डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

गरिबी र भोकमरीको समाधान
द युनिभर्सल टाइक्स्
2069/9/9

   यदि तपाइँ कहिल्यै भोको हुनुहुन्न भने तपाइँले ईश्वरलाई बुझ्न सक्नुहुन्न । भोकाएको क्षण नै ईश्वरसँग नजिक हुने अत्युत्तम अवसर हो । तपाइँ भोकाएको हुनुहुन्छ र परिवारको निकट सदस्य झैं नजिकमा आउने प्रत्येक व्यक्ति समक्ष दीनहीन देखिन थाल्नुभयो भने तपाइँले खाना पाउने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा दयाभावपूर्ण असल हृदय देखाउनु महत्वपूर्ण हुन्छ ।
    भोक विश्वका कम विकसित क्षेत्रको विषय मात्र होइन । विश्वमै सबैभन्दा उच्च जीवनस्तर रहेको संयुक्त राज्य अमेरिकामा पनि लाखौं मानिस भोका र कुपोषित छन् । म पहिलोपटक संयुक्त राज्य अमेरिका जाँदा त्यहाँ गरिबलाई खाना वितरण गर्नका लागि मैले पहिलो योजनाका रुपमा ट्रकहरू खरिद गरेको थिएँ ।
    गरिब मुलुकमा संयुक्त राज्य अमेरिकाको भन्दा परिस्थिति अझ धेरै खराब छ । विश्वको परिस्थिति हेर्दा मलाई लाग्छ, पर्याप्त खाद्यान्नको आपूर्तिको व्यवस्था गर्ने कुरा सबैभन्दा जल्दोबल्दो समस्या हो । खाद्यान्न सङ्कटको समाधान क्षणभरमा गर्न सकिने कुरा होइन । आज पनि, विश्वभरका झण्डै बीस हजार मानिसको हरेक दिन भोकसँग सम्बन्धित कारणबाट मृत्यु भइरहेको छ । हामी र हाम्रा नजिकका नातेदारमा भोकको समस्या छैन भनेर हामीले यस विषयलाई बेवास्ता गर्न सक्दैनौं ।
    खाद्यान्न आपूर्ति र वितरण गर्नु नै भोकबाट उन्मुक्ति होइन । समस्याको चुरोमा पुग्नु अझ बढी आवश्यक छ । दुईवटा मुख्य र ठोस विधिहरूका बारेमा मेरो सोचाइ छ । पहिलो, न्यून लागतमा पर्याप्त खाना आपूर्ति गर्ने, र दोस्रो, भोकमरीबाट आफैंले उन्मुक्ति पाउन मानिसलाई प्रविधि हस्तान्तरण गर्ने ।
खाद्यान्नको विषयले मानवलाई भविष्यमा निकै गम्भीर सङ्कटमा पु¥याउने छ । हामीले खाद्यान्नको विषयलाई समाधान नगरी विश्वमा शान्ति स्थापना गर्न सक्दैनौं । विश्वको सम्पूर्ण जनसङ्ख्याका लागि पर्याप्त खाद्यान्न आपूर्ति गर्न हाल उपलब्ध सीमित जमिनबाट उत्पादन गर्न सकिँदैन । भावी खाद्यान्न सङ्कटलाई समाधान गर्ने साँचो समुद्रसँग छ । यही कारण विगत धेरै दशकदेखि समुद्रतर्फको यात्रामा मैले विशेष जोड दिएको छु ।
    अलास्कामा मलखादका लागि अठ्तीस सेन्टिमिटरभन्दा साना आकारका पोलक माछालाई प्रयोग गरिन्छ । तिनीहरूलाई खानामा प्रयोग गर्न सकिन्छ, तर तिनीहरूलाई कसरी पकाउने भन्ने कुरा मानिसलाई थाहा छैन, त्यसैले उनीहरूले ती माछालाई मलखादका रुपमा मात्र प्रयोग गरिरहेका छन् । बीस वा तीस वर्ष पहिले कोरियालीले पश्चिमासँग मिठोमिठो खानेकुराका लागि आग्रह गर्दथे र उनीहरू हामीलाई त्यो सित्तैमा खान दिन्थे । कोरियालीहरू गाईका हाड वा आन्द्राभुँडीबाट तयार गरिने खानाका सौखिन थिए, तर कतिपय पश्चिमाहरू त्यो खानयोग्य हुन्छ भन्नेमा शङ्का गर्दथे ।
    माछाका सन्दर्भमा पनि यही थियो । विश्वभर समातिने माछामध्ये झण्डै बीस प्रतिशत त्यसै फालिइन्छ । जबजब म यो देख्छु, भोकका कारण मानिसहरू मरिरहेको विचार गर्दछु र मलाई यसले पीडा दिन्छ । माछा गाईगोरुको मासु भन्दा राम्रो र भरपर्दो प्रोटीनको स्रोत हो । हामीले माछाको केक वा माछाको ससेज बनाएर गरिबीको चपेटामा परेका मानिसलाई उपलब्ध गराउन सकेको भए कति प्रशंसनीय काम हुने थियो ।
    यस्तो विचार मेरो मनमा आउनासाथ मैले ठूलो परिमाणमा माछा प्रशोधन र भण्डारण गर्ने परियोजना नै आरम्भ गरें । ठूलो परिमाणमा माछा समाए पनि त्यसलाई राम्रोसँग परिचालन गर्न सकिएन भने यो खासै फलदायी हुँदैन । जतिसुकै राम्रो माछा भए पनि त्यसलाई आठ महिनाभन्दा बढी राख्न सकिँदैन । तिनीहरूलाई चिस्याए पनि र रेफ्र्रीजेरेसनमा राखे पनि बरफमा हुने दरारबाट हावा भित्र पस्छ र पानी बाहिरिन्छ । तपाइँले माछामा पानी छर्केर पुनः फ्रिजमा त राख्न सक्नुहुन्छ, तर त्यतिगर्दा माछाको स्वाद हराइसकेको हुन्छ र माछा पनि फाल्नुपर्ने अवस्था आउन सक्छ ।
    हामीले फालिएका माछा जम्मा ग¥यौं र त्यसलाई कसरी माछाको धुलोमा परिणत गर्न सकिन्छ भनेर अनुसन्धान ग¥यौं । फ्रान्स र जर्मनीजस्ता विकसित मुलुकले पनि नगरेको कामतर्फ हामीले पाइला चाल्यौं । माछाको धुलोलाई गर्मी र अति आद्रता भएको मौसममा पनि सहजै ढुवानी गर्न र भण्डार गर्न सकिन्छ । माछाको धुलोमा अन्ठानब्बे प्रतिशत प्रोटीन हुन्छ, र सबै किसिमका खाद्यान्नभन्दा यो बढी हो । भोकका कारण हुने मृत्युबाट मानिसलाई बचाउन यसलाई प्रयोग गर्न सकिन्छ । माछाको धुलो प्रयोग गरेर पाउरोटी पनि बनाउन सकिन्छ । हामी विश्वका गरिब मुलुकहरूमा माछाको धुलो उपलब्ध गराउने चाँजोपाँजो मिलाउँदैछौं ।
    समुद्रमा असिमित खाद्यान्न छ, र खाद्यान्न अभावबाट मानवलाई बचाउने सर्वोत्कृष्ट विधि नै माछापालन हो । मैले पूर्वानुमान गरिरहेको छु, हामीले आजभोलि सहरमा देख्ने बढेबढे भवनजस्तै माछापालनका लागि समुद्रमा भवनहरू तयार हुनेछन् । पानीको पाइप पद्धतिलाई प्रयोग गरेर हामीले ठूला भवन वा पहाडका माथिल्ला भागमा पनि माछा पालन गर्न सक्छौं । माछापालनसँगै हामीले विश्वका सम्पूर्ण मानिसलाई खुवाउन पुग्नेभन्दा बढी नै खाद्यान्न उत्पादन गर्न सक्छौं ।
    समुद्र ईश्वरले हामीलाई प्रदान गर्नुभएको अमूल्य सम्पदा हो । समुद्रमा पुगेको क्षण म आफूलाई पूर्णरुपेण माछा मार्ने काममा लगाउँछु । मैले विभिन्न देशमा पुग्दा थरिथरिका माछा समातेको छु । माछा मार्नुको एउटा कारण यो हो कि म माछा मार्न नजान्ने मानिसलाई कसरी माछा मार्नुपर्छ भनेर सिकाउन चाहन्छु । दक्षिण अमेरिकामा मैले माछा मार्ने मेरा तरिकाहरू स्थानीय मानिसलाई देखाएर महिनौं बिताएको छु । गाँठा परेको माछा मार्ने जाली म आफैं लिएर जान्छु र तीन वा चार घण्टा त्यो जालीका गाँठा कसरी फुकाउने भनेर उनीहरूलाई सिकाउँछु ।
    न्यून मूल्यमा पर्याप्त खाद्यान्न आपूर्ति गर्नका लागि मानवले समुद्रलाई नै विकास गर्न आवश्यक छ । यो र प्रागऐतिहासिक अवस्थामा रहेका ठूला घाँसे मैदानहरू वैभवका अन्तिम भण्डारगृह हुन् । यद्यपि यो कार्य त्यति सहज भने छैन । यसका निम्ति असाध्यै गर्मी र आद्र्रता भएका ठाउँहरूमा हामी पुग्नै पर्दछ जहाँ यताउता घुमफिर गर्न र कठिन काम गर्न निकै समस्या  पर्दछ । उष्णप्रदेशीय क्षेत्रमा घाँसे मैदानको विकास गर्नु निकै समर्पित मानवीय प्रेमभाव बेगर सम्भव छैन ।
    ब्राजिलको जार्डिम यस्तै एउटा ठाउँ हो । यहाँ बसोबास गर्न निकै कठिन छ । मौसम निकै तातो छ, र पतेरा जातका किराले टोकिरहन्छन् । म त्यो ठाउँमा बसेको छु र त्यहाँका सबै प्रजातिका प्राणीलाई साथी बनाएको छु । म यताउता खाली खुट्टैले हिँडेको छु, मेरो पैतालामा जार्डिमको रातो माटो लागेको अनुभव मैले गरेको छु । म नदीमा माछा समात्न जाँदा स्थानीय माझीजस्तो देखिएको थिएँ ।
    यस्तो अवस्थामा स्थानीय मानिसले तपाइँलाई मात्र हेर्छन् र भन्छन्, “तपाइँ साँच्चिकै किसानजस्तो देखिनुभयो,” वा “तपाइँ साँच्चिकै माझी हुनुभएको छ ।” स्थानीयले तपाइँप्रति सद्भाव देखाएपछि मात्र तपाइँले उनीहरूका ज्ञानलाई प्राप्त गर्ने योग्यता राख्नुहुन्छ र उनीहरूसँग आफ्ना ज्ञानका कुरा बाँड्न सक्नुहुन्छ । यो कार्य राती सफा र आरामदायी बिछ्यौनामा आठ घण्टा सुत्नुपर्ने, एक दिनमा तीनपटक खानुपर्ने र रुखको छहारीमा सुत्नुपर्ने व्यक्तिले गर्न सक्दैनन् ।
    पाराग्वेमा एउटा परियोजना विकास गरिरहेको अवस्थामा हाम्रो समुहका केही सदस्य र म पाराग्वे नदीको नजिकमै रहेको ओलिम्पोको सानो छाप्रामा बसिरहेका थियौं । त्यहाँ एउटा मात्र शौचालय थियो, र प्रत्येक विहान यो प्रयोग गर्नका लागि पालो कुर्नु पर्दथ्यो । म हरेक विहान तीन बजे उठ्थें, केही शारीरिक व्यायाम गर्दथें, र माछा मार्न जान्थें । यही कारण मसँग बसिरहेका सदस्यहरूलाई निकै कठिन समय गुजार्नु प¥यो । उनीहरूलाई विहान झिसमिसेमै माछा समाउनका लागि चारो बनाउने बानी  थिएन ।
    डुङ्गा लिएर निस्कनका लागि हामीले अन्य मानिसका सम्पत्तिलाई छिचोलेर डुङ्गा बाँधेको ठाउँसम्म जानुपर्दथ्यो । अँध्यारोमा बाटो पत्ता लगाउन निकै कठिन हुन्थ्यो । एक विहान हाम्रा सदस्यहरूले ताला खोल्न प्रयत्न गरिरहेका बखत ताला खोल्न नसकेको अवस्थामा म बेस्सरी चिच्याएको छु, “तपाइँहरू के गर्दै हुनुहुन्छ ?” म यति जोडले कराएको थिएँ, मैले आफैंलाई अचम्भित बनाएको थिएँ, र उनीहरूलाई निकै चोट पुगेको अनुभव गरेको पाएँ ।
    तर म एक सेकेन्डको समय पनि खेर फाल्न सक्दिन । मसँग त्यतिकै बरालिएर समय बिताउने समय नै छैन । शान्तिपूर्ण अवस्था नहुँदासम्म मैले गर्नुपर्ने कामको एउटा सुची मेरा अघिल्तिर तेर्सिइरहेको म देख्दछु । त्यसैले, मेरो हृदय जहिल्यै हतारमा हुन्छ ।
    सूर्योदय हुनुअघि नदीमा रहँदा लामखुट्टेको बथान कालो बादलजस्तै टाउकामाथि घुमिरहेको हुन्छ । तिनीहरूका सुँड यति तिखा हुन्छन् कि तिनीहरूले जिन्स पाइन्टलाई समेत सजिलै छेड्न सक्छन् । सूर्योदयअघि हामी माछा मार्ने ठाउँ देख्न सक्दैनौं, त्यसैले हामीले सेता प्लास्टिक ब्याग सँगै जोड्नु पर्दछ । मलाई सूर्य उदाउनुअघि नै काम सक्न हतार हुन्छ ।
    म अझै पनि जार्डिमलाई गुमाइरहेको अनुभव गर्दछु । मैले यसका बारेमा सबैथोक गुमाएको छु । म जब आँखा बन्द गर्दछु, म मेरो नाकले जार्डिमकै वायुको तातोपनालाई अनुभव गरिरहेको हुन्छु । शरीरले अनुभव गरेका पीडा चाँडै बिलाउँछन् । महत्वपूर्ण कुरा के भने यो ठाउँले एक दिन विश्वलाई नै सेवा गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । जार्डिममा रहँदा यसले मेरो हृदयमा असाध्यै खुसी ल्याएको थियो ।



blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011