युनिर्भसल मनोरञ्जन

नेपाली साङ्गीतिक आकाशकी चम्किली तारा ः योगमाया
the universal times
2070

नेपाली साङ्गीतिक आकाशकी चम्किली तारा ः योगमाया

‘शारदा खोलिमा छिपछिपे पानी 
मै माया लाउने थिए संसारै बैमानी’
रेडियो नेपालबाट गुन्जने यो चर्चित गीतमा शब्द–सङ्गीत रहेको थियो योगमाया घर्तीमगरको । यो गीतमा स्वर भर्ने पनि उनै थिइन् । यस्ता थुप्रै गीतकी चर्चित गायिका योगमाया आजभन्दा ४० वर्ष अगाडि सल्यानको स्यानीखालमा जन्मिएकी थिइन् । उनको सानैदेखिको नृत्य तथा गायनमा सोख थियो । अर्कातिर उनमा कलाकार अर्थात् हिरोइन बन्ने धोको पनि थियो । बाह्य रूपमा पनि उनी राम्री थिइन् । त्यसैले होला उनको रूपको गाउँभरि नै चर्चा हुने गर्दथ्यो । उनी त रूपमा मात्रै नभएर कलामा पनि सुन्दर थिइन् । 
उनी बाल्यकालका दिनहरू सम्झन्छिन्– ‘गाउँमा बुबाको खेती धेरै भएकाले सबैले हामीलाई जमिन्दारको सन्तान भन्थे ।’ उनै जमिन्दारकी छोरी योगमायाको प्रारम्भिक शिक्षा भने गाउँकै चुरे माध्यामिक विद्यालयबाट सुरु भयो । यो विद्यालय उनकै बुबाले स्थापना गरेका थिए । योगमायाले यही विद्यालयबाट वि.सं. २०४६ सालमा एसएलसी पास गरिन् । 
सानैदेखि गीत–सङ्गीतमा योगमायाको तीव्र मोह थियो । गाउँमा होस् या विद्यालयमा, जहाँ पनि हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन पुगिहाल्थिन् उनी । उनलाई घर परिवारबाट पूर्ण रूपमा सहयोग र समर्थन पनि थियो । उतिखेर गाउँमा घर्ती परिवारहरूले नै खोलेको डाँफे क्लब थियो । त्यसले सांस्कृतिक कार्यक्रम गर्दथ्यो । जसका कारणले पनि योगमायाले बढी नै सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन पाउँथिन् । उनी सहभागी भएको जुनै कार्यक्रममा पनि अहिलेसम्म उनले रित्तो हात फर्कनु परेको छैन ।
अरूभन्दा छुट्टै प्रतिभा थियो योगमायाको । उनी गाउने र नाच्न सँगसँगै गर्थिन् । त्यसैले उनले गाउँ, जिल्ला हुँदै अञ्चलस्तरीय प्रतियोगिताहरूमा भाग लिन थालिन् । उनको दोहोरी गीत सधैँ प्रथम नै हुन्थ्यो । २०४५ साल फागुनमा बर्दियाको बर्गधामा राजाको सवारी हुँदा उनले राजा वीरेन्द्रकै अगाडि एकल नृत्य प्रस्तुत गर्ने मौका पाइन् । त्यसैबेलादेखि उनको चर्चा राष्ट्रिय स्तरमै चुलियो । यति मात्रै कहाँ हो र ? चौँथो राष्ट्रिय खेलकुद प्रतियोगिता सल्यानमा हुँदाका बखत त्यसको उद्घाटन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले गर्नुभएको थियो, सो कार्यक्रममा पनि योगमायाले आफ्नो गायन तथा नृत्यकला प्रस्तुत गर्ने मौका पाइन् । त्यसले पनि राष्ट्रिय चर्चा बटुल्न सफल भयो । र, उनी विस्तारै राष्ट्रियस्तरमै चर्चित हुन थालिन् ।
सम्पन्न एवं कुलीन परिवारमा जन्मिएकै कारण योगमायाले कहिल्यै आर्थिक अभाव झेल्नु परेन । २०५५ सालमा द रेयुकाईले आयोजना गरेको राष्ट्रिय लोक–दोहोरी प्रतियोगितामा वरिष्ठ लोकगायक तीर्थ गन्दर्भलाई जितेर प्रथम पुरस्कार प्राप्त गरेपछि भने उनको चर्चाले नेपाली सांगीतिक बजारमा ठूलै तहल्का मच्चायो । त्यतिबेलासम्म योगमायाले स्वर परीक्षा पनि पास गरेकी थिईनन् । उनले २०५६ सालमा आएर मात्र रेडियो नेपालबाट स्वर परीक्षा पास गरिन् । उनले त्यसयता रेडियो नेपालमा मात्रै एक दर्जनभन्दा बढी गीतहरू रेर्कड गराइसकेकी छिन् । उनका थुप्रै गीतहरू रेडियो नेपालबाट प्रसारण भइसकेका छन् ।  
फत्ते जिमकोे शब्द तथा सङ्गीतमा ‘कालापानी बचाऊ’ पहिलो एकल एल्बम योगमायाले बजारमा ल्याईन् । उनको यो एल्बमले सुदुरपश्चिममा राम्रै चर्चा पाएको थियो । ‘चिसापानीमा’, ‘लभ लेटर’, ‘न्याउली चरी’, ‘तीज’ लगायतका एल्बम निकाल्न सफल भइन् । निरन्तर सङ्गीतमै लाग्ने प्रण गरेर साङ्गीतिक आकाशमा उदाएकी योगमायाले सङ्गीत बुझेका फत्ते घर्तीमगरसँगै २०४६ सालमा भागी विवाह गरेकी थिइन् । उनका अहिले एक छोरा, एक छोरी छन् । विवाहपछि श्रीमान्ले स्थापना गरेको कल्चर सेभ द नेशनल, कुपण्डोलमा आबद्ध रहेर उनी निरन्तर सङ्गीत क्षेत्रमा लागिपरिन् ।

श्रीमानको निरन्तरको हौसला, प्रेरणा र सहयोगबाट योगमाया साङ्गीतिक क्षेत्रमा फड्को मार्न सफल भइन् । उनले नृत्य र गायन मात्र हैन, २०५७ सालमा हाँस्य–कलाकार पूर्ण घर्तीमगरसँग टेलिफिल्म ‘एड्स’मा समेत अभिनय गरिन्, जुन नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । उनको चर्चा चुलिँदै जाँदा उनको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत हुन थाल्यो । स्वदेशमा दर्जनौँ स्टेज कार्यक्रम गरिसकेकी घर्तीमगरको पहिलो अन्तराष्ट्रिय कार्यक्रम भने सिंगापुरमा भयो । उनको त्यहाँको प्रस्तुतिले पनि चर्चा पायो यसलगतै मलेसियमा रहेका प्रवासी नेपालीहरूको अनुरोधमा योगमायाको नेतृत्वको सांस्कृतिक टोलीले २ महिना मलेसियाका विभिन्न शहरमा पनि सांस्कृतिक प्रस्तुति दियो ।

उनले सङ्गीतकै दौरान केही वर्ष विदेशमै बिताएकी छिन् । एकपटक साङ्गीतिक कार्यक्रमका लागि बेलायत पुगेकी योगमाया झण्डै पाँच वर्ष उतै बसिन् । यस यात्राको रमाइलो अनुभूति सुनाउँदै भनिन्, ‘२०५८ सालमा बेलायतका प्रवासी नेपालीहरूको अनुरोधमा हामी त्यहाँ सङ्गीतकार सुरेश अधिकारीको नेतृत्वमा सांस्कृतिक प्रस्तुतिका लागि बेलायत गयौँ । तर सुरेश दाइ मात्रै नेपाल फर्कनुभयो, म लगायतको ११ जनाको टोली भने लण्डनमै बस्यो ।’ योगमाया आफ्नो पाँचवर्षे लण्डन बसाइमा पनि नेपालको सांगितिक क्षेत्रलाई माथि उठाउनमै क्रियाशील रहिन् । त्यहाँको प्रवासी नेपाली मगर संघमा आबद्ध भएर उनी बेलायतमा नेपालीहरूले गर्ने विविध सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थिन् । २०६४ सालमा नेपाल फर्केपछि उनी उही पुरानै कल्चर सेभ द नेशनलको माध्यमबाट सांगितिक क्षेत्रमा सक्रिय भइन् । उनी गायिका, अभिनेत्री र नृत्याङ्गना मात्र हैन, एक कुशल कार्यक्रम सञ्चालिका समेत हुन् । उनकै कल्चर समूहले वरिष्ठ कलाकारद्वय चन्द्रकला शाह तथा कोमल वलीलाई सम्मान समेत गरिसकेको छ । यस यात्रामा लागेर उनी स्वयम्ले पनि दर्जनाँै सम्मान प्राप्त गरिसकेकी छन् ।

साङ्गीतिक क्षेत्रमा लागेपछि निरन्तर सफलता हात पारेकी घर्तीमगरलाई २०६९ साल भने असाध्यै अशुभ रह्यो । यसै वर्ष उनको कान्छो दाइ, आफूलाई जन्मदिने ममतमयी आमा र कान्छी आमाले संसारै छोडेर गए । भनौँ उनको माइती पक्षका सबै महत्वपूर्ण व्यक्ति दैवले चँुडेर लग्यो । उनको जीवनका सबैभन्दा दुखद् यिनै हुन् । सरल स्वभाव तथा मिजासिलो बानी–व्यवहार भएकी योगमाया जोसुकै मानिससँग पनि सजिलै घुलमिल हुन सक्छिन् । उनले केही समय अगाडि मात्रै सत्यवती कला केन्द्रसँग मिलेर गरेको एक कार्यक्रममा गायिका पवित्रा घर्तीमगरलाई सम्मान गरेकी थिइन् ।
योगमाया यतिखेर मुलुकमा हुन लागेको दोस्रो संविधानसभाको निर्वाचनबारे पनि चासो राख्ने एक सचेत कलाकार हुन् । विगत केही समयदेखि नेपाल सांस्कृतिक परिवारकी सक्रिय सदस्यसमेत रहेकी योगमाया नयाँ विचार तथा युवा–नेतृत्व भएको पार्टीलाई आगामी संविधानसभामा निर्वाचित गराउनुपर्ने बताउँछिन् । उनी अहिले आफ्नो नयाँ एल्बम निकाल्ने अन्तिम तयारीमा जुटेकी छिन् । ‘नगरकोट वनैमा’ भन्ने एउटा गीत रेकर्ड समेत भइसकेको उनी बताउछिन् । 
यसरी एक संघर्षशील एवं दृढ–प्रतिज्ञा बोकेर अगाडि बढेकी योगमाया आज हामी सबैका सामु एक सफल कलाकारका रूपमा स्थापित भएकी छिन् । उनका अमर सिर्जनाहरू धेरैपछिसम्म बाँचिरहने छन्, जसले उनलाई समेत बँचाइरहेन छन् ।


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011