सामाजिक सरोकार

युवाहरुमा रुपान्तरणको आवश्यकता : पूर्वमन्त्री ढकाल
the universal tines
2o74

युवाहरुमा रुपान्तरणको आवश्यकता : पूर्वमन्त्री ढकाल
बाई.एस.पी.नेपाल को शुभ–आरम्भ
काठमाण्डौ । पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बिश्व शान्तिका लागि युवा र बिद्यार्थी नामक संस्थाको शुभआरम्भ गरेका छन् ।  सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच बाम प्रगतिशिल गठबन्धनका नेता ढकालले शुरुवात गदै युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । ‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ उनले भने, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेको उनले बताए । 
युवालाई सहि मार्ग निदेशित गर्न युवाको क्षमता बृद्धि गर्ने उदेश्य सहित स्थापना गरिएको बिश्व शान्तिका लागि युवा र बिद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । युवाले राम्रा र सकारात्मक कुरा मात्र लिएर अगाडि बढनुपर्छ भन्दै अव नेपालमा पनि युवाको समय आएको बताए । 
विश्व शान्ति तथा एकीकृत परिवार संघ, नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले आजका युवाहरुले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए । युवाहरूको आवश्यकता, परिवर्तित मनोविज्ञान बुझेर सोहीअनुसारको शिक्षा उनीहरुलाई दिनु नितान्त आवश्यक रहेकोमा उनले जोड दिए । पौडेलले जोश–जाँगरको घडा, अरुका लागि बाँच्न सक्ने, नैतिकवान् र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताए । उनले युवाहरुले नैतिक धरातललाई भने सधैँ उच्च राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा वल्र्ड कार्प नेपालका अध्यक्ष रुपशिह भण्डारी युवा सशक्तिकरण, नैतिक तथा चारित्रिक निर्माण लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए  । 
समाराहमा लिडरसिप एकेडेमीका अध्यक्ष सन्तोष शाह, बरिष्ठ गायक आनन्द कार्की, युपीएफ नेपालका महासचिव बिनोद डाँगी लगायतले युवा हरेका समस्याको समाधानको बहाक र बिकास र समृद्धिको अगुवा भएकोमा जोड दिएका थिए ।  
विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापाको अध्यक्षतामा भएको कार्यक्रमले प्रकाशबाबु थापाकै अध्यक्षतामा बिश्व शान्तिका लागि युवा र बिद्यार्थी नेपाल नामक संस्थाको तदर्स समिति पनि गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा  रुपशिह भण्डारी, केशब श्रेष्ठ, सुदर्शन कुवर, सन्दीप महत, सन्ध्या बिडारी, सुनिता डंगोल लगायत रहेका छन् । 







blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011