व्यक्ति/व्यक्तित्व

मैले अवसर भेटे भने मुख्यमन्त्री त के प्रधानमन्त्री समेत सहज तरिकाले चलाउन सक्छु
the universal tines
2o74

मनिष कुमार सुमन  
महासचिव,प्रदेश सभा सदस्य 
राष्ट्रिय जनता पार्टी, नेपाल
राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं प्रदेशसभा सदस्य मनिष कुमार सुमनले राजपा र संघीय समाजवादी फोरमबीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताएका छन् । अहिलेको जनमतले पनि हामीलाई एकताको लागि दबाब दिएको छ, जनताको चाहना पनि यही हो भन्ने सुमन निकट भविष्यमै पार्टी एकता हुन सक्ने बताउँछन् । उनी प्रदेशलाई अधिकारविहीन बनाइएको र कम मात्र अधिकार दिइएको बताउँछन् । गाउँपालिकाभन्दा पनि कम अधिकार प्रदेशलाई दिइएको आरोप लगाउने सुमन पहिलोपटक निर्वाचनमा सहभागिता जनाएर निर्वाचित भएका हुन् । प्रष्ट विचार राख्न नहिच्किचाउने नेताको छवि उनै नेता सुमनसँग गरिएको कुराकानी ः
तपाई प्रदेशसभामा प्रतिद्धन्दी भन्दा दोब्बर बढी मतले निर्वाचित हुनुभो, के आधारमा तपाईलाई जनताले मत दिए ?

मेरो क्षेत्रका जनताले परिर्वतन चाहेका थिए । मधेस आन्दोलनमा उठेका मुद्धाहरू– समतामूलक समाज निर्माण, वर्ग क्षेत्र र लिंगको आधारमा हुने वभेदको अन्त्य, संविधान संशोधन, राज्यका हरेक तह र तप्कामा मधेसीको समानुपातिक समावेशी प्रनिनिधित्वको जुन चाहना राखेका छन्, त्यसैका लागि मलाई जनताले जिताए । साथै मेरो आफ्नो क्षेत्र सप्तरी जिल्लाको विकास, सडक, अस्पताल, विमानस्थल, सिचाइँको विकासलगायतका अपेक्षा जनताले राखेका छन् । म त्यहीको स्थानीय २९ वर्षदेखि राजनीतिमा काम गरेको मान्छे भएकोले पनि मलाई जनताले मत दिएर निर्वाचित गराए । मलाई जुन अपेक्षाका साथ निर्वाचित गराएका छन्, त्यो पूरा गर्न प्रतिबद्ध छु ।  

संविधान संशोधनबिना चुनावमा जान्नौं भन्नुहुन्थ्यो, आखिर जानुभयो । अब के गर्नुहुन्छ ?

संविधान संशोधनबिना निर्वाचनमा जान्नौं भनेकै हो । संसदमा संविधान संशोधनको पक्षमा बहुमत हुदाँहँुदै पनि दुईतिहाइ नपुगेका कारण हामी पराजित भयौं । खेलको नियम मानेर नै हामी निर्वाचनमा होमिएका हौँ र हामीले स्थानीय तहको तेस्रो चरण, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागिता जनाएका छौँ ।  अब पनि हाम्रो मुल सवाल संविधान संशोधन नै हो । हामीले संघर्ष छाडेका छैनौं, संघर्षको स्वरूप मात्र परिवर्तन गरेका छौं । निर्वाचनलाई हामीले आन्दोलनकै रूपमा प्रयोग गरेका हौं । हामी संघर्ष र आन्दोलनबाट अलग भएका छैनौं । अब हाम्रो आन्दोलन सदनमा हुन्छ । मधेसी जनताले मतको माध्यमबाट आफ्नो भावना अभिव्यक्त गरेका छन् । अन्तरिम संविधानले दिएको अधिकारसमेत खोस्ने काम भएको छ । 
यो संविधान सबै नेपाली जनताले अपनत्व महसुस गर्ने खालको हुनुपर्छ भन्ने हो ।  हाम्रो मुल मुद्धासँग सहमत हुने राजनीतिक दलसँग हामी सहकार्य गरेर अगाडि बढ्न चाहन्छाँै । 
पछिल्लो राजनैतिक अवस्थालाई यहाँले कसरी मुल्याङ्कन गर्नुभएको छ ?

यो राजनैतिक अकर्मण्यता हो । जसले संविधान जारी गरे उनीहरू नै अहिलेको संविधानमा खोट रहेको देखाउन थालिसकेका छन् । राष्ट्रिय सभासम्बन्धी गठनको विवादबारे नेताहरू नै टिप्पणी गर्दैछन् कि यो संविधानमा धेरै त्रुटिहरू छन्, यसलाई अभ्यास गर्दै जाँदा अहिले थाहा भइरहेको छ । संविधान जारी गर्ने दलहरूले अहिले यही समस्या भोगिरहेका छन् । तसर्थ हामीले उठाएका मुद्धालगायत थुप्रै विषयमा संविधान संशोधन गनुपर्ने हुन्छ । राजपाले राष्ट्रपतिकोमा पुगेको अध्यादेश जस्ताको तस्तै प्रमाणीकरण गर्नुपर्छ भन्दै आएको छ । राष्ट्रपतिले पार्टीको कार्यकर्ताझैँ राष्ट्रियसभा गठनबारे अध्यादेशलाई अडकाएर राख्नुभएको छ । यस्ले सम्पुर्ण निर्वाचन प्रणालीलाई नै अप्ठयारो पारदैछ । राजपा एकल संक्रमणीय प्रणालीको पक्षमा छौ ।    
तपाईंलाई प्रदेश नम्बर २ को मुख्यमन्त्रीका रूपमा हेरिँदैछ ? 

मैले २ नम्बर प्रदेशको मुख्यमन्त्रीको दाबी गरेको छैन । साथीभाइ र सञ्चार माध्यमले यो प्रचार गरेका छन्, उनीहरूलाई धन्यवाद दिँदै यदि मैले अवसर भेटे भने मुख्यमन्त्री त के प्रधानमन्त्री समेत सहज तरिकाले चलाउन सक्छु भन्ने लाग्छ ।  यसको लागि मेरो पार्टीको निर्णय, मधेस गठबन्धनको हाईकमाण्डको निर्णय र खासगरी मेरा १०७ जना प्रदेश सांसदले पत्याएपछि मात्र म मुख्यमन्त्री बन्ने हो । निर्वाचनको अन्तिम परिणाम आएको छैन, हेर्दै जाऊँ, मौका मिले तयार छु । 

प्रदेश नम्बर २ को राजधानी कहाँ बनाउनुपर्छ ? 

यो प्रदेशसभाले निर्णय गर्छ । कुन ठाउँमा राख्दा राम्रो हुन्छ, कुन ठाउँ उपयुक्त हुन्छ, त्यो प्रदेशले छिनोफानो गर्छ । जनकपुरबासीले जनकपुर र वीरगञ्जबासीले वीरगञ्ज भनिरहेका छन् । यसको जवाफ दिने अधिकार प्रदेशलाई दिइएको छ । संवैधानिक व्यवस्थाअन्तर्गत हिँड्नुपर्छ । विवादरहीत ढंगबाट सबै अगाडि बढ्नुपर्छ । र, अहिले विवाद श्रृजना गर्ने पार्टीले नै संविधान बनाएको हो । संविधान बनाउँदा प्रदेशको राजधानी तोकिएन । 

हालैको चुनावबाट आएको मतको बलमा संविधान संशोधन गराउन सक्नुहुन्छ ? 

हाम्रो सडकको आन्दोलन अब सदनमा पुगिसक्यो । मधेसी मलाई चाहिँदैन, मधेस मलाई चाहिँदैन भन्ने हो भने दुई तिहाइ कहिल्यै पुग्दैन । मधेसी पनि चाहिन्छ, मधेस पनि चाहिन्छ, यो पनि नेपालको भाग हो, मधेसी पनि नेपाली नागरिक हुन् भन्ने कुरा आत्मसात गरियो भने संविधान संशोधन हुन्छ । मधेसी जनताले आफ्नो भावना मतमार्फत् व्यक्त गरेका छन् ।
२ नं. प्रदेशमा तपाईंहरूले सरकार कसरी निर्माण गर्नुहुन्छ ? 

फोरम नेपाल र राजपालाई एक भएर सरकार निर्माण गर्ने म्यान्डेट जनताले दिएका छन् । जनताको आकांक्षाअनुसार अगाडि बढ्नु नै हाम्रो प्रमुख दायित्व हुनेछ । किनकि हामी दुई पार्टीसँग स्पष्ट बहुमत छ । यसको अलवा हाम्रा मुद्धासँग सहमति हुने अन्य दलसँग सहकार्य गर्ने ढोका पनि खुल्ला नै छ । तर एमालेका अध्यक्ष केपी ओली हामीप्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेता हुन् । एमाले अछुत छ, उसका नेताहरूले हामीलाई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले केको नाममा गालीगलौज र तथानाम भन्ने गरेका छन्, तसर्थ एमालेसँगको सहकार्य सम्भव छैन । 
प्रदेश नम्बर २ का मुख्य एजेण्डाचाहिँ के हुन् ? 

मधेसी जनताको मुख्य एजेण्डा पहिचान, अधिकार र विकासका कुरा नै हुन् । यसका लागि संविधान संशोधनलगायतका विषयहरू छन् । संविधान संशोधनका लागि हामी प्रतिबद्ध भएर लाग्ने छौं । साथै, शासन व्यवस्था विकासका लागि हुन्छ । विकासका लागि पनि जनतासँग हातेमालो गरेर अगाडि बढ्छौं । दुई नम्बर प्रदेश राज्यको दृष्टिबाट उपेक्षित रहेको छ । मधेसमा हुने सबै विकासका लागि आफ्नो ज्यानको बलिदान गर्ने ति शहिदका सपनाहरू साकार पार्ने दिशामा काम गर्ने छु । 
यो प्रदेशलाई कसरी समृद्ध बनाउनुहुन्छ ?

प्रदेश नम्बर २ को कुरा गर्ने हो भने यो प्रदेश हरेक हिसाबले समृद्ध छ । समृद्धिका स्रोतलाई संरक्षण र सम्बद्र्धन गर्दै अगाडि बढ्नुपर्छ । मुलुकमा शान्ति र स्थिरता दिएर मुलुकको विकासतर्फ लाग्नुपर्छ । उत्पीडित समुदायका माग सम्बोधन गर्नेतर्फ लाग्नुपर्छ । मधेस विकासको लागि मनिष सुमनले केही गर्छ भन्ने विश्वास मैले मत माग्दा जनताबाट पाएको छु । तसर्थ ती मधेसी जनताको चाहना अनुसार काम गर्छु । मेरा माग खातिर जीवन उत्सर्ग गर्ने  शहिदहरूलाई सम्मानित गर्नु हो । मधेसमा हुने हरेक विकास कार्यहरू अब कुनै राजा–महाराजाको नामले हैन, मधेसमा शाहदत प्राप्त गरेका ती शहिदहरूको नामले बाटाहरू, अस्पतालहरू खोलिनेछ । केन्द्रीय सरकारलाई संविधान संशोधनको लागि दबाब दिइरहने हो । 
यतिमात्र हैन त्यहाँको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका साथै कुरीति–अन्धविश्वासलाई हटाउने, सडक निर्माण, पानी, मधेसीको भाषा–संस्कृति र पोशाकलाई अन्तर्राष्ट्रियकरण गर्दै विकास र समृद्धिको अभियान सञ्चालन गर्नेछौं । 
प्रदेशहरू कत्तिको अधिकार सम्पन्न छन् ? 

प्रदेश र स्थानीय तहलाई समानान्तर अधिकार दिएर प्रदेशलाई पंगु बनाउने काम भएको छ । अधिकारहरू एकअर्कासँग बाझिएका छन् । समग्रभन्दा अहिले प्रदेशलाई आवश्यक अधिकार दिइएको छैन । तर, अब प्रदेशले आफैं खोसेर केन्द्रसँग अधिकार लिन्छ । विस्तारै प्रदेश अधिकारसम्पन्न हुँदै जानेछन् ।

तपाईको दलले निर्वाचनबाट ल्याएको परिणामबाट सन्तुष्ट हुनुहुन्छ ?

परिणाम राम्रो आएको छ । चुनावका लागि हामीले केही पहिलेदेखि तयारी गरेको भए शायद यो भन्दा राम्रो नतिजा पनि आउन सक्थ्यो । एक–ठाउँमा हामी पछि प¥यो । त्यसमा आफ्नै नेताको कमिकमजोरीका कारण यस्तो भयो । ती ठाउँहरूमा अझै मिहिनेत हुन सकेको भए हामी अझ धेरै राम्रो गर्न सक्थ्यौं होला । केही ठाउँमा स्थानीयस्तरमा नेताहरूसँग तालमेल हुन नसक्दा त्रुटिहरू भएका छन् । त्यसैले हामी त्रुटि सच्याउँदै अगाडि बढ्नुपर्छ । जनताले मधेसबाट एमाले, माओवादी र कांग्रेसलाई बिदा गर्न खोजेका छन् । जनमत हाम्रो पक्षमा छ ।

नक्खु जेल विद्रोहलाई सफल बनाएका पौडेल बन्लान त मुख्यमन्त्री ?
the universal times
2074


माधव पौडेल
एमालेको तर्फबाट ललितपुर–क्षेत्र नंं २ (क) को प्रदेशसभा उम्मेदवार

नेपालको राजनीतिक आन्दोलनमा महत्वपूण भुमिका खेल्ने र राजनीतिलाई नयाँ मोड दिने २०३३ सालमा भएको नख्खु जेल विद्रोहका एक योद्धा माधव पौडेलवाम गठबन्धनबाट एमालेको तर्फबाट ललितपुर–क्षेत्र नंं २ (क) को प्रदेशसभा उम्मेदवार भएपछि नक्खु जेल विद्रोहलाई धेरैले सम्झन थालेका छन् । गोपाल शाक्य, सीपी मैनाली लगायतका धेरै नेतासँग जेल ब्रेक गर्ने र सिन्धुपाल्चोक पिस्कर हत्याकाण्डको नेतृत्व गरेका नेता पौडेल ४१ वर्षे आफ्नो राजनीतिक संघर्षको आधारमा प्रदेश नम्वर ३ को मुख्यमन्त्रीको दावी गरिरहनु भएको छ । छाँया आचार्यले गर्नु भएको कुराकानी ?

ललितपुर–क्षेत्र नंं २ (क) मा गठबन्धनको अवस्था हेर्दा चुनाव जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा खसेको मतको आधारमा नै अत्यधिक मत अन्तरले जित्छु, त्यो भन्दा पनि अहिले संयुक्त बाम गठबन्धनले सारेको साझा पत्र र हाम्रो चुनावी अभियानका आधारमा धेरै उत्साह थपिएको छ, चुनाव निश्चित रुपमा मैले नै जित्छु । अहिले घर दैलोमा जादा कार्यकर्ता र आम मतदातामा पनि उत्साह पाएको छु । विगतमा वामपन्थी शक्तिमा फुट आएर बिचलित भएका धेरै साथीहरु हामिलाई साथ दिन फर्कनु भएको छ । म मात्रै जित्ने होइन ललितपुर पुरै बाम गठबन्धनले जितेर फेरी लाल किल्ला बन्ने सुनिश्चित भैसकेको छ ।

राजनीतिमा प्रवेश कसरी भयो ? कत्तिको जेल जीवन विताउनु भयो ?
बिसं २०२७ सालदेखि विद्यार्थी राजनीतिमा  लागेको १ वर्षमै पक्राउ परेर जेल जीवन बिताउदा म मा झन बिद्रोही भावना बढ्दै गयो र पूर्णरुपमा राजनीतिमा लागे । २०२८ को जदुवा हत्याकाण्डमा रामेश्वर र कुशेश्वर दुईजना विद्यार्थी मारेको घटनाको बिरोधमा न्युरोडमा प्रदर्शन गरेर पर्चा वितरण गर्दा म पक्राउ परें । त्यसपछि ३१ सालमा फेरी तीन महिना जेलमा परे । 
नख्खु जेल विद्रोहमा पनि तपाईको योगदान ठूलो थियो भनिन्छ, त्यसको बारेमा पनि बताइदिनु हुन्छ की ?
पार्टी र विद्यार्थी संगठनको तर्फबाट २०३२ मा पर्चा छर्ने क्रममा प्रहरीले पक्राउ गरेर जेल हाल्यो, लामो समय नख्खु जेलमा बस्यौं । जेलमा रहेका राधाकृष्ण मैनाली, गोपाल शाक्य, नरेश खरेल,  भीष्म धिमाल, घनेन्द्र बस्नेत, जीवन मगर, भारतीय नक्सलाइट आन्दोलनका नेता निमु सिंह भनिने राजन राजवंशी लगायतका हामी सबै मिलेर जेलब्रेक गरेर बाहिर निक्लने निर्णय लियौं । ३२ दिनपछि अर्थात् २०३३ चैत १२ गते बिहान ४ बजे नै सुरुङ तयार भयो । त्यो रात ठूलो हावाहुन्डरी चलेको थियो । जेलभित्र मात्र होइन, बाहिरका सबै बत्ती निभेका थिए, त्यही मौकामा हामि जेलबाट भाग्यौ । त्यतिबेला सरकारले हामीलाई अवैधानिक गतिविधि र उग्रवादी कम्युनिस्ट गतिविधि गरेको आरोप लगाएको थियो ।

तपाईसँग राजनीति सुरु गरेका र जेल बसेका नेताहरु आज पार्टी र देशकै उच्च पदमा पुगि सके तपाई चाही किन प्रदेशसभामा खुम्चीन लाग्नु भएको ?
देशको बिकासका लागि तल माथि जहाँ बसेर काम गर्दा पनि फरक छैन । पार्टीले जस्तो जिम्मेवारी दियो त्यसै अनुसार काम गर्दै जाने हो । २०४९ सालमा जिल्ला बिकास समिती ललितपुरको सभापतिमा निर्वाचित भए र त्यसपछि फेरी २०५४ सालमा पनि सभापतिमा निर्वाचित भए १० वर्ष स्थानिय निकायमा काम गर्दा मलाई तल्लो तहको नेतृत्व गर्नु पर्दोरहेछ भन्ने भावना भयो । अहिले पनि मलाई प्रदेशमा खुम्चनु परेकोमा चिन्ता छैन । पार्टीको केन्द्रिय अनुशासन आयोगको सदस्यको रुपमा ५ वर्ष काम गरे, अहिले सचिवको रुपमा कार्यरत छु, पार्टीको केन्द्रिय राज्य व्यवस्था विभागको सदस्य पनि भए । प्रधानमन्त्रीको राष्टिय विकास परिषद, विकेन्द्रिकरण समिति, विकेन्द्रिकरण कार्यान्वयन तथा अनुगमन समिति, स्थानिय निकाय वित्तिय आयोग र उच्च स्थानिय विकेन्द्रिकरण कार्यदल लगाएत धेरै राष्ट्रिय स्तरका संघ संगठन र निकायमा बसेर काम गर्ने अवसर पाएको छु । 
१० वर्ष स्थानिय निकायको नेतृत्व गर्दा के के काम गर्नु भो र मतदाताले तपाईलाई भोट दिने  ?
म १०वर्ष स्थानीय तहको कार्यकारी नेतृत्वमा बसेर मैले ललितपुरको धेरै बिकास गरेको छु  । केन्द्रको अधिकार तलसम्म आउनुपर्छ भनेर करिब २५ वर्षदेखि अधिकारको वितरणका विषयमा आन्दोलन गरिरहेकोले यसले ललितपुरलाई मात्रै होइन पुरै देशलाई फाईदा पुराएको छ । २०५५ सालमा जिविस महासंघको उपाध्यक्ष हुँदै अध्यक्ष भएको र हालसम्म पनि केन्द्रिय कार्यसमितिमा रहेर काम गरिरहेको छु । अहिले पनि ललिपुरको २ नं क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन भनेर लाँकुरी भञ्ज्याङ पर्यटन विकास समितिको अध्यक्ष भएर काम गरिरहेको छु । 
तपाईले जित्नु भो भने पार्टीले मुख्यमन्त्रीमा सिफारिस गर्छ त ? पार्टी उपाध्यक्ष समेतले दावी गरिरहनु भएको छ । 

पार्टीले मेरो संघर्ष र इतिहासका आधारमा मलाई मुख्यमन्त्री बनाउछ भन्नेमा म बिश्वस्त छु, त्यसैले मैले जितेपछि ललितपुरले मुख्यमन्त्री पाउछ भनेर हिडेको छु । त्यती मात्रै नभई प्रदेश नं तीनलाई समृद्ध बनाई यहाँका नागरिकको सुन्दर भविष्य  बनाउने सिर्जनशील सोच र सपना पनि म र मेरो समुहमा छ । पार्टीमा अहिलेको पदका रूपमा नभएर कामको अनुभव र राजनीतिक आन्दोलनका आधारमा रोलक्रम हेर्ने हो भने म मुख्यमन्त्रीको स्वाभाविक हुन पाउनु पर्दछ । 
तपाई बाम गठबन्धनमा चुनाव लड्दै हुनुहुन्छ चुनाव पछी पार्टी एकिकरण सम्भव छ ?

पार्टी एकिकरणको बिकल्प नै छैन । नेपालमा स्थीर सरकार नहुनु नै पछाडी पर्नुको कारण हो । त्यसैले स्थीर सरकार र आर्थिक विकासका लागि बामसक्ति एकजुट हुनु पर्दछ भन्ने जनमतकै आधारमा बाम गठबन्धन बनेको हो र चुनाव पछी अवस्य एकिकरण हुन्छ र बाम सरकार बन्छ । अहिले सम्म हामिले लामो समय सरकारको नेतृत्व गर्न नपाएकाले पनि केही गर्न नसकेको हो । हाम्रो स्थीर सरकार बन्यो भने १० वर्ष भित्र यो देशको मुहार फेरिने छ र छिमेकी सक्तिराष्ट्रहरु सँग प्रतिस्पर्धा गर्न सक्छौं । 


पैसाका लागि राजनीति गरेको होइनः पौडेल
the universal times
2074

दमौली, २३ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाका लागि राजनीति गर्नेहरुले देशलाई यो स्थितिमा पु¥याएको बताउनुभएको छ । 
व्यास नगरपालिका–१४ स्थित जलजला खानेपानी आयोजनाको आज उद्घाटन गर्दै नेता पौडेलले आफूले पैसाका लागि नभई समाजसेवाको भावनाले राजनीति गरेको स्पष्ट गर्नुभयो । गाउँमा निर्माण भएका यस्ता खानेपानी आयोजनाले ग्रामीण क्षेत्रका बासिन्दामा राहत पुग्ने पौडेलको भनाइ छ । 

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, काग्रेस तनहुँका सचिव विश्व बास्तोलालगायतले स्थानीय सरकार बनेपछि विकासले काँचुली फेर्दै गएको बताउनुभयो । रु ७० लाखको लागतमा सम्पन्न खानेपानी आयोजनावाट २०१ घर धुरी लाभान्वित हुने बताइएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाको जीवनी
the universal times
2074

काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को आजको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । प्रधानमन्त्रीका रुपमा यो उहाँको चौथो कार्यकाल हो । 

नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । 

प्रधानमन्त्री देउवा काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय हुनुभएका उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका हो । उहाँ नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुनुहुन्छ । 

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ । उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य हुनुहुन्छ । प्रधानमन्त्री देउवाका एक छोरा हुनुहुन्छ । 

विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुनुभएका उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो । 

विसं २०४८ मा गृहमन्त्री बन्नुभएका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो । त्यसपछि उहाँ २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गर्नुभएको थियो । 

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो । 

प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याउनुभएको हो । त्यस्तै उहाँकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् । 

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा काँग्रेस विभाजन भई गठन भएको नेपाली काँग्रेस (प्रजातान्त्रिक)को उहाँ सभापति बन्नुभयो । विसं २०६४ मा काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता हुनुभएको थियो । 

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको छ । 

प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ ।

विराटनगरको मेयरमा दाहालको सम्भावना
the universal times
2073


बिराटनगर बैशाख १५ं । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल नबराज दाहालको यतिबेला बिराटनगरमा चर्चा छ । स्थानीय तहको निर्बाचनको मनोनयन गर्ने दिन नजिकिदै गर्दा राजनीतिक दलहरुले आफनो उम्मेदबारी घोषणा तिब्र बनाई रहेका बेला बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति नेपालको तर्फबाट बिराटनगर उपमहानगर पालिकामा मेयरको उम्मेदबारको रुपमा नवराज दाहालको नाम चर्चामा छ । सम्भवत पार्टीले दाहाललाई नै उम्मेदबार बनाउने सम्भावना छ । 
स्थायी घर सिन्घुली भएपनि दाहाल लामो समयदेखि बिरानगरमै बसि सामाजीक अभियानमा सक्रिय हुदै आएका छन् । ४० बर्षका उनले राजनीतिक शास्त्रमा एम ए  ,शिक्षा कानुनमा बि.ए. एल.एल बी. गरेका छन् । हुन् त दाहाल नयाँ शक्ति नेपालमा १ न प्रदेश सदस्य,र विराटनगर उपमहानगरपालिका नयाशक्ति नेपालको नगर संयोजक जिम्मेबारीमा छन् । देशको ४५ भन्दा बढी जिल्लाको भ्रमण लगायत जापान,कोरिया,फिलिपिन्स,थाइल्याण्ड र भारत लगायतका देशमा नेतृत्व बिकाु सम्बन्धी प्रशिक्षण लिईसकेका छन् । 

दाहाललाई पार्टीले मेयरको रुपमा टिकट दिए बिराटनगरको  सडक र ढलको उचित व्यवस्थापन गर्ने आवस्यकता अनुसारको रुख बिरुवा रोपी बिराटनगरलाइ हरियाली सहर बनाउने , बिराटनगर भित्र रहने गरि अन्तर्रा्ष्ट्रिय स्थरको आधुनिक रंगशाला निर्माण गर्ने , बिराटनगर वरपर नजिक रहने गरि चिडियाखाना सहित खुला सुन्दर पार्क निर्माण गर्ने लगाएतका मुद्धालिएर जनता माझ जाने बताए । 
उनले आफनो चुनाबी नाराका रुपमा बिराटनगरको औधोगिक क्षेत्रलाई प्रबदन र विकास गर्न उचित ठाउको व्यबस्थागरि औधोगिक पार्क निर्माण गर्ने , विराटनगरको दृश्य अबलोकन गर्न बिराटनगर भ्युटावर निर्माण गर्ने ,विराटनगरलाइ शैक्षिक हव बनाउन शैक्षिक क्षेत्रलाई थप ब्यबस्थित गर्ने विराटनगर क्षेत्रभित्र थारु र राजवंशी समुदायको परम्परा झल्कने म्युजियम स्थापना गरि आन्तरिक पर्यटनको प्रबद्न र विकास गर्ने विराटनगरलाई महानगरपालिका बनाउदै १ न प्रदेशको आफ्नै परम्परा देखिने मैलिक राजधानी बनाउने योजना बुनेका छन् । 

बन्दुकसँग साटिएको राजेशको जीवन
the universal times
2073


पाँच पढदै गर्दा माओबादी जनयुद्धमा लागेका राजेश अर्याल अहिले जिल्लामा समाजसेवी युवाको रुपमा परिचय बनाएका छन् । जसले सिन्धुपाल्चोक जिल्लामा मात्र नभई काठमाडौंमा समेत सामाजिक अभियानलाई निरन्तरता दिएका छन् । 

स्कुल जीवन देखि माओवादीमा राजनिति गर्दै आएका अर्याल सानै उमेर देखि बिद्दोही शोभावका थिए । उनि कसैलाई अन्याए भएको हेरेर बस्न सक्दैन थे त्यसको तुरुन्तै प्रतिकार गर्थे । त्यही भएर नै समाजको बिभेदलाई अन्त्य गर्न उनि  १४ बर्सका उमेर देखि माआवादी आन्दोलनमा सहभागी भए । 


राजधानी सँग जोडिएको जिल्ला सिन्धुपाल्चोक मेल्मची नगरपालिकामा अहिले चुनाबी माहोलमय भएको छ । हिजो माओबादी कार्यकर्ता आफ्नो कार्यक्षत्र बिभागिय हिसाबले आफ्नो ठाउँ भन्दा फरक  ठाउँमा कार्यरत र पार्टीको नितिअनुसारले पनि टाडा भएर आफ्नो कार्यकर्ताले स्वयम् भोट हाल्नबाट बन्चित हुनुपरेको थियो आज स्थानिय चुनाब नजिकै गर्दा गाउँ घर नगर जाउँ    माआबादी केन्द्रलाई मतदान गरऊ  भन्दै गाउँ नगर फर्केका छन । हिजो सानै उमेरबाट माआबादी आन्दोलनमा होमिएका मेलन्ची नगरपालिका वडा न चार का राजेस अर्याल पनि बिद्रोहि स्वभावका थिए ।  उनी सामाजिक काममा पनि अग्रसर देखिन्छन उनी काठमाडौ बाईसीएल मा पनि लामो समय काम गरेका उनी काठमाडौमा पनि राम्रै छाप देखिन्छ धेरै मान्छे मध्य थोरै मान्छेमा गनिन्छन  हिजो धेरै बर्ष धेरैका शासन सत्ता चलाई सकेका पार्टीलाई समेत धावा बोल्दै आएका छन । उनी भन्छन हिजो धेरै बर्ष जनताका रगत र पसिनामा होलि खेलेका पार्टी अजै पनि गाउलेलाई फेरि आखामा छारो हाल्दै छन फेरि सोझा जनतालाई अनेकौ झुटा  आसबासन बाडदै  छन र पैसाको आडमा स्थानिय जनताको मोलमोलाई गर्दै छन  । होसियार हिजोका जनता  होईनन माओबादी दस बर्ष जनयुद्धले खारिउका जनता पनि धेरै छन । मेल्म्चि नगरपालिकामा  सिन्धुपाल्चोको मेलम्चि आफैमा चर्चित ठाउमा चिनिन्छ ।  मेल्म्चि नगरपालिकाको मेयर मा माआबादी केन्दबाट उमेदवार बनेका श्याम खड्कालाई उनले यसपटक सहयोग गरेका छन् । उनी मेलम्चि नगरपालिका मा समाजसेवि ब्यक्तिका रूमामा चिनिन्छन ।

राजेस अर्याल गलत कुराको सानै उमेर देखि नै बिरोध गर्ने गर्थे  उनी पढाइ मेहनितिलो भएपनि कक्षा पाच पढ्दै गर्दा माआबादि जनयुद्ध होमिएका थिय उनी भन्छन हामी जनताका सेवक हाम्रो ब्यक्तिगत  जिबनमा बिकास नहोस तर जनताका ले अधिकार पाउन देस बिकास होस हाम्रो जित नै यहि हो

बन्दुक सङ्ग साटियकाे किताब
the universal times
2073


स्कुल जीवन देखि माओवादीमा राजनिति गर्दै आएका अर्याल सानै उमेर देखि बिद्दोहि शोभावका थिए ।   १४ बर्सका उमेर देखि माआवादी आन्दोलनमा सहभागी हुँदै सकेको जिम्मेवारी पूरा गर्दै आएका छन । 

राजधानी सँग जोडिएको जिल्ला सिन्धुपाल्चोक मेल्मची नगरपालिकामा अहिले चुनाबी माहोलमय भएको छ । हिजो माओबादी कार्यकर्ता आफ्नो कार्यक्षत्र बिभागिय हिसाबले आफ्नो ठाउँ भन्दा फरक  ठाउँमा कार्यरत र पार्टीको नितिअनुसारले पनि टाडा भएर आफ्नो कार्यकर्ताले स्वयम् भोट हाल्नबाट बन्चित हुनुपरेको थियो आज स्थानिय चुनाब नजिकै गर्दा गाउँ घर नगर जाउँ    माआबादी केन्द्रलाई मतदान गरऊ  भन्दै गाउँ नगर फर्केका छन । हिजो सानै उमेरबाट माआबादी आन्दोलनमा होमिएका मेलन्ची नगरपालिका वडा न चार का राजेस अर्याल पनि बिद्रोहि स्वभावका थिए ।  उनी सामाजिक काममा पनि अग्रसर देखिन्छन उनी काठमाडौ बाईसीएल मा पनि लामो समय काम गरेका उनी काठमाडौमा पनि राम्रै छाप देखिन्छ धेरै मान्छे मध्य थोरै मान्छेमा गनिन्छन  हिजो धेरै बर्ष धेरैका शासन सत्ता चलाई सकेका पार्टीलाई समेत धावा बोल्दै आएका छन । उनी भन्छन हिजो धेरै बर्ष जनताका रगत र पसिनामा होलि खेलेका पार्टी अजै पनि गाउलेलाई फेरि आखामा छारो हाल्दै छन फेरि सोझा जनतालाई अनेकौ झुटा  आसबासन बाडदै  छन र पैसाको आडमा स्थानिय जनताको मोलमोलाई गर्दै छन  । होसियार हिजोका जनता  होईनन माओबादी दस बर्ष जनयुद्धले खारिउका जनता पनि धेरै छन । मेल्म्चि नगरपालिकामा  सिन्धुपाल्चोको मेलम्चि आफैमा चर्चित ठाउमा चिनिन्छ ।  मेल्म्चि नगरपालिकाको मेयर मा माआबादी केन्दबाट उमेदवार लागि अग्रसर छन उनी मेलम्चि नगरपालिका मा समाजसेवि ब्यक्तिका रूमामा चिनिन्छन ।

राजेस अर्याल गलत कुराको सानै उमेर देखि नै बिरोध गर्ने गर्थे  उनी पढाइ मेहनितिलो भएपनि कक्षा पाच पढ्दै गर्दा माआबादि जनयुद्ध होमिएका थिय उनी भन्छन हामी जनताका सेवक हाम्रो ब्यक्तिगत  जिबनमा बिकास नहोस तर जनताका ले अधिकार पाउन देस बिकास होस हाम्रो जित नै यहि हो

समावेशी विकास परिवार दलको मुख्य एजेण्डा
the universal times
2073


एकनाथ ढकाल
अध्यक्ष ः नेपाल परिवार दल

नेपाल परिवार दल पहिलो संविधानसभाको निर्वाचनसँगै उदाएर दुईपटक सरकारमा गइसकेको लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास राख्ने दल हो । आगामी स्थानीय तहको निर्वाचनका लागि ७४४ वटै स्थानीय तहमा उम्मेद्वार उठाउने तयारी गरिररहेको दाबी गर्ने परिवार दल अबका मुद्दा राजनीतिक नभई विकासकेन्द्रित हुनुपर्ने मान्यता राख्छ । मेलमिलाप र सामाजिक सद्भावमा विश्वास राख्ने परिवार दलको नेतृत्व गरिरहेका छन्, एकनाथ ढकालले । सांसद एवं पूर्वमन्त्रीसमेत रहेका ढकालसँग समसामयिक विषयमा केन्द्रित रही ‘द युनिर्भसल टाईम्स्’का लागि विष्णु निश्चल र राजेन्द्र तारकिणीले तयार पारेको कुराकानी ः
दल दर्ता छुटेको ठाउँमा आयोगले कांग्रेस र राप्रपालाई पुनः दल दर्ता गर्न दिएको छ तर हामीलाई नदिएर विभेद ग¥यो ।  
समावेशी, समतामूलक, प्रविधिमैत्री एवं युवामैत्री विकासमा जोड दिई ‘हाम्रो गाउँ ः शान्ति र विकासको रमाइलो ठाउँ’ भन्ने नाराका साथ पाँच वर्षभित्रमा प्रत्येक गाउँपालिकाको मुहार फेरिनेछ । 
हाम्रो पार्टीको सदस्य नभएको तर पार्टीको नीति र कार्यक्रम मन पराउने स्वतन्त्र व्यक्तिले इच्छा देखाएमा निर्वाचनमा उम्मेद्वार उठ्न दिइने ।
मधेशकेन्द्रित दलहरूलाई पनि सहमतिमा ल्याएर जसरी पनि स्थानीय तहको निर्वाचन गर्नुपर्छ । 
आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल परिवार दलको तयारी कस्तो छ ?
नेपाल परिवार दल स्थानीय तहको निर्वाचनमा सहभागी हुनेछ, यसमा शंकै छैन । हामीले ७ सय ४४ वटै स्थानीय तहमा उम्मेदवार उठाउने तयारी गरिरहेका छौँ । हामी लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनको सदुपयोग गर्ने पक्षमा छौँ ।
परिवार दल लोकतन्त्रमा आस्थावान् राजनीतिक दल हो । त्यसैले हामी हरेक निर्वाचनको पक्षमा छौं । दोस्रो संविधानसभामा हाम्रो दलले २४० निर्वाचन क्षेत्रमा टिकट वितरण गरेको थियो । समानुपातिक तर्फमा पनि अत्याधिक उम्मेदवारहरू उठाएको थियो । निर्वाचनमा युवा उम्मेदवार उठाउने दलहरूमध्येमा नेपाल परिवार दल पहिलो हो ।
हाल परिवार दलले सातवटै प्रदेशमा दलका सम्भावित उम्मेदवारहरूलाई प्रशिक्षण कार्यक्रम गर्दैछ । सबै स्थानीय तहमा उम्मेदवार उठाउने हाम्रो तयारी निर्वाचन आयोगको त्रुटीले गर्दा अधुरै छ । हामीले आयोगको विभेदकारी निर्णयको विरोध गरिरहेका छौं र आयोगलाई ध्यानाकर्षण पनि गराइसकेका छौं । विभिन्न जिल्लामा दल दर्ता गर्न छुटेको छ । छुटेको ठाउँमा दल दर्ताको निवेदन दिए पनि धेरै आयोगले दर्ता गर्न दिएन । आयोगले पछिल्ला दिनमा पनि कांग्रेस र राप्रपालाई दल दर्ता गर्न दिएको छ तर हामीलाई नदिएर विभेद ग¥यो ।  
निर्वाचनमा उम्मेदवार छनोटका मापदण्ड के छन् परिवार दलका ?
व्यक्तिको मूल्य र मान्यता नै पहिलो मापदण्ड हो, हाम्रो । पार्टीप्रति प्रतिबद्ध, उच्च नैतिकता र मूल्य–मान्यतामा विश्वास भएको, स्थानीय तहमा सकरात्मक प्रभाव राख्नसक्ने क्षमता भएको र जित्न सक्ने सम्भावना भएको मापदण्डको आधारमा हामी उम्मेदवार छनोट गर्दछौँ । अर्को, हाम्रो पार्टीको सदस्य नभएको तर पार्टीको नीति र कार्यक्रम मन पराउने स्वतन्त्र व्यक्तिले इच्छा देखाएमा त्यस्ता व्यक्तिहरूलाई पनि पार्टीले चुनावमा उम्मेदवारको टिकट दिन सक्छ । हाम्रा उम्मेदवार देशभक्त एवं सामाजिक सद्भावका पक्षधर हुनेछन् । 
परिवार दल कस्तो राजनैतिक पार्टी हो ? यसका मान्यताहरू के–के हुन् ?
नेपाल परिवार दल देशभक्ति, सद्चरित्र र सामाजिक–आर्थिक रूपान्तरणमार्फत् नेपाललाई असल संस्कार र समृद्ध परोपकारी राष्ट्रमा विकसित गराउन क्रियाशील लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध एक शान्तिवादी राजनैतिक दल हो । स्थापनाको एक दशकभित्र परिवार दल संविधानसभा र संसदमा प्रतिनिधित्व गरी प्रभावकारी भूमिका खेल्दै शान्ति, एकता, सामाजिक सदभाव, राष्ट्रिय मेलमिलापको अभिवृद्धि गर्दै परिवर्तनका उपलब्धिहरूको संस्थागत महत्वपूर्ण भूमिका खेलेको पार्टी हो । 
हाम्रो पार्टीले राष्ट्रिय जनजागरण अभियान, सुशासन प्रवद्र्धन अभियान, राष्ट्रिय सद्भाव ¥याली लगायतका शान्तिपूर्ण रचनात्मक कार्यक्रम पनि राष्ट्रव्यापी रुपमा संचालन गर्दै आएको छ । हत्या, हिंसा, नेपाल बन्द, जबर्जस्ती चन्दा असुली, सार्वजनिक सम्पत्तिको तोडफोड तथा क्षतिलगायतका राजनैतिक विकृतिहरूलाई निरुत्साहित गर्दै शान्ति र समावेशी विकासमैत्री राजनैतिक संस्कृतिको स्थापना गर्न नेपाल परिवार दल क्रियाशील छ । 
अग्रपंथी लोकतन्त्र (ज्भबम(धष्लन मझयअचबअथ) परिवार दलको मूल मान्यता हो । ‘नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवार’ भन्ने मूल्य–मान्यता आत्मसात गरी अघि बढेको परिवार दलले संविधान निर्माणको पहिलो दशकलाई आर्थिक क्रान्तिको दशक घोषणा गरी आत्मनिर्भर मुखी अर्थतन्त्रको लक्ष हाँसिल गर्न अग्रसर हुँदै नेपाललाई विकसित मुलुक बनाउने उद्देश्य बोकेको छ । राष्ट्रिय हितलाई सधँै उच्च प्राथमिकतामा राख्ने, नागरिकको शिर निउरिने कुनै काम नगर्ने, सबैखाले विभेदको अन्त्य गरी समतामुलक समाज सृजना गर्ने, राष्ट्रियता बलियो बनाउने तथा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अबलम्बन गर्ने हाम्रो संकल्प छ ।  
नेपाल परिवार दलद्वारा स्थानीय तहको विकासमा अवलम्वन गरिने नीति के–के हुन् ?
‘स्थानीय तहमा नमुना काम ः परिवार दलको साँचोमा मतदान’ भन्ने मूल नाराका साथ हामी स्थानीय निर्वाचनमा जाँदैछौँ । समावेशी आर्थिक विकासका लागि स्थानीय विकासको योजनाअन्तर्गत दिगो सामाजिक आर्थिक विकासका कार्यक्रमहरू तर्जुमा गरी समन्वयात्मक तवरले कार्यान्वयन गर्ने नीति हामीले अवलम्वन गर्नेछौँ ।
विकासका दृष्टिले पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिंदै सन्तुलित, वातावरण अनुकूल, गुणस्तरीय तथा दिगो रूपमा स्थानीय भौतिक पूर्वाधारको विकास गर्ने, विकास निर्माणको प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने, स्थानीय तहमा वैज्ञानिक अध्ययन–अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्नेलगायतका नीति अवलम्वन गरी स्थानीय विकासमा परिवार दलले महत्वपूर्ण भूमिका खेल्नेछ ।
हामीले सूचना–प्रविधिको विकास र विस्तार गरी दिगो एवं वातावरणमैत्री विकासलाई महत्व दिएका छौँ । विकासको प्रतिफल वितरणमा विपन्न नागरिकलाई प्राथमिकता दिंदै आमजनताले न्यायोचित रूपमा लाभान्वित हुने अवस्थाको सिर्जना गर्नेछौँ । स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधा छिटो, छरितो र पारदर्शी ढंगबाट सेवाग्राहीलाई दिन उपयुक्त विधि अवलम्बन गरी ‘हाम्रो गाउँ ः शान्ति र विकासको रमाइलो ठाउँ’ भन्ने नाराका साथ पाँच वर्षभित्रमा प्रत्येक गाउँपालिका मुहार फेर्नेछौँ ।  त्यस्तै  ‘हाम्रो नगर ः समृद्धिको शहर’ भन्ने नाराका साथ पाँच वर्षमा प्रत्येक नगरमा अन्तर्राष्ट्रिय  मापदण्ड अनुसारको गुरुयोजना तयार गरि विकास गर्ने नीति अवलम्वन गरिनेछ ।
समावेशी एवं समतामूलक विकास नीति अवलम्बवन गरी स्थानीयस्तरमा युवाहरूलाई रोजगारी सिर्जना गर्ने, उनीहरूका लागि सशक्तिकरण कार्यक्रम ल्याउने र त्यसको समान वितरण एवं पहुँचको सुनिश्चितता गर्ने लगायतका युवामैत्री विकासको नीति अवलम्वन गरिने छ ।
नेपाल परिवार दलको स्थानीय विकासको अवधारणा कस्तो छ ? 
‘नयाँ सोचको नेतृत्व र नयाँ ढाँचाको विकास’ भन्ने नाराका साथ स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने, प्राकृतिक प्रकोप नियन्त्रण र नदीको व्यवस्थापन गर्दै दिगो र भरपर्दो सिँचाइको विकाससँगै स्थानीय पेशा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने लगायतका अवधारणामार्फत् हामी स्थानीय तहको विकासमा केन्द्रित हुनेछौँ ।
साथै, सहकारीको विकास गरी स्थानीय तहमा उत्पादन, रोजगारी र बजारको पहुँचमा अभिवृद्धि गर्ने र जनशक्ति विदेश पलायन हुने अवस्थाको अन्त्य गर्ने, अर्गानिक एवं व्यावसायिक कृषि प्रणालीको विकासमा जोड दिई औद्योगिक पूर्वाधार निर्माण गर्ने, स्थानीय संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा जोड दिने, जनताको स्वास्थ्यमा निःशुल्क पहुँच बढाउने र घरजग्गाविहीन गरिब, सुकम्बासीहरूलाई जग्गाको व्यवस्था गर्नेजस्ता अवधारणामार्फत् हामी स्थानीय विकासमा केन्द्रित हुनेछौँ ।
परिवार दलले चुनाव जितेपछि स्थानीय तहमा गरिने तत्कालीन कामहरू के–के हुन सक्छन् ?
चुनाव जितेको एक वर्षभित्रमा हामीले थुप्रै सुधारका कामहरू गर्नेछौँ । सरकारी र गैरसरकारी क्षेत्रलाइ परिचालन गरी सरसफाई एवं सचेतना कार्यक्रममार्फत् गाउँ–नगर सफा बनाउँनेछौँ । त्यस्तै, सार्वजनिक क्षेत्रलाई सुरक्षित एवं व्यवस्थित बनाउने, स्थानीय बजारको प्रभावकारी अनुगमनको व्यवस्था गरी उपभोक्ता हितको सुनिश्चितता एवं कालोबजारी नियन्त्रण नियन्त्रण गर्ने, स्थानीय तहका कामकारबाहीको बारेमा सार्वजनिक सुनुवाइको व्यवस्था गराई ढिलासुस्ती र भ्रष्टाचारजस्ता कार्य निरुत्साहन गर्ने, पहिलो वर्षको बजेटमा प्रत्येक स्थानीय तह मातहतका सबैभन्दा पिछडिएको जाति वा क्षेत्रलाई प्राथमिकता दिनेलगायतका सुधारकार्य गर्नेछौँ ।
प्रसंग बदलौं, निर्वाचनको विरोध गरिरहेका मधेशवादी दलबिना स्थानीय निर्वाचन सम्भव होला त ?
मधेशवादी दलबिना स्थानीय निर्वाचन हुनै सक्दैन र त्यो सोच्न पनि हुँदैन । आन्दोलनरत मधेशी मोर्चालाई निर्वाचनमा ल्याउन विश्वासको वातावरण बनाउनु सरकारको दायित्व पनि हो । उनीहरूलाई सम्बोधन गरेरै निर्वाचन गर्नुपर्छ । यतिखेर एमाले, कांग्रेस र माओवादी केन्द्र तीनै पार्टी मधेसवादी दलहरूका मुद्धामा जिम्मेवार छन् । ठूला दलहरूले मधेशवादीदलहरूलाई विश्वास गर्न सकेका छैनन् । नेपाल परिवार दलहरूले मधेशी जनताहरूलाई विश्वासमा लिएर मधेसी जनताका समस्या समाधान गर्न आग्रह गर्दछ । 
त्यसो भयो भने सहमतिको आधारमा बन्ने राष्ट्रिय सरकारले सहमतिको वातावरण बनाउँछ र मधेशवादी दललाई पनि विश्वासमा लिएर निर्वाचन गराउँछ । यो दोस्रो विकल्प मात्र हो । हामी निर्वाचनको मुखमा आइसकेका छौं । त्यसकारण अहिले जसरी पनि स्थानीय तहको निर्वाचन गर्नुपर्छ । त्यसको लागि मधेशकेन्द्रित दलहरूलाई सहमतिमा ल्याउनुको विकल्प सरकारसँग छैन ।
अन्तमा, मतदाताहरूलाई केही भन्नु छ ?
नयाँ संविधान कार्यान्वयनको प्रथम चरणमै हुन लागेको स्थानीय तहको निर्वाचनलाई एक अनुपम अवसरको रूपमा लिई नयाँ विचार, नयाँ नेतृत्व र नयाँ ढाँचाको विकासका पक्षमा उभिएको राजनैतिक पार्टी नेपाल परिवार दलको चुनाव चिन्ह ‘साँचो’मा मतदान गरी हाम्रा कर्मठ उम्मेदवारहरूलाई विजयी गराउनुहुन सम्पूर्ण मतदातालाई विनम्र अनुरोध गर्दछौँ । हाम्रो साँचोले देश विकासका मार्गहरू खोल्न सहयोग पुग्ने विश्वास दिलाउँछौँ ।

“विश्वमा शान्ति ल्याउन फादर मुनको दर्शन उपयोगी”
the universal times
2073


७ जना शान्तिदुत सम्मान 
काठमाडौं । युनिर्भसल पीस फेडेरेसन नेपालको राजधानीमा आयोजना गरेको ‘लिडरसीप एष्ड गुडगभरनेन्स’ बिशेयक कार्यक्रमका बत्ताहरुले बिश्वमा शान्ति ल्लायनमा फादर मुनको दर्शन उपयोगी भएको बताएका छन् । ब्यबस्थापीका संसदका सदस्य एकनाथ ढकालले प्रत्यक ब्यक्ति शान्तिको बाहक बन्नु पर्ने बताउँदै चरम ब्यक्तिबादनै सबैखाले समस्याको जड भएको बताए ।  
स्थायी शान्तिको लागि निस्वार्थ भाबनाद्वारा प्रेरित सेबाको आबस्यक हुन्छ भन्दै पूर्वमन्त्री समेत रहेका ढकालले शान्ति स्थापनाको लागि सार्बजनिक सोंच, सह अस्तित्व, संबाद र नैतिक मूल्य मान्यताको अनुशरण आबस्यक रहेको भन्दै फादर मुनको दर्शनबाट यहि कुरा सिक्न सकिने बताए । 
पूर्व उपराष्ट्रपति परमान्द झाले फादर मुनले संञ्चालन गरेको पारिबारिक मूल्यमान्यता अभियना अनुकरणीय रहेको बताउँदै आफुले कोरियामा ‘लिडरसीप एष्ड गुडगभरनेन्स’सम्मान दिएकोमा आभार ब्यत्त गरे । सोहि अवसरमा युनिर्भसल पीस फडेरेसन एशियाका अध्यक्ष डा.चङ सिक योङ्घले परिवार बलियो भए भने मात्र समाज समृद बनाउन सकिने बताउँदै फादर मुनले बिश्वब्यापी रुपमा परिवार बलियो बनाउने अभियान संञ्चालन गरेको बताए । 
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आन्तरिक सक्षमताले नै बिकासको शुरुवात गर्न सकिने बताउदै  नेपाल शान्तिको बाटोमा अगाडि बढीरहेको बताए । उनले नेपाल यतिबेला अध्यरोलाई चिदै उज्यालो तर्फ लम्कीरहेको बताउदै यसलाई निरन्तरता दिन मैले अरुको लागि केहि गर्नुपर्छ भन्ने भावनाबाट प्ररित हुनुपर्नेमा जोड दिए । सो अवसरमा बिभिन्न बत्ताहरुले नेपालको शान्ति प्रकृयामा युपीएफ नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए , 
सोही अवसरमा  सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गर्ने व्यक्तित्वहरुलाई शान्तिदूतको सम्मानले सम्मानीत गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा नेपाल बिद्युत प्राधिकरणका र्कायकारी निर्देशक कुलमान घिसिङ, प्रेस काउन्सील नेपालका प्रमुख कार्यकारी अधिकृत झपेन्द्र भुसाल, आन्तरीक राजश्व बिभागका महानिर्देक चुडामणि शर्मा, त्रिभुवन विश्वबिद्यालयका प्रा.डा मोतीलाल शर्मा भूसाल गायिका सबिना कार्की संगितकार शिखर सन्तोष लगायता रहेका छन् ।  

तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक
the universal times
2073

पथरी (मोरङ), १६ फागुन । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ । 

आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्नुहुन्थ्यो । 
अर्काको देशमा मजदुरी गर्दा पनि परिवारको छाक टार्न कठिन भएकाले छ वर्षअघि सुरु गरेको व्यावसायिक तरकारी खेतीले दास परिवारलाई अहिले मालिक मात्र होइन जिल्लामा सबै सामु परिचित समेत गरायो । दास परिवारले अहिले जिल्लामै धेरै तरकारी उत्पादन गर्ने कृषकका रुपमा पहिचान बनाउन सफल भएको छ । 

खेती सुरु गरेको पहिलो वर्ष यामलालले रु दुई लाख नाफा कमाउनुभयो । छ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले भन्नुभयो – “सुरुदेखि अहिलेसम्म मैले घाटा व्यहोरेको छैन ।” 

अहिले पाँच बिगाहा जमिनमा तरकारी खेती विस्तार भएको छ । मेहनत ग¥यो भने तरकारी खेतीबाटै अहिले वार्षिक रु पाँच लाख आम्दानी गर्न सकिने यामलालको तर्क छ । तरकारी खेतीमा उहाँको परिवारको उत्तिकै साथ छ । 
परिवारको अवस्था एकदमै कमजोर हुँदा गाउँका सबैले हेप्थे । त्यसपछि तरकारी खेती सुरु गरेका उहाँ अहिले तरकारी खेतीकै कारण समाजमा आफ्नो ठूलो इज्जत बढेको बताउनुभयो । यामलाले भन्नुभयो – “तरकारी खेतीले मलाई नमुना कृषकका रुपमा परिचित गरायो ।” 

तरकारी खेतीको आम्दानीबाट दुई बिगाहा खेती र १० कट्ठा घडेरी जोड्नुभएको छ । दास परिवारले सो खेतमा धान, गहुँ, मुसुरो, आलु, पाटा, सुठुनी तथा मौसमअनुसारका सबै तरकारी लगाउने गर्नुहुन्छ । 

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले भन्नुभयो – “दासजस्तै १० जना कृषक महादेवा गाविसमा हुने हो भने तरकारी उत्पादनमा मोरङ जिल्लालाई धान्ने छ । ” सो कार्यालयले दास परिवारलाई युवा स्वरोजगार कार्यक्रमबाट ६० हजार अनुदान, सिँचाइ कार्यक्रमबाट पम्पसेट, बोरिङ र तरकारी खेती तालिम दिएपछि उहाँ थप हौसिनुभएको छ 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011