खेलकुद

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजना
the universal times
2073

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजना
नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।जेबलअली, दुबईको एक मजदुर क्याम्पमा गत ७ अप्रिलमा सुरु भएको प्रतियोगितामा युएईका विभिन्न संघसंस्था लगायत कम्पनीमा कार्यरत १४ वटा टिमले सहभागिता जनाएका छन् । नयाँ वर्षको शुभकामना आदानप्रदानसहित परदेशको संघर्षपूर्ण जीवनमा खेलकुदप्रतिको नेपाली युवाहरुको मोहलाई सम्बोधन गर्न नेपाली समुदाय युएई, जेबेलअली पार्कोे एकाईको आयोजनामा उक्त प्रतियोगिता गराइएको समुदायका अध्यक्ष मुनप्रसाद गुरुङले जानकारी दिए । उक्त प्रतियोगिताको लाभांश हेटौंडाका विपन्न तथा दुर्घटनाबाट सिकिस्त, हरिराम राना मगरको उपचार खर्च गरिने खेलकुद संयोजक प्रदिप ठकुरीले  बताएका छन् ।

विदेशमा नेपाली पहिचान र राष्ट्रियता झल्काउँदै नेपाली राष्ट्रयगानबाट खेलको प्रारम्भ गराइएको थियो । नेपाली समुदायलाई विगतदेखि निरन्तर साथ सहयोग दिदै आएका व्यापारिक संस्थानहरु प्रान फुड, अल बारा मिनी मार्केट,Al Kazima Travel and Tourism LLC यस प्रतियोगितामा विशेष प्रायोजकको रुपमा उपस्थिति जनाएका थिए । प्रतियोगिताको सेमी फाइनल र फाइनल खेल तथा पुरस्कार वितरण, प्रायोजक सम्मान कार्यक्रम लगायत सहयोगी मध्ये भाग्यशाली एक जनालाई हवाई टिकटको बिजेताको घोषणा आगामी १४ अप्रिल २०१७, शुक्रबारको दिन आयोजना गरिने बताइएको छ । नेपाली समुदाय युएईको तेस्रो शृंखलाको रुपमा यस अन्तर सामुदायिक भलिबल प्रतियोगितामा एक हजार ५ सयभन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो । खेल अत्यन्त प्रतिस्पर्धात्मक, मनोरन्जनात्मक र शानदार भएकोे दर्शकहरुले प्रतिक्रिया दिएका थिए । सेमीफाइनलमा पुगेका चार टिमबीच कडा प्रतिस्पर्धा हुनेछ । समूह ए मा जेपिटी डिआईपी टिम र नेपाल स्पोर्ट क्लबबीच पहिलो प्रतियोगिता हुनेछ भने समूह बी मा दोस्रो खेल हातेमालो अबुधाबी र ढोरपाटन अबुधाबीबीच हुनेछ ।

दुबै समूहका विजेता टिमले नेपाली नयाँ वर्षको पहिलो दिन दुबईमा फाइनलका लागि कडा प्रतिस्पर्धा गर्नेछन् ।


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011