डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

धार नलगाएको चक्कु भुत्ते हुँदै जान्छ
the universal times
2070

व्याकरण स्कुल पुरा गरेपछि म सियोल गएँ, हिउकसोक–दोङमा एक्लै बसें र क्योङ्स्योङ् वाणिज्य र प्रविधि स्कुलमा अध्ययन गर्न
मेरो खानामा एक छाक एक कचौरा भात र एक मात्र परिकार हुन्थ्यो, जबकि औसत कोरियालीको खानामा बाह्र परिकार हुन्थ्यो । मलाई एक छाक खाना र एक परिकार मात्र पर्याप्त थियो । एक्लो बस्दा ममा विकसित भएको बानीका कारण आज पनि मेरो खानामा ध थालें । सियोलको हिउँद अत्यन्तै चिसो हुन्छ । यहाँको तापक्रम घटेर न्यूनतम (–) २० डिग्री सेल्सियससम्म पुग्नु सामान्य हो, र यस्तो अवस्थामा हान नदी नै जमेको हुन्थ्यो । म बसेको घर किनारामै थियो, र त्यहाँ पानी बग्दैनथ्यो । हामी इनारबाट पानी निकाल्थ्यौं, तर यो निकै गहिरो थियो । इनारको पानी तान्न दश हातभन्दा लामो डोरीमा बाल्टी बाँध्नु पर्दथ्यो । डोरी बेलाबखत चु“डिन्थ्यो, त्यसैले मैले एउटा चेन बनाएर यसलाई बाल्टीमा बाँधेको थिएँ ।  हरेक पटक पानी माथि तानेपछि मेरो हात चेनमा परेर कठ्याङ्ग्रीन्थ्यो र हात फुकेर तातो पार्थें ।
चिसोसँग लड्न मैले आफ्नो लुगा सिलाउने कौशल पनि प्रयोग गर्थें । मैले स्वेटर, बाक्लो मोजा, एउटा टोपी र पञ्जा बनाएको थिएँ । टोपी यति काइदाको थियो कि मैले यो लगाएर हिँड्दा सहरका केही मानिसले मलाई महिला हो कि भनेर हेर्ने गर्दथे ।
मैले अति चिसो हिउँदका दिनहरूमा पनि मेरो कोठा कहिल्यै पनि तताइन, किनभने मसँग यसो गर्नको लागि पैसाको अभाव थियो । सडकमा खुलारूपमा बस्न विवश घरबारविहिन मानिसको तुलनामा म बसेको ठाउँ विलासितापूर्ण थियो । एक दिन, यति चिसो थियो कि सिरकभित्र शरीरलाई छुनेगरी तातो पानीको बोटल राखेजसरी सानो बल्ब बालेर सुतेको थिएँ । राती तातो बल्बले नराम्रोसँग पोल्यो, छाला पिल्सियो । आज पनि, कसैले सियोलको कुरा ग¥यो कि मेरो दिमागमा आउने पहिलो कुरा नै त्यसबखतको चिसो हुन्छ ।
ेरै किसिमका परिकार चाहिँदैन । मलाई राम्रोसँग तयार पारेको एउटा परिकार भए पुग्छ । मैले कुनै खानामा धेरै अरु परिकार समावेश गरेर तयार गरेको देखें भने यो मेरा लागि पीडादायी मात्र हुन्छ । सियोलको स्कुलमा पढ्दा मैले कहिल्यै दिउँसोको खाना खाइन“ । बाल्यकालमै पहाडमा घुम्दा मैले दुई छाक मात्र खाना खाने बानी पारेको थिएँ । मैले यो बानीलाई झण्डै तीस वर्षको हुँदासम्म यथावत राखेको थिएँ ।
मेरो सियोलको बसाईले एउटा घरको व्यवस्थापन गर्न कति काम गर्नुपर्दछ भनेर रामै्रसँग बुझ्न मद्दत पु¥याएको थियो ।
म हिओकसोक–दोङमा सन् १९८० को दशकमा पुनः गएको थिएँ र म बसेको घर अझै उही अवस्थामा देख्दा आश्चर्यचकित भएँ । म बसेको कोठा र लुगाफाटा सुकाउने गरेको आँगन अझै उस्तै थियो । तर, चिसोका कारण हात फुक्ने गरेको पानीको इनार भने त्यहाँ थिएन ।
हिओकसोक–दोङमा रहँदा मेरो एकमात्र नारा थियो, “संसारलाई प्रभुत्वमा राख्ने चाहना गर्नुअघि सर्वप्रथम आफैंलाई प्रभुत्वमा राख्ने क्षमतालाई परिपूर्ण गर्नुपर्दछ ।” यसको अर्थ हो राष्ट्र र विश्व बचाउन सबलता हासिल गर्ने हो भने मैले सर्वप्रथम आफ्नै शरीर बलियो बनाउन अभ्यास गर्नुपर्दछ । मैले प्रार्थना, योग, खेलकुद र अभ्यासका कार्यक्रमबाट आफूलाई दक्ष बनाएँ । परिणामस्वरूप, म शारीरिक भोक वा अरु कुनै प्रकारका भावना वा चाहनाबाट टाढा रहन सक्थें । मैले खाना खाँदा पनि म भन्थें, “भात, तिमी मैले काम गर्ने तयारी गरिरहेको कामका लागि मलको रूपमा होऊ भन्ने चाहन्छु ।” मैले बक्सिङ, फुटबल र आत्मानुशासनका विधिहरू सिकेको थिएँ । यसैका कारण सानैदेखि केही तौल बढेको भए पनि अझै पनि मेरो शरीरमा  युवा भैm लचकता छ ।
वाणिज्य र प्रविधिसम्बन्धी क्योङ्स्योङ् स्कुलको नीति नै विद्यार्थीहरूले पालैपालो आफ्नो कक्षाकोठा सफा गर्नु पर्ने थियो । मैले मेरो कक्षाकोठा हरेक दिन आँफैं सफा गर्ने निर्णय गरें । कुनै किसिमको सजाय पाएका कारण मैले यो गरेको थिइन“ । यो मेरो स्वतःस्फूर्त चाहना थियो र त्यो मेरो स्कुलप्रति अरूको भन्दा बढी प्रेम भएको कारण भित्रैदेखि प्रष्फुटित भएर भएको थियो । प्रारम्भमा अरुले मलाई सहयोग गर्न पनि प्रयत्न गरे, तर उनीहरूले मैले प्रशंसा नगरेको र एक्लै गर्न मन पराएको थाहा पाए । अन्ततः मेरा कक्षाकोठाका साथीहरूले निर्णय गरे, “अगाडि बढ । तिमी आफैं गर ।” र त्यसरी सफाईको काम मेरो जिम्मामा आयो ।
म अस्वाभाविक शान्त विद्यार्थी थिएँ । कक्षाका साथीहरूझैं म अनावश्यक गफ गरेर बस्दैनथें, र कुनै दिन त दिनभर एक शब्द नबोली बस्दथें । यसको कारण सायद मैले साथीहरूबीच शारीरिक हिंसामा सहभागी नभए पनि मेरा कक्षाका साथीहरूले सम्मानजनक व्यवहार गर्दथे र मेरो उपस्थितिमा उनीहरू कसरी व्यवहार गर्नुपर्दछ भन्ने कुरमा सजक थिए । म शौचालय गएको बेला पालो पर्खेर बसेका विद्यार्थीको लाइन हुँदा पनि उनीहरूले मलाई तत्कालै बाटो छाडिदिन्थे । कसैलाई समस्या पर्दा सल्लाहका लागि उनीहरूले मलाई नै सम्झन्थे ।
कक्षामा म बराबर दृढताका साथ प्रश्न गरिरहन्थें, र केही शिक्षकहरू मेरा प्रश्नबाट निकै डराउँथे । उदाहरणका लागि, हामीले गणित वा भौतिक विज्ञान विषयमा नयाँ सुँत्रहरू सिक्ने क्रममा म सोध्ने गर्दथें, “यो सुँत्र कसले प्रतिपादन गरेको हो ? कृपया सिलसिलाबद्ध रूपमा बताउनुहोस् ताकि म सहीरूपमा बुझ्न सकू“,” र मैले स्पष्ट र सही जवाफ नपाउँदासम्म पछि हट्दैनथें । म आफ्ना शिक्षकसँग निर्दयी थिएँ, गहिराईको खोजी गरिरहन्थें । विश्वका कुनै पनि सिद्धान्त यो सत्य हो भनि पहिचान नगर्दा सम्म र आफूमा समाहित नगर्दासम्म म स्वीकार्न सक्दैनथें । यस्ता राम्रा सुँत्रहरू आविष्कार गर्ने पहिलो व्यक्ति हुने तीव्र इच्छा मभित्र थियो । सानो छँदा रातभर चिच्याउने जिद्दीपनको विशेषता मेरो अध्ययनका सिलसिलामा पनि देखा परिरहेको थियो । प्रार्थना गर्दा झैं मैले अध्ययनमा आफूलाई पूर्णरूपमा समर्पित गरेको थिएँ, मैले इमान्दारी र समर्पणलाई पूर्ण उपयोग गरेको थिएँ ।
हामीले गर्ने कुनै पनि कार्यमा इमान्दारीता र समर्पण आवश्यक पर्दछ, र त्यो एक वा दुई दिनका लागिमात्र हुनु हुँदैन । यसको निरन्तर प्रक्रिया हुनु जरुरी हुन्छ । एकपटक प्रयोग गरिएको कुनै पनि हतियारलाई कहिल्यै तिखारिएन भने भुत्ते हुन्छ । यही कुरा इमान्दारी र समर्पणमा लागु हुन्छ । हामीले हाम्रा धारलाई दैनिकरूपमा तिखारिरहेका छौं भन्ने सोचाईका साथ हाम्रा प्रयत्नलाई पनि दैनिक निरन्तरता दिनुपर्दछ । काम जेसुकै भए पनि यसैगरी आफ्ना प्रयत्नलाई निरन्तरता दिइयो भने हामी अन्ततोगत्वा रहस्यमय अवस्थामा पुग्न सक्छौं । यदि तपाइँको हातमा चित्र कोर्ने कुची छ भने तपाइँले आफ्नो हातलाई लगनशीता र समर्पणताका साथ केन्द्रित गर्नुहोस र आफैंलाई भन्नुहोस्, “कुनै ठूला कलाकारले आएर मलाई मद्दत गर्नेछन्,” र तपाइँले आफ्नो दिमागलाई केन्द्रिभूत गर्नुभयो भने तपाइँले विश्वलाई नै प्रेरणा दिने विचित्र किसिमको चित्र सिर्जना गर्न सक्नुहुन्छ ।
मैले अरुभन्दा त्यो छिटो र बढी स्पष्ट कसरी बोल्ने भन्ने कुरा सिक्नका लागि निरन्तर अभ्यास गरेको छु । सामान्यतया म सानो कोठामा जान्छु र कसैले नसुन्ने गरी जिब्रो फड्कारेर ठूलो स्वरले बोल्ने अभ्यास गर्छु । मैले भन्न चाहेका कुरालाई जतिसक्दो चाँडो बताउनका लागि आफुलाई पूर्ण समर्पणका साथ अभ्यास गर्थेे । अन्ततोगत्वा, अरुले एक शब्द भन्न जति समय लगाउँथें त्यही समयमा म दश शब्द बोल्न सक्थें । आज पनि, म बुढो भए पनि, म निकै चाँडो बोल्न सक्छु । केहीले भन्छन्, म यति चाँडो बोल्छु कि मैले भनेका कुरा बुझ्न उनीहरूलाई कठिनाइ हुने गर्दछ, तर मेरो हृदय यति बेगवान् छ कि म ढिलो बोलाईलाई सहनै सक्दिन । मेरो दिमाग मैले भन्नुपर्ने कुराबाट भरिपूर्ण छ । म कसरी ढिलो गर्न सक्छु ?
यस अर्थमा म मेरा हजुरबुबाजस्तै छु जसले मानिसहरूसँग बातचित गर्न निकै रमाइलो मान्नुहुन्थ्यो । हजुरबुबा हाम्रो घरको पाहुना कोठामा तीन वा चार घण्टासम्म मानिसहरूसँग कुरा गरिरहनुहुन्थ्यो । उहाँ त्यतिबेलाको परिस्थिति र घटनाका बारेमा आफ्ना धारणा सुनाउनुहुन्थ्यो । म पनि त्यस्तै छु । जब म मानिसहरूसँग हुन्छु र हृदय छुने किसिमको राम्रो सञ्चार स्थापित हुन्छ भने मलाई समय गएको पत्तो हुँदैन । मलाई रात परेको वा घाम झुल्केको पनि थाहा हुँदैन । मेरो हृदयमा आउने शब्दहरूले अविच्छिन्न प्रवाह बनाउँछन् । म यस्तो अवस्थामा छु भने मलाई खाना पनि खानु पर्दैन, मलाई कुरा गर्न पाए पुग्छ । ध्यानपूर्वक सुनिरहेका मानिसलाई भने कठिनाइ हुने गर्दछ र उनीहरूका निधारमा पसिना आउन थाल्छ । मेरो अनुहारबाट पनि कुरा गर्ने सिलसिलामा खल्खली पसिना बहन्छ, तर उनीहरू त्यहाँ छाडेर हिँड्ने साहस गर्दैनन् । हामी धेरैपटक रातभर बसेका छौं ।


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011