डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

भय र प्रेरणाबीच
द युनिभर्सल टाइक्स्
2069/11/28

भय र प्रेरणाबीच
म ठूलो र परिपक्व हुँदै गएपछि एउटा प्रश्नबाट दोधारमा परें, “म ठूलो भएपछि के बन्छु होला ?” म प्रकृतिको अवलोकन र अध्ययनमा रमाइरहेको थिएँ, त्यसैले मैले वैज्ञानिक बन्ने केही सोचाई बनाएको थिएँ । तर, जापानी औपनिवेशिक अधिकारीहरूद्वारा मानिसलाई लुटमार गरेर दुःख दिइएकोे देखेपछि मैले आफ्नो सोचाइ बदल्न बाध्य भएँ । उनीहरू त्यति धेरै प्रताडित भएका थिए कि उनीहरू आफैंले खाना खान पाउँदैनथे । वैज्ञानिक बनेर चाहे त्यो वैज्ञानिकका हैसियतले नोवेल पुरस्कार नै किन प्राप्त नहोस् त्यसले दुःख झेलिरहेका मानिसहरूका आँसु पुछ्न सकिन्छ भन्ने देखिएको थिएन ।
म त्यस्तो व्यक्ति बन्न चाहन्थें जसले मानिसका आँखाका आँसु र उनीहरूका हृदयका दुःख हरण गर्न सकोस् । वनमा रहँदा चराचुरुङ्गीको आवाज सुनेको क्षण म सोच्दथें, “यो विश्व यी गीत झैं न्यानो र नरम बनाउन आवश्यक छ । म त्यस्तो व्यक्ति बन्नु पर्दछ जसले मानिसको जीवनलाई फूल झैं सुवासित बनाउन सकोस् ।” मलाई यो कुरा हासिल गर्न कस्तो जीवनशैली रोज्नुपर्ला भन्ने थाहा थिएन, तर म विश्वस्त भएँ म कम्तिमा त्यस्तो व्यक्ति बन्नु पर्दछ जसले मानिसलाई खुसी दिन सकोस् ।
मेरो उमेर दश वर्षको हुँदा हाम्रो परिवार साना हजुबुवा यून गुक मुनको आशिर्वादद्वारा इसाई धर्ममा परिवर्तन भएको थियो । त्यसबखत युन गुक मुनले पादरीका आस्थाको ज्वलन्त जीवन जिउनुभएको थियो । त्यसयता म धर्माश्रममा पूर्ण आस्थाका साथ कुनै हप्ता पनि नछोडी उपस्थित भइरहेको थिएँ । यदि म प्रार्थना सभामा उपस्थित हुन केही ढिला भएँ भने म लाजले अनुहार पनि माथि उठाउन सक्तैनथे । यस्तो ढङ्गबाट सानै उमेरमा मलाई प्रेरित गर्ने के कुरा थियो भनेर मलाई थाहा छैन, तर ईश्वरले मेरो जीवनमा ठूलै उपस्थिति जनाइसक्नुभएको थियो । म बढीभन्दा बढी समय जीवन र मृत्यु, मानव अस्तित्वको पीडा र दुःखजस्ता प्रश्नका बारेमा सङ्घर्ष गरिरहेको हुन्थें ।
म बाह्र वर्षको हुँदा मेरा जिजु–हजुरबुबाको समाधिलाई अर्को ठाउँमा सारेको मैले देखेको थिएँ । सामान्यतया, यस्तो अवसरमा वंशजका ठूलाहरूलाई मात्र भेला हुन अनुमति हुन्छ, तर मानिसहरूको मृत्युपछि के हुन्छ भनेर म आँफैंले हेर्ने धेरै चाहना थियो । अन्ततोगत्वा मलाई पनि सँगै लैजान बुबाआमालाई मैले राजी गराएँ । समाधि खनेपछि उहाँको मृत शरीर देख्नासाथ मलाई तरङ्ग र त्रास उत्पन्न भयो । वयष्कहरूले रीतिपूर्वकको समारोहद्वारा समाधि खोलेपछि मैले हाडै हाड भएको अस्थिपञ्जर देखें । मेरा बुबा र आमाले मलाई बताएअनुसारको रूपको कुनै झलक थिएन । त्यहाँ त सेता हाडको भयावह दृश्यमात्र थियो ।
मेरा जिजु–हजुरबुबाका हाड देखेर भएको भयलाई विस्तारै सामान्य बनाउन मलाई केही समय नै लाग्यो । मैले मनमनै भनें, “जिजु हजुरबुबा ठ्याक्कै हामीजस्तै हुनुहुन्थ्यो होला । यसको अर्थ मेरा बुबाआमा पनि मृत्युपश्चात् यस्तै हाडको थुप्रोमा परिणत हुनुहुन्छ त ? मेरो मृत्युपछि पनि मेरो हालत यस्तै हुन्छ ? हरेक मानिसको मृत्यु हुन्छ, तर हाम्रो मृत्युपश्चात् कुनै पनि कुराका बारेमा सोचविचार गर्न नसक्ने भएर त्यसै लडिरहन्छौं ?” मेरो टाउकाबाट मैले यी प्रश्नलाई हटाउन सकिन“ ।
यहीबीच हाम्रो घरमा धेरैवटा अनौठा घटना भए । खासगरी एउटा घटना स्मृतिपटलमा अझै आइरहन्छ । हरेक पटक हाम्रो परिवारमा कपडा बुन्ने गरिन्थ्यो, हामी तानबाट केही धागो लिन्थ्यौं र कपडाको थान बनाउन पर्याप्त नहुँदासम्म धागोका टुक्रा एउटा माटोको भाँडामा राख्थ्यौं । यी साना टुक्राबाट तयार हुने येजाङ नामको कपडालाई परिवारको कुनै बच्चाको विवाह गर्नुपरेमा उसका लागि प्रयोग हुने वैदिक कपडा बनाउन प्रयोग गरिन्थ्यो । एक रात छिमेकी गाउँको बुढो कटुसको रुखका हाँगामा छरपस्ट अवस्थामा यी धागोका टुक्रा भेटिए । यी टुक्राले सम्पूर्ण रुख नै सेताम्य भएको थियो । हामीले बुझ्न सकेनौं, कसले यी माटोको भाँडाबाट धागोका टुक्रा लगेर घरबाट निकै टाढाको कटुसको रुखमा पु¥याएर छरपस्ट पारेको होला । यस्तो काम पक्कै पनि मानिसले गरेजस्तो देखिन्नथ्यो, र गाउँका सबैलाई यस घटनाले त्रसित बनायो ।
म सोह्र वर्षको हुँदा एकै वर्ष मेरा पाँच भाइबहिनीको मृत्युको भयानक दुःखान्त अनुभव गर्नुपरेको थियो । यति छोटो समयमा आफ्ना तेह्र सन्ततीमध्ये पाँचको मृत्युपछि बुबाआमाको पीडा कुनै शब्दले वर्णन गर्न सकिने कुरै थिएन । मृत्युको सिलसिला अझै फैलिएको देखिन्थ्यो । वंशका अरु सदस्यका जीवजन्तु पनि भटाभट मर्न थाले । एउटा परिवारको स्वस्थ गाई एकाएक म¥यो । यद्यपी त्यो पूर्ण स्वस्थ देखिन्नथ्यो एकपछि अर्को गर्दै अर्को घरका धेरैवटा घोडा मरे । तेस्रो घरमा सातवटा सु“गुर एकैरातमा मरे ।
एउटा परिवारको पीडा राष्ट्र र विश्वकै पीडासँग अन्तरसम्बन्धित भएको जस्तो देख्न्निथ्यो । जापानी हुकुमी शासनअन्तर्गत रहन विवश कोरियाली जनताको दुःखी र कठीन अवस्था अझ बढेको देखेर मलाई ज्यादै पीडा अनुभव भयो । मानिसका निम्ति पर्याप्त खाद्यान्न थिएन । उनीहरूलाई कहिलेकहीँ घा“स, रुखका बोक्रा अथवा अरु जे कुरा पाउँथे त्यसलाई उसिनेर खान बाध्य पारिएको थियो । विश्वभर युद्ध नसकिने छा“टकाँट देखिन्थ्यो । त्यसपछि एक दिन मैले निम्न माध्यमिक तहमै पढ्ने एकजना विद्यार्थीले आत्महत्या गरेको समाचार अखबारमा पढें, उनी मेरै उमेरका थिए ।
“ऊ किन म¥यो ?” मैले आफैंले आफूलाई प्रश्न गरें । “यति सानो उमेरमा कुनै व्यक्तिलाई आत्महत्या गर्न के कुराले बाध्य गर्दछ ? मेरो निकटकै कोहि व्यक्तिलाई नै यस्तो भए जस्तै गरी यो समाचारबाट म भाव विह्वल भएको थिएँ । अखबारको त्यो समाचार पढेपछि म तीन दिन र तीन रात रोएँ । आँखाबाट आँसु बहिरह्यो, मैले आँसु थाम्न सकिन“ ।
अनौठा घटना वा असल मानिसहरू माथि पनि भइरहेको दुखान्त घटनाको सिलसिलालाई मैले बुझ्न सकिरहेको थिएन । मेरो जिजु हजुरबुबाको हाडखोरले मलाई जीवन र मृत्युका बारेमा प्रश्नहरू सोध्न  प्रेरित गरिरह्यो । हाम्रो घरभित्र र वरिपरिका अनौठा सिलसिलाबद्ध घटनाले मलाई धर्ममा लगाव राखिरहन मलजल गरेको थियो । तर, गिर्जाघरमा मैले सुनेका ईश्वरीय वचन मैले खोजिरहेका स्पष्ट जवाफ प्राप्त गर्न पर्याप्त भने थिएनन् । मेरो हृदयका दिक्दारीलाई मल्हमपट्टी लगाउन मैले प्रार्थनामा अझ उद्यत   गराएँ ।
“म को हुँ ? म कहाँबाट आएँ ? जीवनको उद्देश्य के हो ? मानिस मरेपछि के हुन्छ ? के अनन्त आत्माको जगत् छ ? के ईश्वरको अस्थित्व साँच्चिकै छ ? ईश्वर वास्तवमै सर्वशक्तिमान् छन् ? यदि ईश्वर सर्वशक्तिमान भए चराचर जगत्को दुःखलाई चुपचाप हेरेर किन बस्नुहुन्छ ? यदि ईश्वरले यो संसारको सृष्टि गरेका भए संसारमा व्याप्त पीडा पनि के सँगसँगै सिर्जना गरेका हुन् ? जापानबाट कोरियाको दुःखद हस्तक्षेपलाई कसरी अन्त्य गर्न सकिन्छ ? कोरियाली जनताको पीडाको अर्थ के हो ? किन मानवले एकअर्कालाई घृणा गर्छन्, लडाइ“ र युद्ध छेड्छन् ?” मेरो हृदयमा यी गम्भीर र आधारभूत प्रश्न गहिरोगरी बसेका थिए । कसैले पनि यी प्रश्नको जवाफ सजिलै दिन सक्दैनथे, त्यसैले मेरो एउटा मात्रै विकल्प प्रार्थना थियो । प्रार्थनाले मलाई सान्त्वना प्राप्त गर्नका लागि मद्दत पु¥यायो । जबजब हृदयको ईश्वरमा मेरा वेदनापूर्ण समस्या समाहित गर्दथें मेरा सम्पूर्ण पीडाहरू हराउँथे, मेरो हृदयले सहज अनुभव गर्दथ्यो । मैले बढीभन्दा बढी समय प्रार्थनामा बिताउन थालें, परिणामतः म हरेक समय रातभर पनि प्रार्थना गर्न थालें । परिणामस्वरूप, मसँग बिरलै र बहुमूल्य अनुभव थियो जसमा ईश्वरले मेरा प्रार्थनाको जवाफ दिनुभएको थियो । त्यो दिन मेरो जीवनको अत्यधिक मूल्यवान् संस्मरणका रूपमा सदैव रहनेछ – एउटा दिन मैले कहिल्यै बिर्सन सक्दिन ।
म सोह्र वर्षको हुँदा ईस्टर अघिको रात थियो । म माउन्ट म्योडुमा रातभर प्रार्थनामा लीन थिएँ, जवाफका लागि ईश्वरसँग आँशु झार्दै याचना गरिरहेको थिएँ । ईश्वरले किन पीडा र नैराश्यले भरिएको यो संसारको सिर्जना गरेका हुन् ? किन सर्वव्यापी र सर्वशक्तिमान ईश्वरले यो संसारलाई यस्तो दुःखमा छाडेका हुन् ? मेरो दुखान्त मातृभूमिका लागि मैले के गर्न सक्छु ? यी प्रश्नहरू बारम्बार सोध्ने क्रममा मेरो आँखाबाट आँसु झ¥यो । रातभर प्रार्थनामा बिताएपछि ईस्टरको विहानीपख जिसस मेरा सामुन्ने देखा पर्नुभयो । उहाँ क्षणिक देखा पर्नुभयो– हावाको झोक्का झैं, र मलाई भन्नुभयो, “मानवको दुःख देखेर ईश्वर पनि ठूलो पीडामा हुनुहुन्छ । तिमीले स्वर्गको कामका लागि पृथ्वीमा विशेष अभियान चलाउनै  पर्दछ ।”
त्यो विहान, मैले जिससको दुःखपूर्ण अनुहार स्पष्टसँग देखें । मैले उहाँको बोली स्पष्टै सुनें । उहाँको प्रकटलाई देखेको अनुभवले ठुलो बतासले थरथर काँपेको पातजस्तो मेरो शरीर नराम्रोसँग हल्लियो । मेरो इहलिला समाप्त भएभैm, विष्फोट हुन्छु कि भने भैmः अत्यन्तै भयाक्रान्ति भएको थिएँ र एकसाथ अत्न्यन्त आभारी पनि भएको थिए । जिससले मैले गर्नुपर्ने कामका बारेमा स्पष्टरूपमै बताउनुभएको थियो । उहाँका वचन असाधारण थिए, दुःखपीडाबाट मानवतालाई बचाउने र ईश्वरलाई खुसी तुल्याउने ।
मेरो सुरुआती जवाफ स्वाभाविक थियो, “म यो काम गर्न सक्दिन“ । म यो कसरी गर्न सक्छु र ? यस्तो सर्वोपरि महत्वको जिम्मेवारी तपाई मलाई नै किन दिन चाहनुहुन्छ ?” म साँच्चिकै डराएको थिएँ । म यो जिम्मेवारीबाट केहीगरी पनि अलग हुन चाहन्थें, र उहाँको लुगाको फेरमा लुटपुटिएँ र शोकाकुल तरिकाले रोएँ ।

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011