आर्थिक

युवा बिकास बहुउद्देश्यीय सहकारीले शुरु गरयो इन्टरनेट बैकिङ्ग सेवा
the universal tines
2o74



काठमाण्डौ पुुस २८ ं । सहकारीको भिडमा छोटो समयममा नै आफनो बेग्लै पहिचान बनाउन सफल युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको दोस्रो बार्षिक साधारण सभाको उपलक्ष्यमा इन्टरनेट बैकिङ्ग सेवा शुरु गरेको छ । स्थापनाको दोस्रो बर्षमै सहकारीले आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत बोनस दिन सफल भएको छ । 
शनिबार राजधानीमा आयोजित दास्रो बार्षिक साधारण सभामा बोल्दै सहकारी हक हित राष्ट्रिय समाजका ऋषि राम ढकालले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पु¥याएको बताए । ढकालले एक सहकारी एक सदस्यको निती अनुरुप अगाडी बढ्न अनुरोध गदै सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिए । 
सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)को अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष र लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७३र ०७४मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोवारको विवरण प्रस्तुत गरेका थिए । 
साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)ले आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी रहेको बताउदैै युवाहरुलाई रोजगारी सृजना गर्नमा सहकारी लागेको बताए । उनले सबैको साथ सहयोगबाट सहकारीले दुई बर्षमा ३५ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको पनि बताए । उनले स्थापना कालदेखि देखीनै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि बिशेष कार्यक्रम संञ्चालन गदै आएको बताउँदै आजैबाट इन्टरनेट बैकिङ्ग सेवा शुरु गरेको जानकारी दिए । 
काठमाण्डौको न्युरोडमा रहेको युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभाको अवसरमा बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिने कर्मचारीलाई सम्मान गरिएको थियो । उत्कृष्ठ कर्मचारीमा आस्मा बिष्ट लगायत ६ जनालाई सम्मान गरिएको थियो ।  सहकारीले सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिटेन्स लगायतका सुविधा प्रदान गर्दै आएको छ । 
‘सुरक्षित बचत सुरक्षित लगानी उज्वल भबिश्य हाम्रो प्रतिवद्धता’ भन्ने मोटोलाई आत्मसाथ गरेको सो सहकारीका १५०० भन्दा बढी सदस्य रहेका छन् । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सदस्यलाई सेवा दिदै आएको छ । 



एक अर्ब बढीको म्युचुअल फण्डको कारोबार हुँदै
the universal tines
2o74

 नेपालको पूँजी बजारमा नयाँनयाँ अवसर तथा लगानीका स्रोतहरुको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा आर्कषण बढ्दै गएको छ । 

पूँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएपछि लगानीकर्ताको समेत आर्कषण बढेको हो । नेपाल स्टक एक्सचेन्जमा कुल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ । 

यस्तै निकट समयमै ग्लोबल आइएमई ब्यालेन्स फण्डले रु एक अर्ब २० करोड बराबरको १२ करोड इकार्ई र एनआइबिएल सहभागिता फण्डले रु ५० करोड बराबरको पाँच करोड इकाई बिक्रीको प्रतीक्षामा रहेको छ । 

पछिल्लोपटक सिटिजन्स् बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलले रु एक अर्ब बराबरको सामूहिक लगानी कोषको इकार्ई बिक्री गर्ने भएको छ । सो क्यापिटलले रु १० प्रतिइकाईका दरले १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको हो । 

कम्पनीले आज दिएको जानकारीअनुसार प्रतिइकाई रु १० का दरले न्यूनतम १०० इकाई अर्थात रु १०० र अधिकतम २० लाख इकाई अर्थात रु दुई करोड बराबरको आवेदन दिन सकिने छ । 

क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी यो सामूहिक लगानीकोषमा आगामी माघ २ गतेदेखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने जनाइएको छ । 

बजार बढ्यो, कारोबार घट्यो 

यस्तै साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.९७ अंकले बढेर एक हजार ४३१ दशमलव ८० अंकको बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक सुधारिएको भए पनि कारोबार रकम भने रु ३६ करोड १६ लाख २५ हजार १२९ रहेको छ । कुल १५७ कम्पनीको शेयर कारोबार भएको बजारमा बीमा १६५, लघुवित्त, २० होटल १४, बैंकिङ एक, विकास बैंक नौ, उत्पादन १० र जलविद्युत समूह चार अंकले बढेको छ । 
त्यसैगरी फाइनान्स समूह एक र अन्य समूह भने ०.५७ अंकले घटेका छन् । 

नयाँ बानेश्वरमा खुल्यो हिमालय जाभा
the universal tines
2o74

काठमाण्डौ पुस १० । क्रिसमसका अवसर पारेर कफी पारखीहरुको लागि नयाँ बानेश्वर चोकमा हिमालय जाभाको शाखा खुलेको छ । सोमबार बिहान पूर्वमन्त्री एकनाथ ढकालले हिमालय जाभाको आउटलेटको उदघाट्न गरे । नेपाल लगायत बिश्वमा नै राम्रो बा्रन्डको रुपमा परिचय बनाउन सफल भएको छ ।  फेन्चचाइज लिएर संञ्चालनमा आएको सो जाभामा  सन्तकुमार महत्तो र बिनोद ढकालको लगानी रहेको छ ।  
गगन प्रधान र आनन्द गुरुङ्घले संञ्चालन गरेको जाभाको बिदेशमा समेत शाखा रहेको छ ।  जसको अहिले सम्म ९ वटा शाखाहरु रहेका छन् । हरेक प्रकारको कपी र स्टेबरी आईटम उपलब्ध हुने बानेश्वर शाखा बिहान ७ बजेदेखि बेलुका ९.३० सम्म सञ्चालन गरिने जाभाका संञ्चालक  सन्तकुमार महत्तोले जानकारी दिए । 
एक करोड बिस लाख रुपैयाँको लागतमा संञ्चालनमा आएको जाभाले नेपालीहरुको मन जित्न सफल रहेको छ । उद्घाटन पश्चात बोल्दै पूर्वमन्त्री ढकालले हिमालय जाभाले नेपालमा मात्र हैन बिश्वमानै नाम कमाउन सफल हुने बिश्वास ब्यक्त गदै आफु जाभाको नियमित ग्राहक रहेको बताए ।  
उनले हिमालय जाभाले अझ प्रगति गदै जाओस भन्ने कामना समेत गरे । सोही अवसरमा बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोस कुमार पौडेल जाभाका फाउन्डर गगन प्रधान, समाजसेबी एवम् ब्यबसायी अन्जना शाह, ट्रकिस एयरलायन्सका जनरल मेनेजर अबुदाह टुन्सस कियसही लगायतले ब्यबसाय सफलताको शुभकामना दिएका थिए । बानेश्वरका् हिमालय जाभा शाखाल १२ जनालाई रोजगारी समेत दिएको छ । 

निक्षेप परिचालनमा पन्ध्र प्रतिशतको वृद्धि
the universal tines
2o74

चालु आवको चार महिनाको कर्जा प्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.९ प्रतिशतले बढेको थियो । 

कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.९ प्रतिशतले बढेको र सोही अवधिमा कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ४४.० प्रतिशत र ३१.२ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । तरकारी, मदिराजन्य पेय पदार्थ लगायतमा भएको मूल्य वृद्धिले समग्र वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा केही वृद्धि भई ३.९ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८ प्रतिशत रहेको थियो । 

यस अवधिमा खाद्य मुद्रास्फीति २.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति २.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १.४ प्रतिशतले कमी आई रु दुई खर्ब २८ अर्ब ९५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । 

यस अवधिमा बैंकले रु एक खर्ब २७ अर्ब २० करोड तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु ९२ अर्ब २५ करोड तरलता प्रशोचन भएको थियो भने रिपो बोलकबोलमार्फत रु १० अर्ब १ करोड तरलता प्रवाह भएको थियो । 

समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ५० करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु १० अर्ब ५ करोड बराबरको त्यस्तो सुबिधा उपयोग गरेका थिए । 

आर्थिक विकासका लागि काँग्रेसलाई विजयी गराउन जरुरी ः उद्योगपति चौधरी
the universal tines
2o74

 उद्योगपति विनोद चौधरीले अब देशमा आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभएको छ । 

नवलपरासीको सदरमुकाम परासी बजारमा नेपाली काँग्रेसद्वारा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उद्योगपति चौधरीले भन्नुभयो, “२०४८ सालबाट अधुरो रहेको आर्थिक क्रान्तिलाई अब पूरा गर्ने बेला आएको हो ।” 

उहाँले लोकतन्त्र र अर्थतन्त्रको नजिकको सम्बन्ध रहेको भन्दै देशमा लोकतन्त्र स्थापित गर्न र देशलाई समृद्ध बनाउन देशमा विकासको राजनीति आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले विकासको स्पष्ट खाका बनाई अगाडि बढेको हुँदा सबै नेपाली जनताले काँग्रेसलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

देशमा औद्यागिक विकास गरी देशबाट बेरोजगारी हटाउने, जनता र देशको अर्थतन्त्र बलियो बनाउने नीति र योजना काँग्रेससँग मात्र रहेको चौधरीले दाबी गर्नुभयो । चौधरी यसपटक नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सामानुपातिक उम्मेदवार हुनुहुन्छ । 

सोही अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले त्रिवेणीधामलाई प्रदेश नम्बर ५ मा फर्काउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधिसभा २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका नेता कँडेलले यस क्षेत्रको चौतर्फी विकासमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । 

नेता कँडेलले यस जिल्लामा रहेको महेशपुर नाकालाई मुल भन्सार बनाउने, कलकत्ता बन्दरगाहबाट नजिक पर्ने नाका महेशपुरबाट सुनवल, महलपोखरी हँुदै पोखरा जोड्ने फास्ट्राको निर्माण गराउने, यहाँका पर्यटन विकास गर्ने, कृषिमा आधुनिकीकरण गरी कृषलाई फस्टाउने र शिक्षा स्वास्थसमेतको विकास गर्ने आफ्नो कार्यसूची रहेको बताउनुभयो । 

त्यसैगरी सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री धुव्रबहादुर प्रधानले लोकतन्त्र र नेपाली जनताको स्वतन्त्रता जोगाउन लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । 

लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छ ः उद्योगपति चौधरी
the universal times
2074

धनगढी, ९ मंसिर  वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसको समानुपातिक उम्मेदवारसमेत रहनुभएका चौधरीले लोकतन्त्रसँग अर्थतन्त्रको ठूलो सम्बन्ध रहेको चर्चा गर्नुभयो । 

विकास र समृद्धिका लागि प्रशस्त सम्भावनाहरु सुदूरपश्चिम ७ नं प्रदेशमा रहेको भए पनि अहिलेसम्म यो क्षेत्र विकासबाट पछि परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी छ ।” 
उहाँले भन्नुभयो, “ आर्थिक एजेण्डाको स्वामित्व बोक्ने र विकासको रोडम्यापलाई अन्तिम गन्तव्यमा पु¥याउन जिम्मेवारी लिने सरकारको आवश्यकता छ ।” 

पत्रकार सम्मेलनमा काँग्रेसका अर्का समानुपातिक उम्मेदवार उमेश श्रेष्ठले आर्थिक विकासका कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो 

सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै
the universal times
2074

काठमाडौँ, २३ भदौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । 

मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले रासससँग कुरा गर्दै भन्नुभयो, “नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ, दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।” 

चार मेगावाट विद्युत् उत्पादन गर्न उद्योगमा थप रु ८० करोड लगानी गरिने मुरारकाले जानकारी दिनुभयो । सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणालीको जडानका लागि चीनबाट सामान ल्याउने प्रक्रिया शुरु गरिएको र आगामी सात महिनाभित्र विद्युत् उत्पादन शुरु हुने उहाँले बताउनुभयो । 

नेपालको हकमा खेर गएको तातो हावालाई प्रयोग गरेर विद्युत् निकाल्ने प्रणाली जडान गर्न लागिएको नै पहिलोपटक हो भन्दै उहाँले निर्माणाधीन अन्य सिमेन्ट उद्योगलाई समेत यसबाट थप प्रेरणा प्राप्त हुने बताउनुभयो । विद्युत् उत्पादनमा प्रयोग हुने सामान खरिदका लागि एलसी खोलिएको जानकारी दिँदै मुरारकाले आफ्नो उद्योगलाई चाहिने विद्युत्मध्ये केही आफैँ उत्पादन गर्ने रणनीतिमा आफू लागेको बताउनुभयो । 

अहिले उद्योगबाट निस्केको तातो हावा खेर गइरहेको र वातावरण समेत प्रदूषित भइरहेको छ । विद्युत् उत्पादन गर्ने प्रणाली जडान भएपछि वातावरणीयरुपमा कुनै समस्या नआउने उहाँले दाबी गर्नुभयो । चीन भ्रमणमा जाँदा यस्तो प्रविधि देखेपछि वाष्प (स्टिम) प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने अठोट गरेको मुरारकाले बताउनुभयो । 

चीनमा वाष्प प्रविधिबाट ठूलो मात्रामा बिजुली उत्पादन गरिएको छ । उद्योगबाट निस्किएको तातो हावाले ‘स्टिम इन्जिन’ चलाउने र त्यसरी घुमेको इन्जिनले विद्युत् उत्पादन गर्ने प्रणालीलाई ‘वेस्ट हिट रिकभरी युनिट’ नाम दिइएको छ । 

नेपालमा हालसम्म यस्तो प्रविधिबाट विद्युत् उत्पादन गरिएको छैन । दोलखाको चर्नावती र पर्वतको मोदी हाइड्रो पावरमा लगानी गर्नुभएका मुरारकाले भन्नुभयो, “यस्तो पाइलटिङ सफल भयो भने नेपालका अधिकांश सिमेन्ट उद्योगमा सहजैरुपमा विद्युत् उत्पादन हुने र त्यसले व्यावसायिक रुप लिनेछ ।” 

उद्योगले हाल नेपाल विद्युत् प्राधिकरणबाट १० मेगावाट बिजुली खपत गर्दै आएको छ । उद्योगको क्षमता विस्तार गरेर दैनिक तीन हजार ५०० मेट्रिक टन उत्पादन पु¥याउने लक्ष्य राखिएकाले थप १० मेगावाट विद्युत् आवश्यक पर्ने उहाँको भनाइ छ । उक्त प्रणालीको जडानपछि उद्योगले १६ मेगावाट मात्रै विद्युत् खपत गर्नेछ । 

नेपालमा जगदम्बा, मारुती, शिवम्जस्ता निजी क्षेत्रका ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने सरकारी स्वामित्वको उदयपुर, हेटौँडा सिमेन्ट सञ्चालनमा छन् । ती उद्योगमा समेत यस्तो प्रणाली जडान गर्न सकिन्छ । सरकारले थर्मल ऊर्जा प्रणालीबाट विद्युत् उत्पादनको प्रक्रिया शुरु गरेको भए पनि खेर गएको हावाबाट विद्युत् उत्पादन गर्ने प्रणाली पहिलोपटक शुरु हुन लागेको हो । 

पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको घरिवल सिमेन्ट उद्योगले २० मेगावाट विद्युत् सोही प्रणालीबाट उत्पादन गरिरहेको छ । पाकिस्तानकै लक्की सिमेन्ट उद्योगमा समेत १० मेगावाट विद्युत् उत्पादन गरिएको छ । भारतको तेलङ्गनाको सागर सिमेन्ट उद्योगले छ मेगावाट विद्युत् उत्पादन गर्ने अन्तिम तयारी गरेको छ । फिलिपिन्सको सिमेक्स सिमेन्ट उद्योगमा समेत चिनियाँ प्रविधि जडान गरी ४.५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको छ भने इन्डोनेसियाका सिमेन्ट उद्योगमा वेस्ट हिट रिकभरी युनिट जडान गरी ३० मेगावाट विद्युत् उत्पादन गर्ने प्रणाली जडान गरिएको छ । 

पाकिस्तानको राष्ट्रिय विद्युत् नियमन प्राधिकरणले वेस्ट हिट रिकभरी युनिट स्थापना गर्न र बढी भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्नैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । 

सिमेन्ट उद्योगले फाल्ने हानिकारक कार्बन डाइअक्साइड नियन्त्रण गर्न र वातावरणको संरक्षण गर्न समेत यस्तो प्रणाली संसारभर फैलने क्रममा रहेको ग्लोबल सिमेन्टले हालै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ 

सहकारीको बिकासमा आर्थिक अनुशासन अपरिहार्य : पूर्व मन्त्रि ढकाल
the universal times
2074

१७ भदौ, काठमाडौं । नेपालको पहिलो सहकारी तथा गरिबी निवारण मन्त्रि एकनाथ ढकालले सहकारी संचालनमा आर्थिक अनुशासन अपरिहार्य रहेको  बताउँदै सहकारीले उत्पादकत्वको बिकासमा जोड दिनु पर्ने बताएका छन् । शनिवार राजधानीमा अत्युतम बहुउद्देश्यीय सहकारी सस्थाको उद्घाटन गर्दै ढकालले यस्तो बताएका हुन् ।
संगै बस्ने, संगै काम गर्ने र संगै सोचाई राख्नु नै सहकारिता भएको भन्दै ढकालले सहकारीको माध्ययमद्वारा स्वावलंबन हुनुपर्नेमा जोड दिए । नेपालमा सहकारीले उत्पादनको विकास र रोजगारीको सृजनामा केन्द्रित हुनु पर्ने उनको भनाई थियो ।  नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले गरिबी निवारणमा पनि सहकारी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको उल्लेख गरे  । गैर–उत्पादनशील क्षेत्रमा लगानी नगर्न, मिलिजुली काम गर्न र पारदर्शिता कारोबार गर्न उपस्थित सहकारीकर्मीलाई ढकालले आग्रह गरे  । अत्युतम बहुउद्देश्यीय सहकारी सस्थाकी अध्यक्ष ममता पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी विभागका अधिकृतहरु लगायत सामाजिक अगुवाहरु गणेश श्रेष्ठ,गोबिन्द मिश्र, लक्ष्मी प्रसाद भण्डारी, अशोक भट्ट लगायतले शुभकामना दिएका थिए ।  


सहकारी ऋण कोष सकोसको २५औ बार्षिक साधारण सभा सम्पन्न्र
the universal times
2074

ललितपुर ।  सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ स्थापना दिवस (रजत जयन्ति) तथा बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । 

संस्थाका अधक्ष्य राम कृष्ण कार्कीको सभापतित्वमा भएको कार्यक्रमा राष्ट्रिय सहकारी संघका अधक्ष्य केशब बडाल डिभिजन सहकारी कार्यालय ललितपुरक बरिष्ठ अधिकृत बलराम निरौला, नेफ्स्कुनका अधक्ष्य डी.बि बस्नेत, राष्ट्रिय सहकारी संघका पूर्व उपधक्ष्य बिजय राज घिमिरे, ललितपुर बचत संघका अधक्ष्य रामशरण घिमिरे लगायत अन्य संघ संस्थाहरुको उपस्थिति रहेको संस्थाका उपाध्यक्ष सुनिल कुमार देवकोटाले जानकारी दिए । 
संस्थाले आफ्नो २५औ बार्षिक स्थापना दिवसको आवसरमा संस्थाको विभिन्न गतिबिधि समेटेर तयार पारेको स्मारिका पनि सोही अवसरमा बिमोचन गरेको थियो । 
संस्थाले सहकारी क्षेत्रमा बिशेष योगदान दिने सहकारी अभियन्ताहरु राष्ट्रिय सहकारी संघका पूर्व अधक्ष्य दिपक प्रकास बास्कोटा, राष्ट्रिय सहकारी संघका पूर्व उपाध्यक्ष बिजय राज घिमिरे, नेफ्स्कुनका महासचिब  चन्द्र प्रसाद ढकाल, रोहानी जोशी र पम्फा राईलाई बिशेष सम्मान गरेको थियो । 
संस्थाले सहकारीका  पूर्व अधक्ष्यहरु होमनाथ शर्मा चौलागाई, शम्भु बहादुर के. सी र बिनोद गौतम लाई पनि सम्मान गरिएको थियो र  संस्थाले आफ्नो उत्कृष्ट बचतकर्ता तथा सस्थालाई बिशेष योगदान दिने सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।  संस्थाको कार्यालय कोपुण्डोल ज्वागलस्थित आफ्नै भवनबाट सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिटेन्स लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

राम मन्दिर नारी चेतना सीपमूलक सहकारी सस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न
the universal times
2074



साउन ३२ काठमाण्डौं । एउटा भरपर्दो, स्थापना काल देखीनै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि तल्लिन राम मन्दिर नारी चेतना सीपमूलक सहकारी संस्था लिमिटेडले आफ्नो १३औं  वार्षिक साधारण सभा भव्यताको साथ सम्पन्न गरेको छ ।
सहकारी संस्थाकी अध्यक्ष उषा अधिकारीको सभापतित्व तथा बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न बार्षिक साधारण सभामा बुढानिलकण्ठ नगरपालिका  बडां नं १०का अध्यक्ष नवराज भट्टराई, ११वडाका अध्यक्ष राजु अधिकारी , रिलायन्स कलेजका प्रिन्सीपल खेम भूसाल नेपाल पत्रकार महासंघ काठमाण्डौका सदस्य बिष्णु निश्चल ,समाजसेवी मिठाराम अधिकारी लगायतको सहभागिता रहेको थियो । 
शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमा बोल्दै बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धव खरेलले सहकारीलाई चुस्त दुरुस्त राख्न र प्रगति गर्नलाई शेयर सदस्यहरुको प्रमुख भूमिका हुने भएकोले सचेत रहन अनुरोध गदै अव सहकारीले सिपमूलक कार्यलाई पनि अगाढि बढाउनु आग्रह  गरे । उनले सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिदै बुढानिलकष्ठ नगरपालिकाले सहकारीलाई सिपमूलक परियोजना संञ्चालन गर्न सहयोग गर्ने बताए । 

समाजसेवी मिठाराम अधिकारीले सहकारीले संस्थागत विकासमा जोड दिनु पर्ने विचार व्यक्त गर्नु हुदै संस्था व्यक्तिगत आधारमा नभई नीतिगत आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले सहकारीले महिलालाई समाज बिकासमा लाग्न प्रोत्साहन गरेको पनि बताए । स्थानिय महिला दिदीबहिनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य बोकी उक्त सहकारी संस्था २०६१ सालमा स्थापना भएको थियो । नाम जस्तै काम गरेर सबैको रोजाइमा रहन सफल सहकारीको  पुजी ६ करोड ७० लाख छ भने ११३४ जना सदस्यहरु रहेका छन् ।  
सहकारीका सचिव चन्द्रावी बानिया अधिकारीले बार्षिक प्रगति प्रतिवेदनका साथै चालु आर्थिक बर्ष २०७४÷०७५ को लागि बार्षिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी संस्थाका कोषाध्यक्ष मिना बिष्ट अधिकारीले आ.ब. २०७३÷०७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । लेखासमितिको प्रतिवेदन, वि.स. २०७३÷२०७४ को लेखा परिक्षकको प्रतिवेदन, २०७३÷२०७४ को लाभांस घोषणा, आदी हलमा उपस्थित शेयर सदस्यहरुको तालिको गडगडाहटले पारित गरेको थियो ।
सहकारीको एक मात्र आधार, मेरो मात्र होइन हामी सबैको उपकार भन्दै कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान मेनु केसी नियमित बचत कर्ता समान ठूली लामा तथा ठुलीकान्छी अधिकारी , उच्च शेयर मैया केसी, कान्छी तामाङ्ग , असल ऋणि भावना केसी,पुजा बस्नेतलाई नगर प्रमुख खरेलले सम्मान गरेका थिए । यस्तै २०७३÷०७४को एस.ई.ई.मा उत्तीण बाल सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
गा्रमिण क्षेत्रमा छरिएररहेको पुजीलाई एकत्रित गरी सदस्यहरुलाई आफ्नो फजुल खर्चको कटौती गरी बचत गर्ने बानि बसालेको छ । सहकारीले निकट भबिश्यमा सदस्यहरुको लागि  सुत्केरी भत्ता , बिरामी परेको बेला  आर्थिक सहायता लगायतको कार्यक्रम समेत साधारण सभामा अध्यक्ष उषा अधिकारीले गरेकी थिईन् । साधारण सभामा संस्थाका सदस्यहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । 



मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011