डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

तिम्रो उद्देश्य पत्ता लगाऊ, जीवन परिवर्तन गर
The Universal Times
2069/9/23

तिम्रो उद्देश्य पत्ता लगाऊ, जीवन परिवर्तन गर
 हामीले कोही नयाँ मान्छेलाई भेट्यौं भने हामी ऊ÷उनी को होला भनेर जिज्ञासु बन्छौं । ईश्वर पनि प्रत्येक मानवप्रति उस्तै जिज्ञासु हुनुहुन्छ । उहाँ खासगरी युवाका बारेमा बढी जिज्ञासु हुनुहुन्छ, र उनीहरू निकट रहेको थाहा पाउँदा ईश्वर निकै प्रसन्न बन्नुहुन्छ । यो किन होला ? यसको कारण हो, हाम्रा युवा निकै महत्वपूर्ण छन् र हाम्रो जीवनको सबैभन्दा सुन्दर क्षण पनि यही हो । यो अवधि शान्तिको समय हुनुपर्दछ र यही समय भविष्यका लागि तयारी पनि हो । परिपक्वतातर्फ ढल्कने प्रक्रिया नै निर्माणको जग वा आधार हो जसले नयाँ युगतर्फ अग्रसर हुन मार्गप्रशस्त गर्दछ ।
 आफ्नो जीवनमा केही गरौं भन्ने किसिमका युवा आजभोलि भेट्टाउन कठिन हुन थालेको छ । हामीले धेरै युवालाई भेट्न सक्छौं जो गन्तव्यहीन बिना लक्ष्य र उद्देश्यका साथ यताउता भौंतारिइरहेका छन् । इतिहासको कालखण्ड हेरेमा हामीले सबै महान नेताहरू बाल्यकालदेखि नै जीवनमा निश्चित उद्देश्य लिएरै अघि बढेको पाउन सक्छौं । बाल्यावस्थादेखि नै उनीहरूका हृदयमा विशाल ऊर्जा सङ्ग्रहित गरेका थिए र त्यसलाई हासिल गर्न ठूलै ऊर्जा खर्च गरेका थिए । सुतेको क्षण होस् वा साथीहरूसँग खेलेको समय, यी महान नेताहरूले भविष्यमा आफूलाई स्थापित गर्न एउटा मञ्चको तयारीतर्फ सम्पूर्ण यौवन लगाएका थिए । के यही रुपमा तपाइँले आफ्नो जीवन व्यतित गरिरहनुभएको छ ?
 हामीहरू सबै जना महान पुरुष र महिला हुनकै लागि सिर्जना गरिएका हौं । ईश्वरले हामीलाई यस संसारमा कुनै लक्ष्य बेगर पठाउनु भएको छैन । ईश्वरले हामीलाई सिर्जना गरेका बखत उहाँले हरेक व्यक्तिप्रति सम्पूर्ण प्रेम दर्शाउनुभएको थियो । त्यसैले हामी सबै महानताका लागि सिर्जित भएका हौं । ईश्वरको उपस्थिति रहेकै कारण हामीले जेसुकै लक्ष्य हासिल गर्न   सक्छौं ।
 मैले ईश्वरप्रति प्रेम गर्न आरम्भ गरेपछि मैले आफूलाई विल्कुलै भिन्न व्यक्तिका रुपमा पाएको थिएँ । मैले आफूभन्दा बढी मानवतालाई प्रेम गरेको थिएँ र मेरो परिवारका समस्याभन्दा अन्यका समस्यासँग बढी सरोकार रोखेको थिएँ । मैले ईश्वरले सृष्टि गर्नुभएका सबै कुरालाई प्रेम गरेको थिएँ । मैले पहाडका रुखहरू र पानीमा रहने माछालाई उत्तिकै गहिरोरुपमा प्रेम गर्दथें । मेरो आध्यात्मिक चेतना विकसित भएको थियो, त्यसैले मैले ईश्वरको सबै सिर्जनालाई ठम्याउन सकेको थिएँ ।
 मेरो हृदयलाई परिवर्तन गरी ईश्वरीय प्रेमप्रति सहमत हुँदै मैले पनि आफ्नो शरीरलाई मजबुद बनाएँ ताकि मैले आफ्नो जिम्मेवारी पूरा गर्न   पाउथें । म कुनै पनि ठाउँमा, कुनै पनि समय ईश्वरीय चाहना बमोजिम पुग्न तयार थिएँ । मैले फुटबल र बक्सिङ खेलें, केही परम्परागत मार्सल आर्ट सिकें र वनह्वादो, मार्सल आर्टकै एक रुप जुन म आपैmले विकास गरेको थिए । वनह्वादो खेलमा खेलाडीले हल्का, वृत्ताकार शैलीमा शरीर घुमाउँछन् र यो नृत्य गरेझैं देखिन्छ । यो खेल सिधा रेखामा हिँड्नुभन्दा वृत्ताकार चालमा हिँडेमा बढी शक्ति आउँछ भन्ने सिद्धान्तमा आधारित छ ।
 मैले विकसित गरेको यही तरिकाबाट आज पनि मेरा मांसपेसी, जोड्नी र श्वासको व्यायाम गरेर दिनको शुभारम्भ गर्दछु । कहिलेकहीँ प्रवचनका सिलसिलामा विश्वका विभिन्न भागमा पुग्दा विहानीपख  अभ्यास गर्ने समय नपाएको हुनसक्छु । तैपनि म समय निकाल्छु, कहिलकाँहि शौचालयमा बसेरै यो काम गर्छु । म हरेक दिन अभ्यास गर्न छुटाउँदिन । युवावस्थामा मलाई एक दिनमा तीस मिनेटको अभ्यास पर्याप्त हुन्थ्यो,  तर आज बुढ्यौली लागेकाले त्यसलाई बढाएर एक घण्टा पु¥याएको छु ।
 सन् २००८ मा म हेलिकप्टर दुर्घटनामा परेको थिएँ । हेलिकप्टर अचानक पानीले भरिएको कालो बादलले घेरियो र पहाडी भेगमा दुर्घटनाग्रस्त भयो । हेलिकप्टर उत्तानो प¥यो, र म पनि सिटबेल्टको सहायताले उँधो मुन्टो भएको थिएँ । होसियारीपूर्वक मैले मेरो सिटका दुवैतर्फ रहेका हात राख्ने ठाउँलाई बलियोसँग समातें । जीवनमा राम्रोसँग दैनिक अभ्यास नगरेको भए तल झर्नासाथ मेरो कम्मरमुनिको भाग भाँचिने थियो । शरीर नै स्वस्थ भावना राख्ने भण्डार हो । हाम्रो शरीरलाई तालिमले चुस्तदुरुस्त राख्नु निकै महत्वपूर्ण छ ।
 अध्ययन गर्ने अभिरुचि लिएर धेरै कम विद्यार्थी मात्र विद्यालय गइरहेका हुन्छन् । तिनीहरू सामान्यतया अभिभावकले भनेर मात्र विद्यालय गइरहेका हुन्छन्, उनीहरू अध्ययनमै रुचि भएर गइरहेका हुँदैनन् । तर, अध्ययनलाई विद्यार्थीले निरन्तरता दिन थालेपछि उनीहरूमा विस्तारै यसको रस बस्न  थाल्छ । यही विन्दुबाट उनीहरू आफैंले अध्ययन थाल्छन् र आफैंले आफ्नो मार्ग पहिल्याउन थाल्छन् । सिकाइमा रुचि हुनु परिपक्वताको सुचक हो ।
 अभिभावकहरूले आफ्ना छोराछोरी आफैंले अध्ययनमा परिपक्व ढङ्गबाट समर्पित नहुँदासम्म प्रतिक्षा गर्न सक्दैनन् । अभिभावकले छोराछोरीलाई भनिरहन्छन्, “तिमीले पढ्नुपर्दछ । अध्ययनमा दिलदिमाग लगाऊ ।” र उनीहरूले छोराछोरीमाथि दबाब पनि दिइरहन्छन् । अभिभावकले यस्तो कार्य गरिरहन्छन् किनभने भविष्यको तयारीका लागि बालबालिकाले पढ्नु पर्दछ भन्ने कुरा उनीहरूलाई थाहा हुन्छ । बालबालिकाले सुहाउँदिलो उमेरमै पढेनन् भने तिनीहरूको भविष्य खतरामा पर्दछ भनेर उनीहरू चिन्तित हुन्छन् ।
 तर, भविष्यका लागि तयारी गर्दा अध्ययनभन्दा पनि बढी महत्वपूर्ण केही अन्य कुरा पनि छन् । निःशर्त अध्ययनमा केन्द्रित गर्नुअघि जीवनमा के गर्ने चाहना राखेको छु भनेर युवाले विचार गर्नैपर्दछ । तिनीहरूले आफ्ना व्यक्तिगत स्वार्थ मात्र नहेरी विश्वलाई नै मद्दत गर्न आफ्नो प्रतिभाको प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नैपर्दछ । धेरै युवा आज पढाइका लागि मात्र पढाइ गरिरहेका छन् । जीवनमा निश्चित उद्देश्य नराख्दासम्म तिम्रो अध्ययनमा खासै अभिरुचि हुँदैन ।
 एकजना कोरियाली विद्यार्थी एक पटक अंग्रेजी विषयको गृहकार्य निकै कठिनसाथ गरिरहेको मैले देखेँ । मैले उनलाई सोधें, “तिमी अंग्रेजी सिक्न यति धेरै मेहनत किन गरिरहेका छौ ?”
 उसले जवाफ दियो, “विश्वविद्यालयमा प्रवेश गर्नका लागि ।”
योभन्दा बढी अदूरदृष्टि केही हुनसक्छ ? विश्वविद्यालयमा प्रवेश पाउनु नै उद्देश्य होइन । विश्वविद्यालय एउटा त्यस्तो ठाउँ हो जहाँ खास विषयमा केही व्यापक उद्देश्य लिएर गइन्छ । यो आफैंमा उद्देश्य हुन सक्दैन ।
साथै, कति पैसा कमाउन सकिएला भन्ने आधारमा मात्र आफ्नो जीवनको लक्ष्यलाई परिभाषित नगर । मैले कहिल्यै तलब लिएको छैन, तर म खान र बाँच्न सकेको छु । पैसा केही कार्य गर्ने साधन हो, लक्ष्य होइन । पैसा कमाउनुअघि यसलाई खर्च गर्ने योजना चाहिन्छ । सही उद्देश्य बेगर आर्जित रकम त्यतिकै खेर जान्छ ।
 रोजगारीको तिम्रो छनौट तिम्रो प्रतिभा र रुचिमा मात्र आधारित हुनु हुँदैन । तिमी अग्निनियन्त्रक, किसान वा फुटबल खेलाडी जे बने पनि यो तिमीमै निर्भर हुन्छ । तर मैले भन्न खोजेको कुरा कसरी तिम्रो रोजगारी वा कामलाई रुपान्तरित गर्ने भन्नेमा केन्द्रित छ । तिमी फुटबल खेलाडीका रुपमा कसरी आफ्नो जीवनलाई अगाडि बढाउन चाहन्छौ ? किसानका रुपमा तिमी कसरी बस्नेछौ ? जीवनमा तिम्रो उद्देश्य के हो ?
 आफ्नो उद्देश्य निर्धारित गर्नु भनेकै तिमीले जीवनलाई अगाडि बढाउने सिलसिलामा जीवनलाई अर्थ दिनु हो । यदि तिमी किसान बन्ने चाहना राख्छौ भने तिमीले आफ्नो उद्देश्य नयाँनयाँ कृषि विधिको प्रयोग गर्ने, नयाँ बाली विकास गर्ने र विश्वमा व्याप्त भोकलाई उन्मूलन गर्ने उद्देश्य राख्नुपर्दछ । यदि तिमी फुटबल खेलाडी बन्न चाहन्छौ भने विश्वमा आफ्नो देशको प्रतिष्ठा उचो बनाउने वा आर्थिक रुपमा बञ्चित बालबालिकाको सपनालाई पोषित गर्नेगरी फुटबल क्याम्प स्थापना गर्ने उद्देश्य राख्नुपर्दछ ।
 विश्वस्तरीय फुटबल खेलाडी बन्न अतुलनीय किसिमको काम गर्नु पर्दछ । यदि हृदयमा तिम्रो निश्चित उद्देश्य छैन भने माथिल्लो तहमा पुग्न आवश्यक पर्ने कठिन तालिम तिमी सहन गर्न सक्दैनौ । कुनै निश्चित उद्देश्य भएपछि मात्र तिम्रो लक्ष्यलाई सन्तुलित राख्ने सामथ्र्य हुन्छ र वरिपरिका अन्यभन्दा आफूलाई अब्बल दर्जामा उभ्याउन सक्नेछौ ।

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011