देश/समाचार

पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक र धार्मीक स्थल लूभू लामाटार
छाँया नेपाल (आचार्य )
2069/2/15

 पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक र धार्मीक स्थल लूभू लामाटार
पर्यटन वर्ष २०११ मनाईरहदा देशका बिभिन्न पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गरेको पाईन्छ । नेपाल आउने पर्यटकको पहिलो केन्द्र काठमाडौं भएता पनि पर्यटकहरुलाई धेरै दिन काठमाडौंमा राखिरहन पर्यटन व्यवसायि र राज्य सफल भएको छैन । यसको प्रमुख कारण काठमाडौं उपत्यकाको पाटन, भक्तपुर, काठमाडौं दरबार स्क्वायर, पशुपति क्षेत्र र स्वयम्भूजस्ता सिमित स्थानहरुमा मात्रै पर्यटकलाई घुमाउने प्रचलन रहनु नै हो । काठमाडौं उपत्यकाको काठ क्षेत्रमा धेरै प्राकृतिक मनोरम दृष्य भएका स्थलहरुमा पर्यटकका आँखा पुग्न सकेको छैन । ललितपूरको पाटनबाट ग्वार्को, इमाडोल हुदै ६ किलोमिटरको दुरिमा पुग्न सकिने प्राचीन गाउँ लुभू र त्यस भन्दा माथिको लामाटार पर्यटकिय सम्भावना बोकेको स्थान भएकाले ति क्षेत्रमा पनि पर्यटक घुमाउने व्यवस्था गर्न सके पर्यटकहरुको उपत्यका बसाई लम्ब्याउन सकिने थियो । अनि काठमाडौं भन्ने बित्तिकै व्यस्त शहर, ट्रफिक जाम धुलो र फोहोर हुने ठाउ मात्र नभई पूरानो रहनसहन सस्कृति बोकेको बस्तिहरु, मठमन्दिर, सुन्दर हरिया फाँट र डाडाकाडा पनि हुन् भन्ने पर्यटकलाई बुझाउन सकिने थियो । लुभु र लामाटार भौगोलिक हिसाबले दुईवटा भिन्न गाविस भएपनि यि दुई गाविसको इतिहास, सस्कृति रहन सहन एकै जस्तो भान हुन्छ । यहाँका प्राचीन मठमन्दिर जात्रा महोत्सवले मात्रै होईन त्यहाँका गुफा, उपत्यकाको सुन्दर दृष्य हेर्न सकिने लाकुरी भञ्ज्याङ, कोटडाँडा र सुन्दर फाँटहरुले पनि यो क्षेत्र पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्न सक्दछ । लुभू शहरभित्र नेवारहरुको बसोबास भएता पनि मुख्य सहर बाहिर ब्राह्मण, क्षेत्री र अन्य जातिको बसोबास रहेको छ ।
लुभू प्रवेश गर्ने कलात्मक ढोकाबाट गाउँ प्रवेश गर्ना साथ नेपाल सम्वत ५६७ मा निर्माण गरिएको नारायण मन्दिर र यहाँ रहेका प्रचिन शिलालेख हेर्ने हो भने लुभूको ऐतिहासिक र धार्मिक महत्व प्रष्ट हुन्छ । 
श्री श्री जय यक्षमल्लदेव ठाकुर स विजय राजस,
कोटनायक हृदय राममुलमिस प्रयायत ।। लगाएतका लामो विवरण लेखेको सिलालेख सिलालेख अनुसार राजा यक्ष मल्लको पालामा लुभू एउटा बलियो किल्लाको रुपमा रहेको थियो । त्यस्तै लुभु गाविसको शंखादेवी मन्दिर माथिको कोटडाडा मल्ल राजाको बलियो किल्लाको रुपमा रहेको थियो ।   युद्धको समयमा पाटनका राजाका परिवार बस्ने सुरक्षित ठाउको रुपमा कोटडाडा रहेको थियो । त्यतिवेलाका राजाहरुले निर्माण गरेका भौतिक संरचनाका भग्नाबसेसहरु अहिलेसम्म कोटडाडामा देख्न सकिन्छ । प्रकृतिक सौन्दर्यले सिगारिएको मनमोहक कोटडाडाबाट उपत्यकाका सबै दृष्य देखिने भएकाले यसलाई पनि नगरकोट जस्तै पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सकिन्छ । माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला २०६५ सालमा प्याराग्लाईडिङको उद्घाटन गर्न गएका बेलामा कोटडाडालाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । तर उहाँको सरकार ढलेसँगै यो कुरा त्यतिकै सेलाएको छ । 
धार्मीक महत्वको कुरा गर्नु पर्दा स्कन्द पुराणदेखि नेपाल महात्मेमा लुभू लामाटारका बिभिन्न मठमन्दिर र तिर्थस्थलहरुको महत्वका बारेमा उल्लेख गरिएको छ । गोभ्राटेश्वर महादेव, महालक्ष्मी, महाभैरव, ससम्भू माई, शंखादेवी, श्रृङ्गरिसी गुफा, कामधेनु, गुफा, गौश्रृङ्ग तीर्थ, जस्ता धार्मिक तथा ऐतिहासिक महत्व बोकेका प्रचिन तिर्थस्थल भएको यो क्षेत्र भारतदेखिका रिषिमुनीहरु आएर तपस्या गर्ने  तपोभुमी हो । श्रृङ्गरिषि लगायतका अन्य धेरै रिषि मुनिहरुले यहाँ तपस्या गर्दथे भने कामधेनु गाई यहि स्थानमा बस्दथिन् । नेपाल माहात्म्मे अनुसार अहिलेको कामधेनु गुफा भएको ठाउमा कामघेनु गाई बस्ने गर्दथिन् र सधै पसुपतिनाथमा दुध चढाउन लुभूको बाटो भएर जाने गर्दथिन् । एक दिन कामधेनु गाई पसुपति जादै गर्दा लुभू भित्र पुगे पछि थकाई लागेर बसेछ र भुसुक्क निदाएछ । निन्द्राबाट बिउझेपछि पसुपतिमा दुध चढाउन जान ढिलाई भएको भन्ने थाहा पाएर गाई डराएर आत्तिएछ र गोब्रयाएछ  (डरले दिसा गरेछ ) । त्यसपछि त्यहि गोवरको थुप्रोबाट पसुपति माहादेव उत्पन्न भएर गाईलाई दर्शन दिनु भएछ । त्यसपछि पसुपतिनाथले भन्नु भएछ  कामधेनु अब तिमि मलाई दुध चढाउन अन्त कतै पुग्नु पर्दैन यहि म उत्पन्न हुन्छु यहि चढाय हुन्छ । यति भनेर पसुपतिनाथ अन्तरध्यान हुनु भएछ । त्यसपछि उक्त कामधेनु गाईले नियमितरुपमा त्यहि दुध चढाउन थालेछ । यसरि उक्त गाईले दिनदिनै दुध चढाएको स्थानियबासीले देखेछन् । किन गोवरमा सधै दूध चढाएको रहेछ भनेर स्थानीयबासीले  हेर्दा त उक्त ठाँउमा महादेवको लिङ्ग फेला परेछ । यसरी गोबरबाट उत्पन्न भएका हुनाले स्थानीयबासीले गोभ्राटेश्वर महादेवका रुपमा उक्त शिवलिङ्गलाई पुजा गर्न थाले र मन्दिर निर्माण गरे । यसले लुभू लामाटारको धार्मिक सम्बन्धलाई एक बनाएको छ । त्यो कामधेनु गाई बस्ने कामधेनु गुफा ललितपुरको लाकुरी भञ्ज्याङबाट दक्षिण पश्चिम करिव १० मिनेट जति हिडेपछि चन्द्रवान गिरिको बक्ष स्थलमा गोश्रृङ्गी नदीको उद्गम स्थलको रुपमा रहेको छ । पौराणिक कथन अनुसार यो नदि कामधेनु गाईले सिंगौरी खेल्दा उत्पन्न भएको थियो । यहि गोश्रृङ्गी नदी र कोटडाडा वा चक्रनेमी पर्वतको फेदीबाट आएको चक्रावती नदीको दोभानमा गोश्रृङ्ग तीर्थ छ यस तिर्थमा स्नान गरि गोभ्राटेश्वरको दर्शन गर्नाले पुण्य प्राप्त हुने बिश्वास स्थानियबासीमा छ । स्कन्द पुराणको माघ महात्मेमा पनि पार्वतीको चतुर्षष्ठि लिङ्ग जात्रामा लुभू नजिक रहेको तिलकुखोला र श्रृङ्गमती खोलामा रहेको गोश्रृङ्ग तिर्थमा स्नान गरि गोभ्राटेश्वर महादेवको पुजा आजा गरि सहश्रकोटी गाईदान गरेको उल्लेख छ । 
तर २०५० सालको बाढि पहिरोले कामधेनु गुफा र श्रृङ्गि रिषिको गुफाको पुरानो रुप मेटेकाले यसको पुर्नउद्धार आवस्यक देखिएको छ । श्रृङ्गी रिषि विभाण्ड रिषिका मृगिकाको गर्भबाट जन्मिएका पुत्र थिए । उनकै आचार्यत्वमा सम्पन्न पुत्रेष्टि यज्ञबाट राजा दशरथले राम, भरत, लक्ष्मण शत्रुघनको रुपमा ४ पुत्ररत्न प्राप्त गरेका थिय । उनै श्रृङ्ग रिषिको आश्रम रहेको यो स्थानलाई श्रृङ्ग्याश्रम भन्ने गरिएको थियो । पछि समय बित्दै जादा श्रृङ्यारि, सिस्न्यारी हुँदै अपभ्रंस भई सिस्नेरी नाम रहन गएको बताउनु हुन्छ स्थानिय समाजसेवी कुमार पौडेल । 
त्यस्तै लुभुको नाम कसरि रहन गयो भन्ने खोजी गर्दा लुभुको पुरानो नाम सुर्वणछत्रपुर भन्ने गरिन्थ्यो । स्थानिय बुढापाकाका अनुसार यो क्षेत्रलाई छत्रपाल भैरवले सुनको छाता ओढाई संरक्षण गरेका हुनाले सुवर्णछत्रपुर भनिएको हो । नेवारी भाषामा सुनलाई लु भनिन्छ र भुमिलाई भु भनिन्छ त्यसैलाई मिलाएर यसठाउलाई लुभु भन्न थालिएको हो । त्यस्तै राजा सिवसिंह मल्लको मृत्युपछि उनकि रानि गंगा महारानिले आफ्नो सुनको थाल बेचेर पाटनबाट अहिलेको लुभुमा बस्ति सारेकाले भन्ने छ । सुन बेचेर बस्ति बसाएको हुनाले सुनको भुमी भन्दै यसलाई नेवारी भाषामा लुभु भन्न थालिएको हो । 
लुभुमा हरेक वर्ष बैशाखको अक्षय तृतियाको दिनदेखि ९ दिनसम्म जात्रा चल्दछ । हरिहर मल्लले आफ्नो सन्तानको रक्षा हवस् भनि महालक्ष्मी र महाभैरवको लुभूको लाछिमा स्थापना गरि जात्रा चलाएको इतिहासविद् डा. कर्लप्रुस्चले लेख्नु भएको दि काठमाडौं भ्याली भन्ने पुस्तकमा उल्लेख गरिएको छ । पाटनको रातो मच्छिन्द्रनाथको रथयात्रासँगै सुरु हुने यो जात्रामा हालको महालक्ष्मी मन्दिर नजिकै लाछिमा एक जोडि खट अथवा बोक्ने रथ राखिन्छ । महालक्ष्मी र भैरवको मन्दिरबाट एउटा खटमा गणेश, महालक्ष्मी र कुमारी राखिन्छ भने अक्रो खटमा गणेश, भैरव र कुमार राखेर नौ दिनसम्म बिभिन्न स्थानमा घुमाई जात्रा मनाएर पुन नवौं दिन बिहान मन्दिर भित्र प्रवेस गराईन्छ र जात्रा सम्पन्न हुन्छ । 
त्यस्तै सबै भन्दा पुरानो देवीको सक्ति पिठ लुभु बस्ति भन्दा अलि माथि हालको महालक्ष्मी क्याम्पस भएको स्थानमा अवस्थित रहेको छ । यसको उत्पत्ति बारेमा चलेको जनश्रुति अनुसार घेरै बर्ष अघि देवी स्थान चौरमा घाँसीहरु घाँस काट्न गएका बेलामा एक दिन देवी देवताहरु पंक्तिवद्धरुपमा उभिएर नृत्य गरिरहेको प्रत्यक्ष देखेछन् । त्यसपछि गाँउमा गएर सबैलाई हेर्न बोलाएछन् । तर हेर्न आउदा त त्यस स्थानमा देवी देवताहरु ढुङ्गाको मुर्तीका रहेको देखेछन् । त्यसपछि स्थानियबासीहरुले इष्ट देवताको रुपमा त्यहाँ महालक्ष्मी, महाभैरवका गणहरुको पुजा आजा गर्न थालेछन् । यहाँ रहेको महालक्ष्मीलाई लुभुभित्र लाछिमा रहेको महालक्ष्मीको आमाको रुपमा पुजा गर्ने गरिन्छ । खुल्ला ठाउमा आयतकार भुईतल्ले प्यागोडा सैलिमा निर्माण यो मन्दिर नौं वटा सक्ति पिठ मध्ये एक हो । यि देवीको सम्बन्ध लुभु ८ को शंखादेवी सँग रहेको छ । शंखादेवीले बकासुर दैत्यबाट नारायण भगवानलाई जोगाई बिशंखुनारायणमा पठाएको भन्ने नेपाल महात्मेमा उल्लेख गरिएको छ । यि सबै धार्मिक तथा ऐतिहासिक महत्व भएका स्थलहरुको एकीकृत बिकास योजना बनाई लुभु लामाटारलाई प्रसिद्ध पर्यटकीय स्थलको रुपमा चिनाउन सकिन्छ । 


सम्बन्धित फोटोहरु


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011