डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

अरुलाई खाना दिँदाको खुशी
The Universal Times
2069/11/07

मेरा आँखा साँच्चिकै धेरै साना छन् । मलाई भनिएको थियो म जन्मँदा मेरी आमाले आश्चर्यचकित हुँदै भन्नुुभएको थियो, “मेरो बच्चाको आँखा छ कि छैन ?” उहाँले औंलाले मेरा आँखाका ढकनी विस्तारै उघारिदिनुभएको थियो । त्यसपछि, मैले आँखा झिम्क्याएपछि उहाँले हर्षित हुँदै भन्नुभयो, “ए, हेर उसका आँखा छन् त ।” मेरा आँखा यति साना थिए कि मानिसले प्रायः मलाई “ओसानका साना आँखा” भन्ने गर्थे किनभने मेरी आमा सानो ओसान गाउँबाट आउनुभएको थियो ।
मेरा आँखा साना भएकै कारण म कम आकर्षक छु भनेर आजसम्म कसैले भनेको मलाई सम्झना छैन । यथार्थमा, मानवको मुखाकृति हेरेर व्यक्तिका विशेषता र भविष्य बताउने मानिसहरूले मेरा साना आँखामा धार्मिक नेता हुने लक्षण रहेको बताएका छन् । मेरो विचारमा साना आँखा हुनु क्यामराको एपर्चर (लेन्सको प्वाल)लाई घटाउँदा टाढाको वस्तुमा केन्द्रित गर्न सक्नुजस्तै हो । धार्मिक अगुवाहरू अन्य मानिसभन्दा बढी भविष्यद्रष्टा हुन सक्नु आवश्यक छ, र सम्भवत साना आँखा त्यही गुणबाट भरिपूर्ण भएको सङ्केत हुनसक्छ । मेरो नाक पनि अनौठो किसिमको छ । झट्ट हेर्दा यो हठी र समर्पित मानिसको नाकझैं देखिनु स्वाभाविक लाग्नसक्छ । अनुहारको यस भागको पनि केही अर्थ हुनैपर्दछ, किनभने मेरो जीवनलाई पछि फर्केर हेर्दा मेरो मुखाकृतिका यी विशेषताहरू मेरो जीवनशैलीसँग मिल्दाजुल्दा छन् ।
मेरो जन्म प्योङ्गान प्रान्तको जिओङ–जु सहर, डिओक–इओन जिल्लाको साङ्सा री २२२१ मा नामप्युङ मुन वंशका क्युङ यु मुन र योनान किम वंशका क्युङ ग्ये किमका दोस्रो छोराको रूपमा भएको थियो । मेरो जन्म सन् १९१९ मा जापान विरुद्ध कोरियाली स्वतन्त्रता आन्दोलन आरम्भ भएको अर्को वर्ष अर्थात् सन् १९२० को पहिलो चन्द्रमासको छैटौं दिनमा भएको थियो । 
मलाई बताइएअनुसार मेरो जिजुबुबाको जीवनकालमा हाम्रो परिवार साङ्सा री गाउँमा बसोबास गरेको थियो । मेरा बुबातर्फका जिजुबुबा खेतीपाति गर्नुहुन्थ्यो, हजारौं बोरा धान उत्पादन गर्नुहुन्थ्यो र आफ्नै बाहुबलले परिवारको भाग्य स्थापित गर्नुभएको थियो । उहाँले कहिल्यै धुम्रपान र मदिरा पिउनुभएन, बरु आवश्यक परेका व्यक्तिहरूका लागि खाद्यान्न किन्न त्यो पैसा प्रयोग गर्न उहाँ रुचाउनुहुन्थ्यो । उहाँको मृत्यु हुँदा उहाँले भन्नुभएका अन्तिम वाक्य थिए, “कोरियाका सबै क्षेत्रका मानिसलाई तिमीहरूले खुवायौ भने तिमीहरूले यी सबै क्षेत्रबाट आशिर्वाद प्राप्त गर्न सक्नेछौ ।” त्यसैका कारण हाम्रो घरको  पाहुनाकक्ष सदैव भरीभराउ हुन्थ्यो । अन्य गाउँका मानिसले पनि हाम्रो घरमा आइपुगे मिठो खानेकुरा खान पाइन्छ भन्ने थाहा पाएका थिए । मेरी आमाले पनि कहिल्यै झिंझो नमानी घरमा आएका पाहुनाहरूका लागि खाना तयार गर्ने भूमिका निर्वाह गर्नुहुन्थ्यो ।
मेरा जिजु हजुरबुबा यति सक्रिय हुनुहुन्थ्यो कि उहाँ कहिल्यै विश्राम लिन चाहनुहुन्नथ्यो । अलिकति समय बच्यो कि उहाँ परालका जुत्ताचप्पल बनाउन थाल्नुहुन्थ्यो र त्यसलाई बजारमा लगेर बेच्नुहुन्थ्यो । उमेर ढल्कँदै गएपछि उहाँले दयाभाव देखाउँदै धेरै पानीहाँस किन्नुहन्थ्यो, ती पानीहाँसलाई त्यसै बनमा छाड्दै आफ्ना सन्ततिको भलो होस् भनेर प्रार्थना गर्नुहुन्थ्यो । उहाँले आफ्नो घरको पाहुना कक्षमा चिनियाँ वर्णमाला सिकाउने शिक्षकलाई बास दिनुभएको थियो । ती शिक्षकले गाउँका युवालाई निःशुल्क शिक्षा प्रदान गर्दथे । 
गाउँलेहरूले उहाँप्रति सम्मान दर्शाउँदै “सन ओक” (उदारताका मणि) उपाधि दिएका थिए र हाम्रो घरलाई “आशिर्वाद दिन योग्य घर” भनेर चिनिन्थ्यो ।
मेरो जन्म हुँदा र हुर्कदै गरेका बखत मेरा जिजु हजुरबुबाले सङ्ग्रह गर्नुभएको सम्पत्तिको अधिकांश हिस्सा समाप्त भइसकेको थियो, र हाम्रो परिवारलाई मुश्किलले पुग्ने मात्र बाँकी थियो । अन्य व्यक्तिलाई खुवाउने पारिवारिक परम्परा अझै जीवितै थियो, र हाम्रो परिवारका सदस्यलाई खुवाउने पर्याप्त खानेकुरा नभए पनि हामीले आगन्तुकलाई खुवाउनु पर्दथ्यो । मैले हिंड्न थालेपछि सिकेको पहिलो कुरा नै अरु व्यक्तिलाई कसरी खानेकुरा पस्कनुपर्छ भन्ने थियो । 
जापानले कोरियालाई अधीनमा राखेको अवधिमा धेरै कोरियालीका आफ्ना घर र जमिन खोसिएको थियो । नयाँ जीवनको खोजीमा भागेर मन्चुरियातर्फ पलायन हुनेहरूले मूलबाटोमा भएको हाम्रो घर हुँदै जानुपथ्र्यो जुन उत्तरी प्योङगान प्रान्तको सिओनचिओनतर्फ जान्थ्यो । कोरियाका सबैजसो भागबाट आएका ती बटुवाहरूलाई मेरी आमाले सँधै खाना तयार गर्नुहुन्थ्यो । कुनै भिखारी हाम्रो घरमा खाना माग्दै आइपुगेमा र मेरी आमाले झट्टै जवाफ नदिएमा मेरा हजुरबुबाले आफ्नै खाना ती भिखारीलाई दिनुहुन्थ्यो । सायद यस्तो परिवारमा जन्मिएकै कारण मैले पनि मेरो जीवनका धेरैजसो क्षण मानिसलाई खुवाएरै बिताएँ । मेरा निम्ति, मानिसलाई खानेकुरा दिनु सबैभन्दा मूल्यवान कार्य थियो । मैले खाना खाइरहेको छु र मेरा अघिल्तिर खाना खान नपाएको कोही व्यक्ति छ भने यसले मेरो हृदय दुखाउँछ, म खाना खाइरहन सक्दिन । 
म एउटा कुरा भन्न चाहन्छु, जुन म झण्डै एघार वर्षको हुँदा भएको थियो । वर्षको अन्तिम दिन आउँदै थियो, र गाउँका सबै मानिस नयाँ वर्षको समारोहका लागि चामलको केक बनाउन व्यस्त थिए । तर, छिमेकमा एउटा परिवार यति गरिब थियो कि उनीहरूका घरमा खानेकुरा बिल्कुल थिएन । उनीहरूको अनुहारको झल्को मेरो दिमागमा आइरह्यो, र यसले मलाई यति व्यग्र बनायो कि म सोचमग्न भएर घर वरिपरि घुमिरहेको थिएँ, के गरौं भनेर आश्चर्यमा परेको थिएँ । अन्त्यमा, मैले आठ किलो चामल बोके र घरबाहिर दौडिएँ । चामलको झोला बाहिर निकाल्न म यति हतारमा थिएँ कि झोलाको मुख समेत बन्द गरेको थिइनँ । त्यो झोलालाई मैले काँधमा राखें र बेस्करी समातेर भिरालो पाखैपाखा उकालो दौडिएँ, र झण्डै आठ किलोमिटर टाढाको त्यस घरमा पुगें । तिनीहरूले चाहेजति खान पाउने गरी खाद्यान्न पाउँदा त्यस परिवारमा कस्तो अनुभूति भयो होला भनेर सोचमग्न हुँदै म उत्साहित भएको थिएँ । 
गाउँको धान कुट्ने मिल हाम्रो घर नजिकै थियो । मिलका चारवटै पर्खाल बलियोसँग बनाइएका थिए, जसका कारण पर्खाल चर्केर कुटेको चामल बाहिर निस्कने अवस्था थिएन । यसको अर्थ हुन्थ्यो हिउँदमा हावा छल्ने र न्यानो बनाइराख्ने यो राम्रो स्थान थियो । यदि कसैले हाम्रो घरको भुङ्ग्रोबाट केही काठदाउरा लिएर मिल घरमा स–सानो आगो बाल्यो भने यो ओन्दोल (कोरियाली ओन्दोल ताप प्रणालीले भूईंभन्दा तलका च्यानल मार्फत् ताप फैलिएर सम्पूर्ण घरलाई न्यानो पार्दछ) कोठाभन्दा धेरै न्यानो हुन्थ्यो । गाउँघरमा घुमफिर गर्ने केही भिखारीले त्यही मिल घरको पर्खालको आड लिएर हिउँद बिताउँथे । उनीहरूले बाहिरी विश्वका बारेमा बताउने कथाहरूले मलाई रोमाञ्चित बनाउँथ्यो, र मौका मिल्नासाथ म उनीहरूसँग जान्थें । मेरी आमाले मेरो खाना मिल घरमै पु¥याइदिनुहुन्थ्यो, र सँधैं मेरा भिखारी साथीहरूलाई पनि पुग्नेगरी खानेकुरा ल्याउनुहुन्थ्यो । हामीले एकै नासको खाना खान्थ्यौं र राती एउटै सिरक ओढ्थ्यौं । यसैगरी मैले हिउँदका दिनहरू बिताउँथें । वसन्त ऋतु आएपछि उनीहरू लाखापाखा लाग्थे, र मलाई हिउँदको पर्खाइ लामो लाग्थ्यो किनभने हिउँदमा मात्र उनीहरू हाम्रा घर फर्कन्थे । उनीहरूका शरीरमा थोत्रा लुगाफाटा हुनुको अर्थ उनीहरूको हृदय पनि फोहर हुन्छ भन्ने होइन । उनीहरूमा गहिरो र न्यानो प्रेम थियो । मैले उनीहरूलाई खानेकुरा दिन्थें, र उनीहरूले मसँग आफ्ना प्रेम भावना साटफेर गर्थे । उनीहरूले देखाएको गहिरो मित्रता र न्यानोपन आज पनि मेरा लागि शक्तिको स्रोत बनेको छ ।
विश्वका विभिन्न स्थानमा पुग्दा र भोकबाट बालबालिकाले पाइरहेको दुःख देख्दा मलाई मेरा हजुरबुबाले कसरी अरु मानिसलाई खानेकुरा दिने अवसर गुमाउन चाहनुहुन्नथ्यो भन्ने कुरा अहिले पनि याद दिलाइरहन्छ ।

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011