आध्यात्मिक चिन्तन

झापा यात्राले दिएको अनुभूति
काशीनाथ खनाल
Ashad 13, 2072



यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु ... 

स्वरसम्राट स्वर्गीय नारायणगोपालले गीत गाए जस्तै मानिसको जीवनमा धेरै यात्राहरू हुन्छन् । केही यात्रा उद्देश्यमूलक हुन्छन् त केही उद्देश्य विहीन । यात्रा सबैले गर्दछन् तर अनुभूति सबैले पाउँछन् भन्ने छैन । यस स्तम्भकारले पनि विभिन्न बहानामा नेपालका चालिस भन्दा बढी जिल्लाको यात्रा गरेको छ । कतिपय जिल्लाहरूमा दर्जनौं पटक पनि यात्राहरू भएहोलान् । शुरुवाती दिनहरूमा केही संस्मरणत्मक लेखहरू डायरीका पानामा उतार्ने प्रयाश गरेपनि प्रकाशन कै हिसाबबाट चाहिँ अहिले सम्म बाहिर आएका छैनन् । 
यस पटकको यात्रा काठमाण्डौंबाट झापा सम्मको थियो । एक आध्यात्मिक अभियान यात्राको बहानाको रुपमा जोडिएको थियो । सिकाइको हिसाबबाट यो यात्रा उन्नत नै सवित भयो । तसर्थ राम्रो नराम्रो अनुभूति दिने सबैलाई धन्यवाद दिनैपर्छ । झापा जिल्लामा ‘अन्तरसाँस्कृतिक पारिवारिक शैक्षिक शान्ति महोत्सव’ को दोस्रो संस्करण संचालनका लागि हाम्रो टोली काठमाण्डौंबाट झापा प्रश्थान गरेको थियो । मेरालागि यो पहिलो झापा यात्रा थिएन । सन् २००५ मा म पहिलो पटक झापा गएको थिएँ । झापाले म मा धेरै कुरा दिएको छ । झापा मेरो तालिम मैदानकै एक भाग हो भन्दा कुनै अतिसयोक्तिपूर्ण हुँदैन । 
यात्राले धेरै कुरा सिकाउँछ । शिक्षा समाज विकासको मेरुदण्ड हो । शिक्षा बिना कुनै पनि कुरा अघि बढ्न सक्तैनन् । मानिस शिक्षासँगै गतिशिल भएर बग्न सक्नुपर्दछ । कलकल बग्दा शुद्ध देखिने पानी जब स्थिर हुन्छ, त्यो फोहर र दुर्गन्धित हुन्छ । समयसँगै बग्न सकेन भने मानिस पनि दुर्गन्धित हुन्छ । उसका सोचरविचार दुर्गन्धित हुन पुग्दछन् । समयसँगै बग्न नसक्ने व्यक्तिहरू सकारात्मक हुनसक्तैनन् । शिक्षा समय सुहाउँदो हुनुपर्दछ । आजका सुविचारहरू भोलिका कुविचार पनि हुन सक्तछन् । मानव इतिहास पुनस्र्थापनाको इतिहास भएकाले शिक्षा अघिल्लो कालखण्डमा भन्दा पछिल्लो कालखण्डमा तुलनात्मक रुपमा अपडेटेड हुनुपर्दछ  । ‘मेरो गोरुको बाह्रैटक्का’ भन्ने शिक्षामा लागु हुनसक्तैन । म सबै कुराले भरिपूर्ण छु भन्ने खालका विचार यदि कोही व्यक्तिले अभिव्यक्त गर्दछ भने त्यो नितान्त स्वाँठ र बुङ्गो व्यक्ति हो । शिक्षाको हिसाबले एक्काइसौं शताब्दी स्वर्ण युग हो । भौतिक सत्यता मात्र नभई आध्यात्मिक सत्यताको अभिव्यक्तिका हिसाबले पनि यो स्वर्णीम युग हो । जीवन जिउँने कला देखि मूल्य मान्यता सम्म र इतिहासका कैंयन् गौंण (लुकेका) र प्रकट हुन नसकेका सत्यताहरू अभिव्यक्त भएका छन् यो युगमा । नयाँ भवनहरू निर्माण गर्नका लागि निश्चित रुपमा पूराना भवनहरू भत्काइनु पर्दछ । पूराना निर्माण सामाग्री भन्दा नयाँ निर्माण सामाग्री निश्चय नै उन्नत हुन्छन् ।। अरुले आविष्कार गरेको कुरा हरेक व्यक्तिलाई बोझिलो हुने भएकाले ऊ आफैं आविष्कारक बन्न सक्नुपर्दछ ।
पारिवारिक आशीर्वाद समाजलाई रुपान्तरण  गर्ने अभियान हो । आदर्श परिवार, समाज, राष्ट्र र संसारको उद्गम विन्दु पारिवारिक आशीर्वाद हो । मानिसले सदियौंदेखि खोजिराखेको लक्ष्यमा पुग्नका लागि कयौं मानव निर्मित पर्खालहरू तोड्नुपर्ने हुन्छ । विकासको क्रममा केही आवश्यक परेर र केही अनावश्यक रुपमा निर्माण भएका पर्खाल तोड्ने अभियान हो पारिवारिक आशीर्वाद । परिवार सबल र सक्षम छैन भने सक्षम र सबल राष्ट्रको कल्पना हुन सक्तैन । जति नै आवश्यक भएपनि साँचो र यथार्थ सत्यलाई स्थापित गर्न अस्तित्वको लडाइँ लड्नै पर्ने रहेछ यहाँ । एउटा यथास्थितिवादी र पश्चगामी तत्वलाई पराजित नगरी नयाँ र शाश्वत मान्यता कदापी स्थापित हुन सक्तोरहेनछ भन्ने गहन लेसन सिकायो यो यात्राले । त्यसैले त इतिहासमा एउटा निश्चित समय अन्तरमा ठूलाठूला आन्दोलन र क्रान्तिहरू भएका छन् । सरकारी विद्यालयमा हुने राजनीतिलाई पनि नजिकबाट चियाउने मौका दियो यो यात्राले । यो पंक्तिकार त्यहीको एक विद्यालयकै प्राङ्गणमा उपस्थित भएको बेला एस्. एल. सी. को रिजल्ट आउट भयो । झण्डैं सय जनाको हाराहारीमा विद्यार्थीहरूले परीक्षा दिएको स्कूलमा ‘१ जना प्रथम श्रेणी आयो अन्य ८ जना पास भए अब यति भए पुग्यो, जागिर जोगियो’ भनेर कसरी हेडमास्टर अन्य विद्यार्थीहरूको रिजल्ट नै नहेरी ट्वाँक लाउन गएको त्यो स्थितिलाई आँखै अगाडिबाट सामना गर्नुपर्दा आँङ्ग जिरिङ्ग ग¥यो । तिनले अर्को दिन सोही विद्यालयको प्राङ्गणमा आयोजना गरिएकोे परिवारिक कार्यक्रममा नजान आफ्ना अभिभावकहरूलाई उर्दी नै जारी गरे भन्ने सुनियो । उनको भाषा यसप्रकार थियो,( ‘यो कुनै विदेशी विस्तारवादलाई सघाउने कार्यक्रम हो वा कुनै न कुनै रुपमा यसमा राजनीति घुसेको छ । यिनलाई हाम्रो इलाकाका प्रवेश गर्न दियो भने विस्तारै हाम्रो अस्तित्व हाम्रै क्षेत्रबाट लोप हुने स्थिति आउँछ, किनकि यिनीहरुसँग हामीसँग भन्दा जनतालाई कन्भिन्स गर्न सक्ने कुरा बढी छ ।’ हुनपनि यस्तो चिन्ता न भाले न पोथी खालका बीचकालाई बढी हुँदो रहेछ । बीचको जतापनि टाँसिन सक्ने भएकाले त्यो चिन्ता स्वाभाविक पनि छ । पछि कार्यक्रममा उपस्थित अभिभावकहरूले ‘फलानो हेडमाष्टरले त यस्तो उस्तो भन्दै हामीलाई नजान भनेको थियो तर उसले भने जस्तो त केही देखिएन’ भन्दै उसैलाई गाली गर्दै फर्के । 
 यी र यस्ता पश्चगामी सोच भएका व्यक्ति शिक्षा क्षेत्रका अगुवा छन् र त्यसमा पनि उनीहरू शिक्षणलाई भन्दा पनि राजनीतिलाई मुख्य पेशा ठान्दछन् । विद्यालयमा कति राजनीति हुन्छ भन्ने कुरा यो, आफ्ना लेखनीलाई बामे सार्दै गरेको, बबुरा स्तम्भकारले पनि आफ्नो स्कूले जीवनमा देखेको र बुझेकै हो । विभिन्न पार्टीगत विषयलाई लिएर मास्टरहरू अफिसको ढोका थुनेर बाझाबाझ गरिरहेका हुन्थे । साँढेको जुधाइ, बाच्छाको मिचाइ भनेझैं तिनको झगडाले हाम्रो पिरियडनै च्यापिन्थ्यो र विलाउँथ्यो । विद्यालयमा १० प्रतिशत उतीर्ण हुन मुस्किल थियो र छ । विद्यार्थीको चौतर्फी विकासको कुरा गर्छ नेपालको शिक्षा विभाग । तर नीति अनुरुप चौतर्फी विकासमा ध्यान कतैबाट दिएकै छैन । एउटा सामान्य सत्य के हो भने जसले मेहनत गर्दछ ऊ कहिल्यै असफल हुने सम्भावना हुँदैन । संस्थागत विद्यालयमा नतिजा जिरो हुनु पनि अरु केही नभएर शिक्षक र विद्यार्थीले  पर्याप्त मेहनत नगरेकै कारणले हात लागेको परिणाम हो । 
देशमा जनताले बगाएको पशिनाबाट आर्जेको कर खाएर त्यसको मोल तिर्न नसक्नेहरु सधैं त्यसप्रति ऋणी हुन्छन् । यदि शिक्षित भन्ने व्यक्ति जसले शिक्षा क्षेत्रको नेतृत्व सम्हालेका छन्, उनीहरूले यसलाई महसुस गर्दैनन् भने अरुबाट झन के नै अपेक्षा गर्न सकिन्छ र ? सुशासन र असल नेतृत्वको शुरुवात कर्ता पहिलो बुबाआमा हुन् भने दोस्रो शिक्षकशिक्षिका । त्यसैले त शिक्षालय विद्याको मन्दिर हो भनिन्छ । यदि कुनै देशमा शिक्षालय ठग र भ्रष्ट गिरोहका नाइकेहरूको हातमा छ भने त्य देशमा जति नै भ्रष्टाचार निवारणका कुरा फलाकेपनि प्रतिफल हासिल गर्न कदापी सकिँदैन । 
मानिसको मूल स्वभाव आध्यत्मिक भएकाले आध्यात्मिक विकास विना व्यक्तिगत चरित्रको विकास हुने अपेक्षा गर्न सकिन्न । आध्यात्मिक विकास भनेको कुनै धर्म अँगाल्दैमा र धर्मभिरु हुँदैमा पनि भइहाल्ने कुरा होइन । यो त जीवनशैलीमा आउने कुरा हो । विद्वानहरूले भनेका छन् कि जीवन आफैंमा एउटा कला हो । यो आध्यात्म र भौतिक दुवै वस्तुको समायोजनबाट बनेको छ । भौतिक र आध्यात्मिक दुवै रुपमा सफल व्यक्तिमात्र नमूना उदाहरणीय (च्यभि ःयमभ)ि व्यक्ति हो । कुनै पनि आध्यात्मिक संस्थाले आफूमा आबद्ध व्यक्तिहरूलाई जिम्मेवारी विहीन र स्वेच्छाचारी रुपबाट हिँड्न लगाउँछ वा हिँडेको देखेपनि देखेको नदेख्यै गर्छभने त्यसको औचित्य समाप्त भइसकेको मान्नुपर्ने हुन्छ । सबै वस्तु सिद्धान्तमा आधारित भएर बनेका छन् र सिद्धान्त अनुसार नै चल्छन् । तर मानवले सिद्धान्त गुमाएको छ, जसका कारण मानिस सिद्धान्त विहीन भएको छ । यो सिद्धान्त विहीन अवस्थाबाट सैद्धान्तिक अवस्थामा ल्याउनु नै इतिहासको मार्गक्रम हो । पूर्ण सिद्धान्त प्राप्ती नै असल पक्षको शुरुवात हो । 


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011