राजनीति

तेह्रौँ त्रिवर्षीय योजना
The Universal Times
2070



राजेन्द्र तारकिणी
काठमाडौँ– राष्ट्रिय योजना आयोगले विभिन्न विषयवस्तुमाथिको व्यापक छलफलपछि तेह्रौँ त्रिवर्षीय योजनाको मस्यौदा सार्वजनिक गरेको छ । वि.सं. २०७० साउनदेखि २०७३ असारसम्मका लागि पारित गरिएको उक्त तीन वर्षीय योजनामा थुप्रै कार्यक्रम अघि सारिएको छ । आगामी दश वर्षभित्रमा नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने महत्वाकांक्षी लक्ष्यका साथ तयार पारिएको १३ आँै योजनाको मस्यौदा राष्ट्रिय विकास परिषद्को बैठकबाट शनिबार साँझ पारित गरिएको हो । 

विगतका आवधिक योजनाहरू निर्धारित लक्ष्य हासिल नगरीकनै सकिएका उदाहरण हाम्रो देशमा छन् । यस पटकको त्रिवर्षीय योजनामा पनि यस्ता थुप्रै लक्ष्य निर्धारण गरिएको छ । सरकारका विकास योजनाहरूका बारेमा छलफल गरी अनुमोदनसमेत गर्ने सर्वाेच्च निकायको राष्ट्रिय विकास परिषद्को बैठकद्वारा उक्त मस्यौदा पारित गरिएको छ । यद्यपि यो लक्ष्य हासिल हुनेमा चाहिँ शंका नै छ किनकि विगतका धेरै योजनाहरू लक्ष्यमा पुग्न सकेका देखिएनन् । शनिबार याक एण्ड यती होटलमा आयोजित वृहत् छलफलमा परिषद्ले आयोगका पूर्वपदाधिकारी, क्षत्रीय र केन्द्ररीयस्तरका सरोकारवाला राजनीतिक दल, सरकारका सबै मन्त्रालय, निजी क्षेत्र, सहकारी, नागरिक समाज, प्राज्ञिक समुदाय एवम् दातृ–निकायका प्रतिनिधिबाट सुझाव संकलन गरेको थियो । विभिन्न क्षेत्रगत समूह निर्माण गरी सुझाव पेश गरिएको थियो । योजना राम्रो हुँदैमा मुलुकको विकासमा सकारात्मक परिवर्तन हुन्छ भन्ने निश्चित नभएको र यसका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने छलफलको समाप्तीपछि योजना आयोगका उपाध्यक्ष रविन्द्रकुमार शाक्यले बताएका थिए । 

तेह्रौँ आवधिक योजना पारित गर्नुपूर्व मुलुकको समग्र आथिर्क क्षेत्र पूर्वाधार तथा वातावरण, कृषि तथा ग्रामीण विकास, सुशासन, अनुगमन तथा मूल्याङकन र सामाजिक विकास गरी प्रमुख ६ विषयमा समूहगत छलफल भएको थियो । आथिर्क क्षेत्रअन्तर्गत त्रिवर्षीय योजनाको दीर्घकालीन सोच, उद्देश्य, लक्ष्य, रणनीति र प्राथमिकता, आर्थिक वृद्धिदरको लक्ष्य तथा स्रोत–साधनको व्यवस्था, विकासमा विभिन्न क्षेत्रको भूमिका, सार्वजनिक, निजी एवम् सहकारी क्षेत्र, सामुदायिक तथा गैरसरकारी संस्था, बचत, सरकारी वित्त, मौद्रिक नीति, विदेशी विनिमय तथा शोधनान्तर स्थिति र उद्योग, वाणिज्य, आपूर्ति र पर्यटनमा केन्द्रित रहेर समूहले संशोधन पेश गरेको थियो । त्यसैगरी, पूर्वाधार विकास तथा वातावरणअन्तर्गत सिँचाइ, खानेपानी तथा सरसफाइ, ऊर्जा, यातायात, सूचना तथा सञ्चार, भवन आवास तथा सहरी सडक, वातावरण तथा जलवायु परिवर्तन, जलउत्पन्न प्रकोप नियन्त्रण, विज्ञान तथा प्रविधि र यातायात व्यवस्था, कृषि तथा ग्रामीण विकास समूहले भूमिसुधार तथा वन, दिगो एवम् सन्तुलित विकास, सङघीयता, विकेन्द्रीकरण तथा स्थानीय स्वायत्त शासन, प्रादेशिक सन्तुलन, स्थानीय पूर्वाधार र स्वयंसेवाका सम्बन्धमा परिमार्जनसहितको सुझाव दिइएको थियो । यसका साथसाथै सुशासन, अनुगमन तथा मूल्याङकन समूहले सहरी क्षेत्र, गरिबी निवारण, मानव संशाधन विकास, शान्ति, पुनर्निर्माण तथा पुनःस्थापना, प्रशासकीय सुशासन, न्याय–व्यवस्था, वित्तीय सुशासन, भ्रष्टाचार नियन्त्रण, नागरिक सहभागिता, सुरक्षा–व्यवस्था, मानवअधिकार, योजना तर्जुमा तथा कार्यान्वयन, अनुगमन तथा मूल्याङकन, अनुसन्धान तथा विकास तथा सामाजिक विकासअन्तर्गत जनसङख्या शिक्षा, स्वास्थ्य तथा पोषण, सामाजिक सुरक्षा, युवा विकास, खेलकुद विकास, श्रम तथा रोजगारी, विपद् व्यवस्थापन, लैङगिक समानता तथा समावेशीकरण र मानवअधिकारसम्बन्धी संशोधन समेतका विषयवस्तुमाथि छलफलपश्चात् योजनाको मस्यौदा प्रस्तुत गरिएको थियो । 

हाल मुलुकको समग्र गरिबी प्रतिशत २३.८ छ । तेह्राँै आवधिक योजनाले निरपेक्ष गरिबीको रेखामुनिका जनसङख्यालाई १८ प्रतिशतमा घटाउने लक्ष्य लिएको छ । तेह्रौँ त्रिवर्षीय योजनाले अघि सारेको महत्वाकांक्षी सोच वि.सं. २०८० सालसम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट हटाएर विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने परिकल्पना हो । यसरी विविध विषयवस्तुमाथिको व्यापक छलफलपछि पारित गरिएको तेहौँ आवधिक योजनाले निर्धारण गरेका लक्ष्यहरूमा केकति सफलता हात पर्लान्, त्यो त २०७३ सालतिर मात्र हामीलाई थाहा हुनेछ । जेहोस् केही राम्रो योजना र लक्ष्य यस पटकको योजनामा समाविष्ट हुनु गौरवकै कुरा हो ।  


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011