आर्थिक

स्वदेशमै रोजगार सिर्जना गर्नेहरु
केदार घिमिरे
2069/11/28

उत्पादन घट्दै जादा मुलुकबासीलाई रेमिटान्सले मात्र खान दिदैन । स्वदेशमा अन्न उत्पादन हुन छाड्यो भने विदेशबाट ल्याएको पैसाले किनेर कति दिन पेट पाल्ने ? त्यसैले विदेशमा रहेका नेपालीले फर्केपछि कृषि उत्पादन बढाउनेतर्फ सोच्नु आवश्यक छ । स्वदेशमा रहेका आफन्तलाई समेत आधुनिक प्रविधिबाट खेती गर्न लगाउनु पर्छ ।
मुलुकमा रोजगारीको अवसर छैन भनेर धेरै विदेशिदै आएका छन् । राजनीतिक अस्थिरता कायमै रहेको र शान्ति प्रक्रिया नटुंगिएका बेला उनीहरुको भनाइमा केही सत्यता छ । पूरा सत्यता चाही छैन भन्ने उदाहरण मुलुकमा केही किसानले देखाएको सफलताले प्रमाणित गरेको छ ।
नेपाली बाबुआमा विदेशमै रहदा जन्मेका विक्रम पुन त्यस्तै उदाहरण हुन् । उनी सिंगापुरमा जन्मेका थिए । पढ्नका लागि अमेरिका पुगे । अधिकांश युवाको विदेशिने उमेरमा भने उनी नेपाल आएका छन् । उनले राजधानीमै भर्खरै अग्र्यानिक च्याउ खेती थालेका छन् । झण्डै ८० लाख लगानी भएको उनको फर्मले डेढ महिनामा सय किलो च्याउ उत्पादन हुन्छ । सिताके जातको यो च्याउ २ हजार ५ सय रुपैया किलोसम्म विक्री हुन्छ ।
अर्का उदाहरण हुन् काभ्रेको सागाका प्रेम लामा । बोर्डिङ स्कुलको जागिर छाडेर अर्गानिक फार्म सुरु गरेका लामाको ब्यापार इन्टरनेटमार्फत विश्वभर फैलिएको छ । उनी खेतीमात्र काभ्रेमा गर्छन् । विक्री भने धेरैजसो विदेशमै गर्छन् । उनले खेती गर्ने तरिका बारेको जानकारी इन्टरनेटबाटै बटुलेका थिए । त्यही इन्टर्नेटलाई उनले बजार खोज्ने माध्यमसमेत बनाए । उनी इन्टरनेटमै महंगोमा विक्ने तरकारीबारे जानकारी खोज्छन् ।  उनले अमेरिकामा हुदै आएको याकुन नामको फलको खेती नेपालमा थालेर उनले राम्रो आम्दानी गरिरहेका छन् । चिनीभन्दा धेरै गुलियो हुने स्टेभियाको खेती उत्पादन दिने अवस्थामा पुगेको छ । उनले सिताके
च्याउ समेत यही उत्पादन थालेका छन् ।
इलाम सोलुबुंगका तारानाथ खतिवडाले १७ वर्षे सरकारी नोकरी छाडेर अहिले किवी खेती थालेका छन् । उनले राजधानीमा रहेको डिपार्टमेन्टल स्टोरमा चिन, हङकङलगायतका मुलुकबाट ल्याइएको महंगो किवी फलमा उनको ध्यान पुग्यो । उनले त्यसलाई नेपालमा लगाउन सकिन्छ कि सकिन्न भनेर अध्ययन गरे । इन्टरनेटमार्फत खोज्दा यसमा असाध्यै धेरै १७ किशिमका भिटामिनलगायतका पोशक तत्व पाइने कुरा थाहा पाएको उनी बताउछन् ।
काठमाडौंको गोदावरीमा खेती भएको देखेपछि उनले केही निजी फर्मबाट ल्याएर विरुवा रोपे । उनले अहिले विरुवासमेत उत्पादन थालेका छन् । सुरुमा मानिसले नपत्याएको उनी सुनाउछन् । एउटै विरुवाको ६÷७ सय पर्ने सुन्दा छिमेकीहरु ‘बरु भैसीको पाडो किन्छौं’ भन्थे । यसलाई विश्व खाद्य संगठनले यसलाई फलफूलको राजा भनेको छ । एक वर्षमै विरुवाबाट ८ लाख र फल बेचेर १५ लाख कमाउने उनी बताउछन् । एक पटक रोपेको यो विरुवाले दोस्रो वर्षदेखि फल दिन थाल्छ ।
छोराछोरी नपढे अभिभावकले यसले भैसी पाल्छ भनेर गिज्याउने चलन अव निकै पूरानो भइसकेको छ । सफ्टवेयर इन्जिनियरिङ पढेका पर्साको धोरे–४ का श्यामवदन यादव यतिखेर गाइ पालन र डेरी उद्योग संचालन गरिरहेका छन् । उनले झण्डै १ करोड ५० लाख लगानी गरेको उद्योगले त्यहाका झण्डै १ हजार ५ सय किसानलाई आम्दानीको बाटो देखाएको छ । उनले आफै गाइ पालेका छन् । स्थानीय किसानसग उनी दैनिक १ हजार ८ सय लिटर दूध किन्छन् ।
यी नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण देखाउने प्रतिनिधि पात्र हुन् । बैदेशिक रोजगारीका लागि ठूलो युवा समुह विदेशिएको छ । खासगरी खाडी मुलुकमा जाने नेपालीहरुले त्यहाको सुख्खा मरुभूमीतुल्य जमिनमा मलजल गरेर तातो घाममा पसिना बगाएर हराभरा बनाएको समाचार हामीेले पढ्दै आएका छौं । उनीहरुले त्यो सुख्खा मरुभूमीलाई हरियाली बनाउन र त्यसमा तरकारी फलाउन कति श्रम खर्चनु प¥यो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
नेपालको हावापानी त्यहाको तुलनामा कैयौं गुणा अनुकूल छ । यहा सिचाइ हुने जमिन त्यतिकै बाझै बसिरहेको छ । त्यसले नेपाली युुवाको श्रम, उपयुक्त प्रविधि र हावापानी अनुकूलको खेती खोजिरहेको छ । यहा अभाव जागर र ज्ञानको मात्र छ । नया खालको सोच लिएर कृषि ब्यवसाय थाल्ने हो भने माथि उल्लेख गरेका युवाहरुको सफलता अरुले पाउदैनन् भन्न सकिदैन ।
युवा जनशक्ति बाहिरिदै गर्दा उनीहरुले पठाउने रेमिटान्सले घरमा रहेका परिवारका सदस्यसमेत अल्छि भएका छन् । आफन्तको कमाइले जीवन यापन गर्न शहरबजारमा झर्नेहरुले गाउको जमिन कि बाझै छाडेका छन् । कि कमाउन ठेक्का, बटैयामा अरुलाई दिएका छन । अरुको जग्गा कमाउनेले त्यसमा मेहनत गर्दैनन् । बाझै छाड्दा त्यसको उर्बर क्षमता त्यसै खेर गएको छ । पछिल्लो सरकारी तथ्यांक हेर्दा तराइको उर्वर जमिनको उत्पादनले त्यहाका बासिन्दालाई खानै नपुग्ने अवस्था देखिएको छ ।
उत्पादन घट्दै जादा मुलुकबासीलाई रेमिटान्सले मात्र खान दिदैन । स्वदेशमा अन्न उत्पादन हुन छाड्यो भने विदेशबाट ल्याएको पैसाले किनेर कति दिन पेट पाल्ने ? त्यसैले विदेशमा रहेका नेपालीले फर्केपछि कृषि उत्पादन बढाउनेतर्फ सोच्नु आवश्यक छ । स्वदेशमा रहेका आफन्तलाई समेत आधुनिक प्रविधिबाट खेती गर्न लगाउनु पर्छ । 


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011