आध्यात्मिक चिन्तन

धार्मिक स्वतन्त्रता र राजनीति
The Universal Times
Ashad 29



यो युग स्वतन्त्रताको युग हो । मानिस अहिले स्वतन्त्रताका लागि तीव्रतर रुपमा अघि बढिरहेको छ । स्वतन्त्रता र अधिकार सम्पन्न हुनका लागि मानिसहरू लागि परेका छन् । तर वास्तविक स्वतन्त्रता के हो, यसको लक्ष्य के हो, स्वतन्त्रताका लागि चाहिने सर्तहरू के के हुन् ? जस्ता अनेकन प्रश्नहरूको उत्तर पत्ता नलगाइ र नबुझिकन मानिसको स्वतन्त्रता प्राप्ती तर्फको यात्रा अधुरै रहन्छ । यहाँनेर धार्मिक स्वतन्त्रताको कुरा किन गर्न खोजिएको हो भने, धार्मिक स्वतन्त्रता नै नागरिक स्वतन्त्रताको आधार हो । यहाँ धार्मिक स्वतन्त्रता भनेर धर्म निरपेक्षता भन्न खोजिएको किमार्थ होइन । मेरो बुझाइमा राज्य धर्म निरपेक्ष हुनुहुँदैन । आध्यात्मिकताको गहिराईमा नपुगिकन मानवको चरित्र विकास हुन सक्तैन ।
धर्म मानिसका लागि हो न कि मानिस धर्मका लागि । धर्मको उद्देश्य आत्मिक विकास, मानव कल्याण र असल राज्यको निर्माण गर्नु हो । संसारमा विभिन्न धार्मिक सम्प्रदायहरू विद्यमान छन् । संसारका धर्महरूले दिने शिक्षा समय, परिवेश अनुसार फरक भएको पाइन्छ तर तिनीहरूको सार त एउटै हो नै हो, अझै तिनीहरूले दिने शिक्षा सत्तरी प्रतिशत एउटै भएको एक अध्ययनले देखाउँदछ (दी वल्र्ड स्क्रिप्चर हेर्नुहोला) ।  तर मानव एक्काइसौं शताब्दी प्रवेश गरिसक्दा पनि धार्मिकताको नभै धर्मको वकालत भइरहनु मानवजातिका लागि ठूलो बिडम्बना नै हो । कसैले पनि आफ्नै वकालत र प्रसंशा गर्नु सम्पूर्ण अस्तित्वहरू मै अस्वीकार्य मूल्य हो । 
मानवजाति स्वतन्त्र अस्तित्व हो । त्यससँग विवेक, बुद्धि, सृजनशीलता, जिम्मेवारी जस्ता चरित्रहरू रहनेभएकाले नै स्वतन्त्रता मानिसको मौलिक इच्छा नै हो । जसले जतिनैसुकै खिचातानी गरेपनि मौलिक इच्छाबाट विमुख हुन सक्तैन । तर जसरीपनि सत्तामा स्थापित हुने रणनीति लिएका राजनीतिकर्मीहरू अज्ञानतामा रुमल्लिइरहेका मानिसहरूका भावनामा खुलेआम ब्लाकमेलिङ्ग गर्ने काम गरिरहेका छन् । यो मानवजातिका लागि नै बिडम्बनाको बिषय हो । समाज विकासका लागि धार्मिकता (आध्यात्मिकता) र राजनीति दुवै सबल हुनुपर्दछ । दुवैको उच्चता मानव कल्याणमा नै प्रदर्शन हुने भएकाले यिनले आफूलाई सो कार्यमा प्रयोग गर्न सक्नुपर्दछ । सबै मानव एउटै धर्तीका सन्तान हुन् । तसर्थ मानव कल्याणका लागि नभई सत्तामा स्थापित हुन र पेटभर्नका लागि गरिने धर्म र राजनीतिको कुनै गुनजाइस छैन । अस्तित्वमा रहेका धर्महरूमा पनि समसामयिक मानव समाज र युगलाई गति दिन सक्ने आध्यात्मिक समूह नै सबैभन्दा उत्कृष्ठ हो । यसलाई प्रयोग गरी सचेत नागरिक उत्पादन गर्ने अभियान सृजना गर्नु राज्यको दायित्व हो । 
असल छोरीछोरी त्यो हो जसले बाबुआमाको इच्छा बुझेर काम गर्दछ, बाबुआमाको जिम्मेवारी लिन्छ र बाबुआमा प्रति आज्ञाकारी बन्छ । असल दाजुभाइ त्यो हो जसले एकअर्कालाई सम्मान गर्दछन् र एकअर्काको भावनाको कदर गर्दछन्  र मिलेर काम गर्दछन् र बस्दछन् । विविधतामा एकता मानव मात्र नभई सम्पूर्ण सृष्टिको स्वभाव नै हो । कुनैपनि वस्तुको अस्तित्वको सार्थकता र मूल्य अरुबाटै प्राप्त हुन्छ । आफूलाई नै सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति संसारको निकृष्ठतम् प्रवृत्ति र दर्शन हो भन्ने आज सिद्ध भइसकेको छ । कुनै पनि सीमित दर्शन, धर्म र वाद भित्र बसेर ट्वार्–ट्वार् गर्ने व्यक्ति केवल कुवाको भ्यागुत्तो हो, उसलाई संसारको बारेमा केही थाहा हुन्न । सम्पूर्णतामा पूर्णता प्रकृतिको नियम नै हो । कुनैपनि वस्तुको अस्तित्वले अर्को वस्तुसँगको सम्बन्धमा मात्र सार्थकता पाउँछ । सार्थक जीवन बाँच्नका लागि सत्यताको माध्यमबाट संसार चियाउन सक्नुपर्दछ र जीवनलाई एक्सप्लोर गर्न सक्नुपर्दछ । यसका लागि आध्यात्मिक ज्ञानलाई कसरी दैनिक जीवनमा प्रयोग गर्ने भन्ने कुरा बालबालिकादेखि युवायुवती एवं वयस्क व्यक्तिहरूलाई सिकाउनु पर्दछ । सिकाइका दुई तरिका हुन्छन्( एक सैद्धान्तिक ज्ञान अर्को अग्रज र अगुवाहरुबाट व्यवहार प्रदर्शन ।
स्वतन्त्रता मानवजातिले प्राप्त गरेको उच्च स्तरीय उपहार हो । जिम्मेवारीसँगको सहकार्यमा मात्र स्वतन्त्रताले सार्थकता पाउँछ । स्वतन्त्रता भनेको आफैंले प्रयत्न गरेर शान्ति, एकता र खुशी हासिल गर्नका लागि हो । सबै मानवले एकैपटक स्वतन्त्रता अनुभूति गर्नु नै सार्थक स्वतन्त्रता हो । जिम्मेवारी बिहीन स्वतन्त्रताको खोजी गर्ने व्यक्तिहरुबाट संसार आक्रान्त छ । ब्रह्माण्डीय नियम र सिद्धान्त विपरीत स्वतन्त्रताको खोजीले मानव सभ्यता संकटमा पर्ने निश्चित नै छ । सृष्टिकर्ता, ईश्वरको पक्षधर भनिएका (वा मानिएका मात्र) धर्महरू र आध्यात्मिक समूहरूले व्यक्तिगत आन्तरिक संरचना देखि मानव एवं चारित्रिक संरचना भताभुंग हुँदा समेत निरिह रुपमा चुपचाप हेरेर बस्नु धर्मका लागि मात्र हैन कि सम्पूर्ण मानव कै लागि बिडम्बनाको कुरा हो । 
जनआन्दोलन ०६२र०६३ को बलमा स्थापित भई लागु भइसकेका म्याण्डेडहरु पूःन परिवर्तन गर्ने कुराहरु आउँछन् भने नयाँ बन्ने संविधान जनताको संविधान हुन सक्तैन । अरु कुरा ठीकै हो भनेर मन बुझाउने प्रयत्न गरेपनि देशै छाडेर अमेरिका, युरोपका विभिन्न ठाउँ, अष्ट्रालिया लगायत ईशाईहरुले स्थापना गरेको मुलुकको पी. आर. लिने र परिवार सहित उतै पलायन भएका मानिसहरुले पनि नेपाल हिन्दु अधिराज्य हुनुपर्ने भनी कुरा गरेको देख्दा मरेको मूर्दा उठेर आएको हो कि भन्ने प्रतित हुँदो रैछ । ‘आत्मरतिमा आनन्द मान्ने र अरुलाई दूर्बल ठान्ने प्रवृत्ति समग्रमा नेपाली कै प्रवृत्ति हो’ भन्ने छाप सर्वत्र नपरोस् भन्ने यो पंत्तिकारको पनि चाहना हो । नेपालमा अहिले राजनीति धर्मीले नागरिक स्वतन्त्रता र धार्मिक स्वतन्त्रताको कुरा उठाएको केवल राजनीतिक स्वर्थलाई संस्थागत गर्नु मात्र हो कि भन्ने भान भइरहेको छ किनकि यसले नागरिकका अधिकारहरुलाई अद्यवधिक गर्ने कार्यमा कुनै सिन्को भाँचेको छैन ।

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011