स्वास्थ्य/बिज्ञान प्रबिधि

निःशुल्क रुपमा सेवा दिदै नेपाल सेवा केन्द्र
the universal times
2073

 निःशुल्क रुपमा सेवा दिदै नेपाल सेवा केन्द्र

–ध्रुवराज नेपाल
सेवा निवृत जीवन समाजका लागि अर्पण गर्न सकिन्छ भन्ने कुराको उदाहरण हुनुहुन्छ देवीप्रसाद नेपाल र चाहेमा अरुसंग हात नपसारी पनि राम्रो संस्था सञ्चालन गर्न सकिन्छ भन्ने कुराको उदाहरण हो नेपाल सेवा केन्द्र । नेपाल सरकारको स्थानीय विकास अधिकारीका रुपमा लामो समय व्यतीत गरी निवृत भएपछिको समयको सदुपयोगका विभिन्न विकल्प मध्येबाट छनौट भएको सेवा केन्द्र स्थापना र सञ्चालन २०६५ सालबाट भए पनि यस किसिमका समाजोपयोगी क्रियाकलाप मार्फत समाजिकसेवा गर्ने परम्परा उहाँहरुको पुस्तैनी विरासत हो । 
सेवा, सद्भाव र सहयोगको मूल मन्त्र लिएर स्थापित केन्द्रको लेटरप्याडमै लेखिएको छ दासानुदासो भविताष्मि भूयः । हुने र सकिने सम्मको सानो बनेर सानाकै सेवामा आफूलाई अर्पिनु केन्द्रको विशेषता हो भन्न पनि सकिन्छ । हो पनि विधिवत रुपमा संस्था स्थापना गरेर सञ्चालन गरेपछि त्यसबाट प्रदान हुने सेवा वा गरिने काम आम सञ्चारमा हाईहाई पाउनेसम्म पनि नभए के संस्था चलाउनु ? भन्ने तर्क राख्न नसकिने होइन । अनि यो पनि भन्न मन लाग्ला आफ्नो मानो खाएर अर्काको सेवा कति दिन धानिनु ? तर सेवा केन्द्रले सातौ वर्ष पार गरेर आठौं वर्ष प्रवेश गरिसक्दासम्म यस संस्थाले गरेका क्रियाकलापहरु हेर्दा उल्लेखित दुबै परिस्थिति बाहेकका संस्था पनि हुनसक्ने रहेछन र चल्दा पनि रहेछन भन्न सेवा केन्द्र उदाहरण बन्न सक्छ ।
जाडोले कठ्याङ्ग्रियर रहेको अति नै विपन्न एक परिवारमा पुगेर लाउन र प्रयोग गर्न मिल्ने प्रयाप्त वश्त्र प्रदान गरेको दृष्य, आफुसंग भएका नोट राख्दा राख्दै पुराना भएर चल्नै नसक्ने भएका तर सो बाहेक अन्यत्रबाट दुईपैसा देख्न पाउने बाटो नभएका वृद्धले आफ्ना नोट नचलेका कारण कस्तो अनुभूति गर्दा हुन र ती नोट राष्ट्र बैकमा  लगेर साटेर ल्याइ हातमा हालिदिदा ती वृद्धका अनुहारमा देखिएको खुसीको दृष्य, भूकम्पले घर लडेर बासउठ्ठा भएकी एक महिलाले आफ्ना बालबच्चालाई कसो गरेर पाल्ने हो नि भनेर विलाप गरिरहेको अवस्थामा उनको परिवारलाई पुरा एक महिना पुग्ने खाध्य सामाग्री अर्पण गर्दा उनको अनुहारमा छाएको आनन्दानुभूतिको दृष्य सार्वजनिक सञ्चारमा आएनन् तर सेवा केन्द्रले ती सबैको आशीष भने प्राप्त गरेरै छाड्यो ।
संस्थागत भएरै अगाडि बढ्ने उद्देश्य नभएको भए पनि यी र यस्ता धेरै काम हुने नै रहेछन् नि भन्ने आभाष हुने गरी अध्यक्ष नेपालको अथक प्रयासमा अगाडि बढेको यो संस्था सात वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गर्दा नगर्दै राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय रुपमा परिचय बनाउन सफल भएको छ । हो, क्रियाकलापहरुको आकार र शैली हेर्दा कतिपयलाई आश्चर्य लाग्छ । तीर्थ गर्न नजानेर वा नसकेर अलमल्ल परेका वृद्धवृद्धा अगाडि लाएर आफै कुम्लो बोकेर नेपालदेखि भारतसम्मका विभिन्न तीर्थस्थलमा पुगेका देखिन्छन अध्यक्ष नेपाल र उहाँका सहयोगी । आफ्ना हातका औंला र शरीर परिचालन गरेर आरोग्यता प्राप्त गर्न सकिन्छ भन्दै “ तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यान” नामको विशिष्ठ कार्यक्रम जिज्ञासुहरुमाझ पस्कनु अर्काे उद्देश्य बोकेको सेवा केन्द्र त्यहि कार्यक्रम लिएर विश्व विख्यात व्यक्तित्व र संस्थाका मञ्चहरुमा पनि पुगेको देखिन्छ  । निम्बार्क पीठ सलेमावाद पुगेर जगद्गुरु श्री श्री जी महाराजका समीपमा होस् वा सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयको विशिष्ठ सभा कक्षमा होस् निम्छरो  व्यक्तित्व र चानचुने कार्यक्रमले प्रवेशको कल्पना पनि गर्न सकिन्न । तर अध्यक्ष नेपालले नेतृत्व गरेको सेवा केन्द्रको प्रतिनिधि मण्डलले श्रीश्री जी महाराजका सानिध्यमा रहेर महाराजश्रीमा अभिनन्दन मात्र चढाएन त्यत्रो संस्थामा रहनुभएका विद्वान व्यक्तित्वहरु र बटुकहरुका उपस्थितिमा तत्व ज्ञान मुद्रा प्रदर्शन र व्याख्यानको कार्यक्रम प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाउन समेत सफल भयो । 
     श्री जी कुञ्ज बृन्दावनदेखि सिन्धी पाठशाला हरिद्वारसम्म तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यानका कार्यक्रम प्रस्तुत गर्दै अगाडि बढेको सेवा केन्द्रले आफ्नो पाँचौ वार्षिकोत्सव समापन समारोह सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीमा आयोजना गर्न सफल हुनु चानचुने कुरा होइन । विश्व विद्यालयको भव्य सभाभवनमा लव्धप्रतिष्ठित विद्वत गणका माझमा सेवा केन्द्रको व्यानरमा कार्यक्रम हुनु आफैमा गौरव पूर्ण क्षण थियो । अझ सेवा केन्द्रले आफ्नो महत्वपूर्ण कार्यक्रमका रुपमा प्रस्तुत गर्ने गरेको तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यानको कार्यक्रम सहजतापूर्वक प्रस्तुत मात्र गरेन विद्वत्वर्ग माझमा नेपाल र नेपालीको विद्वता र अध्ययनशीलताको तारीफ गर्न लायक पनि बनायो । किनकि हिन्दुस्थानबाट प्रकाशित हुने महत्वपूर्ण झण्डै आधादर्जन पत्रपत्रिकाको विषयवस्तु सेवा केन्द्रको कार्यक्रम बन्नुले त्यस कुराको आँकलन गर्न मद्दत पुग्दछ ।
प्रतीक बृन्दावन धाम, गैंडाकोटदेखि राधाकृष्ण देवस्थल टंगाल, काठमाण्डौसम्म, परोपकार सेवा संस्था वीरगंजदेखि मुक्तिनाथ धाम, मुस्ताङसम्म नेपाल सेवा केन्द्र आफ्ना कार्यक्रम लिएर पुगेको छ । औलियाबाबा धाम चतरादेखि भैरहवासम्म सेवा केन्द्र पुगेको छ । लक्ष्मीनारायण मन्दिर, विराटनगरमा पटक–पटक कार्यक्रम राखीसकेको सेवा केन्द्रले विराट वृद्धाश्रम विराटनगरमा रहेका वृद्धवृद्धाहरुको सम्मानमा वर्षेनी जसो कार्यक्रम आयोजना गर्दछ । चताराधाममा सम्पन्न दोस्रो महाकुम्भका अवसरमा कृष्णदासजी महाराजबाट प्रवचन हुने मञ्च प्रयोग गरेर तीन दिनसम्म तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यानको कार्यक्रम प्रस्तुत गर्ने अवसर पाउनु आफैमा महत्वपूर्ण उपलव्धी हो ।
सपना कोही एकले देख्छ र त्यसलाई साकार गराउने हातहरु क्रमशः अगाडि बढ्छन भन्ने कुराको अपवाद सेवा केन्द्र पनि होइन । संस्थापक अध्यक्ष नेपालले देखेको सपना साकार पार्न जसरी उहाँ अहोरात्र खट्नु भएको छ । होस्टेमा हंैसे पाएर नै गतिलिन सकेको यस संस्थाले भर्खरै केशव धाम, गौरीघाटमा भव्य समारोह आयोजना गरी सातौ वार्षिकोत्सव सम्पन्न गरेको छ । हिन्दु स्वयम सेवक संघका राष्ट्रिय अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको दुई दिवसीय सातौं वार्षिकोत्सव समारोहमा सदाझैं विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान र प्रशंसित गर्ने कार्य समेत सम्पन्न गरेको छ । केन्द्रका आजीवन सदस्य, नेपाल सरकारका पूर्व विशिष्ठ कर्मचारी एवं उपप्राध्यापक श्याम प्रसाद नेपाल, प्रहरी नायव उपरिक्षक विपीन रेग्मी तथा प्रहरी नायव उपरिक्षक नवराज कार्की, प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रीय संगठज सचिव नारायण ढकाल, नेपाल टेलिभिजनद्वारा प्रशारण हुने विम्व प्रतिविम्व कार्यक्रमका निर्माता एवं प्रस्तोता भुपाल थापा, उपप्राध्यापक त्रिलोचन भट्टराई, नेपाल सरकारका उप सचिव आनन्दकेशरी पोखरेल एवं शाखा अधिकृत कृष्णचन्द्र काफ्ले, उप प्राध्यापक मिनकुमार दहाल, नीति अनुसन्धान प्रतिष्ठानका सन्तोष आचार्य, सिद्धार्थ बैंक चावहिलका मैनेजर ज्योत्स्ना कुँवर के.सी. स्वतन्त्र संचार ग्राम साप्ताहिकका प्रधान सम्पादक दानदास श्रेष्ठ, युनिभर्सल टाइम्सका सम्पादक विष्णु गिरी ‘निश्चल, थाहा सञ्चारका ओम भण्डारी, सेवा केन्द्रका आजीवन सदस्य शुष्मा नेपाल, ममता भट्टराई, तनुजा पोखरेल, भगवतीजी लगायतका  विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रममा राहुल निरौलाका नाममा उनका माता पिताहरुले स्थापना गरिदिएको रु. २,०००। रासिको राहुल निरौला छात्रवृति पुरस्कार जनजाती कल्याण आश्रम,आमाको माया घर, मुलपानीका छात्र विलास बडुवाललाई प्रदान गरियो । त्यस्तै  सेवा केन्द्रद्वारा नियमित रुपमा प्रदान गर्ने गरिएको रु. २,०००। रासिको छात्रवृति पुरस्कार यस वर्ष समृद्धि सापकोटालाई प्रदान गरियो । आमा बुबा दुवै जना दृष्टि विहिन रहेकी सापकोटालाई प्रदान गरिएको उल्लेखित पुरस्कार राशीमा यस वर्ष सुनसरी निवासी किरण    खत्रीले उपलव्ध गराउनु भएको रु. १,२००। रकम समेत समावेश गरिएको थियो ।
सेवा केन्द्रद्वारा प्रत्येक वर्ष प्रदान गरिने नरनारायण सम्मान यस वर्ष भुकम्प पिडित व्यक्तित्वहरुमा प्रदान भएको थियो । जसमा गोरखा निवासी पचासी वर्षीय वृद्ध माता टीका बोहरा, धादिङ निवासी दलाई लामा, भोजपुर घर भई हाल ठिमी निवासी देवी काफ्ले र सिन्धुली निवासी मोदनाथ गौतमलाई प्रदान गरिएको थियो ।
प्रमुख अतिथि वेदप्रकाश तथा विशिष्ठ अतिथि बेङ्कटेश्वर पठाधीश पद्मधर स्वामी जस्ता व्यक्तित्वहरुले आशीर्वचन प्रदान गरी सम्पन्न भएको कार्यक्रममा अध्यक्ष नेपालले तत्व ज्ञान मुद्रा– प्रदर्शन र व्याख्यानको कार्यक्रमवारे संक्षिप्त प्रकाश पार्दै सहभागिहरुबाट प्रस्तुत विषयमा राखिएका जिज्ञासा अनुरुपका मुद्रा अभ्यासका विषयमा व्याख्यान र प्रदर्शन गर्नुभएको थियो । सेवा केन्द्रले गरिआएका क्रियाकलापहरु र भावि दृष्टिकोण वारे बोल्दै अध्यक्ष नेपालले सेवा केन्द्रका मुख्य उद्देश्य र लक्ष्यमा प्रतिकूल प्रभाव नपर्ने गरी आगामी दिनमा कार्यक्रमका शैली र विधिमा आमूल परिवर्तन गरेर जाने उद्घोष गर्नु भयो । सो क्रममा सेवा केन्द्र स्थापनाकालदेखि हालसम्म जस–जसले आफ्नो गाँस काटेर, रोजगारीको समय निकालेर र आफ्नो दैनिक खर्च कटाएर पनि सेवा केन्द्रलाई सहयोग पु¥याउनु भयो उहाँहरु सबैमा आभार प्रकट गर्दै आउने दिनमा सम्पन्न गरिने कार्यक्रमहरुमा सेवा केन्द्रका हितैषी र सहयोगीहरुमा भारै नपर्ने गरी कार्यक्रमहरु सम्पन्न गर्ने शैली र विधि अपनाईने धारणा राख्नु भएको थियो ।
आठ वर्ष टेक्दा नटेक्दै निकै परिपक्व र गरिमामय संस्थाका रुपमा उभिन सफल सेवा केन्द्र आगामी दिनमा अझ बढी जनमानस माझमा पुग्ने अध्यक्ष नेपालको अभिव्यक्तिले दर्शाउँछ । आशा गरौं, हाम्रा ऋषिमुनीहरुले प्रयोगसिद्ध गरेको तर लोपोन्मूख मुद्रा अभ्यास जस्तो मानवोपयोगी विषयवस्तुलाई आफ्नो लक्ष्य बनाई विभिन्न ढंगले समाज सेवामा समर्पित सेवा केन्द्रले आगामी दिनमा सबै क्षेत्रबाट अझ बढि साथ र सहयोग प्राप्त गरी मुलुककै उएटा अव्वल सामाजिक संस्था बन्न सफल हुनेछ भन्ने अपेक्षा लिने ठाउँ प्रशस्तै छ ।
सेवाको एउटा अर्काे उदाहरण २०७३ वैशाख १८ गतेका दिन  केन्द्रका अध्यक्ष नेपालबाट १५ जना विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई कापी कलम र प्रयोगमा ल्याइने व्याग वितरण गरिनु एउटा अर्काे दानवीरताको उदाहरणमा लिन सकिन्छ ।


सम्बन्धित फोटोहरु


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011