मुख्य समाचार

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित
the universal tines
2o74

पोखरा, २३ पुस  सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । 

हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले विरोध जनाएको हो । 

दश दिनदेखि नेपालभरिका कम्पनीले बिनाकारण र बिनाआधार पिपिसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा रु १००, ओपिसी सिमेन्टमा रु १२० र फलामे छडमा प्रतिकिलोग्राम रु १३ मूल्य वृद्धि गर्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको एशोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले बताउनुभयो । 

व्यवसायमाथि नै उद्योग कम्पनीले एकाएक थेग्न नसक्ने गरी सामानको मूल्य बढाएको देख्दा हामी अचम्म भएका छौँ, “एशोसिएसनका अध्यक्ष गुप्ताले भन्नुभयो ।” 

अनावश्यक र कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउँदा व्यवसाय नियमित रुपमा सञ्चालन गर्न नसक्ने र मूल्य वृद्धिबाट जिल्लामा रहेका २२० हार्डवेयर व्यवसायी आन्दोलित र आफ्ना व्यवसाय बन्द गर्नुपर्नेसम्मको अवस्था भएको बताइएको छ । 

सम्बन्धित कम्पनीसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बिनाकारणको मूल्य वृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हँुदा यसले पारेको समस्याप्रति गम्भीर हुन पनि सरोकारवालासँग अनुरोध गरिएको छ । 

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011