डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

हामीसँग भएका सम्पूर्ण कुरा स्वर्गबाट आएका हुन्
The Universal Times
2069/10/8

हामीसँग भएका सम्पूर्ण कुरा स्वर्गबाट आएका हुन्
मानिसले भन्छन् कि म, विश्वका सबैभन्दा धनी मानिसमध्ये एउटा हुँ, तर तिनीहरूले के भनिरहेको छन् मलाई थाहा छैन । मैले जीवनभर निकै कडा मेहनत गरेको छु, तर मेरो नाममा एउटा घर पनि छैन ।  न त मेरी श्रीमती कै नाममा नै वा न मेरा छोराछोरीको नाममा नै मैले कुनै सम्पत्ती लुकाएको छु । मेरा सबै कुरा सार्वजनिक सम्पत्ति हुन् । हरेक कोरियाली वृद्धका हातमा सरकारी कागजात छन् र उनीहरू सरकारी निकायमा दर्ता गरिएका छन् । मेरो भने त्यस्तो आधिकारिक छाप भएको कागजात छैन ।
तपाइँ छक्क पर्न सक्नुहुन्छ कि, मैले अरूले खाँदा र सुत्दा पनि नखाइकन वा नसुतिकन त्यति कडा मेहनत गरेर मलाई के लाभ भयो    होला । मैले धनी हुनकै लागि भनेर काम गरेको थिइनँ । पैसाले मेरा लागि केही अर्थ राख्दैन । मानवताका लागि खर्च नहुने वा गरिबीका कारण मृत्युसँग जुधिरहेका मेरा छिमेकीलाई सहयोग गर्नका लागि प्रयोग नहुने कुनै पनि रकम कागजको खोस्टा बराबर हो । कठिन काम गरेर आर्जित रकमलाई सदैव विश्वका हर प्राणी र प्रकृतिलाई प्रेम गर्नका लागि प्रयोग हुनुपर्दछ र त्यस्तो रकम विश्वलाई नै लाभ दिनसक्ने योजनामा खर्च गरिनुपर्दछ ।
विदेशमा अध्यात्मिक ज्ञान प्रचारकहरू पठाउँदा उनीहरूलाई मैले धेरै रकम दिने गरेको छैन । तैपनि उनीहरू जहाँ गए पनि बाँचेकै छन् । बाँच्नका लागि हामीलाई थोरै भए पनि पुग्छ । हामीसँग स्लिपिङ ब्याग छ भने हामीलाई कहीँ पनि सुत्नका लागि पर्याप्त हुन्छ । हामी कसरी बस्छौं भन्ने कुरा महत्वपूर्ण होइन, हामी कस्तो किसिमको जीवनयापनतर्फ उन्मुख छौं भन्ने       हेरिनुपर्दछ । भौतिक सम्पन्नता नै खुसीका लागि शर्त हुन सक्दैन । “राम्रोसँग बाँच्नका लागि” भन्ने वाक्यांश भौतिक सम्पन्नताका सन्दर्भमा प्रयुक्त गरिएकामा मलाई दुःख लाग्छ । जीवन सहजरुपमा बाँच्नु भनेको अर्थपूर्ण जीवन बाँच्नु हो ।
म प्रार्थना सेवा वा विशेष समारोहमा मात्र टाई लगाउने गर्दछु । म सुट पनि प्रायः त्यति लगाउँदिन । म सामान्यतया घरमा बसेका बखत स्वेटर लगाउँछु । म कहिलकाँहि कल्पना गर्दछु, पश्चिमा समुदायमा टाईका लागि कति रकम खर्च हुँदो हो तिनीहरू धेरै महङ्गो हुनपर्दछन् । यदि हरेकले नेकटाई खरिद गर्न रोक्ने हो र त्यो रकम भोकबाट पीडा खप्न बाध्य हाम्रै छिमेकीका लागि खर्च गरिने हो भने यो विश्व बस्नका लागि अलिकति भए पनि राम्रो ठाउँ हुने थियो ।
अत्यन्त महंगा सामान हुनु त्यति राम्रो कुरा होइन । कल्पना गर्नुहोस्, घरमा आगलागी भयो भने के हुन्छ । को सबैभन्दा पहिले बाहिर निस्कन्छ   म स्वेटरमा सजिएको व्यक्ति वा सुट र टाई लगाएको कोही ? म त बाहिर निस्कन हरदम तयारै हुन्छु ।
केही मानिसले सोच्न सक्छन्, म अत्यन्तै संरक्षणमुखी छु । म हरेक दिन नुहाउनु पर्दछ भन्ने पक्षमा छैन । हरेक तीन दिनमा एकपटक नुहाए पर्याप्त हुन्छ । म मेरा मोजा पनि दिनहुँ सफा गर्दिन । साँझपख, म मोजा फुकाल्छु र पछाडिको गोजीमा राख्छु ताकि अर्को दिन म त्यसलाई लगाउन सक्छु । होटलमा बसेको समयमा म बाथरुममा रहेको सबैभन्दा सानो टाबेल मात्र प्रयोग गर्दछु । शौचालयमा म तीन पटक पिसाब फेरेपछि मात्र पानी चलाउँछु । म तीन पटक दोबारेर एउटा मात्र ट्वाइलेट पेपर प्रयोग गर्दछु । यसका लागि तपाइँले मलाई असभ्य वा जङ्गली भने पनि मलाई त्यति फरक पर्दैन ।
खानाको समयमा पनि मेरा आकाङ्क्षा त्यति हुँदैनन् । मलाई धेरै तडकभडक खानामा रुचि छैन । मेरा अघिल्तिर सबै प्रकारका भव्य र विभिन्न किसिमका खानाका परिकार हुन सक्छन् तर मलाई तिनीहरूमा खासै अभिरुचि हुँदैन । म आफ्नो भातको कचौरा भरिभराउ भएको देख्न चाहन्न । मेरो कचौरामा पाँच भागको दुई भाग भए मलाई प्रशस्त हुन्छ ।
कोरियामा म सस्तो बजारबाट सबैभन्दा मनपर्ने जुत्तालाई ४९,००० वन   (४० डलर) तिरेर किन्छु । हरेक दिन मैले लगाउने पाइन्ट पाँच वर्ष पुराना छन् । अमेरिकामा मलाई सबैभन्दा मन पर्ने खाना म्याकडोनाल्ड हो । केही मानिसले यसको खानालाई जङ्क फुड भन्छन् र यो खाँदैनन्, तर दुई कारणले मलाई म्याकडोनाल्डको खाना मन पर्छ । यो सस्तो छ र यसले समयको बचत गर्दछ । केटाकेटीलाई लिएर म खाना खान निस्किएँ भने म प्रायः म्याकडोनाल्ड नै पुग्छु । म म्याकडोनाल्ड गइरहन्छु भन्ने कुरा त्यो कम्पनीका मानिसलाई कसरी थाहा भयो मलाई थाहा छैन, तर अहिले हरेक नयाँ वर्षका दिन म्याकडोनाल्ड कर्पोरेसनका अध्यक्षले मलाई शुभकामना कार्ड पठाइरहन्छन् ।
हरेक वर्ष म आफ्ना सदस्यहरूलाई एउटा सन्देश दिने गरेको छु, त्यो हो “पैसा अत्यन्त होसियारीपूर्वक खर्च गर्नुहोस् र हरेक कुराको संरक्षण   गर्नुहोस् ।” उनीहरूले पैसा बचत गरेर धनी हुनका लागि मैले यो भनिरहेको छैन । म उनीहरूमा संरक्षणको चेतना आओस् अनि देश र मानवतालाई  बचाउन सकियोस् भन्ने चाहन्छु । यो विश्व छाडेका दिन हामीले केही लिएर जादैनौं । हरेकलाई यो कुरा थाहा छ, तर केही कारणवश मानिसहरूले जतिसक्दो बढी सामग्री आफ्नै हातमा परोस् भन्ने चाहनाबाट व्यग्र भइरहन्छन् । यो विश्व त्याग्नुअघि नै मेरो जीवनकालमा निर्माण गरिएका सबै कुरा जिम्मा लगाएर जाने योजना मेरो छ । स्वर्गीय अधिराज्यमा विशाल भण्डार छ, र त्यहाँ यो विश्वबाट केही पनि लिएर जानुपर्ने आवश्यकता छैन । हामीले अहिले बसिरहेको ठाउँभन्दा अझ राम्रो ठाउँमा हामी गइरहेको कुरा हामीलाई थाहा छ भने यो विश्वका सामानमा लिप्त हुनुपर्ने कुनै आवश्यकता छैन ।
कोरियामा एउटा गीत छ जुन म गाउँन निकै मन पराउँछु । हरेक कोरियालीले थाहा पाएको यो निकै पुरानो लोकप्रिय गीत हो । हरेक पटक मैले यो गीत गाउँदा मेरो हृदय शान्त हुन्छ, र मेरा आँखामा आँसु टलपल गर्दछ । यसले युवावस्थाको क्षणलाई सम्झना दिलाउँछ जुनबेला म घर नजिकको खेतमा त्यतिकै पल्टिरहेको हुन्थें ।
तिमीले भन्न सक्छौ, म तिमीलाई प्लाटिनम र मणिको मुकुट दिन्छु
तर मेरा लागि फोहोर लागेको र पसिनाले भिजेको कमिज नै मूल्यवान् छ ।
पवित्र हृदय मेरो शरीरमा तरङ्गित हुन्छ,
म विलो (बेतजस्तै बाँस)को पातबाट मुरली बनाउन सक्छु,
र भङेराहरू मसँग लय मिलाएर गाउँछन् ।
तिमीले भन्न सक्छौ, म तिमीलाई यो विश्व किन्न पुग्नेगरी सुन दिन्छु,
तर, मेरा लागि बाजराको खेत जोत्ने गोरु नै मूल्यवान् छन् ।
आशाको मुना मेरो शरीरमा अङ्कुरित भएको छ,
म खरायाहरूसँग निमग्न बात मार्न सक्छु, र आफ्नै तालमा खेलेर मेरा दिनहरू बित्दै जानेछन् ।
हाम्रा लागि खुसीले सदैव पर्खिबसेको हुन्छ । खुसी प्राप्त हुन नसक्नुको एउटै कारण छ, त्यो हाम्रो आफ्नै आकाङ्क्षाले मार्ग थुनिरहेकोले हो । हाम्रा आँखाहरू आकाङ्क्षामा केन्द्रित हुँदासम्म हामीले अनुसरण गर्नुपर्ने मार्ग देख्न सक्दैनौं । हामी हाम्रै नजिकका जमिनमा छरपस्ट सुनका टुक्रा खोज्न निकै प्रयत्न गर्दछौं जबकी हामी केही टाढा रहेको सुनको थुप्रो देख्न सक्दैनौं । हामीहरू हाम्रा गोजीमा सामान हाल्न व्यस्त हुन्छौं तर ती गोजीमा प्वाल रहेको कुरामा हाम्रो ध्यान जादैन ।
मैले ह्युङ्गनाम कारागारमा बस्दा कस्तो थियो भनेर बिर्सेको छैन । यो विश्वका सबैभन्दा डरलाग्दा स्थानहरू पनि ह्युङ्गनाम कारगारभन्दा निकै सुविधाजनक र भौतिक रुपमा सम्पन्न छन् । हरेक वस्तु ईश्वरमै निहित छ हामीहरू यसका क्षणिक रेखदेखकर्ता मात्र हौं ।

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011