राजनीति

पूर्व मन्त्रि ढकाल र इरानी परराष्ट्रमन्त्री ज़रिफ बीच भेटर्वाता
the universal tines
2o74

२३ माघ, काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले इस्लामिक गणतन्त्र इरानका परराष्ट्र मन्त्रि मोहम्मद जवाद ज़रिफसंग सिष्टाचार भेट गर्नु भएको छ । तेहरान स्थित इरानको परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुर्इ देशको आपसी हितको साथै क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्धाहरुमा छलफल भएको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए। इरान नेपाल संगको सम्बन्ध थप विस्तार गर्न इच्छुक रहेको पाएको नेता ढकालले बताए। नेपालमा सफलतापुर्बक निर्बाचन सम्पन्न भएकोमा मन्त्रि ज़रिफले नेता ढकाल मार्फत नेपाली जनतालाई बधाई दिएका थिए । भेटमा नेपालको लागि इरानी कन्सुलर नरेश श्रेष्ठको पनि सहभागिता रहेको थियो ,

प्रदेश नं १ को अधिवेशन माघ २२ मा
the universal tines
2o74

 प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुने भएको छ । 

प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले आज साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुनविद्सँग परामर्श गरी अधिवेशन आह्वान गरिएको जानकारी दिनुभयो । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा पहिलो अधिवेशन शुरु हुनेछ ।

माओवादी केन्द्रका उम्मेदवार तय
the universal tines
2o74

 नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुनुहुन्छ । नेता शर्मा भने पूर्वमन्त्री तथा उहाँले पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । 

अध्यक्ष दाहालको सचिवालयका अनुसार प्रदेश नं १ मा बिना पोखरेल (महिला) र प्रदेश नं २ मा शशिकला दाहाल (महिला) छनोट गरिएको छ । सो प्रदेशमा एक उम्मेदवार छनोट गर्न बाँकी छ । 

यस्तै प्रदेश नं ३ मा थापा (खुला) र गंगा पराजुली (महिला), प्रदेश नं ४मा शर्मा (खुला), खिमकुमार विक (दलित), प्रदेश नं ५ मा राजकुमार कँुंवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला), प्रदेश नं ६ बाट जीवन बुढा (अपाङ्ग र अल्पसंख्यक), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुला) बाट उम्मेदवार बन्नुहुने भएको छ । त्यस्तै प्रदेश नं ७ मा लालीराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । 

नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेका थिए । सोमबार बसेको माओवादी केन्द्रको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छनोट गर्न अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र थापालाई जिम्मा दिएको थियो । 

शीतलहर प्रभावितलार्इ परिवार दलले कम्बल दिने
the universal tines
2o74



काठमाडौ पुस ३० । तराई–मधेसका जिल्लामा व्यापक रूपले बढिरहेको शीतलहरका कारण त्यहाँको जनजीवन प्रभावित हुदै स्थानीय जनवीवन दिनानुदीन कष्टककर बन्दै गयको अवस्थालाइ दृष्टिगत गर्दै नेपाल परिवार दलले शीतलहर प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ ।

दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा आइतबार बसेको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सो निर्णय गरेको दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिनु भएको छ । पौडेलका अनुसार आजको बैठकले तराई–मधेशका रौतहट, बारा, पर्सा, सप्तरी, सिरहा, धनुषा र महोत्तरी लगायतका जिल्लाका शीतलहरबाट प्रभावित परिवारलाई भेटेर कम्तीमा ५ सय थान कम्बल वितरण गरिने निर्णय गरेको जनाउदै माघ २ गतेबाट राहत सामग्री उल्लिखित जिल्लामा वितरण गरिने बताउनु भएको छ ।
त्यस्तै प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले दिएको मतादेशको कदर गर्दै उनीहरूलाई मर्का परेको बेला साथ दिनु आफूहरूको कर्तव्य रहेको ठहर गर्दै यस्तो निर्णय गरेको दलका महामन्त्री विनोद डाँगी बताए । बैठकले निर्वाचन सफल पार्न भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद समेत दिएको छ । साथै बैठकले ताजा जनादेशको आधारमा वाम प्रगतिशील गठबन्धनको नेतृत्वमा सरकार गठनका लागि बर्तमान सरकारलाइ मार्गप्रशस्त गर्नपनि आग्रह गरेको छ ।

पूर्वमन्त्री ढकालले बैंककमा गरे एमाले अध्यक्ष ओलीसँग भेटवार्ता
the universal tines
2o74


 
बैकक । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले साताब्यापी उपचारका क्रममा थाईल्याण्ड पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैककमा भटर्वाता गरेका छन् । 

आगामी माघ २४ मा हुने राष्ट्रिय सभाको निर्वाचनमा छुट्टै दल दर्ता गरेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अध्यक्ष ओलीलाई शुक्रबार  बिहान भेटेका छन् ।

नियमित स्वास्थ्य परिक्षणमा बुधबार मात्रै बैंकक पुगेका ओलीसँग विहीबार ढकालले भेट गरेका हुन् । पूर्व मन्त्रीसमेत रहेका ढकालले छोरी एस्थरलाई समेत ओलीसँग भेट गराएका थिए ।

दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा वाम गठबनधनलाई सघाएको परिवारले २४ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।सो भेटमा ओेली र ढकालबीच पछिल्लो राजनीतिक अवस्था, वाम एकता र सरकार गठनका विषयमा कुराकानी भएको ढकालले सामाजिक संञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । 

नयाँ सरकार प्रजातन्त्र दिवसपछि – कानून मन्त्री थापा
the universal tines
2o74

 कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्र दिवस ९फागुन ७ गते० पछि मात्र नयाँ सरकार गठन हुनसक्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले सकेसम्म प्रदेश प्रमुखको नियुक्ति सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट टुंगो लगाउन प्रयत्न हुने जानकारी दिनुभयो । 

प्रदेश राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतबाट छिनोफानो गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले सरकारले तत्काल कार्य सञ्चालन गर्न स्थान तोक्नसक्ने बताउँदै मन्त्री थापाले प्रदेश प्रमुखको अपरिहार्यलाई सबैले स्वीकार गरेको हँुदा सरकारले समाजका विभिन्न क्षेत्रमा ख्याति पाएका व्यक्तिलाई नियुक्त गर्ने तयारी गरिरहेको बताउनुभयो । 

प्रदेश प्रमुख र प्रदेशको तत्काल कार्य सञ्चालन गर्ने स्थानका बारेमा मतैक्यता कायम गर्न सहमतिका लागि गरेको प्रयास सफल नभए पनि सरकारले राजनीतिक दलको भावनालाई बुझेर अघि बढ्ने मन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

‘सरकार कर्तव्य र जिम्मेवारीबाट च्यूत भयो’ – उपाध्यक्ष रावल 

यसैबीच नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रदेशको राजधानी र प्रदेश प्रमुखको नियुक्ति गर्न नसक्नु भनेको सरकार संवैधानिक कर्तव्य र जिम्मेवारीबाट च्यूत हुनु हो भन्नुभयो । 

सरकारले संविधानको भावना र आवश्यकताअनुसार प्रदेशको राजधानी र प्रमुख तोक्ने काम गरोस् भन्दै उहाँले प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार संविधानले सरकारलाई दिएको बताउनुभयो । 

उपाध्यक्ष रावलले जनताको मतको अपमान हुने ढंगबाट शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरणको कुरा उठाइएको धारणा व्यक्त गर्नुभयो । 

प्रदेश प्रमुखमा नियुक्त हुने व्यक्तिको नाम नदिएकाले कसरी सहमति हुन सक्छ भनी प्रश्न गर्दै उहाँले जोखिम मोल्ने कामबाट सरकार उम्कने प्रयास गरिरहेको छ भन्नुभयो । 

नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सिलसिलामा उच्च तहका नेताको जिम्मेवारी बाँडफाँड र पार्टीका संगठन कसरी मिलाउने भन्ने विषयमा छलफल र गृहकार्य भइरहेको उल्लेख गर्नुभयो । 

अब कमजोर सरकार बन्दैनः अध्यक्ष दाहाल
the universal tines
2o74

चितवन, ९ पुस  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ । 

उद्योग संघ चितवनले  जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब रहने छैन भन्नुभयो । 

उहाँले भन्नुभयो, “अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ ।” स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार संयुक्त रुपमा सँगै रहेको भन्दै उहाँले आयात निर्यात सम्बन्धी राष्ट्रका हितविपरित कानुनलाई संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबैले संकल्प गर्न सक्यौँ भने आउने पाँचवर्ष भित्रमै केही न केही आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र र दुनियाँको अगाडि राख्न सकिन्छ भन्ने विश्वास छ ।” 

अहिले नै आफूले बढी भन्न नचाहेको भन्दै उहाँले निजी क्षेत्रका व्यवसायीको मागलाई अब बन्ने सरकारले गम्भीरतापूर्वक लिने बताउनुभयो । 

शान्ति, सुशासन र समृद्धिकाबीचमा गहिरो अन्तरसम्बन्ध रहेको भन्दै उहाँले यी तीन वटालाई एक ठाउँमा जोडेर हामीले काम गर्न सक्यौँ भने विकासले तीव्रगति लिने बताउनुभयो । 

कार्यक्रम भईरहेको उद्योग संघ चितवनको अगुवाइमा बन्दै गरेको प्रदर्शनी केन्द्रलाई लक्षित गर्दै उहाँले निजी साझेदारीमा भएका कतिपय काम निकै नमुनायोग्य भएको बताउनुभयो । सो अवसरमा प्रदेश सांसद विजय सुवेदीले देशलाई अब समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । 

उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा सुशासन भएसँगै समृद्धि आफँै हुने बताउनुभयो ।

राष्ट्रियसभा गठनका विषयमा कानूनविद्बीच नै फरक मत
the universal tines
2o74

राष्ट्रियसभाको गठन नगरी सरकार गठन गर्न सकिने÷ नसकिनेबीचमा कानूनविद्बीच नै फरक मत देखिएको छ । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले राष्ट्रियसभा गठन नगरी नयाँ सरकार गठन हुन नसक्ने बताउनुभयो । 

उहाँले सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशलाई जतिसक्दो छिटो स्वीकृत गर्नुको विकल्प नभएको र राष्ट्रपतिले अध्यादेश रोकिराख्दा सरकार गठन हुन नसक्ने जिकिर गर्नुभयो । 

संविधानविद् डा भीमार्जुन आचार्यले राष्ट्रियसभा गठन नभए पनि सरकार गठन हुनसक्ने तर त्यसका लागि प्रतिनिधिसभा आवश्यकपर्ने बताउनुभयो । 

उहाँले एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा आफू भएको उल्लेख गर्दै वर्तमान धरातलीय आवश्यकता भएको हुँदा मत खेर जान दिन नहुने धारणा राख्नुभयो । 

संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले राष्ट्रियसभा गठन नगरी सरकार गठन बनाउन नसकिने बताउनुभयो । 

उहाँले राष्ट्रियसभा नभएको अवस्थामा बरु प्रधानमन्त्री बनाए पनि संघीय संसद्को समावेशी मन्त्रिपरिषद् गठन गर्न नसकिने स्पष्ट पार्नुभयो । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर ताजा जनादेश आइसकेको छ तर दलबीच बहुमतीय वा एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने विषयमा सहमति नहुँदा कानून बन्न सकेको छैन । जसले गर्दा सरकार निर्माण तथा संघीय संसद्को गठन प्रक्रियामा ढिलाइ भइरहेको छ 

काभ्रेको प्रदेशसभामा एमालेका लामा र लम्साल विजयी
the universal tines
2o74

बनेपा, २५ मंसिर  काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) बाट वाम गठबन्धनको नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभएको छ । 

उहाँले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले २४ हजार ४७७ मत ल्याएर विजयी हुँदा काँग्रेसका लामाले २० हजार २७० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को (क) मा वाम गठबन्धनका एमालेका लक्ष्मण लम्साल विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ फराकिलो मतान्तरले पराजित गर्नुभएको हो । लम्सालले २७ हजार ६२१ मत प्राप्त गरेर विजयी हुँदा आर्चायले १६ हजार ५८९ मत प्राप्त गर्नुभएको छ । 

यसअघि प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) मा पनि वाम गठबन्धनको माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हुनुभएको थियो । 

सप्तरी–२ प्रदेश (क)मा संघीय फोरमका साह विजयी
the universal tines
2o74

राजविराज, २४ मंसिर  सप्तरी क्षेत्र नं २ को प्रदेश (क) मा संघीय समाजवादी फोरम नेपालका शैलेन्द्रप्रसाद साह १० हजार ५७० मत ल्याएर विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका सरोज मण्डलले सात हजार ५९३ मत प्राप्त गर्नुभयो । 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011