यवस्था आइसकेको छैन । समाजलाई बदलेर त्यहाँ पु¥याउनुपर्ने आवश्यकता छ ।” 

शत्वार्षिकीकै सन्दर्भमा नेपाल वैकल्पिक अनुसन्धान समाजले काठमाडौँमा यही कात्तिक २२–२४ गते नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीको अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्दैछ । समाजका अध्यक्ष डा महेश मास्केले नेपालका कम्युनिष्टको एकता प्रक्रिया हुनु र सम्मेलन हुनु सुखद संयोग भएको बताउनुभयो । 

प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना भएका समयलाई मानव जातिको इतिहासमा महत्वपूर्ण घटनाका रुपमा सम्झनु आवश्यक छ भन्नुभयो । “यही क्रान्तिको प्रभावले अहिलेसम्म विश्वमा मुक्तिकामीले आफ्नो मुक्तिको बाटो तय गरे । नेपालमा यो शताब्दीमा भएका सम्पूर्णजसो आन्दोलन र क्रान्तिमा अक्टोबर क्रान्तिको प्रभाव परेको छ ।” 

प्राज्ञ पोखरेल भन्नुहुन्छ, “भर्खरै हामी सामन्ती सत्ताको केन्द्रीय किल्ला (राजतन्त्र) भत्काएर नयाँ युगमा प्रवेश गरेका छौँ । यसको मूल प्रभाव नै अक्टोबर क्रान्ति हो । त्यसकारण नेपालका परिवर्तनकारी नागरिकका लागि यो झन् महत्वको विषय बनेको छ ।” 

कपनको बाटोमा नाकाबन्दी हो की बुढानिलकष्ठ नगरपालिका लाप्रबार्ही ?
the universal times
2074


विष्णु भट्टराई
 केही वर्षदेखि कपन नाकाबन्दीकै अवस्थामा छ । यहाँ सहज रूपले छिर्ने बाटो पाउनै युद्ध जित्नुसरह हुन्छ । काठमाडौं जिल्लाकै सबैभन्दा धेरै जनघनत्व रहेको ठाउँ र सबैभन्दा बढी जनसंख्या भएको नगरपालिकामा पर्छ– कपन । मतदाताको हिसाबले पनि काठमाडौं महानगरपालिका पछिको ठूलो स्थानीय तह बूढानीलकण्ठ नगरपालिकामा पर्ने कपनमा अहिले पनि बाटो, पानी र बिजुलीको सास्ती उस्तै छ । कपन छिर्ने मूल बाटो चाबहिल गोपीकृष्ण हुँदै जान्छ । तर त्यो भत्काइएको दुई वर्षभन्दा बढी भयो, मर्मत भएको छैन । त्यस्तै, रामहिटी, महांकाल, सुकेधारा, मण्डिखाटारलगायतका नाकाबाट पनि कपन पुगिन्छ तर त्यहाँबाट पनि नरकयात्रा गर्नुभन्दा कम्ती सास्ती छैन । एक त साँघुरा सडक, बाक्लो बस्ती त्यसैमाथि जथाभावी खनेर छाडिएको, कुनै पनि सडक सहज अवस्थामा छैनन् ।
पानी पर्दा हिलाम्मे हुने मात्र होइन, सडकमै बाढी चल्छ भने घाम लाग्दा धूलोले हिड्नै नसकिने हुन्छ । यो अवस्था चावहिलदेखि कपनको बालुवाखानी हुँदै चुनीखेलसम्म कायम छ । कपनका वडा नं. १०, ११ र १२ वडाका बासिन्दालाई बाटोको धेरै सास्ती भएको छ । तर सम्बन्धित निकाय र हालै निर्वा्चित जनप्रतिनिधिहरू समेत मूकदर्शक बनेका छन् । सस्तो लोकप्रियता र द्रुत विकासको श्रेयका लागि हतारमा गरिएको विकासको परिणाम अहिले कपनवासीले भोगिरहेका छन् ।
देशको राजधानी र चक्रपथ भित्रको कपन का जनता बिगत दूई बर्ष देखी धुलो र हिलोबाट आजित छन । सुकेधारा बाट कपन प्रबेश मार्ग होस वा गोपी कृष्ण सरस्वतीनगरबाट , मंण्डिखाटार कपनको मार्ग प्रबेश हुने  सबै बाटो  करिडोरको  नाममा त कतै मेलाम्ची खानेपानी त कतै बाटो बिस्तारको  नाममा भत्काइएका छन्  , जे जस्तो नाममा भत्काइएका भएता पनि संबन्धित निकाएहरु मौन छन ।
  बुढानिलकण्ठ नगरपालिकाबाट ग्राबेलको लागी आब २०७३र७४ मा ठुलो रकम निकासा  भएको छ । तर पनि यहाँ का जनताहरु  हिलो र सबारी साधन चल्ने बाटो राम्रो नहुँदा समयमै कुनै ठाउ जानु पर्दा १ घन्टा अगाडी हिड्नु पर्ने बाध्यता छ।
यस निर्वाचन  क्षेत्र बाट निर्वा्चित  भएर राष्ट्पति ,उपराष्ट्रपति ,स्वास्थ मन्त्री, बिज्ञ र संसाद हुँदा पनि जनताहरु  आहालजस्तो  हिलो बाटो बाट  हिड्नु पर्ने अवस्था छ ।
यस बिषयमा स्थानिय राजनीतिक दलका  कार्यकताको कुनै पहल कदमी देखिदैन । चुनाव आउँदा मात्रै सकृय हुने  दलहरुलाई जनताले अब अर्को चुनाबको  नतिजा ले देखाउने बताउछ्न । हिलो ,धुलोले गर्दा यहाँ बाट अर्को  कुनै ठाउमा पुग्दा दाइ तपाईं कहाँ बस्नु हुन्छ कपन हो भन्ने प्रश्नले सधै कपन बासीलाई जिस्काउने गरेको छ। त्यसैले कपनको  बाटो सुधार का लागि सबै को ध्यान एकपटक यतातिर जान जरुरी छ ।   

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै
the universaltime
2074

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको हो । तराईको २० वटा जिल्ला र पहाडका ३२ वटा जिल्लाको नमूना संकलन गरी अनुसन्धान गर्दा माटो तटस्थ अवस्थामा नभएको पाइएको हो । माटो तटस्थ अवस्थामा हुँदा मात्रै राम्रो उत्पादन हुन्छ । 

रासायनिक मलको बढी प्रयोगबाटै अम्लियपन बढने महाशाखाका प्रमुख कमल साह बताउनुहुन्छ । उत्पादन बढाउन रासायनिक मलको अत्याधिक प्रयोग गर्ने ठाउँमा माटोको अवस्था खराब पाइएको छ । माटोमा प्राङ्गारिक मलको मात्रा घट्दै जाँदा अम्लियपना बढिरहेको छ । केही समयका लागि रासायनिक मलले उत्पादन बढाए पनि दीर्घकालीनरुपमा नकारात्मक असर गर्छ । उहाँ भन्नुहुन्छ, “माटोमा अम्लियपना धेरै हुँदा बाली कम हुने मात्रै होइन उत्पादन नै नहुन पनि सक्छ ।” 

“नेपालमा माटोको स्वास्थ्यका बारेमा पर्याप्त चेतना नभएको उत्पादन नै दिन छाडेपछि मात्रै किसान सल्लाहका लागि जिल्ला कृषि विकास कार्यालयमा पुग्ने गर्छन् ।” उहाँ भन्नुहुन्छ, “अन्तिम अवस्थामा पुगेपछि माटोलाई पहिलेकै अवस्थामा फर्काउन समय लाग्छ, त्यसैले बेलैमा माटो बिग्रन नदिन लाग्नुपर्छ ।” प्राङ्गारिक मलको प्रयोग, छ्वाली, पराल लगायतलाई मलको रुपमा प्रयोग गरेर र कृषि चूनको प्रयोग बढाएर माटोको अम्लियपना कम गर्न सकिन्छ । रासस 
ऐन संशोधन नहुँदा कारबाहीमा कठिनाइ 

ऐन र नियमावली परिवर्तन नहुँदा गैरकानुनीरुपमा विषादीको बिक्री र प्रयोग गर्नेमाथि कारबाही अघि बढाउन सकिएको छैन । 
विषादीको अनुगमन र कारबाही गर्ने अधिकारीलाई पर्याप्त अधिकार नहुँदा विषादीको प्रयोग व्यवस्थापन कठिन भएको कृषि विभागअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले जनाएको छ । जिल्लामा बाली संरक्षण अधिकृत नै विषादीको नियमन गर्ने अधिकारी हुन् तर अधिकार नहुँदा बाली संरक्षण अधिकृतले कारबाही गर्न नसकेको शाखाका वरिष्ठ प्राविधिक कृष्ण प्रधानले बताउनुहुन्छ । उहाँ भन्नुुहन्छ, “ विषादी बिक्री गर्ने व्यापारीको योग्यता र किसानलाई तालीम लगायतका विषय ऐनमा समेटिएको छैन ।” 

अनुमतिपत्र लिएका व्यापारीले मात्रै विषादी बिक्री गर्न पाउने नियम छ । नेपाल सरकारले १५ वटा विषादीको प्रयोगलाई प्रतिबन्ध लगाएको छ तर प्रतिबन्धित विषादीको बिक्री गर्नेलाई वा अनुमतिपत्र नलिइ बिक्री वितरण गर्नेलाई कारबाही गर्ने अधिकार भने दिएको छैन । 

जीवनाशक विषादी ऐन–२०४८ र नियमावली २०५० को संशोधित ऐन, २०६४ संशोधनका लागि विधेयक कृषि मन्त्रालय पुगेको छ । देशभरमा अहिले चार हजार ४८१ वटा खुद्रा पसल सञ्चालित छन् । रा

जिम्मेवार पदाधिकारीले निजी स्वार्थका लागि काम गर्ने प्रवृत्तिले भ्रष्टाचार
the universal times
2074

काठमाडौँ, ७ असार । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका जिम्मेवार पदाधिकारीमा निजी स्वार्थका लागि काम गर्ने प्रवृत्ति हुनुले पनि मुलुकमा भ्रष्टाचार बढ्ने गरेको कानुनी र प्रशासनिक क्षेत्र विज्ञहरुले बताएका छन् । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आयोजना गरेको छलफल कार्यक्रममा ‘नेपालमा सरकार, न्यायालय र संसद्का पदाधिकारीद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोगको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सरकारका पूर्वसचिव मोहन बन्जाडेले संसद्मा सांसदहरुको गणपुरक नपुग्ने तर होटलहरुमा भीड हुने स्थिति, न्यायाधीशहरु सपथ लिएर पार्टी वा अन्यत्र भोजमा जाने, सरकारमा रहेका व्यक्तिहरु निजी स्वार्थको सर्तमा काम गर्ने प्रवृत्तिले तिनै क्षेत्रमा बेलाबखत प्रश्न उठ्ने गरेको बताउनुभयो । 

गत वर्ष सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार मापन सूचकाङ्कमा सरकार, न्यायालय र संसद्का पदाधिकारीद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोग गर्ने प्रवृत्ति पनि देखिएको थियो । 

उहाँले गरिब र तेस्रो मुलुकमा साना व्यापार र उद्यम विस्थापन गरी आफ्नो प्रभाव विस्तार गर्न बहुराष्ट्रिय कम्पनीले यहाँका कानुन र नीति परिवर्तनमा दबाबका कारण भ्रष्टाचारमा बल पुगेको बताउनुभयो । 

कार्यपत्रमा टिप्पणी गर्दै कानुनका जानकार डा शङ्कर श्रेष्ठ र प्रशासनविद् द्वारिकानाथ ढुङ्गेलले मुलुकका लोकतान्त्रिक प्रणाली भए पनि भ्रष्टाचार र अनियमितताको जालोका कारण जनताले प्रभावकारी सेवा नपाएको बताउनुभयो । 

व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिका सभापति दिलबहाुर घर्तीले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका जिम्मेवार पदाधिकारीमा निजी स्वार्थका लागि काम गर्ने प्रवृत्ति हुनु उचित नभएको तर चर्चामा ल्याइए जस्तो त्यस्तो अवस्था नरहेको बताउनुभयो । 

टेलिकमकी कामिनीविरुद्ध आफ्नै कर्मचारी
the universaltime
2074/2/21

रमेश कुमार बोहोरा
काठमाडौं नेपाल टेलिकमलाई प्रतिस्पर्धी गुणस्तरीय बनाउँदै आएकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी विरुद्ध आफ्नै कार्यालयका कर्मचारीहरु लागे पनि उनले त्यसलाई व्यवस्ता गर्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएकी छिन् भने उनले देशको कुनाकुनासम्म फोरजी सेवा उपलब्ध गराउन अहोरात्र खटिरहेकी छिन् उनको यो योगदानलाई कदर गर्नुका सट्टा नेपाल टेलिकमबाट आव्हान भएका टेण्डरहरु कर्मचारीलगायतका सम्बन्धमा कडाइका साथ निर्णयहरु गर्ने तथा कार्यान्वयन गर्न थालेपछि यसबाट तिलमिलाएका केही भेण्डर कर्मचारीहरु प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका विरुद्ध दुष्प्रचार गर्न थालेको
कम्पनीको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट करिव आठ महिना अघि नियुक्त भएकी प्रबन्धक निर्देशक राजभण्डारीले बर्षौदेखि रोकिएर रहेका कर्मचारी सम्बन्धी निर्णयहरु गुर्नका साथै सुस्तगतिमा रहेका फोरजी लगायतका प्रोजेक्टहरुलाई गति दिएकी हुन्
टेण्डर प्रक्रियामा हुनसक्ने चलखेलमा उनले कडाइ गरिदिएपछि त्यसबाट आत्तिएका केही भेण्डरहरु अख्तियारलगायत विभिन्न निकायमा उजुरी गर्न पुगेका थिए अख्तियारले ती सबै उजुरीमा क्लिन चिट दिइसकेपछि उनीहरुले मिडियामा कामिनी राजभण्डारीको चरित्र हत्या हुने गरी पैसा पेलेर समाचार लेखाइरहेका छन्
यसरी समाचार लेखाउनमा टेण्डर खोल्दा ÷ नम्बरमा परेका एक नम्बरमा पर्नेको भन्दा तीन गुणा बढी रकम कोट गर्ने भेण्डर रहेको विश्वस्त श्रोतले बताएको सो स्रोतले उक्त टेण्डरसम्बन्धी कागजात पनि उपलब्ध गराएको सो टेण्डर कामिनी राज भण्डारी प्रबन्ध निर्देशकमा नियुक्त हुनु अगाडिकै प्रबन्ध निर्देशकको पालामा भएको थियो उनको पालामा यस्तै चलखेलका कारण निर्णय हुन सकेको थिएन तर कामिनीराज भण्डारीले प्रोजक्टहरु समयमै सम्पन्न गर्ने उद्देश्यले नियुक्ति हुनासाथ आर्थिक नियम अनुसार निर्णय गरी सकेकी छिन् यसरी नियमपूर्वक टेण्डर खोल्न थालेपछि आफ्नो स्वार्थ पूरा नभएका भेण्डरहरु कामिनीविरुद्ध आक्रामक बनेर खनिएका भन् भने उनीहरुले मुठो रकम पेल्दै केही पत्रिकाहरु अनलाइनमा कामिनीराज भण्डारीको चरित्र हत्या हुने गरी उनीविरुद्ध समाचार निरन्तर प्रकाशन गर्न लगाइरहेका छन् टेण्डर पाउनेले भन्दा तीन गुणा बढी रकम कोट गर्ने भेण्डरले लोभलालच माथिल्लो निकायबाट दबाब तथा धम्की दिए पनि टेण्डर नपाएपछि सो भेण्डर कामिनीराज अरु सम्बन्धीत कर्मचारीविरुद्ध खनिएको हो टेण्डर मुल्यांकनका क्रममा उक्त भेण्डरले पेस गरेको एक कागजात समेत नक्कली पाइएको थियो ती भेण्डरले नेपाल टेलिकमकै टावरसम्बन्धी अर्को टेण्डरमा पनि अरुको भन्दा निकै बढी रकम कोट गरी पेश गरेका थिए सो टेण्डर हात पार्नका लागि पनि उनले विभिन्न टेलिकमकी कामिनीविरुद्ध आफ्नै कर्मचारी
the universaltime
2074/2/21

रमेश कुमार बोहोरा
काठमाडौं नेपाल टेलिकमलाई प्रतिस्पर्धी गुणस्तरीय बनाउँदै आएकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी विरुद्ध आफ्नै कार्यालयका कर्मचारीहरु लागे पनि उनले त्यसलाई व्यवस्ता गर्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएकी छिन् भने उनले देशको कुनाकुनासम्म फोरजी सेवा उपलब्ध गराउन अहोरात्र खटिरहेकी छिन् उनको यो योगदानलाई कदर गर्नुका सट्टा नेपाल टेलिकमबाट आव्हान भएका टेण्डरहरु कर्मचारीलगायतका सम्बन्धमा कडाइका साथ निर्णयहरु गर्ने तथा कार्यान्वयन गर्न थालेपछि यसबाट तिलमिलाएका केही भेण्डर कर्मचारीहरु प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका विरुद्ध दुष्प्रचार गर्न थालेको
कम्पनीको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट करिव आठ महिना अघि नियुक्त भएकी प्रबन्धक निर्देशक राजभण्डारीले बर्षौदेखि रोकिएर रहेका कर्मचारी सम्बन्धी निर्णयहरु गुर्नका साथै सुस्तगतिमा रहेका फोरजी लगायतका प्रोजेक्टहरुलाई गति दिएकी हुन्
टेण्डर प्रक्रियामा हुनसक्ने चलखेलमा उनले कडाइ गरिदिएपछि त्यसबाट आत्तिएका केही भेण्डरहरु अख्तियारलगायत विभिन्न निकायमा उजुरी गर्न पुगेका थिए अख्तियारले ती सबै उजुरीमा क्लिन चिट दिइसकेपछि उनीहरुले मिडियामा कामिनी राजभण्डारीको चरित्र हत्या हुने गरी पैसा पेलेर समाचार लेखाइरहेका छन्
यसरी समाचार लेखाउनमा टेण्डर खोल्दा ÷ नम्बरमा परेका एक नम्बरमा पर्नेको भन्दा तीन गुणा बढी रकम कोट गर्ने भेण्डर रहेको विश्वस्त श्रोतले बताएको सो स्रोतले उक्त टेण्डरसम्बन्धी कागजात पनि उपलब्ध गराएको सो टेण्डर कामिनी राज भण्डारी प्रबन्ध निर्देशकमा नियुक्त हुनु अगाडिकै प्रबन्ध निर्देशकको पालामा भएको थियो उनको पालामा यस्तै चलखेलका कारण निर्णय हुन सकेको थिएन तर कामिनीराज भण्डारीले प्रोजक्टहरु समयमै सम्पन्न गर्ने उद्देश्यले नियुक्ति हुनासाथ आर्थिक नियम अनुसार निर्णय गरी सकेकी छिन् यसरी नियमपूर्वक टेण्डर खोल्न थालेपछि आफ्नो स्वार्थ पूरा नभएका भेण्डरहरु कामिनीविरुद्ध आक्रामक बनेर खनिएका भन् भने उनीहरुले मुठो रकम पेल्दै केही पत्रिकाहरु अनलाइनमा कामिनीराज भण्डारीको चरित्र हत्या हुने गरी उनीविरुद्ध समाचार निरन्तर प्रकाशन गर्न लगाइरहेका छन् टेण्डर पाउनेले भन्दा तीन गुणा बढी रकम कोट गर्ने भेण्डरले लोभलालच माथिल्लो निकायबाट दबाब तथा धम्की दिए पनि टेण्डर नपाएपछि सो भेण्डर कामिनीराज अरु सम्बन्धीत कर्मचारीविरुद्ध खनिएको हो टेण्डर मुल्यांकनका क्रममा उक्त भेण्डरले पेस गरेको एक कागजात समेत नक्कली पाइएको थियो ती भेण्डरले नेपाल टेलिकमकै टावरसम्बन्धी अर्को टेण्डरमा पनि अरुको भन्दा निकै बढी रकम कोट गरी पेश गरेका थिए सो टेण्डर हात पार्नका लागि पनि उनले विभिन्न कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?
the universal times
2074

काठमाडौँ, १७ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । 

स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन सो गाउँ वा नगरको गाउँसभा र नगरसभाले गर्ने संवैधानिक प्रावधान छ । गाउँसभा र नगरसभालाई अर्काे शब्दमा निर्वाचक मण्डल पनि भनिन्छ । स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचक मण्डलमा सो गाउँ वा नगरभित्रका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाअध्यक्ष र सदस्य रहन्छन् । 

नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कार्यकारी पद हुन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँकार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै सो गाउँपालिकाभित्रका वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् । 

निर्वाचक मण्डलले निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना निर्वाचित गरेपछि गाउँ कार्यपालिकाले पूर्णता पाउने निर्वाचन आयोगका सहप्रवक्ता सूर्य अर्यालले बताउनुभयो । 

त्यसैगरी नगरपालिकाका प्रमुख र उपप्रमुख पनि पदेन रुपमा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख हुन्छन् । 

नगरभित्रका सबै वडाअध्यक्ष नगर कार्यपालिकाका स्वतः सदस्य हुने कानुनी प्रावधान छ । सो नगरको निर्वाचक मण्डलले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरपालिकामा बसोबास गर्ने दलित वा अल्पसङ्ख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि सो नगर कार्यपालिकाको निर्वाचन सम्पन्न हुन्छ । 

उदाहरणका लागि काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, ३२ वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा अल्पसङ्ख्यक सदस्य गरी जम्मा ४२ सदस्य हुन्छन् । नगरपालिका भन्नाले उपमहानगरपालिका र महानगरपालिका पनि बुझिन्छ । 

यसरी बन्छ गाउँ सभा र नगर सभा 

नेपालको संविधानअनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचन भइसकेपछि सो तहमा विधायिकाको रुपमा रहने गाउँसभा र नगरसभाको गठन हुन्छ । गाउँसभामा सो गाउँपालिकाका निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्य र गाउँ कार्यपालिकामा रहेका दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित दुई जना पनि सदस्यका रुपमा रहने सहप्रवक्ता अर्यालले बताउनुभयो । 

त्यस्तै नगरसभामा सो नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य र नगरकार्यपालिकामा दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित तीन जना सदस्य रहन्छन् । उदाहरणका लागि, काठमाडौँ महानगरपालिकाको नगरसभामा प्रमुख, उपप्रमुख, ३२ वडा अध्यक्ष, ३२ वटै वडाका जम्मा १२८ सदस्य र महानगरकार्यपालिकामा दलित र अल्पसङ्ख्यक समुदायबाट निर्वाचित तीन जना सदस्य गरी जम्मा १६५ जना हुन्छन् ।

जिल्लासभा र जिल्ला समन्वय समितिको गठन प्रक्रिया 

जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाको निर्वाचन सम्पन्न भएपछि सो जिल्लाको जिल्लासभा र जिल्ला समन्वय समिति गठन हुने निर्वाचन आयोगले जनाएको छ । जिल्लासभामा जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाका सबै अध्यक्ष÷प्रमुख र उपाध्यक्ष÷उपप्रमुख रहन्छन् । 

उदाहरणका लागि, एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौँ जिल्लाको जिल्लासभामा महानगरपालिका प्रमुख र उपप्रमुख तथा सबै नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा २२ जना रहन्छन् । 

जिल्लासभाले सो जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कानुनी प्रावधान छ । जिल्ला समन्वय समिति न्यूनतम छ देखि बढीमा नौ सदस्य हुन्छ । जिल्ला समन्वय समितिमा एक प्रमुख, एक प्रमुख, तीन महिला सदस्य, दलित र अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीन गरी बढीमा नौ सदस्य रहन्छन् । 

जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार बन्ने अधिकार उक्त जिल्लाका सबै गाउँसभा र नगरसभाका सदस्यलाई हुन्छ भने मतदान गर्ने अधिकार जिल्ला सभाका सदस्यलाई मात्र हुन्छ । 

घरदैलो अभियानमा काँग्रेस र एमाले सँगसँगै, थपियो चुनावी रौनक
the universal times
2074

भक्तपुर, २५ वैशाख । भोट हाल्न पाँच दिनमात्र बाँकी हुँदा मध्यपुर थिमि नगरपालिकामा काँग्रेस र एमालेको ¥याली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी रौनक थपिएको छ । 

आज एमालेका युवा नेता एवम् मध्यपुरथिमि नगरपालिकाका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठ बाजागाजाका साथ घरदैलो अभियानमा जाँदा यहाँका मतदाता भने उत्साहित भएका थिए । 

अगाडि नायखीं बाजा, त्यसपछि धां बाजा र बीचमा बाँसुरी बाजाका बजाउँदै समर्थकहरुको ¥यालीका साथ मध्यपुर थिमिको बालकुमारी, चपाचो, दुईपोखरी, बाहाखा बजार, नगदेश, बोडे, नगरपालिका रोड हुँदै नगरपालिकाको टोलटोलमा पुगेको उम्मेदवारको टोलीलाई मतदाताले बीचबीचमा स्वागत गरेका थिए । 

मध्यपुरका बासिन्दा उत्साहित हुँदै १८ वर्ष पनि स्थानीय नेतालाई मतदान गर्न पाएकामा खुसी व्यक्त गर्दै उम्मेदवारलाई अबिर, माला र खादा लगाएर स्वागत गर्दै सगुन दिएर शुभकामना व्यक्त गरेका थिए । 

थिमिका नवीनचन्द्र श्रेष्ठले १८ वर्षपछि यसरी घरदैलोमा स्थानीय नेताहरु भोट माग्न आउँदा उत्साहित बनाएको बताउँदै यसवर्ष युवा उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । 

एमालेका प्रमुखका उम्मेदवार श्रेष्ठ र नेमकिपाका तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका केदार खड्काले संयुक्त प्यानल बनाएकाले चुनावी माहोलमा उत्तिकै रौनक थपिएको थियो । टोलटोलमा महिला, ज्येष्ठ नागरिक र स्थानीयवासीले भव्य स्वागत गर्दा महोत्सवमय भएको थियो । 

त्यसैगरी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँ र उपमेयरका उम्मेदवार अञ्जना मढीकर्मीले पनि मध्यपुर थिमिमा घरदैलो गर्दा ७० वर्षका वृद्धवृद्धादेखि युवायुवतीले समेत भव्य स्वागत गरेका थिए । नेपाली काँग्रेसले आज नगदेश, बोडे, मगर गाउँ, धुन्चेपाखा, बोडेलगायतका क्षेत्रमा घरदैलो अभियान गरेर भोट मागेका थिए । 

मध्यपुरथिमिमा कहिले काँग्रेस अगाडि त कहिले एमाले अगाडि हुँदै एउटै क्षेत्रमा एकैदिन घरदैलो गरेपछि मध्यपुरका बासिन्दामा थप रौनक छाएको थियो । 

बोडेका रामचन्द्र प्रजापतिले गाउँकै मानिस फरकफरक पार्टीबाट भोट माग्न घरघरमा आउँदा रमाइलो लागेको बताउँदै यसले चुनावी उत्साह थपेको बताउनुभयो । जुन पार्टीका नेताले जिते पनि मध्यपुरको विकास हुन्छ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो । 

आज नै मध्यपुरथिमिमा नयाँ शक्तिबाट प्रमुखमा उम्मेदवारी दिएका ज्ञानराम प्रजापतिले पनि घरदैलो अभियान सञ्चालन गर्दै मत माग्नुभएको थियो । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार प्रतिमा श्रेष्ठ र उपप्रमुख सुचित्रा श्रेष्ठले पनि घरदैलो अभियान सञ्चालन गरेर भोट माग्नुभएको छ



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011