आध्यात्मिक चिन्तन

धर्मको अन्त्यको दिन
The Universal Times
Ashad 20



‘एक्काइसौं शताब्दीमा मानव पूनः जीवनका सम्पूर्ण पक्षहरूमा एक हुनतिर गइरहेको छ ।’
                                              -आर्नोल्ड टोएन्वी, (बेलायती इतिहासकार)  

धर्मको अन्त्यको दिनका बारेमा कुरा गर्दा धेरै मान्छेहरूले यस स्तम्भकारलाई अधर्मी भएको आरोप लगाउँदै आइरहेका छन् ।  एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले धर्म विहीन राज्य र संसारको कुरा उठाएको थिएँ । अन्तर्वार्ताकारले मलाई प्रतिप्रश्न सोधेका थिए, ‘तपाइँ नैतिक समाज र राज्यको पनि कुरा गर्नुहुन्छ अनि धर्म विहीन पनि भन्नुहुन्छ, यो विरोधाभाषपूर्ण भएन र ?’ संसार आफ्नै हिसाबले चले पनि इतिहासको अन्त्य ईश्वर केन्द्रमा भएको, ईश्वर सहितको साम्यवाद हो । 
सृष्टि भएका वस्तुहरूमा मानव चोला उत्कृष्ठ चोला हो । ब्रह्माण्डमा अस्तित्वमा रहेका वस्तुहरूमा मानव चोला मात्र आध्यात्मिक चोला हो किनकि मानव मात्र आध्यात्मिक वा आत्मिक प्राणी हो । मानव चोला केवल भौतिक मात्र होइन । मानवले गर्ने कर्म आफ्नो जीवन धान्नका लागि मात्र नभएर सम्पूर्ण सृष्टिकै देखभाल गर्ने र परलोकका लागि तयारी गर्ने समेत हो । यसो हुँदाहुँदै पनि मानवमा अनेकन पीडा र असन्तुष्टिहरू किन विद्यमान छन् त ? यो प्रश्नले मानव पिल्सिएको छ, आक्रान्त भएको छ ।  मानव जीवन किन यति धेरै आक्रान्त छ त ? मानव खुशी चाहन्छ तर खुशी भेट्दैन, शान्ति खोज्छ तर पाउँदैन । यो जीवनको उद्देश्यसँग जोडिएको प्रश्न हुनुपर्दछ । किनकि इच्छा पुरा भएको खण्डमा मात्र मानिस खुशी हुन्छ । यसबाट यो प्रतित हुन्छ कि मानिस उद्देश्यबाट विमुख भएको छ । उद्देश्य बोकेका मानिसहरू कहिल्यै दरिद्र हुँदैनन् । लक्ष्यमा लागिरहने व्यक्ति कहिल्यै असफल हुन सक्तैन ।
अर्को हो वंशगत सम्बन्ध । हामी सबै कसै न कसैको वंशमा नै जन्मेका हुन्छौं । बाबुआमा बिना सन्तानको कल्पना सम्म पनि गर्न सकिन्न । यसबाट प्रश्न उठ्छ कि, मानवताका पहिलो पूर्खा कहाँबाट आए ? उनीहरूका बाबुआमा को थिए ? के उनीहरू ईश्रका सन्तान थिए त ? ईश्वरका सन्तान थिए भने फेरि उनीहरूका सन्तान किन दुःखी भए त ? उनीहरूको इच्छा किन पूर्ति हुन सकेन त ? यही प्रश्नको समाधानका लागि नै धर्महरू जन्मेको हुनुपर्दछ । जब समस्या सृजना हुन्छ समाधानका लागि भनेर जागिर खान आउनेहरू अनगिन्ती हुन्छन् । उदाहरणका लागि अहिले हाम्रो मुलकले पनि यस्तै यस्तै कुराहरू भोगिराखेको छ । धर्महरू पनि जागिर खान मात्र आएका हुन् । जब जागिर खत्तम हुन्छ उनीहरू आफसेआफ लोप हुन्छन् ।  यिनीहरू ईश्वरको कुरा त गर्दछन् तर ईश्वर सँग भने यिनको खासै सम्बन्ध छैन । धर्महरू कुनै कम्पनीका व्यवस्थापक जस्तै हुन तर मालिक हैनन् । यदि कुनै कम्पनीमा नियुक्त व्यवस्थापकले राम्रो कार्यकुशलता प्रदर्शन गर्न सकेन भने मालिकले उसलाई हटाएर अर्को व्यवस्थापक नियुक्त गर्दछ । जब नयाँ व्यवस्थापक आउँछ पूरानोको कुनै अधिकार हुँदैन । यसरी अनेकन धर्महरू आउनुका पछाडि पनि यही कार्य सम्पादनको प्रश्न जोडिएको हुनुपर्दछ । मुख्यतया यिनका दुईवटा उद्देश्य छन् उद्देश्य वा कारणको पुनस्र्थापना र वंशको पुनस्र्थापना । धर्महरूको स्थान देवदूतको स्थान समान छ । यिनीहरू मानिसका मालिक हैनन् कि सेवक वा नोकर हुन् । यिनको उद्देश्य मानिसको सेवा गर्नु हो । इतिहासको अन्तिम कालखण्ड जहाँ मानिसको सच्चा हैसियत पुनस्र्थापना हुन्छ वा मानिसले आफ्नो हैसियत, जिम्मेवारी र स्थान थाहा पाउँछन् यिनीहरुले कुलेलम ठोक्नैपर्ने हुन्छ । मानव इतिहास भरीका क्रान्तिहरू यही, मानिसको गुमेको अस्थित्वको पूनस्र्थापनाका लागि संचालन भएका थिए भन्ने कुरामा कुनै दुईमत हुन सक्तैन ।
मानिस सृष्टिको उत्कृष्ठ प्राणी मात्र हैन ऊ हुने हुनामी सबै कुरामा जिम्मेवार पनि छ । सप्रिने र बिग्रने सबै चीजमा उसकै हात छ । असल र खराब सबै परिणाम उसमै निर्भर छ । ‘वसन्त आएपछि काग काग नै हुन्छ, कोइली कोइली नै हुन्छ’ भने झैं जब समय आउँछ, फल फल्छ, रुखको परिचय बाहिर आउँछ, लोकले त्यसलाई पहिचान गर्दछन् । सत्यता प्रकट भएपछि सबै आआफ्नो हैसियतमा फर्कनैपर्ने हुन्छ । तसर्थ, धर्महरूले पनि अन्तिम दिन वा कलियुगको कुरा गर्दछन् । त्यसपछि धर्महरूको युग रहँदैन । तर त्यसैको आडमा बाँचेको परजीबि आफ्नो अस्थित्व लोपहुने पीरले नराम्ररी चिन्तित हुन्छ । जसरी मानिसको भौतिक चोला समाप्त हुन्छ उसको आत्मा वा सार मात्र बाँकी रहन्छ, त्यसैगरी धर्म हैन कि धर्मको सार वा आध्यात्मिकता मात्र बाँकी रहन्छ । जुनसुकै वृक्षको उद्देश्य फल फलाउनु नै हो । वृक्षलाई गोडमेल, पालन पोषण आदि इत्यादिको जरुरत पर्दछ तर त्यसको लक्ष्य उन्नत फल हो । तसर्थ धर्मको फल पनि आध्यात्मिकता हो । तर अर्को यथार्थ कुरा यो पनि हो कि अरुले लेखेको पुस्तक पढेर मात्र कोही पनि विशेषज्ञ हुन सक्तैन, उसले आफैं पनि अनेकन अनुसन्धानहरु गरेर त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ ।  कसैले आफैं अनुसन्धान गर्न सक्तैन भने त्यो व्यक्ति उक्त क्षेत्रको विशेषज्ञ हुनसक्तैन, सामान्य जानकार मात्र हुनसक्छ । आध्यात्मिक क्षेत्रमा पनि यही नै सत्य लागु हुन्छ ।
अहिले धर्महरूमा विभिन्न खाले विक्रिति र विसंगतिहरू देख्न सकिन्छ । सामान्यतया धर्महरूले आर्दशका कुरा गर्ने भएकाले मानिहरू त्यसलाई त्यही दृष्टिकोणले हेर्ने गर्दछन् । तर जब गहिराइ पुगिन्छ त्यहाँ पनि विक्रिती विद्यमान भएको थाहा लाग्दछ । केही समय पछाडि फर्केर इतिहासलाई दृष्टिगत गर्ने हो भने यो थाहा हुन आउँछ किसामाजिक समस्याहरु सृजना हुँदा धर्महरूले नै सम्बोधन गर्ने गर्थे । तर आज ती यति असक्त भइसकेका छन् कि तिनले कुनै पनि सामाजिक समस्याको सम्बोधन गर्न सकिराखेका छैनन् । बरु त्यही समस्यामै आफूहरू बगिरहेका छन् । परिवार विखण्डन, पारपाचुके, गे इस्यु लगायतमा धर्महरू मौन रहनु, धार्मिक स्वतन्त्रताका लागि खडा गरिएका मुलुकहरूले नै त्यसखाले मुद्दामा अधिकार प्रदान गर्ने नाममा निरिह रुपमा सहमति जनाउनुले पनि यिनको हैसियत समाप्त भएको तर्फ नै इंकित गर्दछ । अहिलेको समाज सम्म आइपुग्दा धर्महरू मानव समाजमा घाँडो समेत भइसकेका छन् । तिनले स्थापना गरेका र बनाएका कुरा भत्काउनै अर्को क्रान्ति गर्नुपर्ने स्थिति सृजना भइसकेको छ । शायद त्यसैले पनि हुन सक्छ संसारमा धर्म विहीन राज्यको अवधारणा आएको र राज्यहरूको पनि उदय भइसकेको छ । हाम्रो देशमा पनि धर्म निरपेक्षताको कुरा अगाडि आएको छ ।  पश्चिम युरोप कुनै समय धर्मको गढ थियो तर अहिले त्यहाँका मानिसहरू धर्मको नामै लिन चाहँदैनन् । 
धर्महरूले मानवताका वीचमा विभेद ल्याउने र मानवताका बीचमा पर्खाल निर्माण गर्ने कार्य पनि गरेको छ । धर्मले मानिसलाई यो तेरो यो मेरो भन्ने स्थिति पनि सृजना गरेको छ । एउटै घरभित्र फरक फरक विचार र मान्यता राख्ने व्यक्तिहरू  छन् भने परिवारमा साझा अवधारणा बनाउन निकै कठीन पर्दछ । त्यस्तो स्थिति पैदा भयो भने परिवार पनि विखण्डित हुन पुग्दछ । पृथ्वीको मानवता एउटै परिवार भएकाले यिनीहरू  एक हुनै पर्दछ । तसर्थ यदि हामी मानव एकताको कुरा गर्दछौं भने हामी धर्म भन्दा माथि उठ्नै पर्ने हुन्छ । मानव चोला सर्वोत्कृष्ठ चोला भएकाले मानवता धर्म, वाद, जातियता, वर्ण, लिंगगत भेदभावमा अल्झेर बस्नु हुँदैन बरु त्यस भन्दा माथि उठ्दै सिंगो मानवता बनाउनका लागि अघि बढ्नु पर्दछ । जहाँ मानवता जीवनका सम्पूर्ण पक्षहरूमा पून एकीकृत हुन्छ । यसका लागि धार्मिक पर्खालहरू तोड्नुपर्ने हुन्छ ।

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011