आध्यात्मिक चिन्तन

आध्यात्मिक सिद्धान्त र अनुयायीहरू
K N KHANAL
Jestha 29, 2072

आध्यात्मिक सिद्धान्त र अनुयायीहरू

अध्यात्मिक सिद्धान्त एक वास्तविक र यथार्थ सिद्धान्त हो । आध्यात्म जड यथार्थ र भौतिक बाह्य यथार्थ हुन् । आध्यात्मिक सिद्धान्त र भौतिक सिद्धान्त एक अर्काका पूरक हुन् । अध्यात्म बिना भौतिक अस्तित्वमा आउनै सक्तैन भने भौतिक बिना अध्यात्मको कुनै अर्थ रहँदैन । आध्यात्म र भौतिक एकअर्काका पर्याय भएपनि इतिहास भरी नै यी दुईका बीच द्वन्द्व देखाएररगराएर अध्यात्मिक र भौतिकवादी दुवैले राजनीति गर्ने भरपुर प्रयत्न गरेका छन् । ‘साँचो डग्दैन झुठो तग्दैन’ भनेझैं आखिर सत्यता प्रकट भएरै छाड्छ र भित्री गुह्यहरू बाहिर निस्कन्छन् । अझैपनि दुवैतिरको ठूलै जमात अनेक हत्कण्डा अपनाएर वास्तविकता थाहानपाएको बहानाबाजी गर्न तल्लिन छन् । तसर्थ, हामी एक किसिमको सामाजिक संघर्षकै क्रममा छौं भन्दा अत्युक्ति हुन्न । वास्तविक कुरा के हो भने दुवैको एकता बिना मानवीय उद्देश्य पूरा हुन सक्तैन र समस्याहरू पनि समाधान हुन सक्तैनन् ।
युद्ध र संघर्ष पतित मानव समाजको अकाट्य सत्य हो । युद्ध र संघर्ष नहुने हो भने पतित मानव समाजको प्रगति नै हुनसक्तैन । पतित मानव समाज रुपान्तरित हुने एकमात्र विकल्प युद्ध र संघषर््ा नै हो । नयाँ सत्यको प्रस्फुटन पछि पूरानो मूल्यमान्यता बोकेका व्यक्ति र समूहहरू रुपान्तरण भएको खण्डमा त्यो संघर्ष आवश्यक पर्ने थिएन । तर पूरानो पुस्ता वा समूह आफूले बोकेको मूल्यमान्यता जतिनै सुकै परम्परागत र झूठो सावित भैसकेपनि यही नै सबैकुरा हो भनेर लिंडेढिपी कसिनै रहेका हुन्छन् । किनकि त्यो मूल्यमान्यताको अवसान सँगै उसको पनि स्वतः अवसान हुन्छ । तसर्थ प्रत्येका संघर्ष र लडाइँलाई अस्तित्वको लडाइँ भन्दा फरक पर्दैन । 
प्रत्येक भौतिक प्रगतिको कारण पनि आध्यात्मिक प्रगति नै हो । भौतिक प्रगति सजिलै देख्न सकिन्छ भने आध्यात्मिक प्रगति देख्न अलि कठिन पर्दछ । आध्यात्मिक प्रगति व्यक्तिकोरसमाजको  व्यक्तित्व मार्फत मात्र देख्न सकिन्छ । एउटा समुचित आध्यात्मिक विकास बिना भौतिक वा मानव सभ्यताको विकास सम्भव छैन । नयाँ नयाँ पद्धति र प्रणालीहरु जहाँ अरुको भावना र इच्छाको कदर र सम्मान हुन्छ त्यो एक आध्यात्मिक विकासको उचाइमा मात्र प्राप्त गर्न सकिन्छ । अध्यात्मिकता र भौतिकता दुवैको चुरो ईश्वर हो । सामान्य रुपमा भन्ने हो भने ईश्वरको व्यक्तित्वको पहिचानको स्तर नै त्यो आध्यात्मिक दर्शनको स्तर हुन्छ । जस्तै उदाहरणका लागि, कुनै आध्यात्मिक दर्शनले ईश्वरलाई सारा मानवताका मालिक भन्ने तवरबाट पहिचान गरेको छ भने त्यो दर्शनको अनुयायीले ईश्वरसँग एउटा नोकरको रुपमा मात्र सम्बन्ध राख्न सक्तछ । तर ऊ गतल छ भन्ने मेरो मान्यता कदापी होइन । ऊ सही नै छ । फेरी अर्को आध्यात्मिक दर्शनले ईश्वरलाई धर्मपिता र त्यस दर्शनको अनुयायीलाई धर्मपुत्र भन्छ भने उसले बोकेको दर्शन अनुसार उसको स्थान धर्मपुत्र सम्मको मात्र हुन्छ । ऊ पनि गलत होइन । अनि सर्वोकृष्ठ दर्शन त्यो हो जसले ईश्वरलाई साक्षात आफ्नो पिता भन्दछ । त्यो भन्न सक्नु इतिहासको सबैभन्दा महान उपलब्धी हो । यस दर्शन अनुसार त्यसको अनुयायी ईश्वरको सुपुत्र हुन्छ । नोकरको भन्दा सुपुत्रको निश्चय पनि उच्च हैसियत र अधिकार रहन्छ । यस्तो युगको शुरुवात कुनै सामान्य व्यक्तिबाट हुन सक्ने कुरा पक्कै होइन । म ईश्वरको नोकर हूँ भन्ने अगुवा भन्दा म ईश्वरको धर्मपुत्र हूँ र तिमीहरु पनि त्यही हुनुपर्छ भन्न आउने अगुवा बढी नै हैसियत भएको हुनुपर्दछ । अनि म ईश्वरको साक्षात पुत्र हूँ र तिमीहरु पनि साक्षात् सुपुत्र सुपुत्री हुनुपर्दछ भन्ने दर्शनको अगुवा अन्यको तुलनामा माथिल्लो हैसियत भएकै हुनुपर्दछ । यसरी कसको हैसियत के हो भन्ने कुरा पहिचान गर्न सकिन्छ । 
ताओ ले भन्छ कि ‘एक याङ्ग र एक यीन नै धर्म वा बाटो हो ।’ तसर्थ धर्म भनेको बाटो मात्र हो । यो गन्तव्य होइन ।  बाटोमा अल्मलिनेहरू कहिल्यै गन्तव्यमा पुग्न सक्तैनन् । त्यसैगरी धर्ममा अल्मलिनेहरू पनि कहिल्यै लक्ष्यमा वा मोक्षमा पुग्न सक्तैनन् । पहिलो पुस्ताले आफ्ना उपलब्धिहरू नयाँ पुस्तालाई हस्तान्रण गर्दै भन्न सक्नुपर्दछ ल मैले सकेको गरेंं अब यस पछाडि तिमीले बझ बढी गर्दै त्यसका उपलब्धिहरूलाई अर्को पुस्तालाई हस्तान्तरण गर्नु । तर यो अवस्था मानव इतिहासमा कहिल्यै सृजना भएन । जसकाकारण नयाँ पुस्ता र पूरानो पुस्ता अनि पूराना आध्यात्मिक मार्ग र नयाँ आध्यात्मिक मार्गका बीचमा मेलमिलापको वातावरण सृजना भएन । पूरानाले नयाँलाई हेप्ने प्रवृत्ति अद्यापी छँदै नै छ । तसर्थ इतिहासको फल फल्न धेरै समय लाग्यो । यो सत्यलाई बुझेका व्यक्तिहरू पनि पदलोलुपताका कारण फलो गर्दैनन् । मानव इतिहासको गन्तव्य भनेको धर्म, जाति, भाषा, राष्ट्रियता आदि भन्दा माथि उठेको एउटै मानव परिवार हो । 
ब्रह्माण्डको केन्द्रबिन्दु प्रेम हो । तसर्थ हरेक वस्तु प्रेमकै पेरिफेरीमा घुमिराखेका हुन्छन् । बुबाआमाको प्रेम परिवारको केन्द्रविन्दु हो । ब्रह्माण्डको केन्द्रविन्दु ईश्वर हो र ईश्वरको व्यक्तित्वको केन्द्रविन्दु पनि प्रेम नै हो । त्यसैले सबै कुरा प्रेममा नै केन्द्रित हुन्छन् । त्यसैले ईश्वर बाबुआमा हो । प्रेम सबैलाई मन पर्छ । सबैको खोजी पनि प्रेम नै हो । प्रेममा कोही पनि दुःखी हुँदैन । जीवनको उद्देश्य पनि पूर्ण प्रेम प्राप्त गर्नु र पूर्ण प्रेम दिनु नै हो । प्रेम नै एकमात्र सत्य हो । मृत्यु पछि पनि हामीसँगै रहने कुरा भनेकै प्रेम मात्र हो । अन्य सबै नासवान् छन् तर मात्र प्रेम अनन्त छ ।  मान्छे किन दुःखी छ त ? ऊ केवल एउटै कारण दुःखी छ । ऊ पूर्ण प्रेम प्राप्त गर्न चाहन्छ तर पूर्ण प्रेम दिन जान्दैन । प्रेम लिने वस्तु होइन, यो त दिने वस्तु हो । लिने काममा दरिद्रता लुकेको हुन्छ भने दिने काममा उदारता । तसर्थ दर्शनमा पनि प्रेमको दर्शन नै उत्कृष्ठ दर्शन हो । 
जसै त्याग र बलिदानीपूर्ण मार्गको अगुवाइ हुँदै गयो सोही अनुपातमा मानवता पुनःस्थापन हुँदै गयो । सरल आध्यात्मिक सिद्धान्त जन्मे । किनकि आध्यात्मिक आविस्कारको उद्देश्य आत्मिक अज्ञानता हटाउनु हो भने वैज्ञानिक आविस्कारको उद्देश्य भौतिक अज्ञानता हटाउनु हो । आध्यात्मिक उपलब्धिकै कारण नयाँ नयाँ आविस्कारहरू जन्मे, नयाँ नयाँ र सरल सिद्धान्तको व्याख्या विष्लेषण हँुदै गयो । नयाँ सत्यको आविस्कार सँगै पूरानोको अस्तित्व संकटमा पर्न जान्छ अनि पूरानोले नयाँको विरोध गर्दछ । नयाँ सत्यको आविस्कार भइसकेपछि पनि त्यसले लालमोहर पाउन समय लाग्दछ । जब सत्यता प्रमाणित हुन्छ मानिसबाट एक दुई हुँदै अनुमोदित हुन्छ । अनुमोदित भइसकेपछि पनि सबै काम फत्ते भने भइसकेको हुदैन । अहिले सम्म इतिहासमा पाइएको तथ्यले के प्रमाणित गर्दछ भने कुनैपनि आध्यात्मिक मार्गको अगुवा वा प्रतिपादकरसंस्थापकको पूर्ण अख्तियारी ग्रहण गर्न लायकरसक्षम अनुयायी कुनैपनि आध्यात्मिक मार्गमा फेला पर्न सकेको छैन । यो समग्र मानवताका लागि ठूलो दुर्भाग्य नै मान्नुपर्छ । संसारमा चार मुख्य धार्मिक वा आध्यात्मिक परिवार अस्तित्वमा रहेका छन् । समय अनुसार तिनको अवस्थामा परिवर्तन आइरहन्छ । हिन्दु वा ॐकार परिवार, सुदूर पूर्वीय परिवार, ईशाई परिवार र इस्लामिक परिवार । यी भित्र पनि अनगिन्ती अस्तित्वका लडाइँ विद्यमान छन् । साँचो कुरा यो हो कि यी र यी भित्रका अनगिन्ती सम्प्रदाय भित्र पनि उक्त आध्यात्मिक मार्गको संस्थापकको हृदयलाई बुझ्नसफल उत्तराधिकारी कही कतै पनि जन्मन सकेको पाइँदैन । 
तसर्थ, अहिले सम्मको वास्तविकता भनेको कुनै पनि आध्यात्मिक मार्गको  संस्थापकको सफल उत्तराधिकारी जन्मन नसकेकै कारण संस्थापकको इहलीला समाप्त भएसँगै तत्(तत् आध्यात्मिक मार्गमा धेरै बिक्रिती र विसंगतिहरु पनि जन्मन र हुर्कन पुगेका छन् । अन्तमा ती मार्ग उद्देश्य विहीन बन्न पुगेका पनि छन्  र त्यसको मूल्यमा पनि गिरावट आएको छ । खासगरी आध्यात्मिक दर्शनमा प्रयुक्त वाणीहरु द्विअर्थपूर्ण र अझ कतिपय अवस्थामा धेरै नै किसिमका अर्थ लगाउन सक्ने हुने भएका कारण व्यक्तिपिच्छे फरक फरक अर्थ लगाई मूल मर्मको भावना माथि खेलवाड पनि हुने गरेका दृष्टान्तहरू सम्बन्धित बजारमा मनग्यै भेटिन्छन् । आशा गरौं आउँदो युगमा यस्तो वेथिति देख्न र भोग्न नपरोस् । 


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011