डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

मेरो जीवनको निर्दिष्ट लक्ष्य
The Universal Times
2068/8/7

 दिने उदार भावना राखेर बाँच्नुपर्छ भन्ने जिजुबुबाका अन्तिम शब्दलाई शीरोधार्य गर्नुभएको थियो, तर परिवारको सौभाग्यलाई उहाँले कायम राख्न सक्नुभएन । यसो हुनुको कारण उहाँका कान्छा भाइ अर्थात् मेरा साना हजुरबुवा यून गुक मुनले परिवारको सम्पत्ति धितो राखेर लिएको ऋणमा डुब्नु भयो । यस घटनापछि परिवारका सदस्यहरूले निकै कठिन समय गुजार्नुपरेको थियो, तर मेरा हजुरबुबा र बुबाले साना हजुरबुवा यून गुक मुनलाई कहिल्यै गालीगलौज गर्नुभएन । उहाँहरूलाई थाहा थियो उहाँले पैसा जुवातास वा त्यस्तै किसिमका फजूल काममा खर्च गरेर डुबाउनु भएको थिएन । उहाँले यो रकम गणतन्त्र कोरियाको चीनको साङ्घाईमा रहेको निर्वासित अस्थायी सरकारलाई पठाउनुभएको थियो । त्यसबखत सत्तरी हजार वन निकै ठूलो रकम थियो, र त्यो रकम स्वतन्त्रता आन्दोलनका लागि साना हजुरबुवाले दान गर्नुभएको थियो ।
प्योङयाङ मठका स्नातक र पादरी हुनुभएका यून गुक बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ अङ्ग्रेजी धाराप्रवाह बोल्नुहुन्थ्यो र चिनियाँ अध्ययनमा पारङ्गत हुनुहुन्थ्यो । उहाँले दिओक इओन म्योङ्गको दिओक हिउङ धर्माश्रम समेतका तीनवटा धर्माश्रमका निम्ति जिम्मेवार पादरीका रूपमा सेवा गर्नुभएको थियो । नाम सिओन चोइसँगै उहाँले १९१९ को स्वतन्त्रता घोषणापत्रको मस्यौदा तयार गर्न सहभागिता जनाउनुभएको थियो ।
तर, हस्ताक्षरकर्ता सोह्रजना इसाई नेतामध्ये तीनजना दिओक ह्योङ्ग धर्माश्रमका रहेको थाहा भएपछि साना हजुरबुवाले स्वेच्छिक रूपमै हस्ताक्षर साँचीबाट आफ्नो नाम फिर्ता लिनुभएको थियो । हस्ताक्षर गर्ने मध्येका एक मात्र बाँकी व्यक्ति सिउन हुन लीले ओसन स्कुल स्थापना गर्न साना हजुरबाबा युन सँग मिलेर काम गर्नु भएको थियो । सिउन हून लीले मेरा साना हजुरबुवा यून गुकलाई स्वतन्त्रता आन्दोलन असफल भएमा सम्पूर्ण कुरा रेखदेख गर्न आग्रह गर्नुभएको थियो । ली जापानी उपनिवेशी सरकारबाट मारिनुभयो ।
हाम्रो गृहनगर फर्कने क्रममा साना हजुरबुवा यून गुकले दशौं हजारौं कोरियाली झण्डाहरू छाप्नुभएको थियो । उहाँले कोरियाली स्वतन्त्रताको समर्थनमा सडकमा उत्रिएका सर्वसाधारणलाई ती झण्डाहरू बाँड्नुभयो । उहाँ आइपो म्योङ्ग प्रशासकीय कार्यालय अघिल्तिरको पहाडी क्षेत्रमा प्रदर्शनको नेतृत्व गरेको भन्दै मार्च ८ का दिन गिरफ्तार हुनुभयो । स्वतन्त्रताको पक्षमा भएको प्रदर्शनमा ओसान स्कुलका प्रधानाध्यापक, विभिन्न विभाग र दुई हजारभन्दा बढी विद्यार्थीको सहभागिता थियो । प्रदर्शनमा झण्डै तीन हजार इसाई समुदायका व्यक्ति तथा झण्डै चार हजार स्थानीयको उपस्थिति थियो । उहाँलाई दुई वर्षको जेल सजाय दिएर इउजु कारागारमा थुनियो । अर्को वर्ष विशेष माफी भन्दै उहाँलाई थुनामुक्त गरियो ।
मुक्तिपछि पनि जापानी प्रहरीबाट धेरै दमन र खेदो गरिएकाले उहाँ लामो समयसम्म एक ठाउँमा बस्नुहुन्नथ्यो, र उहाँ ठाउँ बदलेर यताउता भागिरहनुहुन्थ्यो । जापानी प्रहरीले बाँसको भालाले घोपेर दिएको यातना र शरीरको मासु नै काटेका कारण उहाँको शरीरमा ठूलो खत थियो । उहाँको खुट्टा र करङका छेउछाउमा भाला घोपिएको थियो, तर उहाँले जापानी अधिकारीहरू समक्ष कहिल्यै आत्मसमर्पण गर्नुभएन । जापानीहरूले उहाँलाई तोड्न सकिन्न भन्ने बुझेपछि उहाँलाई काउन्टी प्रमुखको पद स्वीकार गर्न प्रस्ताव गरेका थिए । यसको बदलामा उहाँले स्वतन्त्रता आन्दोलनमा सहभागिता नजनाउने वचनबद्धता व्यक्त गर्नुपर्ने सर्त थियो । जापानीहरूका निम्ति उहाँको धम्कीपूर्ण स्वरमा एउटै जवाफ थियोः “तिमीहरूले म यो पद स्वीकार गर्छु र तिमी चोरहरूका निम्ति काम गर्छु भन्ने सोचेका छौ ?”
म सात वा आठ वर्षको हुँदा साना हजुरबुवा यून गुक छोटो समयका लागि हाम्रो घरमा बस्नुभएको थियो र कोरियाली स्वतन्त्रता सेनाका केही सदस्य उहाँलाई भेट्न त्यहीँ आएका थिए । उनीहरूसँग रकम अभाव थियो र बाक्लो हिमपातको समयमा खाली खुट्टा रातभर हिंडेर उनीहरू हाम्रो घरसम्म आएका थिए । मेरो बुबाले हामी केटाकेटीको अनुहार सिरकले ढाकिदिनुभयो ताकि हामीहरू ब्यु“झन नसकौं । तर, म पहिल्यै ब्यु“झिसकेको थिएँ, सिरकले टाउको छोपे पनि मेरा आँखा खुला थिए, ठूलाहरूले कुरा गरेको आवाज ध्यानपूर्वक सुन्ने गर्थें । राती ढिलै भए पनि मेरी आमाले एउटा कुखुरा काट्नुभयो र स्वतन्त्रता लडाकूहरूलाई नुडल्ससँग उमालेर खुवाउनुभयो ।
आजसम्म मैले सिरकभित्र सास दबाएर सुनेका साना हजुरबुवा यून गुकका वचनहरूलाई बिर्सन सकेको छैन । “तिम्रो मृत्यु भए पनि,” उहाँले भन्नुभयो, “यदि तिमी हाम्रा देशको लागि म¥यौ भने तिमी आशिषित हुनेछौं ।” उहाँले अगाडि भन्नुभयो, “अहिले, हाम्रा अघिल्तिर हामीले अन्धकार मात्र देखिरहेका छौं, तर उज्यालो विहानी अवश्य आउनेछ ।” यातनाको असरका कारण उहाँको शरीरले पूरापुर काम गर्न सक्दैनथ्यो, तर उहाँको आवाज बुलन्द थियो ।
मेरो दिमागमा त्यसबखत सोचाइ आएको सम्झिन्छु ः “साना हजुरबुवा जस्ता विलक्षण व्यक्ति पनि किन जेल जानुभएको होला ? जापानभन्दा हामी बलियो भएको भए पक्कै यस्तो हुँदैनथ्यो होला ।”
साना हजुरबुवा यून गुकले जापानी प्रहरीको सास्ती छलेर देशैभर घुम्ने कार्यलाई निरन्तरता दिइरहनुभयो, । १९६६ मा म सियोलमा रहँदा उहाँका बारेको एउटा समाचार पाएँ । साना हजुरबुवा मेरो सानो भाइको सपनामा प्रकट हुनुभएको थियो र उहाँलाई भन्नुभयो, “म काङवन प्रान्तको जिओङसिओनमा समाधिस्थ गरिएको छु ।” हामीहरू सपनामा भनेकै ठेगानामा खोजी गर्दै गयौं । साँच्चिकै उहाँले नौ वर्षअघि यही ठाउँमा देहत्याग गर्नुभएको रहेछ । हामीले झारपातले ढाकेको चिहानको ढिस्को मात्र फेला पा¥यौं । मैले सियोल नजिक कियोङ्ग्गी प्रान्तको पाजुमा उहाँको अस्थिलाई पुनः समाधिस्थ गरें ।
जापानबाट सन् १९४५ मा कोरियाको मोक्ष भएपछिका वर्षहरूमा उत्तर कोरियामा साम्यवादीहरूले इसाई सम्प्रदायका पादरी र स्वतन्त्रता लडाकूहरूको बेहिसाबसँग हत्या गरेका थिए । साना हजुरबुवा यून गुक आफ्नो उपस्थितिले परिवारमै हानी पुग्छ कि भनेर त्रसित हुँदै ३८ समानान्तर सीमारेखा पार गरी कम्युनिष्टबाट फुत्केर दक्षिणतर्फ आउनुभयो र जिओङसिओङमा बसोबास गर्नुभयो । हाम्रो परिवारमा यसका बारेमा कसैलाई थाहा थिएन । त्यो दुर्गम पहाडी उपत्यकामा उहाँले आफ्नो जीविकाका लागि क्यालिग्राफी कुचीहरू बेच्नुहुन्थ्यो । पछि उहाँले परम्परागत गाउँले विद्यालय स्थापना गरी चिनियाँ शास्त्र अध्यापन गराउनुभएको कुरा हामीलाई बताइएको थियो ।
उहाँका केही पूर्व विद्यार्थीहरूका अनुसार उहाँले चिनियाँ वर्णमा धाराप्रवाह कविता रचना गर्न सक्नुहुन्थ्यो । उहाँका विद्यार्थीहरूले तल समावेश गरिएका समेत झण्डै एकसय तीसवटा त्यस्ता कविताको प्रतिलिपि उतारेर सुरक्षित गरेका छन् ः


दक्षिणी उत्तरी शान्ति
दक्षिण आउन घर छाडेका दश वर्ष बितिसकेछन्
समयको प्रवाहसँगै मेरो कपाल पनि सेतै फूल्न थालेछ
म उत्तर फर्कनेछु, तर कसरी ?
आकाङ्क्षा छोटो बसाइको
लम्बिएको छ ।

लामो बाहुला भएको वर्षादी कपडा को–हेम्प पहिरेर
रेसमी पङ्खाले आफैंलाई हम्किन्छु ।
र शरद ऋतुले केही ल्याउँछ कि विचार गर्छु,
दक्षिण र उत्तरबीच शान्ति नजिकिँदो छ,
केटाकेटीहरू बलेसीमुनी पर्खाइमा छन्,
तिमीले धेरै चिन्ता लिनु पर्दैन ।

आफ्नो परिवारबाट बिछोडिएर जुनसुकै ढङ्गबाट अपरिचित जङ्गसिओनको भूमिमा बसे पनि साना हजुरबुवा यून गुकको हृदय आफ्नो मुलुकको चिन्ताबाट भरिपूर्ण थियो । साना हजुरबुवाले यो कविता पनि छाड्नु भएको थियोः“प्रारम्भमा आफ्ना लक्ष्य निक्र्यौल गर्दा, तिमीले उच्च मापदण्डको प्रतिज्ञा गर्नू । निजी आकाङ्क्षाको एक छनक पनि । आफैंलाई अनुमति नदिनू ।” स्वतन्त्रता आन्दोलनमा मेरो सानो हजुरबुवाले पु¥याउनु भएको योगदानको निम्ति गणतन्त्र कोरिया सरकारले सन् १९७७ मा राष्ट्रपतीय सम्मान प्रदान गरेर मरणोपरान्त सम्मान जनाएको थियो र सन् १९९० मा राष्ट्र निर्माताको रूपमा अर्डर अफ मेरिट प्रदान गरिएको थियो । आज पनि, म कहिलेकहीँ उहाँका कविताहरू वाचन गर्दछु । अति दुःखका क्षणमा पनि आफ्नो मुलुकप्रतिको अटल प्रेम ती कविताहरूमा राम्रोसँग अभिव्यक्त गरिएका छन् ।
हालसालै, म वयस्क हुँदै जाँदा मैले साना हजुरबुवा यून गुकका बारेमा अझ बढी विचार गर्न थालेको छु । आफ्नो मुलुकको चिन्तालाई हृदयबाटै अभिव्यक्ति गरेर झल्काउने उहाँका कविताका प्रत्येक वाक्यांशले मेरो हृदय भित्रै छुन्छ । मैले हाम्रा सदस्यहरूलाई “दाइहान जिरी गा” (कोरियाली भूगोलको गीत) पढाएको छु जसका शब्दहरू साना हजुरबुवा यून गुक आफैंले रचना गर्नुभएको थियो । यो गीत हाम्रा सदस्यहरूसँग मिलेर गाउँदा म आनन्दित भएको अनुभूति गर्दछु । मैले जब , माउन्ट बेक्डुदेखि माउन्ट हाल्लासम्म, भन्ने गीत गाउँछु, म आफ्नो बोझबाट मुक्त भएको ठान्छु ।

कोरियाली भूगोलको गीत
पूर्वमा कोरियाली प्रायद्वीप
तीनवटा राष्ट्रहरूमाझ अवस्थित छ ।
उत्तर, मन्चुरियाको फराकिलो मैदान,
पूर्व, गहिरो र नीलो पूर्वी सागर,
दक्षिण, धेरैवटा टापुहरूको भाग
पश्चिम, गहिरो पीत सागर ।
तीनैतिर सामुद्रिक खानेकुरा,
सबै प्रजातिका माछाको हाम्रो सम्पत्ती ।

सामथ्र्यवान माउन्ट बेक्डु उत्तरमा उभिएको छ
आम्रोक र टुमान नदीका लागि जल उपलब्ध गराएर,
पूर्व र पश्चिमका सागरमा पुग्छ
सोभियतसँग स्पष्ट सीमाको चिन्हो लगाएर ।
माउन्ट कुमगाङ मध्य भागमा चम्किलो गरी विराजमान छ,
विश्वकै लागि सुरक्षा, कोरियाको प्रतिष्ठा ।
माउन्ट हाल्ला नीलो दक्षिणी सागरमाथि ठडिएको छ,
समुद्रमा माझीहरूका लागि यो सीमा चिन्ह हो ।

देदोङ, हाङ्गाङ, गुउमगाङ र जुङजुका चार मैदानले
जनताका लागि खाद्यान्न र लुगाफाटा दिन्छन् ।
उनसान, सँनान, गाइचिओन, र जोरयुङका चारवटा खानीले
हामीलाई पृथ्वीको बहुमूल्य सामग्री दिन्छन् ।
क्यूङसाङ, प्योङयाङ, देगु, र केसुङ चारवटा सहर
मातृभूमिमा चम्किन्छन् ।
चारवटा बन्दरगाह बुसान, वनसान, मोकपो, र इन्चोनले
विदेशी जहाजलाई स्वागत गर्दछन् ।
रेल यातायात क्यूङसुङबाट फैलिन्छ,
दुईवटा मुख्य लाइनलाई जोड्दै, क्यूङ–उई र क्यूङ–बु ।
शाखा लाइनहरू क्यूङ–वन र होनाम उत्तर र दक्षिण हानिन्छन्,
प्रायद्वीपलाई पूरै ढाकेर ।

हाम्रा सहरले हामीलाई हाम्रो इतिहास बताउँछन् ।
प्योङयाङ, २,००० वर्ष पुरानो दाङ्गुनको सहर,
काइसुङ, कोर्योको राजधानी,
क्यूङसुङ, ५०० वर्ष पुरानो चोसुनको राजधानी,
क्यूङ्जु, २,००० वर्ष पुरानो शिल्लाको संस्कृति
चम्किन्छ, उत्पत्ति हो पाक ह्यूक्कोसाईको,
चङचोङमा छ बुयो, पाइक्चेको ऐतिहासिक राजधानी ।

कोरियाका छोराहरूले भविष्य कोर्दैछन्,
सभ्यताको लहरले किनारालाई पखाल्दैछ ।
पहाडबाट बाहिर निस्कौं,
र भविष्यका लागि
शक्तिका साथ अघि बढौं।
 


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011