डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

रोटी दिनु भन्दा बनाउन सिकाउनु उत्तम
द युनिभर्सल टाइक्स्
2069/9/16

रोटी दिनु भन्दा बनाउन सिकाउनु उत्तम
  भोकको समस्या समाधान गर्नका लागि हामीमा धैर्यशील हृदय हुनैपर्दछ जसले बीऊ रोप्ने हरदम इच्छा जगाइरहन्छ । बीऊहरू रोपिन्छन् र माटाभित्र नदेखिने गरी अङ्कुरण हुने र बोक्रा पटपट फुट्ने पर्खाइमा तिनीहरू केही दिन बसिरहन्छन् । यसैगरी, दीर्घकालमा कुनै पनि व्यक्तिलाई बीऊ कसरी रोप्ने र गहुँ कसरी कटान गर्ने तथा त्यसबाट पाउरोटी कसरी तयार गर्ने भनेर सिकाउनु उपयुक्त हुन्छ । भोकले मर्नै लागेको व्यक्तिलाई पाउरोटी दिनुभन्दा यस्ता प्रविधि सिकाउनु नै सर्वोत्तम विधि हो । प्रविधि सिकाउने कार्य निकै कठिन हुनसक्छ र मानिसले त्यसलाई नपत्याउन सक्छन्, तर विश्वको भोकको समाधान गर्ने मुख्य र दीगो तरिका यही हो । हामीले अहिल्यै भोकबाट पीडित भइरहेका ठाउँको जलवायु, माटो, र मानिसका विशेषताको अध्ययन थाल्नु जरुरी छ ।
    एउटा मोरिङ्गा जातको रुख पाइन्छ । कङ्गोका मानिसले खानाका अतिरिक्त आफ्ना बालबालिकालाई त्यस रुखका पात खुवाउँछन्, जुन निकै पोषिलो हुन्छ । उनीहरूले ती पातलाई सिलौटामा पिँधेर केही तेल हाल्छन्, र खाना पकाउने तेलमा तार्छन् । उनीहरूले जनावरलाई बजारमा बेच्नुअघि मोटोघाटो बनाउन पनि यसलाई खुवाउँछन् ।
    मोरिङ्गाका रुख धेरै रोप्नु निकै राम्रो कुरो हो जसका विषालु जरा फालेर रुखको सबै भागबाट चुर्ण बनाउन सकिन्छ । यो चुर्णलाई पाउरोटी बनाउनका लागि प्रयोग गर्न सकिन्छ । धेरै देशले यही उदाहरणलाई पछ्याउन सक्छन् र मोरिङ्गाका रुख रोप्न सक्छन् । साथै, सखरखण्डजस्तै देखिने जेरुसेलम फूल रोप्नासाथ निकै छिटो उब्जन सक्छन् । यसबाट उब्जनी हुने फूल अन्य भोकमरी राहतभन्दा तीन गुणा बढी फलदायी हुन्छ । धेरै जेरुसेलम फूलको रोपाइ भोकको समस्या समाधान गर्नका लागि योगदान पु¥याउने अर्को तरिका हो ।
    जार्डिममा ठूलो आकारको गड्यौला खेतबारीमा छाडिन्छ, र यसले माटोलाई निकै मलिलो बनाउँछ । यो गड्यौला दक्षिण अमेरिकामा मात्र पाइन्छ, तर सायद हामीले यसको परिस्थिति अध्ययन गर्न सक्छौं र अन्य क्षेत्रको कृषिका लागि यसलाई प्रयोग गर्न सक्छौं । कोरियालीहरूले रेशम किराको अध्ययनका लागि ब्राजिलको मातो ग्रोसोमा काम गरिरहेका छन् । यदि रेशम किराको अध्ययन त्यहाँ सफल भएमा यसले रेशमलाई सस्तो बनाउनुका साथै त्यसलाई बिक्री गरेर मानिसले खाद्यान्न किन्न सक्नेछन् ।
    विश्वमा विद्यमान भोकको समस्या समाधान गर्ने कुनै छिटो विधि भने पक्कै छैन । प्रत्येक देशका मानिसका खाद्यान्नका आ–आफ्ना स्वाद र फरकफरक संस्कृति छन्, तथा वनस्पति र जन्तुजनावर पनि भिन्न छन् । महत्वपूर्ण बँुदा भनेकै हाम्रा छिमेकीप्रतिको सरोकार हो । हामीले सर्वप्रथम आफ्नै हृदयलाई पवित्र बनाउनुपर्दछ ताकि हामीले भरपेट खाइरहँदा अन्य मानिस भोकै परेका होलान् र हामीले तिनीहरूलाई कसरी मद्दत पु¥याउन सकिएला भनेर मनन पनि गर्नुपर्दछ । वास्तविक शान्ति मानवले भोकको समस्या समाधान नगर्दासम्म आउँदैन । यदि मेरो छेउमा रहेको मानिस भोकका कारण मर्न लागेको छ भने शान्ति केवल विलासिताको कुरा मात्र हुन्छ ।
    जरुरी परेका मानिसलाई सोझै खाद्यान्न वितरणका साथै खाद्यान्न उत्पादनका लागि चाहिने पर्याप्त सीप सिकाउनु पनि उत्तिकै महत्वपूर्ण    हुन्छ । यस्ता सीप सिकाउनका लागि हामीले दुर्गम क्षेत्रहरूमा निरक्षरता हटाउन विद्यालय खोल्नु आवश्यक छ । मानिसलाई उनीहरूका क्षमता विकास गराउन प्राविधिक विद्यालयहरू स्थापना गर्न आवश्यक छ । अफ्रिका र दक्षिण अमेरिका विजय गर्ने पश्चिमाहरूले त्यहाँ पहिल्यैदेखि बसोबास गरिरहेका मानिसका लागि प्रविधि सिकाउनेतर्फ पर्याप्त काम गरेका थिएनन् । तिनीहरूले स्थानीय मानिसलाई जमिनभित्रका बहुमूल्य स्रोतको उत्खनन् गरी लैजाने प्रयोजनका लागि श्रमिकका रुपमा मात्र प्रयोग गरेका थिए । तिनीहरूले कसरी खेती गर्ने वा कसरी कारखाना सञ्चालन गर्ने भनेर कहिल्यै सिकाएनन् । यो बिल्कुलै सही थिएन । हाम्रो अभियानले विदेशमा काम गर्न थालेदेखि नै कङ्गोजस्ता ठाउँहरूमा कृषि र औद्योगिक प्रविधि सिकाउनका लागि विद्यालय स्थापना गरेको छ ।
    भोकको पीडा सहनु परेका मानिसको अर्को समस्या उनीहरू बिरामी परेका बखत उपयुक्त औषधि उपचार गर्न नसक्नु हो । विश्वमा एकातिर विकसित मुलुकहरूले बढी औषधि प्रयोग गरिरहेका देखिन्छन् भने विश्वको अर्कातर्फको भागमा मानिसहरू झाडापखाला निको पार्ने सामान्य औषधि नपाएर मर्नु परिरहेको छ । त्यसकारण, हामीले भोकलाई उन्मूलन गर्ने कार्यमा अग्रसर छौं भने हामीले औषधि उपचारको प्रबन्ध गर्नेतर्फ पनि ध्यान दिनु आवश्यक छ । हामीले क्लिनिकहरू स्थापना गर्नैपर्दछ र जटिल प्रकृतिका बिरामीलाई सेवा प्रदान गर्नैपर्दछ ।
    उदाहरणका लागि, ब्राजिलको जार्डिममा न्यू होप फार्म (नयाँ आशा फार्म) मा केन्द्रित गरेर मैले वरिपरिका तीसभन्दा बढी स(साना सहरका लागि एम्बुलेन्स र चिकित्सा उपकरण दान दिएको छु । मैले न्यू होप फार्मलाई एउटा नमुनाका रुपमा विकास गरेको छु जसले कसरी मानवहरू एकअर्कासँग शान्तिपूर्वक बस्न सक्छन् भनेर देखाएको छ । हामीले खेतीका लागि ठूलो क्षेत्रफलको जमिन जोतखन ग¥यौं भने माथिल्लो भागमा घरपालुवा जनावर पाल्यौं ।
    न्यू होप फार्म ब्राजिलमा भए पनि यो ब्राजिली जनताका लागि मात्र होइन । कोही पनि भोकाएको व्यक्ति फार्ममा जान सक्छ, काम गर्न सक्छ र खाना खान पाउँछ । विश्वका विभिन्न ठाउँबाट भेला भएका विभिन्न जातिका झण्डै दुई हजार मानिसले त्यहाँ सँगै खाना खान र सुत्न सक्छन् । हामीले विद्यालय तहदेखि विश्वविद्यालयसम्मको अध्ययनको व्यवस्था पनि गर्न लागेका छौं । मानिसलाई कसरी खेती लगाउने र कसरी पशुपालन गर्ने भनेर  सिकाइनेछ । हामी कसरी रुखबिरुवा रोप्ने र हुर्काउने तथा कसरी माछा समात्ने, प्रशोधन गर्ने र बिक्री गर्ने भनेर सिकाउने छौं । हामीसँग फार्म मात्र हुने छैन । हामीले नदीको वरिपरि रहेका धेरैवटा पोखरीलाई माछापालनका रुपमा पनि प्रयोग गर्नेछौं ।
    पाराग्वेको चाको क्षेत्रले त्यस मुलुकको झण्डै साठी प्रतिशत भू–भाग ओगटेको छ, तर यसलाई त्यतिकै छाडिएको छ । चाको क्षेत्र समुद्रको पानी पसेर बनेको हो र आज पनि यहाँ खन्दा समुद्रको जस्तै नूनिलो पानी भेट्टाउन सकिन्छ । म सत्तरी वर्षको हाराहारीमा पहिलो पटक पाराग्वे पुगेको थिएँ । लामो समयदेखि बेवास्ता गरिएको यस क्षेत्रमा बसोबास गर्ने मानिसको दयनीय अवस्था शब्दले व्याख्या पनि गर्न नसकिने थियो । उनीहरूलाई देखेर मेरो हृदयमा निकै ठूलो चोट प¥यो । म उनीहरूलाई इमान्दारीपूर्वक मद्दत पु¥याउन चाहन्थें, तर उनीहरू मलाई सहजै स्वीकार्न तयार थिएनन् किनभने मेरो छालाको रङ्ग भिन्न थियो र भाषा पनि फरक थियो ।
    तर, मैले हार मानिन । मैले पाराग्वे नदी किनारमा तीन महिना बिताएँ, त्यस क्षेत्रका मानिससँग खाएँ र सुतें । सत्तरी वर्षभन्दा बढीको उमेरमा थालिएको मेरो अभियानप्रति मानिसले असम्भव भन्दै त्यति विश्वास     गरेनन् । मैले भेटेसम्मका मानिसलाई मैले माछा समात्ने कला सिकाएँ, र उनीहरूले पनि मलाई उनीहरूका भाषा सिकाए । तीन महिनाजति एउटै डुङ्गामा रहेर हामी मित्र बन्यौं ।
    उनीहरूले आफ्ना हृदय खुला गर्नासाथ मैले उनीहरूसँग यो विश्व किन एक हुनुपर्छ भनेर कुराकानी गरेँ । सर्वप्रथम उनीहरूले यस कुराप्रति त्यति ध्यान दिएनन् । यही क्रममा केही वर्ष बिते । तर, चर्को पाराग्वेका जनता विस्तारै परिवर्तन हुन थाले । दश वर्षपछि उनीहरूमा यति धेरै परिवर्तन आयो कि ठूलो उत्साहका साथ उनीहरूले विश्व शान्ति महोत्सव नै आयोजना गरेर देखाइदिए ।
    खानाको समस्या समाधान गर्नुको मतलब तत्कालै शान्ति कायम हुन्छ भन्ने पक्कै होइन । भोकको विषय समाधान गरिसकेपछि शान्ति र प्रेमसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मैले जार्डिम र चाकोजस्ता स्थानहरूमा विद्यालयहरू निर्माण गरेको छु । सर्वप्रथम मानिसहरूले आफ्ना केटाकेटीलाई विद्यालयमा पठाउन आनाकानी गरेका थिए, उनीहरू केटाकेटीलाई गाईवस्तु चराउन प्रयोग गर्दथे । हामीले उनीहरूलाई बालबालिका र युवालाई शिक्षा अति आवश्यक हुन्छ भनेर आश्वस्त पार्न निकै मेहनत ग¥यौं । परिणामस्वरुप, हामीसँग धेरै विद्यार्थी पढ्न आए । हामीले हलुका औद्योगिक कारखाना पनि स्थापना गरेका छौं जहाँ उनीहरूले सामान्य प्रविधिको प्रयोग गरेर सामग्री उत्पादन गर्न सक्छन् । विद्यार्थीहरू पनि कारखानामा काम गर्न पाइने लोभमा पढाइतर्फ आकर्षित भइरहेका   छन् ।
    हामी भोकबाट मृत्युवरण गर्न विवश विश्वभरका सम्पूर्ण मानवप्रति उत्तिकै जिम्मेदार छौं । हामीले उनीहरूलाई मद्दत पु¥याउनका लागि केही कार्य गर्नैपर्दछ । हामीले जिम्मेवारी बोध गर्नैपर्दछ, र उनीहरूलाई खानाका साथ बचाउनेतर्फ केही उपाय निकाल्नै पर्दछ । राम्रो बन्दोबस्त भएका मानिस पनि केही तल ओर्लनु पर्दछ र गरिबीमा बाँच्न विवशलाई माथि उठाउनु पर्दछ । यसैबाट विश्वका सबै मानिस राम्रोसँग आपसी मिलनका साथ बसोबास गर्न सक्ने वातावरण तयार हुन्छ ।

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011