व्यक्ति/व्यक्तित्व

समावेशी विकास परिवार दलको मुख्य एजेण्डा
the universal times
2073

समावेशी विकास परिवार दलको मुख्य एजेण्डा

एकनाथ ढकाल
अध्यक्ष ः नेपाल परिवार दल

नेपाल परिवार दल पहिलो संविधानसभाको निर्वाचनसँगै उदाएर दुईपटक सरकारमा गइसकेको लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास राख्ने दल हो । आगामी स्थानीय तहको निर्वाचनका लागि ७४४ वटै स्थानीय तहमा उम्मेद्वार उठाउने तयारी गरिररहेको दाबी गर्ने परिवार दल अबका मुद्दा राजनीतिक नभई विकासकेन्द्रित हुनुपर्ने मान्यता राख्छ । मेलमिलाप र सामाजिक सद्भावमा विश्वास राख्ने परिवार दलको नेतृत्व गरिरहेका छन्, एकनाथ ढकालले । सांसद एवं पूर्वमन्त्रीसमेत रहेका ढकालसँग समसामयिक विषयमा केन्द्रित रही ‘द युनिर्भसल टाईम्स्’का लागि विष्णु निश्चल र राजेन्द्र तारकिणीले तयार पारेको कुराकानी ः
दल दर्ता छुटेको ठाउँमा आयोगले कांग्रेस र राप्रपालाई पुनः दल दर्ता गर्न दिएको छ तर हामीलाई नदिएर विभेद ग¥यो ।  
समावेशी, समतामूलक, प्रविधिमैत्री एवं युवामैत्री विकासमा जोड दिई ‘हाम्रो गाउँ ः शान्ति र विकासको रमाइलो ठाउँ’ भन्ने नाराका साथ पाँच वर्षभित्रमा प्रत्येक गाउँपालिकाको मुहार फेरिनेछ । 
हाम्रो पार्टीको सदस्य नभएको तर पार्टीको नीति र कार्यक्रम मन पराउने स्वतन्त्र व्यक्तिले इच्छा देखाएमा निर्वाचनमा उम्मेद्वार उठ्न दिइने ।
मधेशकेन्द्रित दलहरूलाई पनि सहमतिमा ल्याएर जसरी पनि स्थानीय तहको निर्वाचन गर्नुपर्छ । 
आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल परिवार दलको तयारी कस्तो छ ?
नेपाल परिवार दल स्थानीय तहको निर्वाचनमा सहभागी हुनेछ, यसमा शंकै छैन । हामीले ७ सय ४४ वटै स्थानीय तहमा उम्मेदवार उठाउने तयारी गरिरहेका छौँ । हामी लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनको सदुपयोग गर्ने पक्षमा छौँ ।
परिवार दल लोकतन्त्रमा आस्थावान् राजनीतिक दल हो । त्यसैले हामी हरेक निर्वाचनको पक्षमा छौं । दोस्रो संविधानसभामा हाम्रो दलले २४० निर्वाचन क्षेत्रमा टिकट वितरण गरेको थियो । समानुपातिक तर्फमा पनि अत्याधिक उम्मेदवारहरू उठाएको थियो । निर्वाचनमा युवा उम्मेदवार उठाउने दलहरूमध्येमा नेपाल परिवार दल पहिलो हो ।
हाल परिवार दलले सातवटै प्रदेशमा दलका सम्भावित उम्मेदवारहरूलाई प्रशिक्षण कार्यक्रम गर्दैछ । सबै स्थानीय तहमा उम्मेदवार उठाउने हाम्रो तयारी निर्वाचन आयोगको त्रुटीले गर्दा अधुरै छ । हामीले आयोगको विभेदकारी निर्णयको विरोध गरिरहेका छौं र आयोगलाई ध्यानाकर्षण पनि गराइसकेका छौं । विभिन्न जिल्लामा दल दर्ता गर्न छुटेको छ । छुटेको ठाउँमा दल दर्ताको निवेदन दिए पनि धेरै आयोगले दर्ता गर्न दिएन । आयोगले पछिल्ला दिनमा पनि कांग्रेस र राप्रपालाई दल दर्ता गर्न दिएको छ तर हामीलाई नदिएर विभेद ग¥यो ।  
निर्वाचनमा उम्मेदवार छनोटका मापदण्ड के छन् परिवार दलका ?
व्यक्तिको मूल्य र मान्यता नै पहिलो मापदण्ड हो, हाम्रो । पार्टीप्रति प्रतिबद्ध, उच्च नैतिकता र मूल्य–मान्यतामा विश्वास भएको, स्थानीय तहमा सकरात्मक प्रभाव राख्नसक्ने क्षमता भएको र जित्न सक्ने सम्भावना भएको मापदण्डको आधारमा हामी उम्मेदवार छनोट गर्दछौँ । अर्को, हाम्रो पार्टीको सदस्य नभएको तर पार्टीको नीति र कार्यक्रम मन पराउने स्वतन्त्र व्यक्तिले इच्छा देखाएमा त्यस्ता व्यक्तिहरूलाई पनि पार्टीले चुनावमा उम्मेदवारको टिकट दिन सक्छ । हाम्रा उम्मेदवार देशभक्त एवं सामाजिक सद्भावका पक्षधर हुनेछन् । 
परिवार दल कस्तो राजनैतिक पार्टी हो ? यसका मान्यताहरू के–के हुन् ?
नेपाल परिवार दल देशभक्ति, सद्चरित्र र सामाजिक–आर्थिक रूपान्तरणमार्फत् नेपाललाई असल संस्कार र समृद्ध परोपकारी राष्ट्रमा विकसित गराउन क्रियाशील लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध एक शान्तिवादी राजनैतिक दल हो । स्थापनाको एक दशकभित्र परिवार दल संविधानसभा र संसदमा प्रतिनिधित्व गरी प्रभावकारी भूमिका खेल्दै शान्ति, एकता, सामाजिक सदभाव, राष्ट्रिय मेलमिलापको अभिवृद्धि गर्दै परिवर्तनका उपलब्धिहरूको संस्थागत महत्वपूर्ण भूमिका खेलेको पार्टी हो । 
हाम्रो पार्टीले राष्ट्रिय जनजागरण अभियान, सुशासन प्रवद्र्धन अभियान, राष्ट्रिय सद्भाव ¥याली लगायतका शान्तिपूर्ण रचनात्मक कार्यक्रम पनि राष्ट्रव्यापी रुपमा संचालन गर्दै आएको छ । हत्या, हिंसा, नेपाल बन्द, जबर्जस्ती चन्दा असुली, सार्वजनिक सम्पत्तिको तोडफोड तथा क्षतिलगायतका राजनैतिक विकृतिहरूलाई निरुत्साहित गर्दै शान्ति र समावेशी विकासमैत्री राजनैतिक संस्कृतिको स्थापना गर्न नेपाल परिवार दल क्रियाशील छ । 
अग्रपंथी लोकतन्त्र (ज्भबम(धष्लन मझयअचबअथ) परिवार दलको मूल मान्यता हो । ‘नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवार’ भन्ने मूल्य–मान्यता आत्मसात गरी अघि बढेको परिवार दलले संविधान निर्माणको पहिलो दशकलाई आर्थिक क्रान्तिको दशक घोषणा गरी आत्मनिर्भर मुखी अर्थतन्त्रको लक्ष हाँसिल गर्न अग्रसर हुँदै नेपाललाई विकसित मुलुक बनाउने उद्देश्य बोकेको छ । राष्ट्रिय हितलाई सधँै उच्च प्राथमिकतामा राख्ने, नागरिकको शिर निउरिने कुनै काम नगर्ने, सबैखाले विभेदको अन्त्य गरी समतामुलक समाज सृजना गर्ने, राष्ट्रियता बलियो बनाउने तथा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अबलम्बन गर्ने हाम्रो संकल्प छ ।  
नेपाल परिवार दलद्वारा स्थानीय तहको विकासमा अवलम्वन गरिने नीति के–के हुन् ?
‘स्थानीय तहमा नमुना काम ः परिवार दलको साँचोमा मतदान’ भन्ने मूल नाराका साथ हामी स्थानीय निर्वाचनमा जाँदैछौँ । समावेशी आर्थिक विकासका लागि स्थानीय विकासको योजनाअन्तर्गत दिगो सामाजिक आर्थिक विकासका कार्यक्रमहरू तर्जुमा गरी समन्वयात्मक तवरले कार्यान्वयन गर्ने नीति हामीले अवलम्वन गर्नेछौँ ।
विकासका दृष्टिले पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिंदै सन्तुलित, वातावरण अनुकूल, गुणस्तरीय तथा दिगो रूपमा स्थानीय भौतिक पूर्वाधारको विकास गर्ने, विकास निर्माणको प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने, स्थानीय तहमा वैज्ञानिक अध्ययन–अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्नेलगायतका नीति अवलम्वन गरी स्थानीय विकासमा परिवार दलले महत्वपूर्ण भूमिका खेल्नेछ ।
हामीले सूचना–प्रविधिको विकास र विस्तार गरी दिगो एवं वातावरणमैत्री विकासलाई महत्व दिएका छौँ । विकासको प्रतिफल वितरणमा विपन्न नागरिकलाई प्राथमिकता दिंदै आमजनताले न्यायोचित रूपमा लाभान्वित हुने अवस्थाको सिर्जना गर्नेछौँ । स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधा छिटो, छरितो र पारदर्शी ढंगबाट सेवाग्राहीलाई दिन उपयुक्त विधि अवलम्बन गरी ‘हाम्रो गाउँ ः शान्ति र विकासको रमाइलो ठाउँ’ भन्ने नाराका साथ पाँच वर्षभित्रमा प्रत्येक गाउँपालिका मुहार फेर्नेछौँ ।  त्यस्तै  ‘हाम्रो नगर ः समृद्धिको शहर’ भन्ने नाराका साथ पाँच वर्षमा प्रत्येक नगरमा अन्तर्राष्ट्रिय  मापदण्ड अनुसारको गुरुयोजना तयार गरि विकास गर्ने नीति अवलम्वन गरिनेछ ।
समावेशी एवं समतामूलक विकास नीति अवलम्बवन गरी स्थानीयस्तरमा युवाहरूलाई रोजगारी सिर्जना गर्ने, उनीहरूका लागि सशक्तिकरण कार्यक्रम ल्याउने र त्यसको समान वितरण एवं पहुँचको सुनिश्चितता गर्ने लगायतका युवामैत्री विकासको नीति अवलम्वन गरिने छ ।
नेपाल परिवार दलको स्थानीय विकासको अवधारणा कस्तो छ ? 
‘नयाँ सोचको नेतृत्व र नयाँ ढाँचाको विकास’ भन्ने नाराका साथ स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने, प्राकृतिक प्रकोप नियन्त्रण र नदीको व्यवस्थापन गर्दै दिगो र भरपर्दो सिँचाइको विकाससँगै स्थानीय पेशा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने लगायतका अवधारणामार्फत् हामी स्थानीय तहको विकासमा केन्द्रित हुनेछौँ ।
साथै, सहकारीको विकास गरी स्थानीय तहमा उत्पादन, रोजगारी र बजारको पहुँचमा अभिवृद्धि गर्ने र जनशक्ति विदेश पलायन हुने अवस्थाको अन्त्य गर्ने, अर्गानिक एवं व्यावसायिक कृषि प्रणालीको विकासमा जोड दिई औद्योगिक पूर्वाधार निर्माण गर्ने, स्थानीय संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा जोड दिने, जनताको स्वास्थ्यमा निःशुल्क पहुँच बढाउने र घरजग्गाविहीन गरिब, सुकम्बासीहरूलाई जग्गाको व्यवस्था गर्नेजस्ता अवधारणामार्फत् हामी स्थानीय विकासमा केन्द्रित हुनेछौँ ।
परिवार दलले चुनाव जितेपछि स्थानीय तहमा गरिने तत्कालीन कामहरू के–के हुन सक्छन् ?
चुनाव जितेको एक वर्षभित्रमा हामीले थुप्रै सुधारका कामहरू गर्नेछौँ । सरकारी र गैरसरकारी क्षेत्रलाइ परिचालन गरी सरसफाई एवं सचेतना कार्यक्रममार्फत् गाउँ–नगर सफा बनाउँनेछौँ । त्यस्तै, सार्वजनिक क्षेत्रलाई सुरक्षित एवं व्यवस्थित बनाउने, स्थानीय बजारको प्रभावकारी अनुगमनको व्यवस्था गरी उपभोक्ता हितको सुनिश्चितता एवं कालोबजारी नियन्त्रण नियन्त्रण गर्ने, स्थानीय तहका कामकारबाहीको बारेमा सार्वजनिक सुनुवाइको व्यवस्था गराई ढिलासुस्ती र भ्रष्टाचारजस्ता कार्य निरुत्साहन गर्ने, पहिलो वर्षको बजेटमा प्रत्येक स्थानीय तह मातहतका सबैभन्दा पिछडिएको जाति वा क्षेत्रलाई प्राथमिकता दिनेलगायतका सुधारकार्य गर्नेछौँ ।
प्रसंग बदलौं, निर्वाचनको विरोध गरिरहेका मधेशवादी दलबिना स्थानीय निर्वाचन सम्भव होला त ?
मधेशवादी दलबिना स्थानीय निर्वाचन हुनै सक्दैन र त्यो सोच्न पनि हुँदैन । आन्दोलनरत मधेशी मोर्चालाई निर्वाचनमा ल्याउन विश्वासको वातावरण बनाउनु सरकारको दायित्व पनि हो । उनीहरूलाई सम्बोधन गरेरै निर्वाचन गर्नुपर्छ । यतिखेर एमाले, कांग्रेस र माओवादी केन्द्र तीनै पार्टी मधेसवादी दलहरूका मुद्धामा जिम्मेवार छन् । ठूला दलहरूले मधेशवादीदलहरूलाई विश्वास गर्न सकेका छैनन् । नेपाल परिवार दलहरूले मधेशी जनताहरूलाई विश्वासमा लिएर मधेसी जनताका समस्या समाधान गर्न आग्रह गर्दछ । 
त्यसो भयो भने सहमतिको आधारमा बन्ने राष्ट्रिय सरकारले सहमतिको वातावरण बनाउँछ र मधेशवादी दललाई पनि विश्वासमा लिएर निर्वाचन गराउँछ । यो दोस्रो विकल्प मात्र हो । हामी निर्वाचनको मुखमा आइसकेका छौं । त्यसकारण अहिले जसरी पनि स्थानीय तहको निर्वाचन गर्नुपर्छ । त्यसको लागि मधेशकेन्द्रित दलहरूलाई सहमतिमा ल्याउनुको विकल्प सरकारसँग छैन ।
अन्तमा, मतदाताहरूलाई केही भन्नु छ ?
नयाँ संविधान कार्यान्वयनको प्रथम चरणमै हुन लागेको स्थानीय तहको निर्वाचनलाई एक अनुपम अवसरको रूपमा लिई नयाँ विचार, नयाँ नेतृत्व र नयाँ ढाँचाको विकासका पक्षमा उभिएको राजनैतिक पार्टी नेपाल परिवार दलको चुनाव चिन्ह ‘साँचो’मा मतदान गरी हाम्रा कर्मठ उम्मेदवारहरूलाई विजयी गराउनुहुन सम्पूर्ण मतदातालाई विनम्र अनुरोध गर्दछौँ । हाम्रो साँचोले देश विकासका मार्गहरू खोल्न सहयोग पुग्ने विश्वास दिलाउँछौँ ।


सम्बन्धित फोटोहरु


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011