प्रवास

भूकम्प के हो, के होइन
Kashi Nath Khanal
Jestha 20,2072


गत वैशाख १२ गतेको विनासकारी महाभूकम्प नेपालका लागि निकै ठूलो चुनौति बन्यो । यद्यपी यत्रो ठूलो महाभूकम्पमा जुन मानवीय क्षति नेपालले ब्यहोर्नुप¥यो तुलनात्मक रुपमा त्यति ठूलो नहुनसक्छ तर क्षति क्षति नै हो । भौतिक क्षतिको तुलनमा मानवीय क्षति न्यून नै मान्नुपर्छ । भूकम्प स्वाभाविक प्राकृतिक प्रकृया हो । भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने भएपनि नेपालीहरूले भूकम्पलाई बुझ्न सकेको देखिएन । यसमा आम जनताको भन्दा पनि सरोकारवालाहरूको दोष बढी देखिन्छ । भूगर्भशास्त्रीहरूका अनुसार भूकम्प त्रास मात्र हैन बरु निर्माण पनि हो ।  यसकै कारण नै  विश्वको सर्वोच्च शिखर सगरमाथा, विभिन्न हिमश्रृङ्खला, माटो आदि बनेको हो । 
म स्वयंले पनि भूकम्प सम्बन्धि केही कुरा बुझेको छु भने केही कुरा बुझ्ने क्रममा नै छु । मलाई के लाग्दैन भने भूगर्भविद्हरूले निकालेको सिद्धान्त नै सबैथोक हो । एकपक्षबाट त्यो सही हो तर त्यो नै सबैथोक भने हैन । किन भने, ब्रम्हाण्डमा अस्तित्वमा रहेका सबै वस्तु आन्तरिक स्वभाव र बाह्य स्वरुपको उपज हो । कुनै पनि वस्तु अस्तित्वमा आउनका लागि आन्तरिक स्वभाव र बाह्य स्वरुपको जरुरत पर्दछ । शक्ति स्वयं जुन सम्पूर्ण पदार्थको कारण हो त्यसमा पनि आन्तरिक स्वभाव र बाह्य स्वरुप विद्यमान हुनै पर्दछ । हामी मानिसमा पनि मन र शरीर छ । जनावर र बोटबिरुवाहरूमा पनि गति र व्यवहारलाई निर्देशन गर्ने रेस्पोन्स मेकानिज्म हुन्छ । यस अर्थले भूगर्भविद्हरूले दिएको कारण वा उनीहरुले दिएको थ्योरी एकपक्षीय मात्र हुनसक्तछ । अनि अर्को कुरा सबै भूगर्भविदहरू पनि यही नै सिद्धान्त हो भन्ने तथ्य सम्म पुग्न सकिसकेका छैनन् । उनीहरूका बीचमा पनि फरक फरक ुथट’ र मान्यताहरू छन् । मान्यता भनेको मानेको कुरा मात्र हो तथ्य हैन । यसले के देखाउँछ भने भुइँचालो सम्बन्धि तथ्यमा पुग्न पनि हामीलाई अझै केही समय लाग्न सक्तछ । 
जे होस् संसारमा भूकम्पीय जोखिमयुक्त भूभागहरू धेरै छन् । पृथ्वीको सबै भागमा भूकम्प जाँदैन । भूकम्प जाने भागहरूमध्येमा पनि एउटा भूकम्पले हल्लाउन सक्ने भूभाग थोरै मात्र हुन्छ । भूकम्पले पु¥याउने क्षतिको मात्रा पनि केन्द्रमा सबैभन्दा ज्यादा र दूरी बढ्दै गए अनुसार कमी हुँदै जान्छ । रुढीवादी विचारधारा अनुसार ‘पृथ्वी माछाले बोकेको हुन्छ । जब माछाले एउटा काँध गलेपछि अर्को काँध फेर्छ अनि पृथ्वी हल्लिन्छ, त्यसैलाई भूकम्प भनिन्छ ।’ तर यो मान्यता झूठ सावित भइसकेको छ । किनकि माछाले काँध फेर्दा हल्लिने भइदिएको भए सारा पृथ्वी नै थर्रर काँप्थ्यो होला तर सबै पृथ्वी हल्लाउन सक्ने भूइँचालो न आएको छ, न त कहिल्यै आउँछ । भूकम्पसँग हामीले दैव भनेर पुकार्ने गरेको ईश्वर कसरी जोडिन्छ भन्ने नै मेरो जिज्ञासा रहेको छ । 
हाम्रा बाजे र बराजूले १९९० सालको भैंचालो भोगेका थिए । बीचको एउटा पुस्ता, जो मेरो बुबाको पुस्ता थियो, उसले महाभूकम्प भोग्नुपरेको थिएन । मैले सुनेअनुसार महाभूकम्प भाग्यमानीले मात्र भोग्न पाउँछन् भन्ने सुनेको छु तर यो कुरा म बबुराले अहिले सम्म राम्ररी बुझ्न सकेको छैन । हामीले ८२ बर्ष अघिको भूइँचालोको चर्चा गर्दा, त्यसैको हाराहारीबाट आधुनिक काल शुरुवात भएको देख्न सकिन्छ । देशमा एक स्तरको भाषिक विकास, साहित्यको विकास, राजनीतिक विकास, चेतनाको विकास जस्ता थुप्रै थुप्रै नयाँ कुराहरु वि.सं. १९९० पछि शुरुवात भएको देखिन आउँछ । त्यस हिसाबले अहिलेको भूइँचालो पछि पनि केही नवीन शुरुवात अवश्य नै हुनेछन् भन्ने आँकलन गर्न सकिन्छ । भैंचालोले मानिसको स्वार्थ केही हदसम्म भएपनि मेट्ने रहेछ । नेपादको भूइँचालो पनि यो मानेमा सफलै भएको मान्नुपर्छ । मानिसमा भएको ढोंग, आडम्बर, घमण्ड जस्ता विकार तत्वलाई फ्याँक्नका लागि पनि शायद केही न केही प्राकृतिक विपत्ति नै चाहिने हो कि ? किनकि त्यही काम मानिसले नै गर्ने हो भने ऊ निश्चिय नै सिद्ध्याइन्छ । सबै किसिमका विकास र उन्नतीको बाधक नै स्वर्थ, आडम्बर, घमण्ड, ढोंग जस्ता कुरा नै हुन् । मेरो विचारमा भैंचालो न समस्या हो न त समाधान नै । यो त भूतलमा आउने एक किसिमको तरंग वा भूचाल हुनुपर्दछ । ब्रह्माण्डमा अस्तित्वमा रहेका आकाशीय पिण्डदेखि सबै वस्तुहरू चलायममान छन् । चाल बिना कुनै पनि वस्तुको अस्तित्व नै सम्भव छैन । यस्तो खालको आन्तरिक तरंग पृथ्वी तलमा मात्र होइन कि सबै आकाशीय पिण्डहरुमा हुने गर्दछ । पृथ्वीतलको भैंचालो केही मिनेटको हुन्छ भने चन्द्रमाको धरातलमा आउने भैंचालो केही घण्टासम्म निरन्तर रहने गर्दछ । 
मानव सभ्यता २१ औं शताब्दीमा पुगिसकेर पनि भैंचालोको उच्च जोखिमयुक्त मानिएको हिमालय पर्वत श्रृङ्खला र यसको आसपासको क्षेत्रमा जसरी बस्ती विकासको संयोजन गरिनुपर्दथ्यो त्यसमा खासै ध्यान पु¥याउने राज्यको नीति बनेको देखिँदैन । यहाँ अहिले सम्म बनेका सम्पूर्ण सरकार आफ्नो दुनो सोझ्याउन कै लागि बनेका रहेछन् भन्ने प्रमाणित हुन्छ । भूकम्पीय जोखिमयुक्त स्थानमा, विशेष गरी पहाडी भूभागमा, बस्ती बसाल्ने कार्यलाई किन निरुत्साहित गरिएन ? कस्तो भूभागमा कुन मापडण्ड सम्मका भवन निर्माण गर्दा सुरक्षित हुन सक्छन् भन्ने सिद्धान्त किन अवलम्बन गरिएन ? यी र यस्ता धेरै प्रश्नहरुले जनमुखी सरकार यो भूमिमा कहिल्यै बन्न सकेको रहेनछ भन्ने कुरा सिद्ध गर्दछ । अहिलेका कुनै जोइटिङ्ग्रे नेताहरूबाट पनि, कम्तिमा मैले त्यो आशा राखेको छुइन । अहिले पनि पूर्वमा ताप्लेजुङ्गदेखि पश्चिममा दार्चुला सम्मका अति जोखिमयुक्त बस्तीहरूलाई पुनर्वास गराउन फेरी पनि ती भूभागमा भूकम्प कै प्रतिक्षा गरिन्छ भने त्यो निकै ढिला भइसकेको हुनेछ । 
भैंचालोले जमिन त हल्लायो हल्लायो यसले मानिसको मुटु पनि हल्लायो । त्यसैले त भैंचालोको त्रासले पालमुनि पुगेका तर घर जीवितै रहेकाहरुलाई फेरी गृह प्रवेश गराउनका लागि ठूलो आँधिबेहरी सहितको तुफान नै आउनुप¥यो । मेरो एक मनले सोच्यो पनि कि आखिर मानिस मृत्युदेखि साह्रै  डराउँदो रहेछ । अरुलाई आशावादी हुन सिकाउने आदर्शवादीहरूले पनि यो भैंचालो साम्य हुन्छ र जीजिबिषा सामान्य हुन्छ भन्ने बिर्से । तसर्थ जो सफल छ त्यसले मात्र आशा देख्दो रहेछ, सफल नहुनेले आशा पनि देख्दो रहेनछ । त्यसैले होला सफल कै इतिहास बनेको । सफललाई सबैले काखी च्याप्छन् र असफललाई फ्याँकिदिन्छन् । 
भनिन्छ, सामान्य भन्दा सामान्य प्राणीले पनि प्रतिरोधात्मक क्षमता विकास गर्दै लैजान्छ । मानिसले त झन् तीव्र गतिमा छलाङ्ग मार्नुपर्ने हो तर यही प्राणीको गति धीमा देख्छु म । जसले प्राकृतिक नियमसँग तादात्म्यता कायम गर्दै जान सक्तछ त्यसले नै प्रकृतिलाई जित्दछ । भूकम्प ०७२ सँगै सबै भूकम्पमय भएका छन् । भूकम्प साहित्य, भूकम्प संगीत, भूकम्प राजनीति आदि आदि । सबै आफूलाई जमाउने ध्याउन्नमा लागेका छन् । सर्पको मुखमा परिसकेको भ्यागुत्तोले पनि अगाडि आएको किरालाई झम्टन्ट भन्ने सुनेको र प्रकृतिमा देखेको पनि हो । मावन संसारमा पनि यसलाई देख्ता चकित नै परियो । मान्छे त्यति सम्म लोभी हुँदोरहेछ । भूकम्प पछिको राहतमा त्यस्तै देखियो । जो होस् भूकम्पले धेरैलाई क्षति पु¥यायो अनि त्यो भन्दा पनि धेरैलाई अवसर दियो । उद्दारका नाममा कत्तिको उदर भरियो । ‘रातो भाले क्वाइँया क्वाइँया सुत्केरीलाई ख्वाइँयाँ, ...’ भन्ने उखान त्यसै चलेको होइन रहेछ । यो नेपाल राज्यमा हजारौं हजार ठाउँमा यस्तो दृश्य देखियो ।  
भूकम्पबाट नेपालले के शिक्षा पायो त भन्ने सवाल अहिलेको अहम् सवाल मध्ये एउटा हो । हामीले यसबाट के पाठ सिक्यौं ? अहिले हामीलाई अगाडि बढ्नका लागि बाधा पु¥याउने कुरा राजनीतिक कुण्ठा पनि हो । राजनीतिक सहमति र नयाँ संविधान आज देशले चाहेको कुरा हो  । राजनीतिक दलहरुले यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । फलाम तातेर रातो भएको बेलामा पिट्यो भने नै त्यसलाई आफूले चाहेको आकार दिन सकिन्छ । राजनीतिमा करिबन यो त्यही अवस्था हो  । कतिपय नेताहरुले ‘अब झगडा गर्ने मन गयो, अब संविधान बनाउनुपर्छ भनेर त्यसै भनेका होइनन् । तर सक्षम नेतृत्वको अभावले यो अवसर पनि खेर नजाओस् भन्ने तिर सतर्कता अपनाउनु अत्यन्त जरुरी छ । अर्को हो राष्ट्रिय एकता । भूकम्पले वैमनश्यतालाई पनि पक्कै केही हद सम्म पखाले कै हो  । जातीयता, धर्म, संस्कृति, भाषा, भेषभूषा, आदि भन्दा मानवियता र मानवता माथि हुन्छ र हुनुपर्दछ भन्ने दह्रो घण्टी यसले बजायो । सबै मिले नै जटिल भन्दा जटिल काम सजिलैसँग फत्ते गर्न सकिन्छ । एकता नै बल हो भन्ने पनि गरिन्छ । हरेकले आ–आफ्ना कुण्ठा पाल्ने हो भने एकता कहिल्यै सम्भव छैन, तर जब कुण्ठा छोडिन्छ तब आउँछ एकता । राष्ट्रिय एकताबाटै राष्ट्र निर्माणको ढोका खुल्दछ । 


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011