आध्यात्मिक चिन्तन

धर्म र अधर्मसम्बन्धी मेरो कुरा
The universal times
2071

धर्म र अधर्मसम्बन्धी मेरो कुरा
काशीनाथ खनाल

          उनी पोखरीको कुना नजिक पुग्न लागेकी थिइन् । त्यतिबेला उनले आफूसँग ल्याएको फोहरको झोला पोखरीमा फ्याँकिन् र अन्यत्र कतै ध्यानै नदिई अगाडि बढिन् । उनको त्यो कर्तुतलाई कसैले देख्यो कि देखेन भन्ने कुराको उनलाई कुनै पर्वाह भएको जस्तो देखिएन । अब उनी त्यहाँ (मन्दिर) गएर जति पूजा गरे पनि, जति नै दान–भेटी अर्पण गरे पनि र जति नै सत्सङ्ग सुने पनि तिनले गरेको कार्य धार्मिक होला त ?

अहिले धर्मसम्बन्धी धेरै सवालहरू उठिरहेका छन् । सामाजिक सञ्जालका भित्ताहरूमा समेत विभिन्न समूहहरू खडा गर्ने र व्यक्तिगत रुपमा समेत विचार विमर्श गर्नेहरूको कमी छैन । सबै जमात वा व्यक्तिका कुरा सुन्दा उनीहरूको मनोवृत्ति आफूले अँगालेको आस्था चाहिँ सही र अन्य चाहिँ गलत भन्ने अभिप्रायबाट संचालन भएको देखिन आउँछ । यस स्थितिमा इतिहासको विकासका साथसाथै वैज्ञानिक तत्यहरूलाई समेत जानकारी राखी विचार व्यक्त गरे राम्रो हुनेथियो ।  हरेक वस्तुमा कारण र असर हुन्छ भन्ने कुरा सामान्य सत्य हो । आजका मै हुँ भन्ने व्यक्तिहरूबाट समेत यो सामान्य सत्यतातिर अलिकति पनि ध्यान नदिई आफ्नो समूहको बचाउ गर्ने अभिप्रायले अभिव्यक्त विचारहरु सञ्चारमाध्यममा छाइरहेको र अन्य सबै अमूक भएर आत्मस्वीकृति दिइरहनु अत्यन्त लज्जास्पद विषय हो ।
आफू नै सही, आफूले हिँडेको बाटो नै राम्रो र आफूले गरेको कार्य नै असल भन्ठान्नु मानव स्वभाव नै हो । यसबाट मानव आत्मालोचना र आत्ममूल्यांकनबाट धेरै टाढा रहेको तथ्य चरितार्थ हुन जान्छ । यसलाई मनगढन्ते कुराभन्दा अरू के नै भन्न सकिएला र ? जसरी परस्पर विरोधी दुईटा कुरा सत्य हुन सक्तैन, त्यसैगरी आध्यात्मिक सत्यता पनि परस्पर विरोधाभाषपूर्ण हुन सक्तैन । सत्य एउटै हुन्छ । एउटा सत्य अर्को सत्यसँग बाझिने हुँदैन । हाम्रो देश नेपाल संक्रमणकालीन अवस्थाबाट गुज्रँदै गर्दा धार्मिक विषयले सामाजिकका साथसाथै राजनीतिक तहमै प्रश्रय पाइराखेको छ । यो बहस अन्त्यहीन हुनु हुँदैन । मानव इतिहासलाई हेर्ने हो भने यो सापेक्षताबाट निरपेक्षतातर्फ उन्मुख भएको देखिन्छ– सापेक्ष धारणाबाट निरपेक्ष धारणा, सापेक्ष सिद्धान्तबाट निरपेक्ष सिद्धान्त, सापेक्ष मूल्य–मान्यताबाट निरपेक्ष मूल्य–मान्यता, आदि । यसरी मानिस अविकसितबाट विकसित, इ¥यास्नलबाट ¥यास्नल बनिरहेको छ र बर्बरताबाट माथि उठिरहेको छ । तसर्थ हामी यो कुतर्क गर्न सक्तैनौँ कि आदि कालका कुरा तथ्यपूर्ण र सत्य छन् अनि आधुनिक कुरा सबै नट्टी ।
नैतिक रुपमा पनि हामी माथि उठिरहेका छौं । हो, बीसौं शताब्दीको आधाआदि आइपुग्नु भन्दाअघि बहुसंख्यक मानिसमा नैतिकताको एउटा स्तरमा कायम थियो । त्यसपछिको समय नैतिक पतनको समय रह्यो । तर त्यतिबेला मान्छे नैतिक हुँदाहुँदै पनि त्यहाँ धेरै अनैतिकताहरू विद्यमान थिए । अहिले स्थापित हुँदै गरेको नैतिकताको तुलनामा त्यतिबेला नैतिक भनेर मान्यता पाएका र स्वीकार गरिएका तथ्यहरु पनि अनैतिक ठहरिएका छन् । त्यसबेला राम्रो भनेर पहिचान गरिएका विषयहरू अहिले स्थापति हुँदै गरेको मापदण्डले नराम्रो ठह¥याइदिएको छ । तसर्थ यो मूल्य–मान्यतामा परिवर्तन आउने समय हो । यसले परम्परागत मापदण्डलाई रुपान्तरण गरिदिन्छ । यसलाई रुपान्तरण गर्नु आजको आवश्यकता र मानिसको कर्तव्य हुन आउँछ । नैतिकताको नयाँ मूल्य–मान्यतामा पुरानो मूल्य–मान्यता अनुसार राम्रो भनेर ट्याग लागेका र प्रमाणपत्र पाएकाहरू पनि निश्चय नै अनैतिक र नराम्रो दर्जामा पर्दछन् । ती ट्याग लागेकाहरू तल जान चाहँदैनन् तर समयले तिनलाई पिँधमा पु¥याइदिनेछ । त्यतिबेला तिनीहरूको आवाज अत्यन्त चर्को हुनेछ, तिनले भन्नेछन्, ‘हिजोसम्म म सबैभन्दा राम्रो थिएँ, सबैले मलाई राम्रो भन्दथे, आज मैलाई नराम्रो भन्ने तँ को होस् ? पक्कै पनि तँ फटाहा र भँडुवा हुनुपर्छ ।’ 
यस अघिका नैतिकताको मापदण्डमा लोग्ने मान्छेले जतिवटा विवाह गरे पनि हुने, जतिवटी विवाहित वा अविवाहित महिलासँग सुते पनि उनीहरूले गरेको कर्तुतलाई अनैतिक मानिँदैनथ्यो । जस्तो कि मेरो आफ्नै बुबाका चार दाजुभाइमध्ये मेरो बुबा र जेठाबा बाहेक अन्य दुईले दुई–दुईवटी श्रीमती विवाह गरेर भित्र्याएका थिए । गाउँघरमा पनि बहुसंख्यकका दुई वा दुईभन्दा बढी श्रीमतीहरू भएको देखिन्थ्यो । म सानो छँदा आमाको हात समातेर मावली जाँदा आउँदा बाटोको नजिकमा पर्ने जोर घरतिर आंैल्याउँदै भन्नुहुन्थ्यो– ‘ऊ... उहाँ... पर... एकैठाउँमा दुईवटा घर छन् नि, त्यो श्रीकृष्ण श्रेष्ठको हो ।’ ‘को श्रीकृष्णे आमा’, म प्रश्न गर्थें । उहाँ जवाफ फर्काउनुहुन्थ्यो, ‘प्रधान के प्रधान’ । उहाँको कुरा म बुझ्दैनथें, पछि बुझ्ने भएँ । आमाले भन्न खोज्नुभएको प्रधानपञ्च रहेछ । पञ्चायती शासन भएकाले त्यस शासन व्यवस्थामा केन्द्र, क्षेत्र र स्थानीय स्तरमा सरकारी जिम्मेवारी पाएको प्रतिनिधि व्यक्तिलाई प्रधानपञ्च भनिन्थ्यो । यहाँ यो प्रसङ्ग उठाउनुको कारणचाहिँ उसकी सातवटी श्रीमती थिए भन्ने प्रशंगका लागि हो । आमा भन्नुहुन्थ्यो, ‘त्यसका सातवटी छन् । झन् कान्छी त हालसालै बाहुनी ल्याको छ रे ।’ 
गाउँमा गुरु, पण्डित वा पुरोहित र ठूलाबडा भनेर जसका गोडामा ढोग्न लगाइन्थ्यो तिनका बहुसंख्यक श्रीमती पक्कै हुन्थे नै । मेरा बुबाका मावली पट्टिका हजुरबाजे ठूला पुरोहित थिए, जिल्लामै उनलाई नचिन्ने कोहि छैन भनिन्थ्यो । शास्त्रका ज्ञाता थिए रे । मैले पहिलोपटक देख्दा ठूला आँखा, बाक्ला आँखीभौँ, ठूलो स्वर भएकाले होला डर लागेको थियो ।  तर उनका नै दुईवटी थिए । अनि ती अनेक शास्त्र फलाकेर अरुभन्दा शानले बाँचेका हुन्थे । मेरो बाउबाजे किसान थिए । भिनाजु, भान्जा–भान्जी मावली ससुराली जाँदा हली भनी सम्बोध गर्थे रे । मेरो बुबाले पछि बहुदल आएपछि हलो जोत्न थाल्नुभयो (त्यसअघि हलो जोत्ने चलन थिएन, बाहुनले हलो जोत्नु हुन्न भन्थे।) त्यसपछि उनी त के उनका शाखासन्तान नै मेरो बुबासँग बाटोमा जम्काभेट भयो भने पनि नबोलिकन हिँड्न थाले रे । पछि उनका सन्तानले पनि जोतेको देखियो । उनका एकजना छोरा जो दिनरात नारायण नारायण, हरेराम हरेकृष्ण भन्दै हिँड्थे, पछि घरमै झुण्डिएर आत्महत्या गरे भन्ने सुनियो । के ती धर्मी भए त ? एउटी श्रीमती घरमा छँदाछँदै अर्की बिहे गर्नुलाई पहिलीचाहिँको मुटुमा फलामको किलो ठोकेको भन्ने गरिन्थ्यो । के कसैको मुटुमा फलामको किलो ठोक्नु निरपेक्ष धर्म हो ? हो भने त्यो कुन कित्ताको हो ? 
आज मान्छेले दैनिक कर्मकाण्डलाई नै धर्म भन्दै आइरहेका छन् । के कर्मकाण्ड गर्नु नै धर्म गर्नु हो ? के बिहान–बिहान मनमा नराम्रा बासी र घिनौला कुरा खेलाउँदै पूजाको थाली बोकेर घर नजिकैको मन्दिरमा जानु, पूजा गर्नु र छिमेकीसँग बाझ्दै घर आउनु, मन्दिर जाँदा फोहरको झोला पनि सँगै लिएर गएर नजिकैको नदीनाला वा तलाउमा फ्याँक्नु, श्रीमती, बुहारी वा केटाले फूल नै टिपेर राखिदिएको रहेनछ भनेर भुतभुताउँदै फूल टिपेर लगेर मूर्तिमा चढाउनु नै धर्म हो ? यो कुनै धर्म होइन । यस्ता कुराहरू गरेर कहिल्यै धर्म हुँदैन । धर्म भनेको त परिवारका सबैलाई माया गर्नु, निरन्तर आफ्नो हृदयलाई कल्टिभेट गर्नु, छिमेकीलाई, देशलाई र संसारलाई पनि परिवारझैं माया गर्दै प्रेमको दायरा बढाउँदै लैजानु, प्रकृतिलाई माया गर्नु, हेरविचार गर्नु र जोगाउनु र अझ राम्रो बनाएर सन्ततीहरुमा हस्तान्तरण गर्नु, कसैको कुभलो नचिताउनु, अर्काको कुभलो नगर्नु बरु सबैको भलो हुने कार्य गर्नु जस्ता कार्य नै त धर्म हुन् । 
केही दिनअघिको कुरा हो, एक महिला सुकिलो वस्त्र लगाएर पूजाको सर्जाम बोकी कमलपोखरीको छेवैछेउ अग्रवाल भवनतिर जाँदै थिइन् । म पनि कुनै संयोगबश वा केही कारणबश तिनको पछिपछि त्यही बाटो भएर कतै जाँदै थिएँ । उनी पोखरीको कुना नजिक पुग्न लागेकी थिइन् त्यतिबेला उनले आफूसँग ल्याएको फोहरको झोला पोखरीमा फ्याँकिन् र अन्यत्र कतै ध्यानै नदिई अगाडि बढिन् । उनको त्यो कर्तुतलाई कसैले देख्यो कि देखेन भन्ने कुराको उनलाई कुनै पर्वाह भएको जस्तो देखिएन । त्यसको केही छिनमै मैले तिनलाई उछिनेर अगाडि बढेँ । मैले पछाडि हेरे जस्तो गरी तिनको अनुहारमा पुलुक्क हेर्ने प्रयास गरें, देखें कि तिनको मुहारमा त्यस्तो कुकर्म गरेकोमा रत्तिभर संकोच थिएन । अब उनी त्यहाँ, जहाँ उनी जाँदै थिइन्, गएर जति पूजा गरे पनि, जति नै दान–भेटी अर्पण गरे पनि र जति नै सत्सङ्ग सुने पनि तिनले गरेको कार्य धार्मिक होला त ? उनले परिवार र सन्तानका लागि कुन स्तरको आशीर्वाद तयार गर्लिन् होला त ?






blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011