आध्यात्मिक चिन्तन

विश्व जलवायु परविर्तन, कृषि र नेपालको चुनौती
धनेज थापा
2069/7/20

जलवायुुू परिवर्तन’ दैनिक जसो काठमाडौंमा हुने विभिन्न गोष्ठी सम्मेलनको एउटा प्रमूख विषय  हुने गर्दछ । यस सम्बन्धिका समाचार पत्रपत्रिकाले प्रथामिकताका साथ सम्प्रेषण गर्ने गरे पनि जलवायु परविर्तन सम्बन्धिका बहस र छलफलका लेखहरु भने बिरलै छापिने गरेका छन् । हाम्रो जस्तो देशमा जहा राजनितिक र समसामहिक समस्याहरु यति धेरै छन । यस्तोमा जलवायु परिवर्र्तनको वहस  बौद्धिक वर्गका माझ मात्रै रहनु नौलो कुरो भने पक्कै होइन । यद्यपी यस विÈयलाई सवैले बझ्नुपर्ने अवश्कता भने पक्कै पनि  भइसकेकोे छ ।  जलवायु परविर्तन र आजको कृषि चुनौती सम्वन्धी छलफल पुर्व आजको विश्व परिवेशको चर्चा गरौ ।
कृषिमा आएको हरित क्रान्तीले धेरै हदसम्म विश्वको भोकमरी,यूद्ध,खाद्यान्न संकटलाई राहात दिने कार्य ग¥यो । ६०।७० को दसकमा भएको ग्रिन रिभोलुसन र  तत्पश्चात जिन रिभोलुसनले आजको कृषिको उत्पादकत्व उल्लेख्य मात्रामा वृद्धि गर्ने कार्य गरेको प्रस्ट देखिन्छ । आजको विश्व खाद्य उत्पादन हेर्दा करिव नौ अरब जनसंख्यालाई पनि प्रयाप्त हुने गरि बृद्धि भएको तथ्यांक देखिन्छ । यसरी सरसर्ती हेर्दा विश्व कृषिले व्यापक फड्को मारेकोमा हामी माझ दुइमत नहोला ।
तथापी आजको आधुुुनिक कृषिसंगै जोडिएर आएका विभिन्न वातावरयाीय समस्याले दिगँे कृषि विकासको चुनौतीलाइ  विश्व समुदायमा प्रमुख वहसको विषय बनाएको छ । आजको भुमण्डलिकृत विश्वको आर्थिक प्रणालीमा कृषि आफै एउटा वस्तु व्यापारको रुपमा विकास भएको अवस्था र त्यसवाट भोलिका दिनमा उव्जन सकने समस्या सम्वन्धी धनी र गरिब राष्ट्र्को फरक बुझाई पनि बहसको विषय बन्ने गरेको छ ।
यी वहसका विषय पक्कैे पनि त्यसै उव्जेका भने होईनन् । विश्व  खाद्य उत्पादनको व्यापक बृद्धि वाबजुद पनि आजको कटु यथार्थ भनेको  हाल पनि विश्वमा एक अरब  भन्दा बढी जनसंख्या भोकमरीको चपेटामा छन् । ति अधिकांश मानिसहरु दक्षिण एसिया तथा अफ्रिकाका गरिब देशहरुमा वसोवास गर्दछन् । जहांको अधिक जनसंख्या कृषिमा निर्भर छन् ।आजपनि गरिब देश भोकमरी, यूद्ध , खाद्यान्न संकटको चरम भूमरी बाट मुक्त हुन सकेका छैनन । विश्व  खाद्य उत्पादनमा बृद्धि भएपनि गरिब देशहरु यस्तै समस्यावाट ग्रशित छन् ।अन्तराष्ट्र्यि स्तरमा खाद्यान्नको व्यापक मुल्य बृद्धिले गरिब मुलुक तथा गरिब जनताका्े खाद्ययान्न माथिको पहुचमा ठुलो प्रश्न चिन्ह खडा गरेको छ । यसरी हेर्दा आजको विश्व कृषि उत्पादन, वितरण प्रणाली र गरिबको पहुच आफैमा जटिल वन्दै गको कुरा प्रष्ट देखिन्छ ।  
यो परीवेशमा जलवायू परिवर्तन थप नयां चुनौतीको रुपमा विश्वसामु देखा परेको छ ।  जलवायु परिवर्तनका विषयमा बैज्ञानिकहरुका बिच फरक फरक धारणा भए पनि धेरै हदसम्म मानव सृजित हरित गृह ग्यासको उपजको रुपमा लिइन्छ । सामान्य भाषामा भन्नुपर्दा जलवायु परविर्तन भन्नाले औद्योगिक विकासको क्रमसंगे विभिन्न हरित गृह ग्यासको व्यापक उत्सर्जनले गर्दा जलवायुमा भएको असमान्य परिवर्तनलाई बुझ्नु पर्दछ । जलवायु परिवर्तनको असर सबै क्षेत्रमा परे पनि त्यसको टडकारो असर कृषिमा पर्ने निश्चित छ ।  जलवायु परिवर्तनको असर कृषिमा प्रत्यक्ष र अप्रत्यक्ष गरि २ किसिमले पर्ने गर्दछ ।  बढ्दो तापक्रमसंगै वर्षामा आएको परिवर्तनले सोझै वाली विरुवाको बृद्धि विकासमा असर गर्ने गर्दछ । साथै असामान्य वर्षा र बढ्दो तापक्रमको फलश्वरुप विभिन्न वातावरणीय समस्या जस्तै खडेरी,बाढी,पहिरो,रोग र किराहरुको प्रकोपले पनि कृषि उत्पादनमा असर पु¥याउने देखिन्छ ।   हालका दिनहरुमा जलवायु परिवर्तनले कृÈि उत्पादनमा आएको ह्रास र भविष्यमा हुन सक्ने उत्पादन ह्रास सम्वन्धी विभिन्न अनुसन्धान भएका छन । धेरै जस्तो अध्ययनले विश्वको उत्पादनमा व्यापक ह्रास आउने र  अझ गरिब देशहरुको उत्पादनमा उल्लेखनिय मात्रामा ह्रास आउने देखाउछ । यसले  गरिब देशहरु झन ठुलो खाद्य सकंटमा पर्ने निश्चित छ । यसरी  हेर्दा मानव सृजित हरित गृह ग्यासद्धारा भएको जलवायु परिवर्तन यो शताव्दीकै सवभन्दा ठुलो चुनौति हुने  देखिन्छ । मानव सृजित आजको जलवायु परिवर्तनलाई न्युनिकारण गर्न अन्तराष्ट्र्यि स्तरमा प्रयासहरु नभएका भने पक्कै होइनन् । यस सम्वन्धी विभिन्न अन्तराष्ट्र्यि सन्धी सम्झौता भएका छन्  । जस मध्ये पथयतयउचयतयअब ि एउटा वाध्यकारी सम्झौता थियो । जस अनुरुप विश्वको धनि राष्ट्र्हरुले हाल उत्पादन गरेको हरित गृह ग्यासमा सन् १९९० लाई आधार वर्ष मानि २००८ २०१२ सम्ममा ५५ कटौती गर्ने सम्झौता भएको थियो । अधिकांस राष्ट्र्हरुले यसमा हस्ताक्षर गरे पनि अमेरिका जुन हरितगृह ग्यास उत्सर्जनमा प्रमूख भूमिका राख्दछ । उसले हस्ताक्षर नग™ेको  अवस्था छ ।यस्तै हाल आएर अबलबमब ले पनि पथयतय उचयतयअब िमा हस्ताक्षर गरेर ठुलो भूल भएको जसको कारणले अर्थतन्त्र नै धरासायी भएको भन्ने कुरा पनि विभिन्न संचार माध्यममा आएका छन् । अझ चाखलाग्दो कुरा के छ भने औद्योगिक राष्ट््रहरु हरित गृह ग्यास उत्सर्जनलाई गरिब राष्ट्र्को बढ्दो वन विनाश तथा वनको क्षयिकरणसंग जोडिरहेका छन् । गरिब देशलाई नै यसको  दोषी मान्दछन् । धनि राष्ट्र्हरु आफ्नो औद्योगिकरण न्यूनिकरण गर्नू भन्दा पनि गरीब राष्ट्र्लाई वन जंगलको बृद्धि गरेर आजको समस्या समाधान गर्न प्रयासरत छन् । झटृ हेदा यो आकर्षक र गरिब देशलाई फाइदा हुने देिखए पनि यो आफैमा एकदमै  जटिल प्रकृया छ । विभिन्न नमुना आयोजना संचालन भए पनि यसको निरन्तरता र दीेगोपनामा ठुलो प्रश्न चिन्ह देखिन्छ ।यस माथि गरिब देशहरुलाइ प्रयाप्त खाद्यान्नको लागि कृषि भूमीको आवश्यकता झन वढेको परिपेक्ष्यमा वन जंगलको क्षेत्रफल बढाउन आफैमा कति लाभदायक होला ? अन्तराष्ट्र्यि राजनितिक र आर्थिक प्रतिस्प्रदामा विश्व समुदायका प्रयासहरु  निरर्थक हुने  देखिन्छ । यस्तो परिस्थितीमा गरिब तथा विपन्न राष्ट्र्हरुृ ठुलो संकटमा पर्ने छन् ।  जलवायु परिवर्तनको असर सवै क्षेत्रमा परेपनि गरिब मुलुकमा यसको टढकारो असर कृषिमा पर्ने देखिन्छ गरिब देशका कृषि प्रणालीमा कृषि प्रविधिको प्रयोग ज्यादै न्यून हुने भएको हुदा बर्षा,तापक्रम सगैं आएको परिवर्तनले कृषि प्रणली प्रभावित हुने निश्चित देखिन्छ । नेपाल पनि जलवायुपरिवर्तनको असर वाट मुक्त हुन  बढ्दो जनसंखयाको मागलाई धान्न कृषि उत्पादन बृद्धि गर्नु पर्ने टढ्कारो आवश्यकता महसुस भएको छ  भने त्यो संगै जलवायु परिवर्तनले उत्पादनमा हस आउन सक्ने चुनौती पनि समाधान गर्नु पर्ने देखिन्छ ।  नेपालको कृषि प्रणली धेरै हदसम्म आकाशे पानीमा निर्भर हुने भएकाले सामान्य परिवर्तनले पनि ठुलो असर पु¥याउछ । नेपालको कुल खेती योग्य जग्गाको ४० प्रतिसत भूभाग मात्र आंशिक रुपमा सिंचित छन् र यसले गर्दापनि  मौसममा आएको गडवढी संगै उत्पादनमा उल्लेखनिय मात्रामा ह्रास आएको देखिन्छ ।
२००५र२००६ मा पूर्वी तराइमा कम पानी पर्नाले १५ प्रतिसत भन्दा कम उत्पादन भएको थियो । त्यस्तै सोही वर्ष पश्चिम बाढीले तराईमा ३० प्रतिसत भन्दा बढि खाद्यान्नको उत्पादनमा हस देखियो । त्यस्तै २००८।०९  जाडो याममा सुख्खाबाट  उल्लेखनिय ह्रास आएको देखिन्छ ।   नेपालको विगत दश वर्षको राष्ट्र्यि खाद्यान्न उत्पादनको वासलात हेर्ने हो भने पनि वर्षाको गढवढीसंगै कृषि उत्पादनमा व्यापक घटबढ भएको देखिन्छ । यस अवस्थालाई हेर्दा पनि भोलिको दिन चुनौती पुर्ण देखिन्छ । केन्द्रीय स्तरमा केहि पहल नभएको भने होइन । वातावरण मन्त्रालयमा जलवायु परिवर्तन व्यवस्था समिति खडा गरिएको छ । नेपालले पनि जलवायू परिवर्तन अनुकुलनको लागि –ल्बतष्यलब िब्मबउतबतष्यल एचयनचबmmभ या ब्अतष्यल९ल्ब्एब्०  तयार गरेको छ। यसमा कृषि र खाद्य सुरक्षाको विषयलाइ प्रमुखताका साथ उठाएको छ ।त्यस्तै राष्ट्््रिय जलवायू परिवर्तन सम्वन्धी नीति  तयार भैसकेको छ ।  यद्यपी स्थानिय स्तरमा जलवायुु परिवर्तनको कस्तो असर परेको छ र पर्न सक्छ  भन्ने अध्ययनहरु  धेरै कम भएका छन् । यस अवस्थामा स्थानिय स्तरमा कस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिने हो ? यसको कार्यान्वयन प्रकृया कस्तो हुने हो ? भन्ने विषयमा स्पष्ट हुन जरुरी छ । हालको अवस्थामा जलवायु परिवर्तनको नीतिलाई कार्यान्वयन गर्नको लागि एन तथा कानुनको खाचो देखिन्छ । यसमा पनि सम्वन्धीत निकायको ध्यान जानु जरुरी छ ।
हाल नेपालको जलवायू परिवर्तनलाई आफ्नो एजेण्डा नबनाएका विरलैे संस्था होलान् । दैनिका जसो विभिन्न गोष्ठि सम्मेलनको एउटा प्रमूख विषय जलवायु परिवर्तन पनि हुने गर्दछ ।तर कार्यान्वयन स्तरमा निकै थोरै मात्रै कार्यक्रम हुने गर्दछन् । स्मरण रहोस दिगो कृषि नीतिको अत्यसंगै अर्को कृषि विकास रणनीति अन्तिम चरणमा छ । यसले आजको नेपालको कृषि चुनौतिलाई समाधान गर्नु पर्दछ । जलवायुु परिवर्तनले अहिलेको चुनौतीलाई प्रमुख रुपमा राखेर किसानको हालको प्रत्यक्ष असरहरूलाइ सहीरुपले छुन सकेको हुुनु पर्दछ । नेपाल जस्तो देशमा जहा कृषि प्रणालीमा यति धेरैे विभिधता छ । नेपालको कृषि विकासलाई सहज रुपमा लिन मिल्दैन । नेपालका किसान विदेशको विकशित राष्ट्र्का जस्ता ठुलठुला उद्यमी कदापी होइनन् । एउटै गाउंभित्र पनि जग्गाको स्वामित्वको आधारमा, उव्जनीको आधारमा, वालीनालीको आधारमा विभिध कृषि प्रणाली छ । किसानका आवश्यकतालाई गोलमोटोलमा हल गर्न  सकिने अवस्था छैन ।
किसानहरुमा जलवायु परिवर्तन सम्वन्धी व्यापक जनचेतना फैलाएर उनीहरुले अवलम्वन गर्दै  आएको कृषिको जोखिम न्युनिकरण गर्न किसानहरुलाई नै सकृय गर्नु पर्ने आबश्यकता छ । हालको अवस्थालाई हेर्दा केन्द्रिय स्तरमा नै ठुलाठुला आयोजना संचालन हुन सक्ने अवस्था   देखिदैन । त्यसैले पनि े किसानहरुलाई आफनो कृषि प्रणालीमा हुन सक्ने जोखिम पहिचान गराउदै भोलिका दिनमा हुन सक्ने  प्राकृतिक विप्पतीबाट जोगिन जिल्ला तथा स्थानिय स्तरमा नै संयन्त्र खडा गर्नु पर्छ । यदि त्यस्ता विपत्ती आइहाले पनि यस्ता संयन्त्रवाट न्युनिकरण गर्दै जानु पर्दछ । 

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011