खेलकुद

सर्वाधिक पुरस्कार राशिको इपिएल क्रिकेट
the universal times
2074

काठमाडौँ, १५ साउन । सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ । 

प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक जोहोरा स्पोर्टस म्यानेजमेन्टका अध्यक्ष आमिर अख्तरले जानकारी दिनुभयो । 

उक्त प्रतियोगिताको विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछन् । नेपाली क्रिकेट इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेटमा विजेताले रु २० लाख पुरस्कार प्राप्त गरेको थियो । 

पत्रकारसम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र आयोजक जोहोराका अध्यक्ष अख्तर तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले प्रतियोगिताको नयाँ लोगो सार्वजनिक गर्नुभयो । गत वर्षदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो । विजेता टोलीले गत वर्ष रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो । 

राष्ट्रिय टिमका कप्तान खड्का तथा राष्ट्रिय टोलीका प्रशिक्षक टमाटाले इपिएल नेपालको ठूलो क्रिकेट प्रतियोगिता भएको बताउँदै यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकासमा सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ

blog comments powered by Disqus

अन्य समाचारहरु

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011