विविध

मंगलबार निजी विद्यालय बन्द हुने
the universal tines
2o74

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । 

प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिनुभयो । 

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । 

यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उहाँले बताउनुभयो । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ । 

उहाँ मुटु रोगबाट पीडित हुनुहुन्थ्यो । प्याब्सनका सल्लाहकारसमेत रहनुभएका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताउनुभयो । विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहनुभएको थियो । 

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहनुभएको थियो । 

आर्थिक अनियमितताविरुद्ध विद्यार्थीद्वारा कलेजमा तालाबन्दी
the universal times
2074

लहान, १४ मंसिर  प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन् । 

प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था दिनानुदिन खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन् । आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भए पनि कलेजले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीले बताएका छन् । 

कलेजले आफुखुशी बिना विज्ञापन शिक्षक भर्ना, त्रिवि नियम विपरीत मनोमानी ढंगले शुल्क वृद्धि, विषयगत शिक्षक नराखेको विद्यार्थीले आरोप लगाएका छन् । 

१८वर्ष देखि ११५ वर्षिया सम्मले गरे मतदान
the universal times
2074/8/10

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको विहान ७ बजे साँझ ५ बजे सम्म सम्पन्न निर्वाचनमा १८ वर्षदेखि  नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरिन ।

ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत अर्जुन लामाले बताए ।

विसं १९५९ साल चैत १० गते जन्मीएकी लामिछानेले मत दिएपछि मुलुकमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा गरेको बताँइन ।

त्यस्तै सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारीले पनि आज भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी भए । नाती समुन्द्रबाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले आफ्नो अमुल्य मत दिएको मतदान अधिृकत शम्भुप्रसाद चौधरीले जानकारी दिए ।

कक्षा १२ मा ४२ प्रतिशत उत्तीर्ण
the universal times
2074

भक्तपुर, १५ भदौ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 
बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल एक लाख ९३ हजार १२५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७५८ उत्तीर्ण भएको र ७७ जना निष्काशनमा परेको जानकारी दिनुभयो । त्यसैगरी आंशिकतर्फ एक लाख सात हजार ५६९ परीक्षार्थी सहभागी भएकामा ३८ हजार ४४४ अर्थात् ३५ दशमलव ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

परीक्षामा ३८ परीक्षार्थी निष्काशनमा परेको उहाँले जानकारी दिनुभयो । यसअघि कक्षा १२ को विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते सार्वजनिक भएको थियो । 

बाढी प्रभावित जिल्लामा आवश्यक औषधिसहितको टोली
the universal times
2074

काठमाडौँ, ५ भदौ । स्वास्थ्य सेवा विभागको विपद् व्यवस्थापन समितिले बाढी पहिरो प्रभावित स्थानमा उपचारका आवश्यक औषधिसहितको टोली पठाएको छ । 

आपूर्ति व्यवस्था महाशाखाबाट माग गरिएअनुसार बाढी प्रभावित जिल्लामा औषधिसहितका उपचार, जनचेतना सामग्री भएको दुई ट्रक पठाइएको हो । 

विभागका उपमहानिर्देशक तथा विपद् व्यवस्थापन समितिका संयोजक चुडामणि भण्डारीले प्रभावित प्रभावित स्थानहरूमा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्ने र शिविरमार्फत न्यानो झोला, महिलाले प्रयोग गर्ने स्वास्थ्यसम्बन्धी सामग्री वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । 

विभागका अनुसार बाढी पहिरोका कारण महोत्तरी, सप्तरी, रौतहटलगायतका जिल्लाका १५ बर्थिङ्ग सेन्टर चल्न सकेका छैनन् । समितिले ती सेन्टरलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा टेन्टबाट सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ । 

संयोजक भण्डारीले बाढी प्रभावित जिल्लामा महामारी फैलन नदिन जनचेतनाका लागि स्वास्थ्य शिक्षा र अन्य सामग्रीसहितको टोली पनि प्रभावित जिल्लामा पठाइएको छ । 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट १६ वटा हाते माइक, स्वास्थ्य सन्देशसहितका विभिन्न पम्प्लेट र बाढी पहिरोपछि फैलने महामारी रोकथामसम्बन्धी २५ हजार बाढी सामग्री पहिरो प्रभावित स्थानमा आजै पठाइएको संयोजक भण्डारीले जानकारी दिनुभयो । 

प्रभावितहरू अस्थायी तथा अव्यवस्थित बसोबास गरिरहेकाले कीटजन्य रोगको उच्च सम्भावना रहेकाले रोग निदानको लागि प्रयाप्त परिमाणमा तत्काल उपचार सामग्रीको व्यवस्था गरेको विभागले जनाएको छ 

राप्रपा विभाजनबारे आयोगले आइतबार टुंगो लगाउने
the universal times
2074

काठमाडौँ, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनबारे निर्वाचन आयोगले भोलि आइतबार अन्तिम टुंगो लगाउने भएको छ । 

राप्रपाका असन्तुष्ट पक्ष पशुपतिशमशेर राणा समूहले ४० प्रतिशत पुगेको दाबी गर्दै दल दर्ताका लागि यही साउन २२ गते आयोगमा निवेदन दिएको थियो । 

उक्त निवेदनउपर सनाखतका लागि आयोगले भोलि छलफलमा बोलाएकाले दल विभाजनको टुंगो भोलि नै लाग्ने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार राप्रपालाई १६५ जनाको कार्यसमिति रहेको सनाखत आयोगले गरेको छ । यी सदस्यमध्येबाट राणा समूहले ४० प्रतिशत पुगेको भनी राप्रपा (प्रजातान्त्रिक) दल बनाउन निवेदन दिएको छ । 

निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी ऐनको दफा (३३) को उपदफा (२) मा संसदीय दलको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेर नयाँ दलको मान्यता दिने भन्ने व्यवस्था छ ।

पत्रकार महासंघ उपत्यका प्रदेश सदस्यमा युनियनबाट झा
the universaltime
2074

 नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा नेपाल प्रेस युनियनले उपत्यका प्रदेश सदस्यमा श्रीजन झालाई उठाउने निर्णय गरेकोछ । आगामी भदौ ४ र ५ गते हुने महाधिवेशन तथा नयाँ नेतृत्व चयनमा सम्पूर्ण पत्रकारहरु सक्रिय रहेको सन्दर्भमा पत्रकार महासंघ उपत्यका प्रदेशका लागि सदस्यमा लोकतान्त्रिक पत्रकारहरुका तर्फबाट नेपाल प्रेस युनियन उपत्यका समन्वय समितिले झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

बैठकपछि नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिका संयोजक निरज खतिवडाले जारी गरेको विज्ञप्तीमा मंगलबारको युनियनको पूर्ण बैठकबाट महासंघ काठमाडौं शाखाबाट सभासद् श्रीजन झालाई उम्मेदवारका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको जनाईएको छ । 

‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित
the universal times
2074

काठमाडौँ, ९ साउन । व्यवस्थापिका–संसद्ले ‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित गरेको छ । 

संसद्को आजको बैठकमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीले विधेयक निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो । 

विधेयक प्रस्तुत गर्दै मन्त्री मन्सुरले विधेयकमा भएका आधारभूत शिक्षा, स्वास्थ्य, उत्पादनको उपयोग, कृषि कार्यक्रम, सामाजिक सहयोगलगायत व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद चूडामणि जंगली विकले विधेयक आउनु सकारात्मक भएको भन्दै यसले सामाजिक सुरक्षा क्षेत्रका समस्या समाधानमा सहयोग पुग्ने बताउनुभयो । 

यसअघि मन्त्री मन्सुरले ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको प्रतिवेदनसहितको सामाजिक सुरक्षा विधेयक, २०७२ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

मन्त्री मन्सुरले आजै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बैठकमा ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गर्नुभएको थियो । 

बैठकमा कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बरालले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक फिर्ता गर्नेसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ पेश गर्नुभएको थियो । 

संसद्को अर्काे बैठक यही साउन १५ गते दिउँसो १ बजे बस्नेछ ।

नागपञ्चमीकै दिन रक्षाबन्धन
the universal times
2074

काठमाडौँ, ६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष साउन १३ गते श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन उपकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाउन शास्त्र संवत् रहेको जनाएको छ । 

साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने सत्कर्म रत्नावली, निर्णय सिन्धु, कृत्यबाटिकालगायत ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

गोसाइँकुण्ड, कुम्भेश्वरलगायत कुण्ड एवं पोखरीमा लाग्ने स्नान मेला, जात्रा र नेवारी समुदायमा प्रचलित भ्यागुतालाई भात खुवाउने पर्व भने साउन २३ गते पूर्णिमाका दिन गर्न हुने समितिले जनाएको छ । 

चन्द्रग्रहण र संक्रान्तिका दिन श्रावण शुक्लपूर्णिमा परेमा उपाकर्म, ऋषि तर्पणी र रक्षाबन्धन पर्व नागपञ्चमीमा मनाउनुपर्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । 

यसअघि विसं १९६२, १९८२, २०२८ र २०४७ मा पनि श्रावण शुक्लपूर्णिमामा चन्द्रग्रहण लागेकाले नागपञ्चमीमा उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो । 

दिगो विकास लक्ष्यहरू सम्बन्धी अभिमुखीकरण कार्यक्रम
the universal times
2074


शर्मिला विश्वकर्मा,

२८ असार २०७४ काठमाण्डौं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा सि.वि.एम. को सहयोगमा अपाङ्गताको सवालमा दिगो विकासका लक्ष्यहरू ( Sustainable development Goals) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । सो कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारा वदन सेडाईले सबैलाई स्वागत गर्दै यो दिगो विकास लक्ष्यहरूमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई समावेश गरी अगाडि बढाउने तर्फ लाग्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी सि.वि.एम. का वरिष्ठ कार्यक्रम अधिकृत पदम महरले अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्थाहरूलाई सि.वि.एम.ले सहयोग गर्दै आएको बताउँदै अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्नको लागि उनीहरूको सही तथ्याङ्क भएमा काम गर्न सहज हुने कुरामा जोड दिनु भयो । सो एक दिने अभिमुखीकरण कार्यक्रमका श्रोत व्यक्ति प्रकाश वाग्लेले दिगो विकास लक्ष्यहरू ( Sustainable development Goals) को बारेमा जानकारी दिँदै यसको महत्त्व, दिगो विकासका लक्ष्यहरूले अपाङ्गता भएका व्यक्तिहरूका के कस्ता सवालहरू समावेश गरिएको छ भनी जानकारी दिनुहुँदै यसका १७ वटा लक्ष्यहरूका बारेमा प्रस्ट पार्नुभयो । त्यसै गरी महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अपाङ्गता अधिकार प्रवर्द्धन शाखाका शाखा अधिकृत निमराज भट्टराईले दिगो विकास लक्ष्यहरूमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू समावेश गर्नुपर्ने बताउँदै आगामी दिनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले दिगो विकास लक्ष्यहरूमा धेरै भन्दा धेरै अपाङ्गताका सवाल समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यहाँ भएका नीतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि सरकारी तथा गैर सरकारी संस्थाहरूको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो । सो कार्यक्रममा दिगो विकास लक्ष्यहरूमा समावेश गरिएका गरिबीको अन्त्य, भोकमरीको अन्त्य, सुस्वास्थ्य र समृद्ध जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पिउने पानी तथा सरसफाई, किफायती र स्वच्छ ऊर्जा लगायतका १७ वटा लक्ष्यहरूको विषयमा पाँच वटा समूह बनाएर छलफल गरिएको थियो । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले दिगो विकास लक्ष्यमा अपाङ्गताका सवाललाई समावेश गरी कार्यान्वयन गर्न अपाङ्गताको क्षेत्रमा काम गर्ने सबै संघ संस्थाहरू र अधिकारकर्मीहरू अग्रसर हुनु पर्ने बताउँदै यो कार्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सक्दो सहयोग गर्ने बताउनु भयो । सो एक दिने अभिमुखीकरण कार्यक्रमको सञ्चालन नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदीश प्रसाद अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरू र सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011