डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

हृदयको शान्त समुद्र
द युनिभर्सल टाइक्स्
2069/11/14

हृदयको शान्त समुद्र
युद्धका कारण जापानको परिस्थिति निरन्तररूपमा निराशाजनक हुँदै थियो । मुलुकको सैन्यशक्ति घट्दै गएपछि आकस्मिकरूपमा पूर्ति गर्नुपर्ने भएकाले जापानले विद्यार्थीहरूलाई चाँडै स्नातक भएको भन्दै युद्धमोर्चामा पठाउन थाल्यो । म पनि छ महिना पहिले नै स्नातक घोषित भएँ ।
मेरो स्नातक पूरा हुने मिति सेप्टेम्बर ३०, १९४३ निश्चित भए पछि मैले परिवारलाई एउटा टेलिग्राम “कोनरोन मारुमा फर्कनेछु” भनेर पठाएँ जसमा मैले बुसानका लागि सिमोनोसेकीमा चढ्न लागेको जहाजको नाम सहितको जानकारी पठाएको थिएँ । तर, टोकियोबाट कोरियाका निम्ति हिंड्नै लाग्दा मेरो खुट्टा अनौठो गरी भूईंमा टाँस्सियो, मलाई हिंड्न अप्ठ्यारो भयो । निकै कोसिस गरे पनि मैले टोकियोको रेलस्टेसनसम्म पुग्न सकिनँ ।
    मैले आफैंलाई भनें, “यो पक्कै पनि ईश्वरको चाहना नै म त्यो जहाजमा नचढ्नु हो ।” त्यसैले मैले टोकियोमा केही समय बिताउने विचार गरें र साथीहरूसँग माउन्ट फुजी आरोहण गर्न गएँ । केही दिनपछि टोकियो फर्कदा बुसानका लागि हिंडेको कोनरोन मारु जहाज समुद्रमा डुबेको खबरले जापानभर त्रास फैलिएको थियो । यही जहाजमा म पनि यात्रा गर्नेवाला थिएँ । मैले थाहा पाएसम्म त्यस जहाजमा  पाँच सयभन्दा बढी विश्वविद्यालयका विद्यार्थी परेका थिए । कोनरोन मारु निकै ठूलो जहाज थियो जसप्रति जापानले ठूलो गौरव गर्दथ्यो, तर यो एउटा अमेरिकी टोर्पेडोद्वारा डुबाइएको थियो ।
    छोरो चढ्ने अपेक्षा गरिएकै जहाज डुबेको समाचार सुनेपछि मेरी आमा जुत्ता पनि नलगाई हतारिएर घरबाट बुसानतर्फ निस्कनुभयो । उहाँ खाली खुट्टा ट्रेन स्टेसनतर्फ आठ किलोमिटर दौडनुभएको थियो र सिधै बुसान जानुभयो । उहाँ बुसानस्थित सामुद्रिक प्रहरी स्टेसनमा पुगेर जाँच गर्दा मेरो नाम यात्रुहरूको सुँचीमा थिएन । तर, टोकियोस्थित बोर्डिङ हाउसले मैले सामान ब्यागमा राखेको र कलेज छाडेको बतायो । यसले उहाँलाई अझ द्विविधा र कष्टमा पा¥यो । उहाँले मेरो नाम बोलाइरहनुभयो, खाली खुट्टामा दुईवटा ठूला चिरा परेका भए पनि उहाँले केही पर्वाह गरिरहनुभएको थिएन ।
म सहजै कल्पना गर्नसक्छु कि उहाँ आफ्ना छोरालाई केही भयो कि भनेर कति चिन्तित हुनुहुन्थ्यो । म मेरी आमाको हृदयलाई बुझ्न सक्छु, तर मैले ईश्वरीय मार्गलाई अनुसरण गर्न थालें म उहाँका लागि डरलाग्दो छोरा भइरहेको थिएँ । त्यसैले मेरो सुरक्षाका निम्ति आमाले गहिरो चिन्ता राख्नुहुन्छ भन्ने थाहा पाएको भए पनि डुबेको जहाजमा नचढेको सम्बन्धमा मैले उहाँलाई केही बताएको थिइँन ।
    अन्ततोगत्वा कोरिया फर्किएपछि पनि मैले त्यहाँ कुनै परिवर्तन भएको पाइनँ । जापानको हुकुमी शासन दिनानुदिन अझ खराब भइरहेको थियो । सम्पूर्ण भूमि रगत र आँसुमा डुबेको थियो । म पुरानै हिउकसोक–दोङ फर्किएँ र म्योङ्गसुदो धर्माश्रममा गएँ । मैले प्रत्येक दिनका आत्मबोध वा वास्तविकीकरण भएका कुराहरूलाई एउटा डायरीमा टिपोट गरेको थिएँ । धेरै कुराहरू प्रकाश भएका दिन सिङ्गो डायरी नै भरिन्थ्यो । सङ्घर्ष गरिरहेका धेरै जिज्ञासाको जवाफ मैले प्राप्त गरिरहेको थिएँ । यी मेरो वर्षौंसम्मको प्रार्थना र सत्यको खोजीको जवाफ प्राप्त भएको जस्तै थियो । यी मानौं म भित्रभित्रै आगोका गोलाहरू वारपार गरेको जस्तै छोटो समयमै  भइरहेका थिए ।
    यस अवधिमा मलाई “ईश्वर र मानवबीचको सम्बन्ध बुबा र छोराछोरीको हो, र ईश्वर उनीहरूका दुःखपीडा देखेर निकै निरास हुनुहुन्छ ।” भन्ने सिद्धि प्राप्त भयो । यही क्षण मेरो मनमा भएका संसारका सम्पूर्ण रहस्यहरू समाधान भएका थिए । यो कसैले अकस्मात सिनेमाको प्रोजेक्टर खोलेजस्तो भएको थियो । ईश्वरीय निर्देशनलाई मानवजातिले भङ्ग गरेपछिका सबै कुराहरू मेरो आँखा अघिल्तिर नाचिरहेका थिए । तातो आँसुको भेल मेरो आँखाबाट झरिरहेको थियो । मेलै घुँडा टेकेर शिरलाई भूईंमा राखें । निकै लामो समयसम्म म उठ्न पनि सकिनँ । जसरी म बच्चा हुँदा बुबाले बूइम बोकेर घरमा ल्याउनुभएको थियो त्यसरी नै मैले मेरो शरीरलाई ईश्वरका काखमा राखें र आँसु बहन दिएँ । जिसससँग साक्षात्कार भएको नौ वर्षपछि अन्ततः मेरा आँखा ईश्वरको साँचो प्रेममा खुले ।
ईश्वरले एड्आम र इभलाई सिर्जना गर्नुभएको थियो र तिनीहरूलाई फलदायी बन्न, बृद्धि विस्तार ल्याउन र आफू बस्ने यस धर्तीलाई शान्तिपूर्ण बनाउन पठाउनुभएको थियो । तर तिनीहरूले ईश्वरको समयलाई अनुसरण गर्न सकेनन् । तिनीहरू यौन व्यभिचारमा संलग्न भए र दुई छोरा क्येन र एबेललाई जन्म दिए । यो पतनबाट जन्मेका दुवै सन्ततीले एकअर्कालाई विश्वास गरेनन् र एक भाईले अर्कोको हत्या गर्ने सम्मको घटना घट्यो । यो विश्वको शान्ति खलबलियो, पापले विश्वलाई ढाक्यो, र ईश्वरका दुःखका दिन आरम्भ भए । त्यसपछि मानवजातिले मसीह जिससको हत्या गरेर अर्को भयानक पाप गरे । तसर्थ, आजका मानवले अनुभव गरेका पीडाहरू ईश्वरको दुःख रहँदासम्म प्रायश्चितको सिलसिलाको रूपमा जारी रहन्छ ।
म सोह्र वर्षको ठिटो हुँदा जिसस मेरा सामुन्ने प्रकट हुनुभएको थियो किनभने उहाँ मैले मानवजातिले गरेका मौलिक पापको जरालाई बुझोस र पाप र पतन अस्तित्वमा नरहने शान्तिपूर्ण संसार स्थापना गरोस भन्ने चाहनुहुन्थ्यो । मानवजातिले गरेको पापको प्रायश्चित गर्ने र ईश्वरको मौलिक चाहना अनुसारको शान्तिपूर्ण संसार स्थापना गर्ने ईश्वरको गम्भिर वचनहरू मैले प्राप्त गरेको थिएँ । ईश्वरले चाहनुभएको शान्तिपूर्ण विश्व कुनै त्यस्तो ठाउँ होइन जहाँ हामी मृत्यपश्चात् जान्छौं । हामी बस्दै आएको यो संसार ईश्वरले सुरूमा सृष्टि गर्नुभएको जस्तै शान्तिपूर्ण र खुसी रहेको देख्न चाहनुहुन्छ । ईश्वरले एड्आम र इभलाई यस संसारमा दुःख दिनका निम्ति पठाउनुभएको पक्कै होइन । मैले यो अतुलनीय सत्यका बारेमा विश्वलाई थाहा दिनुपर्दछ ।
संसारको सृष्टिको रहस्य पत्ता लगाइसकेपछि मेरो हृदय समुद्रझंै शान्त भएको अनुभव गरेको छु । मेरो हृदय ईश्वरका वचनले भरिपूर्ण भएको छ । यो विस्फोट होलाझैं भएको थियो, तर सँगसँगै मेरो अनुहार आनन्दले चम्किलो  भइरहेको थियो ।      क्रमशः

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011