डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

एउटा दुवी फूल सुनभन्दा मूल्यवान् हुन्छ
द युनिभर्सल टाइक्स्
2069/9/2

एउटा दुवी फूल सुनभन्दा मूल्यवान् हुन्छ
    प्रदूषण समस्या समाधान गर्ने, वातावरण संरक्षणका लागि चेतना फैलाउने र खाद्यान्न उत्पादन बढाउने आजको आधुनिक समाजका तीनवटा सबैभन्दा ठूला चुनौतीहरू हुन् । तिनीहरूमध्ये कुनै एकलाई मात्र वेवास्तागर्ने हो भने पनि मानवीय जीवन लुप्त हुन्छ । पृथ्वीमा यसअधि नै निकै क्षति भइसकेको छ । भौतिक स्रोतसाधन हात पार्ने हाम्रो निरन्तरको लालचका कारणले वायु र जल निकै प्रदूषित बनिसकेको छ । यसले प्रकृतिमा नोक्सानी पु¥याइरहेको छ र हामीलाई सुरक्षित गर्ने ओजोन तहको समेत बिनास भइरहेको छ । यदि वर्तमान प्रवृत्ति निरन्तर रहेमा भौतिक सभ्यतामा माखेसाङ्लोबाट मानवजातिमा विनास हुनेछ ।
    विगत बीस वर्षदेखि ब्राजिलको पान्टानाल सीमसार क्षेत्रलाई जोगाउन म कार्यरत छु । ब्राजिल, बोलिभिया र पाराग्वेमा फैलिएको पान्टानाल विश्वकै सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । यसलाई युनेस्कोको विश्व सम्पदा सुचीमा समावेश गरिएको छ । प्राकृतिक शुद्धतालाई जोगाउँदै पान्टानालका जीवजन्तुको संरक्षणका लागि मैले पनि विश्वव्यापी वातावरणीय अभियान सञ्चालन गरिरहेको छु । जसलाई ईश्वरले सृष्टि गर्नुभको थियो ।
    पान्टानालमा जल, जमिन, जीवजन्तु र वनस्पति एकाकार भएर रहेका छन् र यो वास्तवमै भव्य ठाउँ हो । बोलचाल र सँधैजसो प्रयोग हुने सुन्दर र राम्रो भन्नेजस्ता शब्दले यसको महिमालाई बुझाउन सक्दैनन् । आकाशबाट लिइएका तस्बिर यति सुन्दर देखिन्छन्, विश्व प्राकृतिक तस्बिर सङ्कलनको सर्वोत्कृष्ट बिक्री हुने कोटीमा यिनीहरूको सङ्कलन आउँछ । सेतो घाँटी भएका बाँदर, रातो रङ्गको ठूलो स्वर भएको बाँदर, बहुरङ्गी सुगा, चितुवा, अजिङ्गरभन्दा ठूलो जलसर्प, ओस्टिूचजस्तै तीन खुर भएका उड्न नसक्ने चरा, र घडियालजस्तो ठूलो पेट भएको गोहीको बसोबास भएको पान्टानाल मानवको लागि प्राकृतिक गुप्तकोष हो ।
    पान्टानाल र अमेजन जलाशयका बोटबिरुवा र जीवजन्तु ईश्वरले सृष्टि गर्नुभएको समयमा झैं लाग्छन् । पान्टानाल इडेन (बगैचा) हो । ईश्वरले सृष्टि गर्नुभएका धेरै ठूलो सङ्ख्याका जीवन मानवले नष्ट गरिसकेका छन् । मानवको लालचकै कारण धेरै प्रजातिका वनस्पति र जीवजन्तु यस पृथ्वीबाट लोप भइसकेका छन् । यद्यपि, पान्टानालमा ईश्वरले सृष्टि गर्नुभएका वास्तविक रुप अझै पाउन सकिन्छ । मैले पान्टानालमा यी महत्वपूर्ण प्रजातिलाई लोप हुनबाट जोगाउन एउटा चिडियाघर र किरा संरक्षणगृह स्थापना गर्ने योजना बनाइरहेको छु ।
    धेरै प्रजातिका वनस्पति र जीवजन्तुका लागि बासस्थान मात्र नभई पान्टानाल ‘संसारको फोक्सो’ वा पृथ्वीका लागि अक्सिजनको महत्वपूर्ण एउटा स्रोत पनि हो किनकि यसले पृथ्वीको अन्य तुलनतामा धेरै अक्सिजन उत्पादन गर्दछ । पान्टानाल हरितगृह ग्यासलाई कम गर्ने भण्डारगृह पनि हो । तर, पछिल्लो समयमा यो पान्टानाल औद्योगिक विकासका कारण तीव्ररुपमा परिवर्तन भइरहेको छ । यदि पृथ्वीका लागि ठूलो परिमाणमा अक्सिजन उपलब्ध गराउने अमेजन क्षेत्र ध्वस्त भयो भने मानवको भविष्य पनि पक्कै दारुण हुनेछ ।
पान्टानालमा तीनहजार छ सय भन्दा बढी प्रजातिका माछा रहेका छन् । एउटा सुनौलो रङ्गको डोराडो नामको माछाहरूको समूह छ, यो छब्बीस केजीभन्दा बढी तौलसम्म पुग्छ । मैले थापेको बल्छी डोराडोले तान्दा मेरो शरीर नै नदीमा पुगे झैं मलाई अनुभव भएको थियो । मैले आफ्नो सम्पूर्ण तागत लगाएर अडिन खोजिरहेको थिएँ, र यो पानीमा धेरैपटक उफ्र्यो पनि । धेरैपटक उफ्रे पनि यससँग मलाई तर्साउने तागत अझै पर्याप्त थियो । यो यति बलियो थियो, यो माछा नभई भालु वा बाघजस्तै थियो ।
    पान्टानालका पोखरीहरू प्रायः सँधै सफा हुन्छन् । पानीमा जेसुकै राखे पनि यो तुरुन्तै सफा हुन्छ । यहाँको पानी तुरुन्तै सफा भइहाल्छ किनभने सिमसारको वातावरणले ठोस कुरा र अन्य प्रदूषक चिजहरूलाई तत्कालै छान्दछ, र त्यही कारण यहाँ यति धेरै प्रजातिका माछा सहजै बस्न सक्छन् । प्रत्येक प्रजातिका माछाका आहारा फरकफरक हुन्छन् । यस्तो जटिल प्रणालीमा सँगै बसेकाले पानीलाई फोहोर बनाउने अर्गानिक फोहोरलाई तिनीहरूले तह लगाउँछन् । आहारा खाने तरिकाले पनि उनीहरूले पानीलाई शुद्ध बनाइरहेका हुन्छन् । माछाहरू मानवभन्दा धेरै अर्थमा निकै फरक हुन्छन् किनभने तिनीहरू आफ्नै लागि मात्र बाँचिरहेका हुँदैनन् । तिनीहरूले सन्तुलित प्रणालीलाई जोगाउने ढङ्गबाट भूमिका निर्वाह गरिरहेका हुन्छन् । तिनीहरूले वातावरणलाई सफा राख्न र यसलाई अझ राम्रो बनाउन मद्दत गरिरहेका हुन्छन् ।
पान्टानाल सिमसारको पानीमा पाइने जलकुम्भीको पातको पछाडिको भाग कालो हुन्छ र त्यहाँ पतेरा जातका किरा बसेका हुन्छन् । यदि सबै पतेरा किरा त्यहाँ बसिराख्ने हो भने त्यो जलकुम्भी बाँच्न सक्दैन । तर केही माछाका आहारा नै ती पतेरे किरा हुन्छन् । माछाले पातबाट ती किरा टपटप टिपेर खाइरहेका हुन्छन् । यसरी पतेरो बाँच्छ, जलकुम्भी बाँच्छ, र माछा बाँच्छ । यस्तै किसिमको हुन्छ प्रकृति । कुनै पनि प्राणी आफ्नै लागि मात्र बाँचिरहेको हुँदैन । यसको बदलामा, तिनीहरू एकअर्काका निम्ति बाँचिरहेका हुन्छन् । प्रकृतिले नै हामीलाई यो वैभवपूर्ण शिक्षा दिइरहेको हुन्छ ।
    पान्टानालमा जतिसुकै माछा भए पनि मानिसलाई त्यहाँ माछा मार्न दिइएमा माछाको सङ्ख्या निश्चितरुपमा ओरालो लाग्छ । माछा जोगाउनका लागि हामीले माछा फार्म स्थापना गर्नुपर्दछ । पान्टानालका माछा असाध्यै मूल्यवान् भएकाले हामीले धेरैवटा माछा फार्म निर्माण गर्नु जरुरी छ । किरा फट्याङ्गा, चराहरू, र स्तनधारी जीवको संरक्षणका लागि यस्तै किसिमका सुविधाहरूको व्यवस्था गर्नुपर्दछ । किरा फट्याङ्ग्राको सङ्ख्या बढाउन सकिएको खण्डमा चराको सङ्ख्या बढाउन मद्दत पुग्छ । पान्टानालले यी सबै जीवका लागि उपयुक्त वातावरण दिएको छ र तिनीहरूको सङ्ख्या कसरी बढाउन सकिन्छ भन्नेतर्फ केन्द्रित गरेर मात्र मानवले आउँदा शताब्दीहरूमा आफूलाई सुरक्षित गर्न सक्छ ।
    पान्टानालमा माछा मात्र प्रशस्त छैनन् । नदी किनारामा भूईंकटहर, केराका रुख, र आँपका रुख पनि प्रशस्त छन् । धान यति राम्रोसँग फल्छ, सिँचाइ सुविधा नभए पनि वर्षमा तीनपटक बाली उठाउन सकिन्छ । माटो असाध्यै मलिलो र उर्बर छ । सिमी र अन्न जमिनमाथि त्यतिकै छरेर पनि उत्पादन गर्न सकिन्छ । यहाँ ज्यादै कम मानव श्रमको आवश्यकता पर्दछ ।
डुङ्गा चढेर एक पटक पाराग्वे नदीबाट यात्रा गर्दा हामीहरू नदी किनाराको एउटा घरमा रोकियौं । त्यहाँ बस्दै आएका किसानले हामी निकै भोकाएको विचार गरेछन्, त्यसैले ऊ आफ्नो खेतमा पस्यो र सखरखण्ड खनेर ल्यायो । यो त तरबुजा जत्रै थियो । उसले हामीलाई भन्यो, त्यहाँको जमिनमा जरा रहुञ्जेल धेरै वर्षसम्म आलु पनि लगाइरहनु पर्दैन । वर्षैपिच्छे नरोपे पनि आलु निरन्तर फल्दो रहेछ भन्ने जानकारीले खाद्यान्नको अभाव भइरहेका मुलुकमा त्यसलाई पु¥याउने चाहना जागृत भएर आयो ।
    सिमसारको विकास गर्नुपर्छ भनी पैरवी गर्ने मानिसहरूले यसको आर्थिक लाभका विषयमा जोड दिन्छन् । तर, पान्टानालले सिमसारका रुपमा निकै आर्थिक लाभ उपलब्ध गराइरहेको छ । यस सिमसारमा कसैले नछोएको कडा काठको वनको व्यापक क्षेत्र फैलिएको छ, र यहाँका रैथानेहरू कुनै रुखमा चोट पु¥याए पनि त्यो रुख सय वर्षभन्दा बढी बाँच्न सक्छ भन्ने दाबी    गर्छन् । यी ठूला रुखहरूबाट खैरो रङ्गको कडा काठ उत्पादन हुन्छ जुन कुहिँदैन र भनिन्छ यो फलामभन्दा बढी समय टिक्छ ।
    यस्ता किसिमका मूल्यवान् रुखले भरिपूर्ण वन भेट्टाएको खण्डमा कस्तो देखिदो हो कल्पना गर्नुहोस् त । मैले पान्टानालमा चारसय हेक्टर जमिनमा यी रुखका बिरुवा रोपेको छु । हाम्रा सदस्यहरूले रोपेका रुखका कारण पान्टानाल अझ बढी सुन्दर भएको छ ।
    मानवको स्वार्थीपनले प्रकृतिलाई नोक्सान गरिरहेको छ । आर्थिक सफलताका निम्ति अदूरदर्शी मार्गको प्रतिस्पर्धा नै पृथ्वीको वातावरणमा बढी नोक्सानी हुने मुख्य कारण भएका छन् । हामी यो पृथ्वीमा थप नोक्सानी गराउन चाहन्नौ । धार्मिक मानिसहरूले प्रकृतिलाई बचाउने प्रयत्नमा अग्र भूमिका निर्वाह गर्नु आवश्यक छ । प्रकृति ईश्वरको सृष्टि हो र यो मानवका लागि प्रदान गरिएको उपहार हो । हामीले प्रकृति मूल्यवान् रहेको कुरातर्फ मानिसलाई जागृत गराउन तत्कालै कार्य गर्नुपर्ने भएको छ र सृष्टिकै समयजस्तो सम्पन्न र स्वच्छन्द अवस्थालाई पुनस्र्थापित गर्न तत्कालै कार्यहरू थालनी गर्नुपर्दछ ।
    पान्टानाल सम्पदाको खानी रहेको कुरा सर्वत्र बुझिसकेपछि यसको भविष्यलाई लिएर सङ्घर्ष हुन थालेको छ । हामीले संरक्षण गर्नुपर्ने ठाउँ अहिले स्वार्थी मानवका कारण सङ्घर्षको मैदानमा परिणत हुने खतरामा पुगेको  छ ।
    विगतका दश वर्षमा मैले विश्वका नेताहरूलाई पान्टानाल देखाउन लगिरहेको छु र यो क्षेत्र तथा विश्वकै वातावरणलाई कसरी संरक्षण गर्नुपर्छ भन्ने विषयमा छलफलको प्रायोजन गरिरहेको छु । मैले विश्वभरका पर्यावरण विज्ञ र प्राज्ञहरूलाई भेला गरेर उनीहरूलाई पान्टानाल जोगाउनका लागि अभिरुचि देखाउन प्रोत्साहित गरिरहेको छु । म मानवको निर्दयी सांसारिक अभीष्टबाट पान्टानाललाई नोक्सान हुनबाट रोक्न कार्यरत छु ।
    वातावरणको विषय निरन्तर गम्भीर भइरहेकाले धेरै पर्यावरणीय समूहहरू खडा भइरहेका छन् । तर, सर्वोत्कृष्ट वातावरणीय आन्दोलन त्यो हो जसले प्रेमको विस्तार गर्दछ । मानिसहरूले सामान्यतया आफूसँग रहेका सामग्रीकै हेरविचार गरिरहेका हुन्छन् वा तिनीहरूले प्रेम गर्ने मानिसको हेरचाह गर्छन् । तर, तिनीहरूले ईश्वरले सृष्टि गर्नुभएको प्राकृतिक वातावरणको हेरचाह वा प्रेम गरिरहेका हुँदैनन् । ईश्वरले नै यो वातावरण मानवलाई प्रदान गर्नुभएको हो । यो उहाँकै इच्छा हो, वातावरणको प्रयोगबाट हामी खाना प्राप्त गरिरहेका छौं, र मनोरम प्रकृतिको सान्निध्यलाई अनुभव गरिरहेका छौं । प्रकृति भनेको एक पटक प्रयोग ग¥यो, फाल्यो गर्ने कुरा होइन । हाम्रा भावी धेरै पुस्ताले हामीले जस्तै त्यसलाई उपभोग गर्न पाउनु पर्दछ ।
    प्रकृतिलाई जोगाउने उपाय भनेकै प्रकृतिलाई प्रेम गर्ने हृदयको विकास गर्नु हो । हामीले सडकमा हिँड्दा घाँसको पातलाई पनि विचार गर्नुपर्दछ । हामीले रुखलाई अङ्गालो हालेर आँसु झार्न सक्नुपर्दछ । हामीले ढुङ्गाभित्र वा हावाको झोक्काभित्र ईश्वरको बास हुन्छ भन्ने बुझ्नु पर्दछ । वातावरणलाई ध्यान दिनु र प्रेम गर्नु नै ईश्वरलाई प्रेम गर्नु हो । हामीले ईश्वरले सिर्जना गर्नु भएका हरेक प्राणीलाई पे्रमको सहकर्मीको रूपमा हेर्न सक्नुपर्दछ । यदि हामीले हाम्रो आध्यात्मिक नेत्र खुला राखेका छौं भने राजाहरूका सुनौला मुकुटभन्दा सडक किनारामा फूल्ने दुवी फूल नै हाम्रा लागि बढी मूल्यवान् हुन सक्छन् ।

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011